Wednesday, July 4, 2012

घ्यू कुमारीको खेतीप्रति आकर्षण बढ्दो Pokhara

       कास्कीका किसानहरु घ्यू कुमारी तथा स्टेभियाको खेतीप्रति आकर्षित भएका छन् । परम्परागत तथा निर्वाहमुखी खेतीको तुलनामा यसको अथाहा व्यवसायिक सम्भावना तथा नगदेबाली समेत भएको भन्दै किसान यो खेतीप्रति आकर्षित भएका हुन् ।
       हाल यहाँको आर्वा, पामे तथा खहरेमा यसको व्यवसायिक खेती गरिएको छ । पाम एग्रोटेक एण्ड बायो इनर्जी प्रा.लि.ले कास्कीमा यो खेती भित्र्याएको हो । कम्पनीका पोखरा शाखा प्रमुख विपिन गौतमका अनुसार आर्वा, पामे तथा खहरेमा गरी १२ रोपनी जग्गामा १८ हजार विरुवा रोपिएको छ । कम्पनीले किसानहरुलाई प्राविधिक तथा ढुवानी सेवा उपलब्ध गराउँदै आएको छ ।
       एकपटक रोपिएको विरुवाले ५ वर्षसम्म उत्पादन दिने र उत्पादित कच्चा पदार्थ सबै कम्पनीले किन्ने सम्झौता भएकाले पनि यो खेतीप्रति किसानहरुको आकर्षण बढेको हो ।
       गौतमका अनुसार घ्यू कुमारी तथा स्टेभियाबाट आयुर्वेदिक तथा एलोपेथिक औषधि, श्रृंगारिक प्रशोधन तथा खाद्य सम्पूरक कम्पनीहरुलाई कच्चा पदार्थ एवं मधुमेहका बिरामीले समेत सेवन गर्न मिल्ने गुलियोपनको परिपूर्ति गर्दछ ।

 

No comments:

Post a Comment

Please, comment about this article.