Friday, December 23, 2011

ट्याक्सी इकाई समितिको एघारौ अधिवेशन

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्याक्सी इकाई समितिको एघारौ अधिवेशन ‘अब बन्ने संविधान यातायात मजदुरको सामाजिक सुरक्षा र सम्मान भन्ने मुल नाराका साथ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सभाहलमा सम्पन्न भयो ।
कार्याक्रमको उद्घाटन संगठनका केन्द्रिय सल्लाहकार ईन्द्र बहादुर गुरुङ्गले पानसमा दिप प्रज्वलन गरि गर्नु  भयो । प्रमुख अतिथि गुरुङ्गले अहिलेको जटिल अवस्थामा यातायात मजदुरहरु एक जुट हुनु पर्ने र आफ्नो हक अधिकार प्राप्तीका लागी आवाज बुलन्द गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

केन्द्रिय महासचिव रुद्र बहादुर खत्री, जिफण्ट अंचल सदस्य नन्दलनल अधिकारी,केन्द्रिय शिक्षा विभाग सदस्य तुलसी दाहाल,संगठनका अंचल अध्यक्ष बिष्णु बहादुर खत्री क्षेत्री,कामु प्र.जि.अ.ईश्वर रान रेग्मी, प्र.नि.कृष्ण अर्याल, ट्रफिक प्रहरी कार्यालयका प्रमुख प्र.नि.वीर बहादुर बुढामगर,अंचल सदस्य शिव प्रसाद अर्याल,माईक्रो इकाई अध्यक्ष हरिश्चन्द्र बजा्रचार्य लगायतका अतिथिहरुले अधिबेशनको सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
उक्त कार्यक्रमा सरुवा भई आउनु भएका कामु प्र.जि.अ. ईश्वर राज रेग्मी,प्र.नि.कृष्ण अर्याल,ट्रफिक प्रहरी कार्यालयका प्रमुख प्र.नि.वीर बहादुर बुढामगर लाई कार्याकालको सफलताको लागी शुभकामना सहित स्वगत तथा सम्मान सम्मान गरिएको थियो ।

Thursday, December 22, 2011

हुर्जा नेपालको अधिवेशन सम्पन्न, अध्यक्षमा छत्रशंकर

“मानवअधिकार उल्ल्ंघन विरुद्ध सञ्चार अभियान” भन्ने मूल नाराका साथ स्थापित मानवअधिकार पत्रकार संघ(हुर्जा) नेपालको सम्पन्न सातौँ साधारणसभा तथा दोश्रो अधिवेशन एक कार्यक्रमका बिच बिहीबार सम्पन्न भएको छ । अधिवेशनले पुन : छत्रबहादुर शंकरको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रीमा झा, महासचिव गणेशप्रसाद घिमिरे, कोषाध्यक्ष किशोरकुमार पौडेल निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा क्रमश: विश्वनाथ आचार्य, कालिका खड्का, सन्देश सिम्खडा, टिकाश्वरी राई, निमेशजङ्ग राई, प्रज्ञा लम्साल र मिना शर्मा चयन हुनुभएको संघका केन्द्रिय महासचिव गणेशप्रसाद घिमिरेले जानकारि दिनुभयो । हुर्जा नेपालले आफनो शाखा कास्कीको पोखरामा मात्र गठन गरेको र अन्य क्षेत्रमा पनि शाखा विस्तार गरिने संघका अध्यक्ष छत्रशंकरले बताउनुभयो । कास्कीमा गठन भएको मानवअधिकार पत्रकार संघ(हुर्जा)ले मानवअधिकारसँग सम्बन्धित रहेर आफनो कार्यक्रमहरु गरिरहेको र हुर्जा नेपालमा निर्वाचित भएर आउनुभएका नवनिवार्चित कार्यसमितिहरुलाई संघका महासचिव वीरेन्द्र सापकोटाले कास्की शाखाको तर्फबाट बधाई ज्ञापन गर्दै आगामि दिनमा पनि आफना गतिविधिहरुलाई अगाडि बढाउने प्रतिबद्धता जाहेर गर्नुभयो । 

Monday, December 19, 2011

Bicycle gifts - गस्ती गर्न साइकल उपहार

   एक कार्यक्रमको आयोजना गरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तरगत संरक्षण क्षेत्र व्यवस्थापन समिति सार्दीखोला गा.वि.स.का अध्यक्ष विक्रम गुरुङ्गबाट अस्थायी प्रहरी पोष्ट सार्दीखोलाको लागि रु.३६०००। मुल्य बराबरका ४ थान गियर भएका साइकल प्रदान गर्नुभएको छ । विभिन्न दलका स्थानीय प्रतिनिधिहरु, स्थानीय भद्रभलादमी तथा समाजसेवीहरुको उपस्थितीमा पोष्ट इन्चार्ज प्र.ह.शिव प्रसाद उपाध्यायलाई अध्यक्ष गुरुङ्गज्यूले विधिवत् हस्तान्तरण गर्नुभएको थियो । स्थानीय जनताहरुको विशेष पहलमा हालै मात्र स्थापना भएको उक्त अस्थायी प्रहरी पोष्टमा भौतिक सामाग्रीहरुको अभाव रहेको सन्दर्भमा अन्दाजी रु.८०००। मुल्य पर्ने एक थान काठको दराज समेत प्रदान गरिदा शान्ति सुरक्षा प्रभावकारी गराउन टेवा पुग्ने कार्यक्रमका सहभागीहरुले बताउनुभएको थियो ।
>>>> Bicycle gifts -गस्ती गर्न साइकल उपहार

संगम सहकारीको अवलोकन भ्रमण तथा प्रशिक्षण

       संगम बचत तथा ऋण सहकारी संस्था लि., रामबजार, पोखरा –१५ ले पोखराको उत्तरी भेग सार्दीखोला –९ मा रहेको पर्वतिय कृषि सहकारी संस्था र रेन्बो ट्राउट माछापालन सहकारी संस्थाको अवलोकन भ्रमण गर्नुका साथै सोही स्थानमा आफ्नो संस्थाका विभिन्न समिति, उपसमितिमा रहेका सदस्यहरुलाई प्रशिक्षण समेत दिएको छ ।

        सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय, कास्कीका प्राचार्य चन्द्र बहादुर ठकुरीले सहकारीका मुल्य र मान्यता विषयमा दिनुभएको उक्त प्रशिक्षण कार्यक्रममा आयोजक संस्थाका समिति र उपसमितिका सदस्य लगायत कर्मचारीहरु समेत गरी ३५ जनाको उपस्थिति रहेको थियो । सो अवसरमा प्रमुख प्रशिक्षक प्राचार्य चन्द्र बहादुर ठकुरीले संगम बचत तथा ऋण सहकारी संस्थाले अवलोकन भ्रमण र तालिम जस्ता विषयलाई प्राथमिकतामा राखेकोमा खुसी व्यक्त गर्दै संस्था तथा सदस्यहरुको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रम फलदायी हुने बताउनु भयो । पर्वतिय कृषि सहकारी संस्था लि. का अध्यक्ष मेष गुरु¨ले भ्रमण दल प्रति खुसी व्यक्त गर्दै आफ्नो संस्थाको गतिविधीको बारेमा जानकारी दिनुभएको थियो । यस अघि भ्रमण दलका सदस्यहरुलाई कृषि सहकारीका कृषि विज्ञ बाबुराम पौडेल र व्यवस्थापक धनकाजी गुरु¨ले अर्गानिक तरकारी खेतीको बारेमा जानकारी गराउनुभएको थियो ।

        भ्रमण दलले सोही दिन सार्दीखोलामै भएको रेन्बो ट्राउट माछापालन सहकारी संस्थाले सञ्चालन गरेको ट्राउट माछा पालन केन्द्रको समेत अवलोकन गरेको थियो ।

        यसैगरी संगम सहकारीका विभिन्न उपसमितिहरुले गत कार्तिक महिनामा पोखराका अन्य पा“च –पा“च वटा सहकारीमा गरेको भ्रमणको प्रतिवेदन समेत उपसमितिका संयोजकहरु लिल बहादुर गुरु¨, दल बहादुर कु“वर तिलक थापा, विष्णुकुमारी थापा, गोविन्द बहादुर गिरी र गोविन्द बहादुर थापाले सोही प्रशिक्षण कार्यक्रममा प्रस्तुत गरी संस्थाका अध्यक्ष निरज थापालाई हस्तान्तरण गर्नुभएको थियो । सो कार्यक्रममा सदस्यहरुको निम्ति शिक्षामुलक, रमाईला खेलहरु प्नि खेलाईएको थियो ।

        शिक्षा, सुचना तथा सञ्चार उपसमितिका संयोजक तिलक थापाले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष निरज थापाले गर्नुभएको थियो ।

Saturday, December 17, 2011

World Disabled Day-अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरि मनाईयो


सुनौलो विश्वको लागि सबैको सम्लग्नता, अपाङ्गता भएका व्यक्तिहरुको विकासमा सहभागिता भन्ने नाराका साथ विश्व अपाङ्गता दिवस विविध कार्यक्रमका साथ मनाईएको छ । रोटरी क्लब अफ पोखरा फिस्टेल र रोटरी क्लब दमौलीको संयुक्त आयोजनामा ४ जना अपाङ्गहरुलाई ह्वीलचियर वितरण गरिएको थियो । रोटरी क्लब अफ फिस्टेलका निवर्तमान अध्यक्ष रो. सुरेशप्रसाद श्रेष्ठले क्लबमा १०० वटा ह्वीलचियर प्राप्त भएको मध्ये वितरण गरिएको ह्वीलचियरको सही सदुपयोग होस भन्दै क्लबको बारेमा प्रकाश पार्नुभएको थियो ।


बेलायतको रोटरी क्लब अफ व्रिस्ट्रोल, रोटरी क्लब अफ पोखरा फिस्टेल, जील्ला विकास समिति स्याङ्गजा र गाउँ विकास समिति स्याङ्गजाको संयुक्त लगानीमा स्याङ्गजाको कोल्मा गाविस ५ मा खानेपानी आयोजनामा निर्माण कार्य सम्पन्न भएको छ । उक्त आयोजनाको परियोजनाका संयोजक रो. नरेन्द्र लिम्बु, रोटरी क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष रो. विष्णुहरि तिमिल्सिना, बेलायतको रोटरी क्लब अफ व्रिस्ट्रोलका पदाधिकारी रो. रोन स्टाग र उपभोक्ता समितिका अध्यक्ष दुर्गा बहादुर गुरुङ्गले संयुक्त रुपमा धारा खोली खानेपानीको उद्घाटन गर्नुभएको थियो ।


कार्यक्रममा परियोजना संयोजक रो. नरेन्द्र लिम्बुले ३४ लाख ५६ हजारको लागतमा उक्त आयोजना निर्माण भएको जानकारि दिनुभयो । करिब १२०० व्यक्तिहरु इसबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने बताईएको छ । रोटरी क्लब अफ पोखरा फिस्टेलद्धारा कास्कीको अर्मला गाविस २ स्थीत जनता प्राथमिक विद्यालयमा १० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो । सो अवसरमा क्लबका अध्यक्ष रो. विष्णुहरि तिमिल्सिनाले शिक्षाको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।रोटरी क्लब अफ पोखरा फिस्टेलले विद्यालयको भौतिक संरचना, खानेपानी टंकी, शौचालय तथा छात्रवृत्तिमा सहयोग गर्दै आएको र भोलिका दिनमा पनि यसरी नै सहयोगको निरन्तरता दिने रोटरी क्लब अफ पोखरा फिस्टेलका डा. अनिलबाबु पराजुलीले बताउनुभयो ।

>>>>World Disabled Day-अपाङ्गता दिवस विभिन्न कार्यक्रम