Wednesday, March 3, 2010

पाँचौ अन्तराष्ट्रिय साँस्कृतिक महोत्सब हुने पोखरामा

पोखरा,१८ फागुन
पर्यटकिय शहर पोखरामा विश्वका १२ देशका कलाकारहरुले आआफना सास्कृतिक प्रस्तुति प्रस्तु गदै मनोरञ्जन दिने भएका छन ।पोखराको नयाँ बजारस्थायी प्रदशनी केन्द्र यहि फागुन २४ देखी २९ गते सम्म पाँचौ अन्तराष्ट्रिय साँस्कृतिक महोत्सब हुने । पंण्डित नारायण पोखरेल स्मृति प्रतिष्ठान पोखराको आयोजना तथा शुभ यात्रा सँस्था र एसके साउण्ड पोखराको सहआयोजनामा हुने महोत्सब सफल पार्न तयारी महोत्सवका अध्यक्ष एवं प्रख्यात लोकदोहोरी गायक प्रजापति पराजुलीले महोत्सबको तयारी गतीमा भइरहेको जानकारी दिनुभयो । महोत्सबमा फा्रन्सका ४०, स्पेनका २२, बुल्गेरीयाका ४०, सोलभानियाका ४०, लिथिनिया ल्सोभाकियाका ३०, भारतका २५, श्रीलंकाका १५, बंगलादेशका १० र नेपालका ५० जना कलाकार सहभागी हुने पनि पराजुलीले वताउनुभयो ।
राष्ट्रिय दोहोरी, रत्यौली, भजन चुड्का र नौमती बाजाको प्रतियोगिता महोत्सबका बिशेष आकर्षा हुने भएका छन् भने ख्याती प्राप्त हास्यकलाकारहरुले महोत्सब अबधीभर दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन् । करिब ६० हजार दर्शकहरुले अबलोकन गर्ने अनुमान गरिएको महोत्सबमा १४ लाख ४० हजार खर्च लाग्ने आँकलन गरिएको छ । आयोजकहरुले खर्च हुने रकम प्रायोजक र टिकट ब्रि्रीबाट उठ्ने उदेश्य राखेका छन् ।”कला साहित्य र सँस्कृतिको संरक्षण गरौ, अन्तराष्ट्रिय कलाकर्मीसँग मित्रता बढाऔ” भन्ने मुल नाराका साथ हुने महोत्सबले पर्यटन बर्ष२०११ लाई सघाउ पुर्याउने, नेपालीको कला बिश्व माझ चिनाउने र स्वदेश तथा बिदेशका कलाकर्मीहरुको संबन्धलाई प्रगाढ बढाउने बिश्वास आयोजकहरुको रहेको छ । महोत्सबपछि, नेपाली नौमती बाजा र भजन चुड्कालाई अन्य देशमा लगेर प्रचार गर्न पहल गरिने महोत्सबका संयोजक पराजुलीले जानकारी दिनुभयो ।

फेवाताल संरक्षण समितिका अध्यक्ष हेमराज पहारीकोउपचारका क्रममा काठमाण्डौमा निधन

पोखरा१८ फागुन
 हिजो दिउँसो मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभएका फेवाताल संरक्षण समितिका अध्यक्ष हेमराज पहारीको उपचारका क्रममा काठमाण्डौमा निधन भएको र्सवदलिय फुट ट्रयाक निर्माण समितिका पनि अध्यक्ष रहनुभएका पहारीलाई हिजो बिजयपुर स्थित सेनाको पश्चिम पृतना अगाडी मोटरसाइकलले ठक्कर दिएको थियो फुट ट्रयाक निर्माणका लागि लेकसाइडको रत्नमन्दिरको जग्गा पनि प्रयोग गर्ने संबन्धमा पृतना स्थित नेपाली सेनाका अधिकारीहरु सँग छलफल गरेर आउने क्रममा उहाँलाई मोटरसाइकलले ठक्कर दिएको हो मोटरसाइकलको ठक्करपछि, चरक अस्पताल पुर्याइएको थियो चरक अस्पतालका चिकित्सकले चार घण्टा भित्र अप्रेशन गरेमा, ज्यान जोगिने संभावना रहेको वताएपछि, पहारीलाई तत्काल हेलिकप्टरबाट उपचारका लागि काठमाण्डौ स्थित न्युरो अस्पताल पुर्याइएको थियो टाउकोमा रगत जमेर अवस्था गम्भिर रहेका पहारीको उपचारकै क्रममा आज बिहान दुइ बजे निधन भएको थियो

Tuesday, March 2, 2010

HIV/AIDS एड्स सम्बन्धी ब्यबाहार परिबर्तन कार्यक्रम

पोखरा,१७ फागुन
 नेपाल रेडक्रस सोसाइटि जील्ला शाखा कास्कीको आयोजना साथै रेडक्रसको अनतराष्टिय संस्था आइ.एफ.आर.सी. को सहयोगमा एच.आइ भी एड्स सम्बन्धी ब्यबाहार परिबर्तन बिषयक अभिमुखीकरण कार्यक्रम पोखरामा आइतबार सम्पन्न भएको एच.आइ भी . एड्स सामाजीक प्रकोपको रुपमा बढेकोले त्यस प्रति जनचेतना फैलाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको रेडक्रसका कास्कीका प्रचारप्रसार प्रमुख कृण्ण प्रसाद तिमिल्सीनाले जानकारी दिनुभयो कार्यक्रममा बिभिन्न ट्रेड युनियन संग आबद्ध ब्यत्तिहरुको सहभागीता रहेको थियो

नेपाल विकास वैंक पोखरा कार्यालय अर्न्तगत सात सय निक्षेपकर्ता


पोखरा,१७ फागुन
 नेपाल विकास वैंक क्षेत्रिय कार्यालय पोखराले सोमबार मात्रै पोखराबाट ५१ लाख ५२ हजार निक्षेप कर्तालाई वितरण गरिएको आज साँझ पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको वितरण रकम मध्य ५१ लाख चेक मार्फ ५२ हजार क्यास वितरण गरिएको  पोखराबाट मात्रै बैकले करोड ४९ लाख वितरण गर्ने भएको आइतबार मात्रै ६७ जना निक्षेप कर्ताले भुक्तानी लिएका छन भने तिन जना बाहनेक सवैको खाता बन्द गरिएको तिन जनाको आठ लाख भन्दामाथि लिनुपर्ने भएकाले उनिहरुको खाता बन्द नगरिएको नारायण बजाज लिक्विडेटर कार्यालयका प्रतिनिधि केशव पौडेलले जानकारी दिए पहिलो पटकमा दुइ लाख सम्मको निक्षेप फिर्ता गरिएको यो दोस्रो चरण अर्न्तगत आठ लाख सम्मका निक्षेपकताईको पैसा फिर्ता गरिएको बजाजले जानकारी दिए आठ लाख भन्दा माथिको रकम पछि कर्जा असुली तथा सम्पक्ति बिक्रिबाट प्राप्त मौज्दातका आधारमा पुनरावेदन अदालत पाटन ललितपुरको आदेशानुसार क्रमिक रुपले फिर्ता भुक्तानी गदै जाने लिक्विडेटर कार्यालयले जनाएको  निक्षेपकर्ताहरुको संख्यका ३३९१ मध्ये करिब ९८ प्रतिशत निक्षेपकर्ताले आफनो शतप्रतिशत निक्षेप रकम फिर्ता पाउने छन
पोखरा कार्यालय अर्न्तगत सात सय निक्षेपकर्ता रहेका छन सात सय जनामा सात जना बाहेक सवैले रकम फिर्ता पाउने छन सात जनाको आठ लाख भन्दा माथि भएकाले पछि दिने भएको ।पोखरा कार्यालयमा एक जना ब्यक्तिको मात्र ४७ लाख निक्षेप फिर्ता गर्नुपर्ने रहेको बैंकले करोड ५५ लाख ६० हजार कर्जा प्रवाह गरेको  सोमबार मात्रै करोड ३० लाख श्रण असुली गरेको सो रकम मध्ये एक सस्थाबाट मात्रै करोड ८० लाख श्रण असुलि भएको नारायण बजाज लिक्विडेटर केशव पौडेलले जानकारी दिए पैसा तिरि सकेपछि मात्रै बन्द हुन्छ उनले भने उनले भने सञ्चय कोषवाला पनि पैसा पाउने तर पुर्ण रुपमा नपाउने समस्या भएको बताए

Sunday, February 28, 2010

Holi the festival of different s colors in Nepal


 Holi in  School,campus students searing classmate with different s colors as they celebrate Holi the  festival of  different s colors in Nepal.Many people are happy with friends and family  with different s colors. The colors of Holi are an expression of Nature’s springtime mood. As much as they are a reflection of the world’s surface, the colors are also a reflection of the emotion of all living things during this special transition of the seasons. In particular the human heart rejoices as the opportunity to recharge the vitality of mind, body and spirit arises. This is a time for people to harmonize with nature, and passionately embrace the pulse of the life within all beings.