Wednesday, March 3, 2010

फेवाताल संरक्षण समितिका अध्यक्ष हेमराज पहारीकोउपचारका क्रममा काठमाण्डौमा निधन

पोखरा१८ फागुन
 हिजो दिउँसो मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभएका फेवाताल संरक्षण समितिका अध्यक्ष हेमराज पहारीको उपचारका क्रममा काठमाण्डौमा निधन भएको र्सवदलिय फुट ट्रयाक निर्माण समितिका पनि अध्यक्ष रहनुभएका पहारीलाई हिजो बिजयपुर स्थित सेनाको पश्चिम पृतना अगाडी मोटरसाइकलले ठक्कर दिएको थियो फुट ट्रयाक निर्माणका लागि लेकसाइडको रत्नमन्दिरको जग्गा पनि प्रयोग गर्ने संबन्धमा पृतना स्थित नेपाली सेनाका अधिकारीहरु सँग छलफल गरेर आउने क्रममा उहाँलाई मोटरसाइकलले ठक्कर दिएको हो मोटरसाइकलको ठक्करपछि, चरक अस्पताल पुर्याइएको थियो चरक अस्पतालका चिकित्सकले चार घण्टा भित्र अप्रेशन गरेमा, ज्यान जोगिने संभावना रहेको वताएपछि, पहारीलाई तत्काल हेलिकप्टरबाट उपचारका लागि काठमाण्डौ स्थित न्युरो अस्पताल पुर्याइएको थियो टाउकोमा रगत जमेर अवस्था गम्भिर रहेका पहारीको उपचारकै क्रममा आज बिहान दुइ बजे निधन भएको थियो

No comments:

Post a Comment

Please, comment about this article.