Wednesday, March 3, 2010

पाँचौ अन्तराष्ट्रिय साँस्कृतिक महोत्सब हुने पोखरामा

पोखरा,१८ फागुन
पर्यटकिय शहर पोखरामा विश्वका १२ देशका कलाकारहरुले आआफना सास्कृतिक प्रस्तुति प्रस्तु गदै मनोरञ्जन दिने भएका छन ।पोखराको नयाँ बजारस्थायी प्रदशनी केन्द्र यहि फागुन २४ देखी २९ गते सम्म पाँचौ अन्तराष्ट्रिय साँस्कृतिक महोत्सब हुने । पंण्डित नारायण पोखरेल स्मृति प्रतिष्ठान पोखराको आयोजना तथा शुभ यात्रा सँस्था र एसके साउण्ड पोखराको सहआयोजनामा हुने महोत्सब सफल पार्न तयारी महोत्सवका अध्यक्ष एवं प्रख्यात लोकदोहोरी गायक प्रजापति पराजुलीले महोत्सबको तयारी गतीमा भइरहेको जानकारी दिनुभयो । महोत्सबमा फा्रन्सका ४०, स्पेनका २२, बुल्गेरीयाका ४०, सोलभानियाका ४०, लिथिनिया ल्सोभाकियाका ३०, भारतका २५, श्रीलंकाका १५, बंगलादेशका १० र नेपालका ५० जना कलाकार सहभागी हुने पनि पराजुलीले वताउनुभयो ।
राष्ट्रिय दोहोरी, रत्यौली, भजन चुड्का र नौमती बाजाको प्रतियोगिता महोत्सबका बिशेष आकर्षा हुने भएका छन् भने ख्याती प्राप्त हास्यकलाकारहरुले महोत्सब अबधीभर दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन् । करिब ६० हजार दर्शकहरुले अबलोकन गर्ने अनुमान गरिएको महोत्सबमा १४ लाख ४० हजार खर्च लाग्ने आँकलन गरिएको छ । आयोजकहरुले खर्च हुने रकम प्रायोजक र टिकट ब्रि्रीबाट उठ्ने उदेश्य राखेका छन् ।”कला साहित्य र सँस्कृतिको संरक्षण गरौ, अन्तराष्ट्रिय कलाकर्मीसँग मित्रता बढाऔ” भन्ने मुल नाराका साथ हुने महोत्सबले पर्यटन बर्ष२०११ लाई सघाउ पुर्याउने, नेपालीको कला बिश्व माझ चिनाउने र स्वदेश तथा बिदेशका कलाकर्मीहरुको संबन्धलाई प्रगाढ बढाउने बिश्वास आयोजकहरुको रहेको छ । महोत्सबपछि, नेपाली नौमती बाजा र भजन चुड्कालाई अन्य देशमा लगेर प्रचार गर्न पहल गरिने महोत्सबका संयोजक पराजुलीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Please, comment about this article.