Saturday, July 28, 2012

Entry of dharmasangh budhabihar in 57th yr year-धर्मसंघ बुद्धविहारको ५७ औं वर्ष प्रवेश


      धर्मसंघ बुद्धविहारको ५७ औं वर्ष प्रवेश तथा सर्धमसभाको २२ वार्षिक अधिवेशनले मोतिमान शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
      सो समितिको उपाध्यक्षमा भरतराज शाक्य, सचिवमा पूर्णमान बुद्धाचार्य, कोषाध्यक्षमा विकास रत्न शाक्य, सहसचिवमा लालबहादुर गुभाजु, सदस्यहरुमा दुर्गामान कर्माचार्य, तेजेन्द्र शाक्य, राजेशमान बुद्धाचार्य, किशोरमान शाक्य, पुरनमान बुद्धाचार्य, सुरेश शाक्य र मनोनित सदस्यहरुमा कृष्णमान बुद्धाचार्य, अशोककुमार शाक्य रहेको समिति चयन गरेको छ ।
      सो साधारणसभाको उद्घाटन सहप्राध्यापक डा.नरेशमान बुद्धाचार्यले गर्दै सामाजिक कार्यको माध्यमले बुद्ध शिक्षा फैलाउन सहयोग पुग्ने धारणा राख्नुभयो । मोतिमान शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भरत शाक्य, सचिव इश्वरमान शाक्य, पोखरा विश्वविद्यालयका पूर्व रजिष्टार प्रकाशमान गुभाजु लगायतले आआफ्नो मन्तव्य राख्नुभएको थियो ।
      कार्यक्रममा कलाकारहरु सुवर्ण बज्राचार्य, श्यामलाल श्रेष्ठ, ज्ञानु शाक्य, सन्तकुमारी बुद्धाचार्य लगायतले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो ।

Involvement of women in social activities-सामाजिक कृयाकलापको महिला नेतृत्व हुने

Involvement of women in social activities

      सामाजिक कृयाकलापको माध्यमले महिला नेतृत्व हुने अवधारणाले स्थापित आमा मिलन केन्द्रको तेस्रो साधारणसभा शनिवार सम्पन्न भएको छ ।अधिवेशनले इन्दिरा पौडेलको अध्यक्षतामा उपाध्यक्ष निर्मला घिमिरे, सचिवमा सावित्री भट्टराई, कोषाध्यक्षमा सुकमाया गुरुङ्ग, सहसचिवमा भिमा पौडेल, सदस्यहरुमा नुनु राना, लक्ष्मी पाण्डे, बीनकुमारी शर्मा, विजया अर्याल, सावित्री संग्रौला, संगिता शर्मा, निर्मला गुरुङ्ग, कमला श्रेष्ठ रहेको संचालक समिति चयन गरेको छ ।  उक्त साधारणसभाको उद्घाटन गर्दै गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष कृष्णप्रसाद बरालले संस्थाबाट गतिविधिलाई व्यापकभन्दा निरन्तरत गर्न सके समाजमा सकारात्मक सन्देश जाने बताउनुभयो ।
      शान्तिका लागि नागरिक समाजका संयोजक सुरेन्द्र बहादुर थापामगरले महिलाहरुको विकासमा संस्थाले
 पुर्याएको योगदान प्रसंसयोग्य रहेको धारणा राख्नुभयो । रेडियो सराङ्गकोटका कार्यकारी निर्देशक कृष्ण थापाले अधिकारलाई संस्थागत गर्दै अगाडि बढ्न सके मात्र समाज सकारात्मक बाटोतर्फ जान सक्ने बताउनुभयो ।
      केन्द्रका अध्यक्ष इन्दिरा पौडेलको सभापतित्वमा भएको कार्यक्रममा दलित महिला संघका सचिव अन्जना सुनुवार, इन्सेकका प्रतिनिधि गणेश भण्डारी, हिमचुली एफएमका स्टेशन मेनेजर दिलिप राई, अधिवक्ता जानकी शर्मा, सल्लाहकार पृथ्वीराज शर्मा, उपाध्यक्ष गंगाकुमारी अर्याल, सचिव शर्मिला लम्साल लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
 

Friday, July 27, 2012

A female teacher who’s both kidneys has been damaged want help from we peoples दुवै मृगौला फेल भएकी शिक्षिकाद्वारा सहयोगको आग्रह

Sangita Kunwar

दुवै मृगौला फेल भएकी एक शिक्षिकाले मृगौला प्रत्यारोपणको लागि आर्थीक सहयोगको अपिल गरेकी छिन् । साइनिङ स्टार आवासिय मा.बि. लेकसाईड पोखराकी शिक्षिका संगिता कुंवरको बिगत चार महिनादेखि दुवै मृगौलाले काम गर्न छाडेपछि प्रत्यारोपणको लागि आर्थीक सहयोगको अपिल गरेकी हुन् । सो बिद्यालयमा उनले करिव ८ बर्षदेखि पढाउँदै आएकी छिन् ।
       पोखरा–८, बगालेटोल निवासी २५ बर्षिय कुंवरको घरको आर्थीक अवस्था कमजोर भएकाले सबै समक्ष आर्थिक सहयोग गरी आफ्नो जीवन बचाइदिन अनुरोध गरेकि छिन् । ‘मेरा दुवै मृगौला फेल भएको स्वास्थ्यकर्मीले बताएका छन्’ उनले भनिन्–‘आर्थीक सहयोग गरि मलाई बचाउन सबै समक्ष अनुरोध गर्छु ।’ काठमाण्डौको, बीर, शिक्षण, किष्टका डाक्टरले उनको जाँच गरेका थिए ।
       विगत ६ महिनादेखि मृगौलामा समस्या देखिएपनि चार महिनादेखि दुवै मृगौलाले काम गर्न छाडेको र तुरुन्त मृगौला प्रत्यारोपण गर्नुपर्ने स्वास्थ्यकर्मीले बताएको उनको परिवारले जनाएको छ । प्रत्यारोपण  नेपालमा सम्भव नभए भारतमा लैजानुपर्ने र खर्च करिव २२ लाख रुपैया लाग्ने कुंवरका बुवा लालबहादुर कुंवरलेबताए । संगिताको हाल चरक अस्पतालमा हप्तामा दुई पटक डाइग्लोसिस गरार्इंदै आइएको छ ।
परिवारले विगत ६ महिनादेखि उपचार गराउँदै आएको र हालसम्म करिव साढे दुई लाख खर्च भैसकेको र बाँकि उपचारको लागि आर्थीक नभएकाले सहयोगको अपिल गरिएको बुवा कुंवरले बताए । ‘हामिले भएको पैसा उपचारमै लगायौं अब मृगौला प्रत्यारोपण नगरि नहुने भयो’ उनले भने–‘परिवारबाट पनि मृगौला दिन असम्भव भएकाले बढि खर्च बढेको, सबै समक्ष आर्थीक सहयोगको याचना गर्छु ।’
संगिताको उपचारका लागि आर्थीक सहयोग संकलन गर्ने सम्बन्धमा बिद्यालयका अभिभावक, शिक्षक, लेकसाइड क्षेत्रका समाजसेवी तथा आमा समूहको शुक्रबार बैठक बसि ‘संगिता उपचार सहयोग समिति’ गठन भएको छ । बिद्यालयका शिक्षक तथा पृथ्वीनारायण क्याम्पस पोखराका उप–प्राध्यापक नारायण मरासीनिको संयोजक र सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिका उपाध्यक्ष तथा आदर्श नेपाल प्रकाशन प्रा.लिका निर्देशक बिष्णुबहादुर भट्टराई सह–संयोजक रहेको १७ सदस्यीय संगिता उपचार सहयोग समिति गठन भएको हो ।
‘सयौं बिद्यार्थीलाई ज्ञानको ज्योति बाँड्ने शिक्षिका अमिले जीवन मरणको दोसाँधमा गुज्रिरहनु भएको छ’ बिद्यालयका प्राचार्य नारायणप्रसाद पाण्डेले भने–‘सबैले सक्दो आर्थीक सहयोग गरि संगितालाई बचाउन अनुरोध गर्छु ।’ समितीले अभियानको रुपमा आर्थीक सहयोग जुटाउन लागि पर्ने निर्णय गरेको छ ।
सो अबसरमा बिद्यालय, शिक्षक शिक्षिका, अभिभावक, समाजसेवीहरुले आर्थीक सहयोग प्रदान गर्ने घोषणा गरेका छन् । बिद्यालयले ३६ हजार, २७ जना शिक्षक शिक्षिकाले १३ हजार, रामबहादुर पौडेलले १० हजार, जगत बहादुर कुँवरले ५ हजार, शुसिला सुवेदीले ५ हजार, नारायण पाण्डेले ४ हजार, दुर्गा पहारीले २ हजार ५ सय, गोमा पहारीले २ हजार आर्थीक सहयोग गर्ने घोषणा गरेका छन् ।

Thursday, July 26, 2012

COPNAHRN-पूर्व पदाधिकारीहरुलाई आजीवन सुविधा दिने निर्णय खारेज गर्न माग

              नेपाल सरकारले हालै पूर्व पदाधिकारीहरुलाई राज्यले थेग्नै नसक्ने गरी आजीवन सुविधा दिन गरेको निर्णयप्रति राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
              संस्थाका अध्यक्ष प्रा.डा.भवानीप्रसाद पाण्डे तथा महासचिव रामबहादुर पौडेलद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा गरीब मुलुक नेपालका जनताहरुको अवस्था दिनानुदिन दयनीय रुपले खस्कँदै गएको र अर्थतन्त्र रेमिटेन्समा आधारित हुँदै गैरहेको अवस्थामा पूर्व राष्ट्रपति र उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व सभामुख र उपसभामुख, पूर्व प्रधानन्यायाधीश र पूर्व गृहमन्त्री लगायतलाई सुविधा दिन अध्यादेश जारी गर्नु सामाजिक न्यायका विपरित भएको जनाइएको छ ।

              विज्ञप्ति मार्फत् सार्वभौमिक नेपाली जनताहरुको बाँच्न पाउने अधिकारको सम्मान गर्दै गास, बास र कपासको समस्यामा परेका वर्गलाई राहतका लागि आवश्यक सुविधा दिनतर्फ नेपाल सरकारको ध्यान जाओस् भन्ने आग्रह गर्दै नेपाल सरकारले गरेको मुलुक र जनता विरोधी उपरोक्त निर्णय तत्काल खारेज गर्न जोडदार माग गरिएको छ ।

Tuesday, July 24, 2012

Stache of snake has been established in Ratopairo,Pokhara

       नागपञ्चमीको अवसर पारेर पोखरा उपमहानगरपालिका वडा नं.१७ रातोपैह्रोमा नागको मूर्ति स्थापना गरिएको छ । दिवंगत घनश्याम तथा राजकुमारी ठुसाजुको स्मृतिमा उहाँका छोराहरु लक्ष्मी, नारायण तथा ध्रुव ठुसाजुले नागको मूर्ति स्थापना गर्नुभएको हो ।
       रातोपैह्रोका स्थानीयबासिन्दाले विगत कैयन वर्षदेखि नागको पूजाआँजा गर्दै आइहरेका छन् । नागपञ्चमीका दिनमा नागको पूजा नगरेमा रातोपैह्रो क्षेत्रमा नाग प्रकट भई दुःख दिने गरेको स्थानीय बासिन्दा बताउँछन् । मूति निर्माणमा सक्रिय ध्रुव ठुसाजुका अनुसार नागको पूजा गरेमा सबै राम्रो हुने र मनोकांक्षा पूरा हुने विश्वासमा स्थानीय बासिन्दाले विगतदेखि नै पूजाआँजा गर्दै आएका हुन् ।
       ठुसाजु दम्पत्तीका कान्छा छोरा ध्रुवले आफ्नै मेहनत तथा परिश्रमले निर्माण गरेको ६ फिट अग्लो नागको मूतिको मंगलबार नागपञ्चमीको दिन पारेर प्राणप्रतिष्ठा गरियो

Two Thief have been caught by police with stolen bikes In Pokhara-चोरीको मोटरसाईकल सहित २ जना पक्राउ


  मिति २०६९/०४/०४ गते जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(१० रामघाटबाट चोरीको मो.सा.सहित जि.गोरखा आंपपिपल गा.बि.स.वडा नं.(१ स्थायी वतन भई हाल ऐ. ले.न.पा.वडा नं.(१२ बस्ने बर्ष(३३ को जम्मादिन मिया र कास्की ले.न.पा.वडा नं.(१३ गगनगौडा बस्ने बर्ष(२२ को ईस्लाम बक्स मियालाई वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको, निजहरुले मिति २०६९/०२/१० गते राति अ/ ११:०० बजेको समयमा पोखरा(१० अस्पतालचोक स्थित आफ्नै रेष्टुरेण्ट अगाडि पार्किङ गरी राखिएको देब प्रसाद गुरुङको नाममा रहेको ग ६ प ९४५६ नं। को निलो रङको पल्सर मोटरसाईकल चोरी गरेका थिए । निजहरुलाई मिति २०६९/०४/०४ गते देखि लागु हुने गरी सम्मानित कास्की जिल्ला  अदालतबाट चोरी मुद्दामा म्यादथप अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको ।
जिल्ला  प्रहरी कार्यालय कास्की

Fake Driving Licence distributor were Investigated by Police-लाईसन्स बनाई दिन्छु भन्ने पक्राउ.

 प्र.ना.म.नि. राजेन्द्र सिंह भण्डारीको नाम लिई लाईसेन्स बनाई दिन्छु भन्ने ब्यक्ति पक्राउ मिति २०६९/०४/०८ गते जि.गोरखा ताप्ले गा.बि.स.वडा  नं.(७ स्थायी ठेगाना भई हाल जि.तनहुं दमौली बजार बसोबास गर्ने राम चन्द्र भट्ट भन्ने टोप प्रसाद भट्टलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरी मिति २०६९/०४/०९ गते जिल्ला प्रशासन कार्यालय कास्की मार्फत केही सार्बजनिक अपराध शिर्षकमा म्यादथप अनुमति लिई अनुसन्धान प्रकृया अगाडि बढाईएको छ, निज राम चन्द्र भट्ट भन्ने टोप प्रसाद भट्टले पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्र.ना.म.नि. श्री राजेन्द्र सिंह भण्डारी र यातायात ब्यवस्था कार्यालयका कर्मचारीहरुसंग आफ्नो राम्रो सम्बन्ध रहेको भनी लाईसेन्सको ट्रायल दिन आउने सर्बसाधारणहरुलाई भन्ने गरेको तथा आफ्नो सम्पर्कमा रहेका ब्यक्तिहरुको सवारी जांच अनुमति पत्रको ट्रायल हुंने समयमा जांच लिन खटिईएका कर्मचारीहरुलाई निजहरु डि।आई।जि। सापको मान्छे हो पास गरी दिनु पर्छ भनी गलत सुचना दिई प्रभाबित तुल्याउने प्रयास गर्ने गरेको सुचनाको आधारमा निजलाई पक्राउ गरिएको थियो । निजको साथबाट बिभिन्न नं. का ५ वटा सिमकार्डहरु, बिभिन्न नामका ११ जना ब्यक्तिका लाईसेन्स निकाल्न प्रयोग गरिने कागजातहरु ९ नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, लाईसन्सको प्रतिलिपीहरु०, लाईसेन्स बनाउन प्रयोग गरिने बिभिन्न ब्यक्तिहरुका अटो र पासपोर्ट साईजका फोटोहरु समेत बरामद भएका छन् ।

जिल्ला  प्रहरी कार्यालय कास्की ।                

Monday, July 23, 2012

Fake Doctor Arrested in Kaski -नक्कली डाक्टर प्रहरी फन्दा

 प्राकृतिक चिकित्सा सम्बन्धी डक्टर हूँ भन्नेहरुलाई आबश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय कास्कीमा पेश
यस कास्की जिल्ला अन्तर्गतका बिभिन्न स्थानहरुमा निम्न बिबरण भएका ब्यक्तिहरुले आफुहरुले पाउदै नपाएको डा.को उपाधि पाएको भनी सोही अनुसारको स्वास्थ्य उपचार संग सम्बन्धित संस्थाहरु समेत खडा गरी सर्बसाधारणहरुको उपचार गर्ने गरेको भन्ने सूचनाको आधारमा निजहरुलाई खोजतलास गर्दा आज मिति २०६९/०४/०८ फेला परेकामा सो बारेमा निजहरुलाई प्रारम्भिक सोधपुछ गर्दा आफुहरुले हाल सम्म कही कतै बाट पनि त्यस्तो आधिकारिक डा.को उपाधि प्राप्त नगरेको तर सो डा.को उपाधि छ भन्दै आफुहरुको स्वास्थ्य संस्थाहरु मार्फत बिगतका दिनहरु देखिनै हाल सम्म पनि विरामीहरुको उपचारमा संलग्न भएको भनी खुलाई दिएकाले निजहरुलाई कार्बाही हुनको लागि निम्न ब्यक्तिहरु लाई जिल्ला प्रशासन कार्यालय कास्कीमा पेश गरिएको ।

निम्न
(१) जिल्ला कास्की पोखरा उ.म.न.पा. १२ वतन भएका, योग प्राकृतिक तथा बैकल्पिक चिकित्सा परिषद् कार्य समितीका अध्यक्ष, आफ्नो नामको अगाडि डा.लेख्ने, सुपरभिजन प्राकृतिक स्वास्थ्य केन्द्रका संचालक, बर्ष ४६ का डिलाराज लामीछाने ।

(२) जिल्ला धादिङ ज्यामरुङ गा.बि.स.९ वतन भएका, ऐ.का उपाध्यक्ष, आफ्नो नामको अगाडि डा.लेख्ने, पायनियर्स ईनर्जि एडभेन्चर का संचालक, बर्ष ४६ का ऋषिराज लम्साल ।

(३) जिल्ला कास्की कृष्तीनाच्नेचौर गा.बि.स. १ वतन भएका, ऐ.का सचिब,माछापुच्छ्रे्र प्राकृतिक उपचार केन्द्रका संचालक, बर्ष ३२ का आफ्नो नामको अगाडि डा.लेख्ने, याम बहादुर रानाभाट ।

(४) जिल्ला स्याङजा कारीकोट गा.बि.स. ३ वतन भएका, ऐ.का सहसचिब, मुम्बई होमीयो फार्मेसीका संचालक बर्ष ३९ का, आफ्नो नामको अगाडि डा.लेख्ने के.बि.थापा ।

(५) जिल्ला कास्की घाचोक गा.बि.स..४ वतन भएका, ऐ.का सहकोषाध्यक्ष, सुर्यकमल प्राकृतिक उपचार केन्द्रका संचालक, बर्ष ४९ का आफ्नो नामको अगाडि डा.लेख्ने योगीराज कोमलानन्द ।

(६) जिल्ला धादिङ मार्फा गा.बि.स. ६ वतन भएका, ऐ.का सदस्य, डि.पी.एम.सि.आश्रम तथा योग ध्यान केन्द्रका संचालक बर्ष ३९ का आफ्नो नामको अगाडि डा.लेख्ने डेवीड पन्त ।

(७) जिल्ला स्याङजा वालीङ न.पा. ८ वतन भएका, ऐ.का सदस्य, आफ्नो नामको अगाडि
डा.लेख्ने बर्ष ५६ का नेत्रनाथ रेग्मी ।

(८) जिल्ला कास्की पोखरा उ.म.न.पा.वार्ड नं.१० वतन भएका, ऐ.का सदस्य, आफ्नो नामको अगाडि डा.लेख्ने, ग्लोबल सेन्टर फर पोजेटिभ हेल्थका संचालक, बर्ष ४६ का सुर्य बहादुर गुरुङ्ग ।

(९) जिल्ला कास्की पोखरा उ.म.न.पा. १० वतन भएका, ऐ.का महासचिब, आफ्नो नामको अगाडि डा.लेख्ने, आरोग्यधाम सेवा केन्द्रका संचालक, बर्ष ३५ का विष्णु चापागाई ।

(१०) जिल्ला काठमाण्डौ मातातिर्थ गा.बि.स. ७ वतन भएका, स्पार्क बि.एण्ड डि.अस्पताल सभागृहचोक पोखराको डा. हु भनी आफ्नो नामको अगाडी डा.लेख्ने बर्ष ३६ का सुनिल पौडेल ।

जिल्ला प्रहरी कार्यालय, कास्की

Sunday, July 22, 2012

HSEB Grade 12 Results 2069/2012 Published (+2 Science Stream ONLY) - updated

Finally, the Higher Secondary Education Board (HSEB) has announced the result of +2 Science stream, and as usual other streams including Management has been delayed. The published results of HSEB grade XII science stream can be viewed online from NTC website at http://hseb.ntc.net.np/ or IVR at 1601.


How to check result of HSEB 2069 (+2 Science Stream)

1.From Online.

Click here to check result online with mark sheet.

2.From PSTN/CDMA Landline and Mobile

Dial 1601 and follow the instructions clearly.

HSEB Grade 12 Results 2069 Published (+2 Science Stream ONLY)

Friday, July 20, 2012

सतुवा सहित मानिस पक्राउ

मिति २०६९।०४।०२ गते देखि ऐ. ४ गते सम्म व.प्र.का.बगर र प्रहरी चौकी धम्पुष कास्कीबाट खटिएको प्रहरी टोली तथा ACAP बाट खटिएका कर्मचारीहरुको संयुक्त टोलीले जि।कास्की ल्वाङघलेल गा.बि.स.वडा नं.९ सिभिङ बस्ने मोहनसिंह तामाङको घरबारीमा लुकाई छिपाई राखेको अवस्थामा अ। १३ पन सतुवा बरामद गरी निजलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि अन्नपूर्ण प्रकृति संरक्षण आयोजनामा जिम्मा लगाईएको ।
 जिल्ला प्रहरी कार्यालय कास्की ।

अमर्यादित कार्यमा संलग्न पक्राउ Boys and Girls Arrested in Pokhara

 (क) मिति २०६९/३/३० गते राति वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पोखरा उ.म.न.पा. वडा नं. २ स्थित बाग्लुङ्ग बसपार्कमा रहेको तृप्ति होटलमा चेकजाँच गर्ने क्रममा अमर्यादित क्रियाकलापमा संलग्न रही सार्वजनिक सदाचार भंग गर्न खोज्ने निम्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई केही सार्वजनिक अपराध शिषर्कमा मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको ।

पक्राउ परेका मानिसहरु:
  1.  जि. कास्की पोखरा १७ विरौटा बस्ने वर्ष ३० को प्रकाश श्रेष्ठ ।
  2.  जि. बाग्लुङ्ग निस्ती ५ घर भई हाल पोखरा २ बाग्लुङ्ग बसपार्क बस्ने वर्ष २० कि कुन्ती क्षेत्री ( नाम  परिबर्तन )
  3. मिति २०६९/०४/०३ गते राति वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा उ.म.न.पा. वडा नं. ६ स्थित लेकसाईडमा रहेको होटल White Rose Restaurant and Bar मा चेकजाँच गर्ने क्रममा अमर्यादित क्रियाकलापमा संलग्न रही सार्वजनिक सदाचार भंग गर्न खोज्ने निम्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई केही सार्वजनिक अपराध शिषर्कमा मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको ।
                                        पक्राउ परेका मानिसहरु:
  1. गोगवुं–५ काठमाण्डौ बस्ने वर्ष २९ को विक्रम गौतम ।
  2. गोगवुं–९ काठमाण्डौ बस्ने वर्ष २८ को हिरामनी सिटौला ।
  3. धापासी–६ काठमाण्डौ बस्ने वर्ष २४ को विमोचन बस्नेत ।
  4. वेशीगाउँ –८ काठमाण्डौ घर भई हाल बाग्लुङ्ग बसपार्क होटलमा काम गर्ने वर्ष २० कि रमा कार्की ( नाम परिवर्तन)
  5. बनेपा –४ काभ्रे घर भई हाल बाग्लुङ्ग बसपार्क होटलमा काम गर्ने वर्ष १९ कि मनिसा थापा ( नाम परिबर्तन)
  6. पोखरा – ६ वाराहीचोक घर भई हाल बाग्लुङ्ग बसपार्क होटलमा काम गर्ने वर्ष २० उमा क्षेत्री               (नाम परिवर्तन)
  7. उल्लेखित व्यक्तिहरुलाई होटल संचालक नभएको समयमा होटलमा ईन्ट्री गराउने जि.               बाग्लुङ्ग बुर्तिवाङ घर भई सोही होटलका स्टाफ कोपिल मगर ।











 

Wednesday, July 18, 2012

Hanging Sucide Dead and Crime झुण्डिई मृत अवस्थामा शव फेला र खुकरी, रड प्रहार गरी ज्यान मार्ने उद्योग गर्ने फरार अभियुतहरु पक्राउ

अभियुतहरु पक्राउ
              मिति २०६९।३।२२ गते साँझ अं. ७:३० बजेको समयमा जि. कास्की पोखरा उप.म.न.पा. वडा नं. ९ नयांबजार बस्ने अन्जना श्रेष्ठको छोरा वर्ष १६ को मनिष श्रेष्ठलाई ऐ. बस्ने ७÷८ जना व्यक्तिहरुले खुकुरी, रड लगायत अन्य हातहतियार द्धारा मरणासन्न हुने गरी कुटपिट गरी घाईते तुल्याई फरार रहेका घट्नामा संलग्न व्यक्तिहरुलाई खोजतलास गर्ने क्रममा मिति २०६९।३।२७ गते फरार मध्येका अनिल घिमिरे पक्राउ परी निजले खुलाए अनुसार निम्न लिखित व्यक्तिहरुलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले चितवन जिल्ला स्थित नारायणगढ बजारबाट मिति २०६९।३।२८ गते पक्राउ गरी यस कार्यालयमा ल्याई ज्यान मार्ने उद्योग शिर्षकमा मुद्धा दर्ता गरी मिति २०६९।३।२८ गते देखि नै लागू हुने गरी सम्मानित कास्की जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान कार्य भईरहेको छ । वारदातमा संलग्न अन्य फरार व्यक्तिहरुको खोजतलासको कारवाही जारी रहेको छ । साथै घटनाबाट गम्भिर घाईते हुन पुगेका निज मनिष श्रेष्ठको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भई रहेकोमा निज २०६९।४।३ गते डिस्चार्ज भएका छन ।
 निम्न
 १)               जि. कास्की पोखरा ९ नयाँबजार बस्ने वर्ष १८ को प्रजल थापा ।
२)              जि. कास्की पोखरा ९ नयाँबजार बस्ने वर्ष १८ को दोर्जे लामा ।
३)              जि. कास्की पोखरा ९ नयाँबजार बस्ने शिव गुरुङ्ग ।
४)              जि. कास्की पोखरा ८ न्यूरोड बस्ने वर्ष १८ को अनिल घिमिरे ।

               उल्लेखित व्यक्तिहरु यस भन्दा पहिला समेत पोखराको विभिन्न स्थानहरुमा रातको अवस्थामा हिडीरहेका पैदलयात्रीहरुलाई लुटपाट गरेको अभियोगमा समेत पक्राउ परी निजहरु उपर सार्वजनिक अपराध शिर्षकमा कारवाही समेत चलाईएको थियो । साथै निजहरुले नयाँबजार एरियामा होहल्ला गर्ने, गुण्डागर्दी गर्ने र सर्वसाधारणलाई सास्ती दिने कार्यमा संलग्न रहेको गुनासो पटक पटक यस कार्यालयलाई प्राप्त भएको थियो ।
                                      झुण्डिई मृत अवस्थामा शव फेला परेको: सनाखत हुन बाँकी

               मिति २०६९।४।२ गते बिहान अं. ४ बजेको समयमा जि. कास्की पोखरा उप.म.न.पा. वडा नं. १५ ठुली मजुवा टोल एरियामा रहेको चौताराको स्वामीको रुखमा एक जना अपरिचित पुरुष व्यक्ति झुण्डिई मृत अवस्थामा रहेको भन्ने सूचना प्राप्त भए अनुसार यस कार्यालय तथा वडा प्रहरी कार्यालय रामबजारबाट घट्नास्थल विशेषज्ञ सहितको अनुसन्धान टोली खटिई गई प्रारम्भिक अनुसन्धानको कार्य पुरा गरी मृत शवलाई पोष्टमार्टमको लागि प.क्षे. अस्पतालमा ल्याईएको । मृतक शवको हालसम्म सनाखत हुन नसकेको हुँदा निजको हुलिया निम्नानुसार रहेको सो सम्बन्धमा सम्पूर्ण संचार माध्यमहरुलाई सूचना सम्प्रेषण गरी दिनु हुन अनुरोध गरिएको छ ।

मृतक शवको बिवरण:

–उचाई अं. ५.६ ईन्च भएको, सेतो र कालो तेर्सो धर्सा भएको लामो बाहुला भएको टिसर्ट र कालो ट्रयाक लगाएको, कपालको रंग कालो भएको, उमेर  अन्दाजी २५/२६ वर्षको, पातलो शरिर भएको, वर्ण कल्साउदो, बाहुन क्षेत्री जस्तो देखिने, दुवै गाला भित्र पसेको, दाह्री जुंगा काटेको, कपाल: लामो, बाक्लो, कालो, काटेको ।
District Police Office Kaski, Pokhara.
जिल्ला प्रहरी कार्यालय कास्की ।

Monday, July 16, 2012

Chorepatan Female Police Office, Pokhara - छोरेपाटनको महिला प्रहरी चौकीमा शिशु स्याहार केन्द्र

 पोखरा १७  छोरेपाटन महिला प्रहरी चौकी  हाता भित्र निर्मित रहेको शिशु स्याहार केन्द्र र भान्छा तथा कार्यालय भवनको पहिलो तलाको उदघाटन गरिएको। भवनको पश्चिमाञ्चल प्रहरी प्रमुख राजेन्द्र सिंह भण्डारीले उद्घाटन गरे । करिब ९ लाखको लागतमा शिशु स्यार केन्द्र र भान्छा घरको निमार्ण भएको हो ।
निमार्णका लागि  ५ लाख ५५ हजार ५ सय ५५ प्रकाश केसीले सहयोग गरेका थिए ।

शिशु स्याहार केन्द्रका लागि प्रहरी केन्द्रिय कार्यालयबाट ४ लाख सहयोग भएको । भवनको निमार्णका लागि स्थानीयबासीहरुले सहयोग गरेका थिए । छोरेपाटन प्रहरी चौकीमा २४ जना महिला प्रहरी कार्यरत रहेका छन् । चौकीमा कार्यरत महिला प्रहरीका छोराछोरीलाई हेरचाह गर्ने उद्देश्यले दिवा शिशु स्याहार केन्द्रको स्थापना भएको हो । उनिहरुका अहिले ५ जना बालबालिकाहरु छन् ।  प्रहरी र जनता मिलेर बढे शान्ति सुरक्षा कायम राख्न सजिलो हुने प्रहरी प्रमुख राजेन्द्र सिंह भण्डारीले बताए । 

भण्डारीले सहयोग आगामी दिनमा  निरन्तरता पाउने आशा व्यक्त गरे ।  निमार्ण समितिका अध्यक्ष तिर्थराज अधिकारी, निमार्ण अनुगमन समितिका बोधराज कार्की लगायतले भवन निमार्णका बारेमा जानकारी दिए । भवन निमार्णमा सहयोग  विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

साप्ताहिक सरसफाई कार्यक्रम सम्पन्न

       “हाम्रो पोखरा राम्रो पोखरा” भन्ने नाराका साथ हेरालो प्रतिष्ठान कास्की तथा रोटरी क्लव अफ अन्नपूर्णको आयोजना तथा चोनबुक नेशनल युनिभर्सिटी कोरियाका २२ जना स्वयंसेवक, पोखरा उपमहानगरपालिका, कोइका स्वयंसेवक, जाइका स्वयंसेवक, सिविसि पोखरा, एसओएस बालग्राम, एसओएस युवालय, सशस्त्र प्रहरी बल कालिका गण, रोटयाक्ट क्लव अफ अन्नपूर्ण, इनरह्वील क्लव अफ अन्नपूर्ण, टोल विकास संस्था ८ र ९ एवं सम्बन्धित स्थानका बासिन्दाहरुको सहभागितामा पोखरामा असार २७ गतेदेखि शुरु भएको सरसफाई कार्यक्रम अन्तर्गत सोमबार अन्तिम दिनको कार्यक्रम पोखराको पुरानो बसपार्क नजिक रहेको कृष्णटोलमा सरसफाई गरी समापन गरियो ।
       समापन समारोहमा रोटरी क्लव अफ पोखरा अन्नपूर्णका अध्यक्ष रो डिल्लीप्रसाद शर्माले कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो भने चोनबुक नेशनल युनिभर्सिटीका शिक्षक किम सोयुङ्ग वोनले आफ्नो मन्तव्य व्यक्त गर्दै यस सुन्दर नगरीमा आएर स्वयंसेवकको रुपमा कार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै यस सुन्दर नगरका सम्पूर्णबासीहरुमा आफ्नो शहर सफा राख्न आग्रह गर्नुभयो ।
       यसैगरी हेरालो प्रतिष्ठान कास्कीका कार्यकारी उपाध्यक्ष सुशीलराज पराजुलीले धन्यवाद ज्ञापन गर्दै यस कर्याक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण संघसंस्था लगायत विशेष गरी कोयरियन स्वयंसेवकहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
       कार्यक्रमको संचालन सो सप्ताहव्यापी कार्यक्रमका संयोजक एवं हेरालो प्रतिष्ठान कास्कीका सचिव बाबुराम बरालले गर्नुभएको थियो । 

Sunday, July 15, 2012

ममिता गौतम स्मृति प्रतिष्ठानद्वारा दलित विद्यार्थी सम्मानित

         ममिता गौतम स्मृति प्रतिष्ठान पोखरा १० रामबजारले कास्की जिल्लाबाट २०६८ सालको एसएलसी परीक्षामा उत्तीर्ण दलित उत्पीडित विद्यार्थीहरुलाई कृष्ण मन्दिर प्राङ्गणमा प्रतिष्ठानका अध्यक्ष ऋषिराम विश्वकर्माको सभापतित्व र पोखरा उपमहानगरपालिका सामाजिक विकास शाखाका अधिकृत ओमराज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न गरियो ।
             प्रतिष्ठान स्थापनाको छोटो अवधिमा यसले समाजमा राम्रो कार्य गरेको वक्ताहरुले बताउनुभयो । भूगोलविद् डा.कृष्ण के.सी.ले समाजमा आर्थिक अभावले पढ्न नसकेका छात्रछात्रा, औषधि उपचार गर्न नसकेका थुप्रै क्षेत्रमा प्रतिष्ठान जस्ता सामाजिक संस्थाले सहयोग पु¥याउन सके समाजको विकास हुँदै जाने बताउनुभयो । विश्व हिन्दु महासंघ दलित समन्वय समितिका अध्यक्ष खरीलाल विश्वकर्माले ममिता जस्तो हाम्रो समाजमा न कहिल्यै जन्मे न अब जन्मन्छन्, उनले यस संसारमा धेरै बस्न नपाए पनि सामाजिक कार्यले उनको आत्मामा शान्ति पुग्नेछ भन्नुभयो ।कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार धनबहादुर नेपाली, सूवर्णकला समितिका अध्यक्ष निर्मल सुनार, विश्वकर्मा समाजका अध्यक्ष गणेश बराइली, नेपाल रेडक्रस सोसाइटी १०।११ का सभापति जीवनाथ पौडेल, रामबजार ट्याक्सी इकाईका अध्यक्ष राजु परियार, राष्ट्रिय परोपकार महासंघ जिल्ला अध्यक्ष ललित कुँवर, सम्मानित व्यक्तित्व मणिराज परियार, पत्रकार प्रेम नेपाली लगायत सम्मानित विद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो । प्रतिष्ठानले प्रकाशित गरेको स्मारिकामा लेख, रचना उपलब्ध गराउने व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो । अध्यक्ष ऋषिराम विश्वकर्माले शिक्षामा पहुँच नपुगेको क्षेत्रमा पछाडि परेका जाति, जनजातिहरुलाई छात्रवृत्ति प्रदान गरिँदै आएको र गत वर्ष १८ जना गरीब, दलित, जनजातिहरुलाई छात्रवृत्ति प्रदान गरेको र यस वर्ष पनि छात्रवृत्ति प्रदान गरिनुका साथै सीपमूलक, ज्ञानमूलक र आयमूलक तालिम प्रदान गरी दलित, जनजाति, महिलाहरुलाई सहयोग गर्ने बताउँदै सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष बमबहादुर घताने र कार्यक्रमको संचालन सचिव लालसिंह घतानेले गर्नुभएको थियो ।

Saturday, July 14, 2012

तनहुँ सम्पर्क समाजद्वारा भानुजयन्ती सम्पन्न

       तनहुँ सम्पर्क समाज पोखराले विविध कार्यक्रम गरी १९९ औं भानुजयन्ती सम्पन्न गरेको छ । समाजले रक्तदान, साहित्यिक तथा एसएलसी उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रम गरेको थियो ।
       शनिवार बिहान सम्पन्न रक्तदान कार्यक्रममा २६ जना रक्तदाताले रक्तदान गरेका थिए । कार्यक्रममा सरस्वती मल्ल, अनिता गुरुङ्ग, मञ्जु गुरुङ्ग, शिवप्रसाद अधिकारी, कमला गुरुङ्ग, झकबहादुर थापा, चेतबहादुर बराम, हर्कबहादुर भुजेल, शैलेन्द्र कुँवर, सरिता लामा, पशुपति दवाडी, रविन थापा, नारायण थापा, हर्कबहादुर गुरुङ्ग, गोवद्र्धन भट्टराई, रविन्द्र गुरुङ्ग, कृष्णप्रसाद सिग्देल, बासुदेव तिमिल्निा, नवराज लम्साल, दुर्गा अधिकारी, सुनिता शर्मा, केशव रानाभाट, रामनाथ भण्डारी, राधिका कँडेल, जंगबहादुर पाख्रिन, कृष्ण न्यौपाने र इन्द्र मल्लले रक्तदान गरेका थिए ।
       पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका सुपरिटेण्डेन्ट बुद्धिबहादुर थापा प्रमुख अतिथि रहेको कार्यक्रममा सशक्त प्रहरी बल कालिका गणका एसपी शम्भु उप्रेती विशिष्ट अतिथि रहेका थिए ।
       त्यसैगरी शनिवार दिउँसो २०६८ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान तथा साहित्यिक कार्यक्रम सम्पन्न भयो । सम्मान कार्यक्रममा तनहुँ स्थायी घर भई पोखरा आइ बसोबास गरेर बसेका परिवारका सदस्य विद्यार्थीहरुको सम्मान गरिएको थियो ।
       सम्मानित हुनेहरुमा सुस्मिता थापा, उज्वल अधिकारी, साधना रानाभाट, सांससिका भण्डारी, शिशिर सिग्देल, सुजाता महत, सुशील महत, शारदा के.सी., निकेशबहादुर अधिकारी, दिक्षा भुजेल, विवेक गुरुङ्ग, श्रीप्रसाद गुरुङ्ग, रोलिना गौतम, आयुष गुरुङ्ग, यशस्वी काफ्ले, शिशिर अधिकारी, भूमिका शर्मा, सुवर्ण अधिकारी, साजन गुरुङ्ग, अर्जुन पौडेल, अस्मिता थापा, साजन गुरुङ्ग, आशिष अधिकारी, सहनशील महत, मेनुका श्रेष्ठ, बरदान गुरुङ्ग र इच्छा गुरुङ्ग रहेका छन् ।
       पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक गोपाल कृष्ण पौडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा डा.सर्वराज आचार्यले भानुभक्तको जीवनी र व्यक्तित्वबारे प्रकाश पार्नुभएको थियो । बुद्धिबहादुर गहतराज, आरके पोखरेल, पुण्यवती पौडेल, दयाराम सुवेदीले कविता वाचन गरेका थिए ।
       उक्त कार्यक्रमको लागि श्रीप्रसाद भट्टराई, भरत के.सी., राजु भण्डारी, मंगल पन्त, शिवराज पौडेल, इश्वर सुवेदी, डा.कर्णविर पौडेल, बुद्धिबहादुर गहतराज, तीर्थराज सुवेदी र मातृभूमि बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक सहयोग गरेका थिए ।
       समाजका अध्यक्ष इश्वरप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिवप्रसाद शर्मा र अम्बिका भट्टराईले गर्नुभएको थियो । समाजका बरिष्ठ उपाध्यक्ष गणेशबहादुर थापाले स्वागत मन्तव्य राखेका थिए भने सम्मानित विद्यार्थीहरु अस्मिता थापा र सुशील महतले पनि आफ्नो मन्तव्य राखेका थिए ।