Monday, July 27, 2020

मुस्ताङमा घर भत्किदाँ १ जनाको मृत्यु १ घाइते


पोखरा १२,श्रावण 
आइतबार राती देखि परेको अविरल वर्षाको कारण मुस्ताङ जिल्ला  छासाङ गाउँपालिका-२ न्याउरीकोट बस्ने रण प्रसाद गौचनका १८ बर्नासिय नाति  निसान तुलाचनको घर भत्किन गई  घट्ना स्थलमानै मृत्यु भएको छ भने  रण प्रसाद गौचनको टाउको, हात र कानमा चोट लागि घाईते भई उपचारको लागि प्राथमिक स्थास्थ्य चौकि लेते मुस्ताङमा पुर्‍याई उपचार भैरहेको छ  

Sunday, June 28, 2020

नेपाल ट्रेड युनियन कांग्रेस कास्कीद्वारा स्वास्थ्य सुरक्षा सामाग्री (पिपिई) सहयोग

नेपाल ट्रेड युनियन कांग्र्रेस कास्कीद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आईतबार स्वास्थ्य सुरक्षा सामाग्री (पिपिई) हस्तान्तरण गरेको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय हस्पिटलका निर्देशक स.प्रा.डा. अर्जुन आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।  कार्यक्रममा बोल्दै आचार्यले नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको सहयोगबाट स्वास्थ्यकर्मी र कर्मचारीको मनोवललाई उच्च बनाएको जनाएका थिए। गण्डकी प्रदेशकै मुख्य कारोना अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानले संक्रमितहरुको उपचारमा कुनै कसुर नराखी काम गर्ने समेत बताएका थिए।
नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीले कोभिड–१९ का संक्रमितहरुलाई स्वास्थ्यलाभको कामना गर्दै गण्डकी प्रदेशकै एकमात्र ठूलो अस्पताललाई कोरोना अस्पताल बनाइदा दैनिकी १ सय १० जना भन्दा बढी मृगौला पीडित रोगीहरु र सयौं संख्यामा प्रसुतिको सेवा लिने महिला, न्यून आय भएका गरिब परिवारहरुलाई उपचारको समस्या आएको जनाएका थिए।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्माले स्वास्थ्य क्षेत्रमा सहयोग गर्नु नै अहिलेको प्रमुख आवश्यक रहेको र अन्य सहयोगी मनहरुले समेत स्वास्थ्य क्षेत्रमा आफुले सक्दो सहयोग गर्नुहुन अनुरोध गरेका थिए।
नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समिति सदस्य जीतबहादुर गुरुङले स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुले आफ्नो उच्च मनोवलका साथ काम गर्न र कुनै समस्या आएमा हामी आफ्नो क्षेत्रबाट सहयोग गर्न तत्पर रहेको जनाएका थिए।
नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सचिव रुद्र तिमिल्सिनाले सञ्चालन गरेका थिए भने विशेष अतिथि नेपाल स्वास्थ्यकर्मी संघ गण्डकीका अध्यक्ष नारायण बराल, अतिथि नेपाल स्वास्थ्य कर्मी संघ कास्कीका अध्यक्ष उदयकान्त तिवारी,नेपाल ट्रेड युनियन कांग्र्रेस कास्कीका उपाध्यक्ष पदम श्रेष्ठ, कोषाध्यक्ष शंकर बहादुर खत्री, नेपाल छापाखाना तथा सम्बद्ध श्रमिक संघ गण्डकी प्रदेशका अध्यक्ष निर्दोस डुम्रे लगायतको उपस्थिति रहेको थियो।
कोभिड–१९ (कोरोना) भाइरसले विश्वमा महामारीको रुपमा फैलिरहदाँ फ्रन्ट लाईनमा काम गर्ने स्वास्थ्यकर्मीलाई अत्याधिक जोखिम रहेको छ। कोभिड–१९ बाट गण्डकी प्रदेशमा मात्रै ८ सय ९६ जना संक्रमित भइसकेका छन्। प्रदेशमै स्वास्थ्यकर्मीलाई समेत कोभिड–१९ का विरामी देखिएका छन्।

Tuesday, March 31, 2020

तनहुँमा करेण्ट लागेर १ जनाको मृत्यु

१८ गते चैत्र
अन्दाजी १३:३० बजेको समयमा जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका-११ नासिकोट बस्ने दुर्गा बहादुर नेपालीको घरमा ऐ.बस्ने वर्ष-३५ को गोबिन्द आलेले मिटर जोड्ने क्रममा अचानक करेन्ट लागि घाईते भई उपचारको लागी गण्डकी अस्पताल पोखरा ल्याएकोमा ऐ.१५:२० बजे डाक्टरले मृत घोषणा गरेका छन् ।  घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

Friday, February 14, 2020

श्रीराम टोल विकास संस्थाको सातौं अधिवेशन तथा अठारौं साधारणसभा सम्पन्न-Pokhara News

श्रीराम टोल विकास संस्थाको सातौं अधिवेशन तथा अठारौं साधारणसभा सम्पन्न
पोखरा, २ फागुन ।
    श्रीराम टोल विकास संस्था पोखरा ८ तल्लो सिमलचौरको सातौं अधिवेशन तथा अठारौं साधारणभा सम्पन्न भएको छ ।
    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा ८ का वडाअध्यक्ष रुद्रनाथ बरालले साना तिना कार्ययोजना सम्पन्न गर्न बजेटको अभाव नहुने र यस टोललाई नमुना टोलको रुपमा विस्तार गर्नको लागि सम्पूर्ण टोलबासीहरुमा अनुरोध गर्दै अधिवेशन तथा साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
    उक्त अवसरमा विशेष अतिथि पशुपतिनाथ मन्दिरका अध्यक्ष श्रीराम बराल, उपाध्यक्ष दामोदर सिग्देल, बरिष्ठ समाजसेवी शिवप्रसाद चालिसे, सल्लाहकार सन्तुमाया गिरी, मणिलाल चालिसे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
    कार्यक्रममा २०७५/०७६ को प्रगति विवरण र आगामी वर्षको कार्ययोजना सचिव सरिता रेग्मी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष भगवती पौडेलले प्रस्तुत गर्नुभएको थियो ।
    अधिवेशनले आगामी कार्यकालका लागि दामोदर सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । संस्थाको उपाध्यक्षमा इन्दिरा थापा, सचिव राजकुमार चालिसे, कोषाध्यक्ष दल बहादुर जिसी, सहसचिव निर्मल पौडेल, सहकोषाध्यक्ष गायत्री लामिछाने र सदस्यहरुमा कल्पना पोख्रेल, निरु पुन, मञ्जु गौतम, माया पहारी, विमला बसेल र मिना चालिसे रहनुभएको छ । त्यसै गरी सल्लाहकारहरुमा सन्तुमाया गिरी, शिव प्रसाद चालिसे, मणिलाल चालिसे, सरिता रेग्मी, कृष्णमाया पौडेल, भगवति पौडेललाई चयन गरिएको थियो ।
    संस्थाका अध्यक्ष विसिना लम्सालको अध्यक्षतामा भएको उद्घाटन सत्रको संचालन सचिव सरिता रेग्मीले गर्नुभएको थियो ।