Tuesday, November 26, 2019

धर्मराजको धमकेदार घरदैलो


पोखरा
उपनिर्वाचनको मिति नजिकिदै गर्दा समाजबादी पार्टीले चुनावी प्रचार अभियानले तिव्रता पाएको छ । अर्को  कुलमान बन्ने  भन्दै चुनावी प्रचारमा हिडेका समाजबादी पार्टीका उम्मेदवार धर्मराज गुरुङ्गको घरदैलो यतिबेला कास्कीमा चर्चाको विषय बनेको छ ।
समाजबादी पार्टीको घरदैलोमा उम्मेदवारलाई माला र खादा लगाउनेहरुको घुईचो नै छ । सोमबार अर्मलामा भएको घरदैलो र मंगलबार भलाममा भएको घरदैलोमा उनलाई सम्मान गर्नेहरुको भिड बढेको देख्न सकिन्छ ।
लामोसमय युएनमा काम गरेका धर्मराज जिताउनको लागि भन्दै उनका गुरुङ्ग समुदायको ठुलो पङ्ती लागेको देखिन्छ । उनको चुनावी सभा हुँदै घरदैलो कार्यक्रमसम्मलाई नजिकबाट नियाल्ने हो भन्ने उनको जुलुस र घरदैलोमा परिपक्क  नेता कार्यकर्ताको उपस्थिति देखिन्छ ।
सपना अब नेताको होईन जनताको पुरा गर्नुपर्छ भन्दै घरदैलो हिडेका गुरुङ्गलाई अर्को कुलमान भएर काम गरेर देखाउने ठुलो धोको छ । घुमाएर र मिलाएर बोल्न नजान्ने गुरुङ भलाममा भएको घरदैलोमा  भन्छन्–‘ म काम गर्न आको छ । गफ गर्नेहरुले देश बिगारे अव काम गर्नेलाई जिताउनुहोस ।’

Tuesday, November 19, 2019

सप्तरंग–२ अमरसिंहमा भोलि-Saptarang Season 2 in Pokhara Nepal

मंसिर ३, पोखरा
ग्रिस्मा ब्रोडकास्टिङको आयोजनामा बुधबार पोखरा अमरसिंह चोकमा सप्तरंग सांगीतिक कार्यक्रम हुने भएको छ । पर्यटन प्रवर्धन र समुन्नति नारा सहित कार्यक्रममा महानायक राजेश हमाल, नेपाल आइडलका विजेता रवि ओड, मेलिना राई, हास्य कलाकार जितु नेपाल, हिमाल सागर, सुगम पोखरेल र प्रकाश सपुतको प्रस्तुति रहने छ ।
कार्यक्रमको स्थानीय आयोजक बार्दली मिडियाका मन क्षेत्रीका अनुसार सप्तरंग सांगीतिक कार्यक्रम देशका अन्य ६ प्रदेशमा भएपछि पोखरा हुन लागेको हो । ‘सुरुमा प्रदेश १ गतेबाट सुरु भएको यो कार्यक्रम प्रदेश नम्बर ५ सुर्खेत पछि गण्डकी प्रदेशमा समापन हुन लागेको हो,’ उनले भने, ‘गत वर्ष पनि पहिलो संस्करणको कार्यक्रम गरेका थियौं । त्यति बेला पनि कार्यक्रममा दर्शकको राम्रो सहभागी थियो ।’
कार्यक्रम बुधबार पोखरा अमरसिंह चौरमा साँझ ४ बजेपछि सुरु हुनेछ । प्रवेश निशुल्क गरिएको कार्यक्रममा नेपाल पुलिस क्लब, बिटुडी डान्स स्कुलको समेत प्रस्तुति रहने क्षेत्रीले जानकारी दिए । अघिल्लो संस्करणमा रामकृष्ण ढकाल, पशुपति शर्मा, प्रमोद खरेल, इन्दिरी जोशी, सन्दीप क्षेत्री, दीपक विष्ट र अञ्जली अधिकारीको प्रस्तुति रहेको थियो ।

Monday, November 18, 2019

वडाध्यक्षद्वारा घार्मी सडकको निरीक्षण

शिशिर
पोखरा ०२ मंसिर
तिव्र रुपमा निर्माण कार्य भैरहेको अमला विसौंनी घार्मी आलेवारी अम्वरेश्वर ग्रामिण सडकको पोखरा १९का वडाध्यक्ष शोभामोहन पौडेल सहितको टोलीले निरीक्षण गरेको छ ।

पोखरा महानगर पालिका वडा नं. १६ र १९ लाई समेटेर निर्माण भैरहेको करिव १२ किलोमिटर सडक अन्र्तगत हाल ४ किलोमिटर सडक खण्डमा ठेकेदार कम्पनी जि एस आर निर्माण सेवाले सडक निर्माणलाई तिव्रता दिएको छ । भौतिक योजना तथा पुर्वाधार मन्त्रालय गण्डकी प्रदेश सरकारको आयोजना अन्र्तगत कुल ७ करोड ८२ लाखमा ठेक्का लिएको कम्पनीले सडक चक्ल्याउने, नाला निर्माण र रिटेलिङ्ग वालको निर्माण सम्पन्न गरेको छ भने गा्रभेल राख्ने काम शुरु भएको उपभोक्ता समितिका सचिव डिल्लीराम पौडेलले जानकारी दिनुभयो । निरीक्षणका क्रममा वडाध्यक्ष पौडेलले सडकका सुपरभाइजर राजु गुरुङसँग निर्माणका विविध पक्षका विषयमा जानकारी लिनुभएको थियो ।

त्यस अवसरमा उहाँले सडक गुणस्तरयुक्त हुनुपर्नेमा जोड दिदै, कुनै किसिमको हेलचक््रयाई नगर्न सुझाव दिनुभयो । वडाध्यक्ष पौडेलले भैरहेको काम सन्तोषजनक रहेको वताउदै तिव्र रुपले काम भैरहेकाले यसले छिट्टै पुर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । पौडेलले यस सडक निर्माणमा जनताको अधिक पसिना  वगेको स्मरण गर्दै छिट्टो काम सम्पन्न गर्न पनि निर्देशन दिए । पछिल्लो समय वडाभित्र भैरहेका विकास निर्माणका कामको अनुगमनमा सक्रिय वन्नुभएका वडाध्यक्ष पौडेलले वस्ती वचाएर सडक निर्माण गर्नु चुनौतीपुर्ण रहेको भएपनि स्थानियको सहयोगले कठिन काम पनि पुरा भएको वताउनुभयो । निरीक्षण टोलीमा वडाध्यक्ष पौडेल सहित नेकपाका वडा सचिव निर्मल वास्तोला र उपभोक्ता समितिका सचिव डिल्लीराम पौडेल सहभागी हुनुहुन्थ्यो ।

उक्त सडकलाई राष्टिय योजनामा पार्न हाल गण्डकी प्रदेशका सासंद रहेका तत्कालिन मन्त्री कुमार खड्काले भुमिका खेल्नु भएको थियो । यसैविच सडक निर्माणसँगसगै अवरुद्घ वनेको यातायात सेवा छिट्टै संचालनमा ल्याउने समितिले जनाएको छ ।यस्तै लामाचौरकै गौरवको रुपमा रहेको लिफ्टीङ्ग खानेपानी आयोजनाको काम पनि भैरहेको छ । आयोजना अन्र्तगत घार्मीमा टंकी निर्माणको काम अन्तिम चरणमा पुगेको र टंकी निर्माणको काम सम्पन्न भएपछि लाईन वितरणको काम शुरु गरिने वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो । हाल वडा नम्वर १९ भित्र विकास निर्माणका विभिन्न कार्यले तिव्रता पाएका छन् ।

परोपकार महासंघ बैदामको अध्यक्षमा तुलसी दाहाल

 पोखरा, २ मंसिर ।
 राष्ट्रिय परोपकार महासंघ नेपाल पोखरा ६ बैदामको अध्यक्ष तुलसी दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

पोखरामा भएको दशौँ साधारणसभा तथा पाँचौं अधिवेशनले दाहालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको हो । नयाँ समितिको उपाध्यक्षमा जुना अधिकारी, सचिवमा भिष्मा नेपाली, कोषाध्यक्षमा हरिराज कोइराला चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा कोपीला सापकोटा, पवित्रा कँडेल, मैया कँडेल, दुर्गा प्रसाद तिमिल्सेना, रामजी प्रसाद पहारी, हरि प्रसाद पहारी चयन हुनुभएको छ ।

यसअघि कार्यक्रमको उद्घाटन भागवत बाचक पण्डित ठाकुरा प्रसाद पराजुलीले गर्नुभएको थियो । उहाँले मानवसेवामा परोपकारी हिसावले लाग्न सबैलाई अनुरोध गर्नुभयो । कार्यक्रम

महासंघ बैदामका अध्यक्ष गिरिराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन सचिव जुना अधिकारीले गर्नुभएको थियो ।

Tuesday, March 12, 2019

पोखरा वडा नं. १० मा केन्द्रीय अनुगमन टोलीको अन्तरक्रिया-Pokhara-News


पोखरा, २७ फागुन ।
पोखरा महानगर पालिका वडा समिति कार्यालय वडा नं -१० का वडा प्रतिनिधि तथा कर्मचारीहरूको ३ दिने अबलोकन भ्रमणमा चितवन, नवल परासी, लुम्बिनी, बुटवल, पाल्पाको अबलोकन सम्पन्न भएको छ ।
उक्त ३ दिने अबलोकन भ्रमणमा वडा सदस्य एवं अबलोकन भ्रमणका संयोजक सम्मर बहादुर श्रेष्ठको प्रतिनिधित्वमा भ्रमणमा निस्केका वडाका टोलीलाई वडा नं १० का वडा अध्यक्ष राज कुमार गुरुङ्गले ३ दिने अबलोकन भ्रमणले थोरै भएपनि वडा बिकास गराउन सहयोग पुर्याउने बताउनु हुदै भ्रमणको सफलताको शुभकामना दिनुहुदै बिदाई गर्नु भयो ।
उक्त अबलोकन भ्रमणमा पोखरा महानगर पालिका वडा समिति कार्यालय वडा नं -१० बाट बिदाईका साथ प्रस्थान गरेको ३ दिने अबलोकन भ्रमणमा वडा सदस्य सम्मर बहादुर श्रेष्ठ, वडा सचिव महेन्द्र बहादुर खवास समेत १३ जनाको टोलीले चितवन, नवल परासीको सास्वत धाम, रेलमार्ग, लुम्बिनीको गौतम बुद्ध जन्मस्थल, बुटवलको मणीमौकुन्द सेन उधान पार्क, सिद्धबाबा मन्दिर, पाल्पाको श्री नगर र रानी महलको अबलोकन गरिएको  कार्यक्रमका संयोजक एवं वडा सदस्य सम्मर बहादुर श्रेष्ठले बताउनुहुदै उक्त अबलोकन भ्रमणमा अन्य नगर पालिकाका वडाले गरेका विकासका कार्य र अन्य अफिसियल कामकाजमा सुधार गरि वडा बिकासमा अझ अग्रसर हुनुपर्नेमा श्रेष्ठले बताउनु भएको थियो । 
भ्रमण टोलीलाई तानसेन नगर पालिका कार्यालयका राजस्व बिभागका अधिकृत मधुसुधन घिमिरेको सहयोग मा रानी महल अनुगमन रानी महल स्थापना र त्यसको महत्वो बारे जानकारी गराउनु हुदै आउदा दिनमा पाल्पाको वडा र पोखरा को वडाको भागिनी सम्बन्ध बनाउन पहल गर्ने बताउनु भयो ।
उक्त अबलोकन भ्रमण कार्यक्रममा वडा सचिव महेन्द्र बहादुर खवासले ३ दिने भ्रमणले पोखराको बिकास संगसंगै अन्य क्षेत्रका नगर पालिका वडाको काम गर्ने सैलीबाट भ्रमण टोलीको केहि क्षमता वृद्धि भएको बिचार राख्नु हुदै भ्रमण सफल भएको बताउनु भयो ।