Monday, January 21, 2019

समुदाय-प्रहरी साझेदारी अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न -Pokhara News

पोखरा, ७ माघ
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यही माघ -७ गते जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा शान्तिपूर्ण एंव सुरक्षित समाज निर्माणका लागि सरोकारवाला निकायहरु संग आगामी रणनीति कार्ययोजनाका विषयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
 उद्योग वाणिज्य संघ कास्कीको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला स्थित विभिन्न सरोकारवाला निकायका प्रमुख एवं प्रतीनिधीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै ४ नं. प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक गोविन्द पुरीले समग्र ४ नं. प्रदेशमा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत सम्पन्न भईरहेका र आगामी दिनमा गरिने विभिन्न गतिविधिहरुको विषयमा प्रष्ट पार्दै यसबाट हमाज अब दिनानुदिन सचेतनाको मार्गमा लम्किरहेको समेत बताउनु भएको छ ।

कार्यक्रमका अन्य सहाभागिहरुले कसरी उक्त अवधारणा अन्तर्गत कास्की जिल्लामा सवै सरोकारवाला निकायहरुलाई साथमा लिई  थप प्रभावकारी ढङगले जनमुखि गतिविधिहरु गर्न सकिन्छ भन्ने विषयमा आ-आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।
 कार्यक्रममा कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम राना लगायत जिल्ला स्थित कार्यरत अन्य प्रहरी ईकाईका प्रमुख ,उधोग वाणिज्य संघ पोखराका प्रमुख दामु अधिकारी ,सामुदायिक प्रहही सेवा केन्द्रका प्रमुख एवं प्रतिनिधि , नागरिक समाजका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।

अन्तरक्रिया कार्यक्रम सम्पन्न -Pokhara News

पोखरा, ७ माघ
४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले प्रदेश अन्तर्गत आम नागरिकहरु संग हातेमालो गर्दै समाजमा शान्ति सुरक्षा कायम गरी अपराध रहित समाज र सु-व्यवस्था स्थापित गर्न नेपाल प्रहरी दिनप्रतिदिन सफल हुँदै गइरहेको बताउनुभएको छ । प्रेस क्लब पोखराले आज पोखराको नँयाबजारमा आयोजना गरेको शान्ति सुरक्षा विषयक एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उँहाले यस्तो बताउनु भएको हो ।
साथै नेपाल प्रहरी संगठनले अंगिकार गरेका विभिन्न अवधारणाहरुले समाजसंग नेपाल प्रहरी बढी भन्दा बढी घुलमिल हुँदै गएको र जनताको प्रहरी प्रतिको विश्वासमा समेत वृद्धि भएकाले अब समाजमा गलत गर्नेहरु लुकेर बस्न नसक्ने बताउनुभएको हो । 
उपस्थित नागरिक तथा पत्रकारहरुले राखेका जिज्ञासाहरुलाई सम्बोधन गर्दै उँहाले पछिल्लो समय युवायुवतिहरु बढ्दो विकृती विसंगतिहरुको शिकार बन्दै गइरहेको बताँउदै अब सबै अभिभावकहरु जिम्मेवार र चनाखो रहनुपर्ने बताउनुभयो ।
उक्त कर्यक्रममा संघिय प्रहरी ईकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद चौधरी, नागरिक समाज कास्कीका अध्यक्ष राम बहादुर पौडेल, सरोकारवाला निकायका प्रतिनिधिहरु, आम नागरिक, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

सराङकोट धार्मिक पर्यटन विकास समितिमा जिसी-Pokhara News Sarangkot


पोखरा, ७ माघ ।
सराङकोट धार्मिक क्षेत्र विकास समिति तथा सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको संयुक्त साधारणसभाले प्रेम बहादुर जि.सी.को अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । 
समितिको उपाध्यक्षद्वयमा उमानाथ चपाई, मिन बहादुर थापा, महासचिव शम्सेर बहादुर थापा, सचिव डिल बहादुर जिसी, कोषाध्यक्ष शिव प्रसाद तिमिल्सिना रहेका छन् । समितिको सदस्यहरुमा छविलाल तिमिल्सिना, कृष्ण बहादुर थापा, शिव प्रसाद कोइराला, गंगा तिमिल्स्निा, दिपेन्द्र थापा, विकास थापा मगर, कमला पोखरेल, कमल थापा, अक्कल बहादुर थापा, ज्ञानेन्द्र बहादुर थापा, सुस्मा परियार र दुर्गादत्त तिमिल्सिना रहेका छन् । 
सराङकोटलाई वृहत्तर गुरुयोजना सहित धार्मिक पर्यटन पूर्वाधारको निर्माणका हेतु २०६१ मा स्थापित धार्मिक क्षेत्र विकास समिति र पर्यटन क्षेत्र विकास समितिलाई संस्थापक समिति मानी कार्य अगाडि बढाउने निर्णयका साथ लोक बहादुर थापाको समितिलाई संस्थापक समिति मानी अगाडि बढाउने निर्णयका साथ महासचिव शम्सेर बहादुर थापा र कोषाध्यक्ष शिव प्रसाद तिमिल्सिनाद्वारा प्रस्तुत संस्थागत तथा आर्थिक प्रतिवेदन अनुमोदन गरेको छ । 
सो साधारणसभाको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेष नारायण पौडेलले आम महानगरबासीले गौरव गर्न सक्ने कार्यका साथ ३३ वटै वडालाई कामको जिम्मेवारी दिएको र सराङकोटलाई निजी, सरकारी साझेदारीको अवधारणामा विकास निर्मा०ा कार्य गरिने बताए । 
कार्यक्रममा वडा नं. १८ का वडाध्यक्ष रण बहादुर थापाले वडाको विकास निर्माणमा सबैले सकारात्मक सहयोग भएमा नमुना वडा बन्ने बताए । संस्थापक अध्यक्ष लोक बहादुर थापाले एकता सहित हुने विकास निर्माणले आम समुदायको विकास हुने बताए । 
समितिका अध्यक्ष प्रेम बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार पुष्कल बहादुर थापा, विश्व हिन्दु महासंघका उपाध्यक्ष वेदनिधी शर्मा, पूर्व गाविस अध्यक्ष झपट बहादुर थापा, चिसाखोला बेद विद्याश्रमका संरक्षक मोक्षनाथ तिमिल्सिना, जनजागृत माविका सहायक प्राचार्य यम बहादुर थापा, कमला पोखरेल, वडा सदस्य हरि लम्साल, सराङकोट बहुउद्देश्यीय सहकारीका सचिव कृष्ण थापा, उपाध्यक्ष मिन बहादुर थापा, सचिव डिल बहादुर जिसी लगायतले आ–आफ्नो धारणा राखेका थिए । 


Sunday, January 20, 2019

कास्कीका बिभिन्न घरमा चोरी गर्ने १ गिरोह पक्राउ

 पोखरा, 6 माघ
जिल्ला कास्की पोखरा महानगरपालिका का बिभिन्न स्थानहरुमा चोरीका घटना छुटुपुट रुपमा बृद्धि हुदै गए पश्चात चोरी घटना नियन्त्रण तथा घटना अनुसन्धान टोली गठन गरी बिभिन्न स्थानमा चेकिंङ, भिग्रस चेकिङ , स्बिप अपरेशन, शंकित ब्यक्तिहरुको निग्रानी तथा सुचना संकलनलाई बिशेष प्राथामिकता दिई बिभिन्न अनुसन्धानबाट चोरीका घटनामा संग्लन ब्यक्तिर गिरोगहरुलाई पक्राउ गर्ने सफल भइरहेको छ ।

यसै क्रममा मिति २०७५/१०/०४ गते अंन्दाजी १५:०० पोखरा मा.न.पा.-  बडा ९ पृथ्विचोक स्थित शंकास्पद अबस्थामा हिडिरहेको अबस्थामा बडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला चितवन राप्ती न.पा.११ घर भई हाल पोखरा मा.न.पा.- बडा नं १० घलेचोक बस्ने  बर्ष १९ को सुनिल श्रेष्ठलाइ पक्राउ गरी सोधपुछ गर्दा निजले पोखराका बिभिन्न स्थानहरुमा रहेका ६ बटा घरकोठामा जिल्ला वाग्लुङ जैमिने न.पा.९ घर भई हाल पोखरा मा.न.पा.- २५ हेम्जा बस्ने बर्ष २७ को खुम प्रसाद थापा र जिल्ला कास्की पोखरा मा.न.पा.- ९ पृथ्बिचोक बस्ने बर्ष २३ को गगन खवास समेत ३ जनाको समुह भई चोरी गरेको । चोरीमा संग्लन भनिएका २ ब्यक्तिको खोजतलास गर्ने कम्रमा पोखरा मा.न.पा.- ५ प्रस्याङमा खुम प्रसाद थापालाई र पोखरा ९ पृथ्विचोकबाट  गगन खवासलाई  पक्राउ गरी प्रारम्भिक अनुसन्धान पश्चात चोरीमा संग्लन तिन जनाको घर कोठा समेत खानतलासी गर्दा निम्न बमोजिमको चोरीका सामान बरामद गरिएको छ  ।

बरामद गरिएको सामान :

  • नगद ने.रु.२०,६१० भा.रु.३० कतारियन दिनार रु.१५०
  • विभिन्न कम्पनिको मोबाईल  थान ४ थान 
  • घडी थान २ ,
  • Samsung Camera थान १
  • Samsung SD Card थान १,
  • सुनौलो रङको १७ टुक्रा ६९ लाल  
  • सुनौलो कानमा लगाउने टप थान २,
  • सुनौलो रंगको मुन्द्रा २ थान ७ लाल, 
  • कम्व्याट(खैरो) रंगको झोला थान १, 
  • सेतो डोरी भएको कालो झोला थान १, 
  • १७ ईन्च लामो खुकुरी ९दाब समेत० थान १, 
  • १४.५ ईन्च लामो खुकुरी थान १, १३ ईन्च लामो चक्कु थान १, 
  • ९ ईन्च लामो फलामको छिनो थान १, १०.५ ईन्च लामो फलामको ह्यामर थान १
  • सेतो रंगको पाउजु थान ६, 
  • बच्चाले हातमा लगाउने सेतो रंगको बाला थान १३,
  • ठुलो सेतो रंगको बाला थान २, 
  • सेतो रंगको औठी थान १, 
  • सेतो रंगको सिक्री थान १, 
  • सेतो रंगको ब्रासलेट थान १, 

साथै  आज मिति २०७५।१०।०६ गते   निज चोरी गर्ने तिन जना ब्यक्तिलाई सम्मानित जिल्ला अदालत कास्कीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य जारी रहेको ।

Saturday, January 19, 2019

इम्प्रेसन नेपालको कास्की शाखा गठन-IMPRESSION Nepal in Kaski

पोखरा, ५ माघ 
आइसिटी, मिडिया तथा प्रेस प्रोफेसनल्स युनियन नेपाल (इम्प्रेसन–नेपाल)को कास्की शाखा गठन भएको छ । शनिबार पोखरामा आयोजित भेलाले कृष्णराज पोखरेलको नेतृत्वमा सर्वसम्मत समिति गठन गरेको हो ।
शाखाको उपाध्यक्षमा मातृका पोखरेल, सचिवमा सुरेन्द्र पौडेल, सहसचिवमा घनश्याम गौतम छन् । सदस्यहरुमा कृष्णप्रसाद पाण्डे, भुवन बराल, रमेश बराल, महेन्द्रजंग थापा क्षेत्री, बाबुराम लामिछाने, सुरेश ढुंगाना र मनोज बास्तोला छन् ।
इम्प्रेसन नेपालका केन्द्रीय अध्यक्ष महेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा तथा प्रदेश इन्चार्ज गुणानिधी पाण्डेको सभापतित्वमा कार्यक्रम भएको हो । कार्यक्रम सञ्चालन कास्की जिल्ला इन्चार्ज रोजी श्रेष्ठले गरेकी थिइन् । सूचना तथा प्रविधि, प्रेस र सञ्चारमाध्यममा कार्यरतहरुको संस्था इम्प्रेसन नेपालले सदस्यहरुको हकहितमा विभिन्न कार्यक्रमहरु गरिरहेको केन्द्रीय अध्यक्ष महेन्द्र श्रेष्ठले बताए ।