Sunday, January 20, 2019

कास्कीका बिभिन्न घरमा चोरी गर्ने १ गिरोह पक्राउ

 पोखरा, 6 माघ
जिल्ला कास्की पोखरा महानगरपालिका का बिभिन्न स्थानहरुमा चोरीका घटना छुटुपुट रुपमा बृद्धि हुदै गए पश्चात चोरी घटना नियन्त्रण तथा घटना अनुसन्धान टोली गठन गरी बिभिन्न स्थानमा चेकिंङ, भिग्रस चेकिङ , स्बिप अपरेशन, शंकित ब्यक्तिहरुको निग्रानी तथा सुचना संकलनलाई बिशेष प्राथामिकता दिई बिभिन्न अनुसन्धानबाट चोरीका घटनामा संग्लन ब्यक्तिर गिरोगहरुलाई पक्राउ गर्ने सफल भइरहेको छ ।

यसै क्रममा मिति २०७५/१०/०४ गते अंन्दाजी १५:०० पोखरा मा.न.पा.-  बडा ९ पृथ्विचोक स्थित शंकास्पद अबस्थामा हिडिरहेको अबस्थामा बडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला चितवन राप्ती न.पा.११ घर भई हाल पोखरा मा.न.पा.- बडा नं १० घलेचोक बस्ने  बर्ष १९ को सुनिल श्रेष्ठलाइ पक्राउ गरी सोधपुछ गर्दा निजले पोखराका बिभिन्न स्थानहरुमा रहेका ६ बटा घरकोठामा जिल्ला वाग्लुङ जैमिने न.पा.९ घर भई हाल पोखरा मा.न.पा.- २५ हेम्जा बस्ने बर्ष २७ को खुम प्रसाद थापा र जिल्ला कास्की पोखरा मा.न.पा.- ९ पृथ्बिचोक बस्ने बर्ष २३ को गगन खवास समेत ३ जनाको समुह भई चोरी गरेको । चोरीमा संग्लन भनिएका २ ब्यक्तिको खोजतलास गर्ने कम्रमा पोखरा मा.न.पा.- ५ प्रस्याङमा खुम प्रसाद थापालाई र पोखरा ९ पृथ्विचोकबाट  गगन खवासलाई  पक्राउ गरी प्रारम्भिक अनुसन्धान पश्चात चोरीमा संग्लन तिन जनाको घर कोठा समेत खानतलासी गर्दा निम्न बमोजिमको चोरीका सामान बरामद गरिएको छ  ।

बरामद गरिएको सामान :

  • नगद ने.रु.२०,६१० भा.रु.३० कतारियन दिनार रु.१५०
  • विभिन्न कम्पनिको मोबाईल  थान ४ थान 
  • घडी थान २ ,
  • Samsung Camera थान १
  • Samsung SD Card थान १,
  • सुनौलो रङको १७ टुक्रा ६९ लाल  
  • सुनौलो कानमा लगाउने टप थान २,
  • सुनौलो रंगको मुन्द्रा २ थान ७ लाल, 
  • कम्व्याट(खैरो) रंगको झोला थान १, 
  • सेतो डोरी भएको कालो झोला थान १, 
  • १७ ईन्च लामो खुकुरी ९दाब समेत० थान १, 
  • १४.५ ईन्च लामो खुकुरी थान १, १३ ईन्च लामो चक्कु थान १, 
  • ९ ईन्च लामो फलामको छिनो थान १, १०.५ ईन्च लामो फलामको ह्यामर थान १
  • सेतो रंगको पाउजु थान ६, 
  • बच्चाले हातमा लगाउने सेतो रंगको बाला थान १३,
  • ठुलो सेतो रंगको बाला थान २, 
  • सेतो रंगको औठी थान १, 
  • सेतो रंगको सिक्री थान १, 
  • सेतो रंगको ब्रासलेट थान १, 

साथै  आज मिति २०७५।१०।०६ गते   निज चोरी गर्ने तिन जना ब्यक्तिलाई सम्मानित जिल्ला अदालत कास्कीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य जारी रहेको ।

Saturday, January 19, 2019

इम्प्रेसन नेपालको कास्की शाखा गठन-IMPRESSION Nepal in Kaski

पोखरा, ५ माघ 
आइसिटी, मिडिया तथा प्रेस प्रोफेसनल्स युनियन नेपाल (इम्प्रेसन–नेपाल)को कास्की शाखा गठन भएको छ । शनिबार पोखरामा आयोजित भेलाले कृष्णराज पोखरेलको नेतृत्वमा सर्वसम्मत समिति गठन गरेको हो ।
शाखाको उपाध्यक्षमा मातृका पोखरेल, सचिवमा सुरेन्द्र पौडेल, सहसचिवमा घनश्याम गौतम छन् । सदस्यहरुमा कृष्णप्रसाद पाण्डे, भुवन बराल, रमेश बराल, महेन्द्रजंग थापा क्षेत्री, बाबुराम लामिछाने, सुरेश ढुंगाना र मनोज बास्तोला छन् ।
इम्प्रेसन नेपालका केन्द्रीय अध्यक्ष महेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा तथा प्रदेश इन्चार्ज गुणानिधी पाण्डेको सभापतित्वमा कार्यक्रम भएको हो । कार्यक्रम सञ्चालन कास्की जिल्ला इन्चार्ज रोजी श्रेष्ठले गरेकी थिइन् । सूचना तथा प्रविधि, प्रेस र सञ्चारमाध्यममा कार्यरतहरुको संस्था इम्प्रेसन नेपालले सदस्यहरुको हकहितमा विभिन्न कार्यक्रमहरु गरिरहेको केन्द्रीय अध्यक्ष महेन्द्र श्रेष्ठले बताए ।

श्रेयाको परिवारलाई जनमुखीको सहयोग

बलात्कारपछि हत्या गरिएकी पुम्दीभुम्दीकी श्रेया सुनारको परिवारलार्ई शनिबार आर्थिक सहयोग गर्दै पोखरा सभागृृहमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी 
पोखरा, ५ माघ ।
बलात्कार पछि हत्या गरिएकी पुम्दीभुम्दीकी श्रेया सुनारको परिवारलार्ई पोखरा सभागृहमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले सहयोग हस्तान्तरण गरेको छ ।
सहकारीले आफ्नो ११ औं वार्षिकोत्सवको अवसरमा शनिबार १५ हजार रुपैयाँ सहयोग गरेको हो । सहकारीको सिंगो कार्यसमिति श्रीयाको घर पुगेर उनकी आमा बेलकुमारी सुनारलाई आर्थिक सहयोग ग¥यो । सहकारीका अध्यक्ष महेन्द्र विश्वकर्माले सामाजिक सेवामा योगदान पु¥याउने उद्देश्यले श्रेयाको परिवारलार्ई सहयोग गरेको बताए । सहयोग हस्तान्तरण कार्यक्रममा उनले भने, ‘हाम्रो सहयोगले थोरै भएपनि राहत पुगोस् भनेर सहयोग गरेका हौं ।’ सहकारीका उपाध्यक्ष एवं युवा व्यवसायी दशरथ सुनारले समाजमा गरिब एवं उत्पीडित समुदायमाथि आपराधिक गतिविध हुनु हेपाहा प्रवृत्ति भएको बताए । ‘जो कमजोर छ उसैलाई निशाना बनाइन्छ,’ उनले भने, ‘उत्पीडित समुदाय माथि उठ्न शिक्षामा जोड दिनुपर्छ ।
सहकारीकै सदस्य उमेश अछामीले आफ्नो छोरा रञ्जित अछामीको जन्मदिनको अवसरमा श्रेयाको परिवारलार्ई ११ हजार रुपैयाँ सहयोग गरे । गोरखाको पालुङटारमा रहेको मंगल संसारी स्मृति प्रतिष्ठानका संरक्षक अछामीले जन्मदिन मनाउने खर्च जोगाएर श्रेयाको परिवारलाई सहयोग गरेको बताए ।
श्रेयाकी आमा बेलकुमारीले दैनिक औषधी खानुपर्दा आर्थिक स्थिति नाजुक हुँदै गएको बताइन् । उनले आर्थिक अवस्था कमजोर भएकैले ठूली छोरीले विद्यालय छाड्नुपरेको दुःखेसो पोखिन् । श्रेयाका ठूलोबुबा मीनबहादुर सुनारले घरसम्मै पुगेर सहयोग प्रदान गरेकोमा सहकारीलाई धन्यवाद व्यक्त गरे ।
जनमुखी बचत तथा ऋण सहकारी संस्थाले हरेक वार्षिकोत्सव सामाजिक कार्य गरेर मनाउने गरेको छ । सहकारीका सचिव कुमार सुनारले यसअघिका वार्षिकोत्सवमा विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण, छात्रवृत्ति प्रदान, सरसफाइ लगायत कार्य गरेको जानकारी दिए ।


६ महिने सिलाई कटाई तालिमको समापन


पोखरा, ५ माघ ।
पोखरा महानगरपालिका वडा नं. ५ वडा कार्यालयको आयोजना र वडास्तरीय बजेट २०७५/७६ को महिला   तर्फको बजेट कार्यक्रमको खर्च तथा घरेलु तथा साना उद्योग कार्यालय पोखराको प्राविधिक सहयोगमा संचालित ६ महिने सिलाई कटाई तालिमको समापन कार्यक्रम सम्पन्न भयो । 
तालिममा वडाभित्रका ३३ जना महिला सहभागी भएका थिए । सो अवधिमा मञ्जु नेपालीले प्रशिक्षण दिनुभएको थियो । समापन कार्यक्रममा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले सिकेको सीपलाई व्यवहारमा उतारी आत्मनिर्भर बन्न र आयआर्जनमा लाग्नु आग्रह गर्नुभयो । 
कार्यक्रमका सभाध्यक्ष पोखरा ५ का वडाअध्यक्ष धन बहादुर नेपालीले आफूले सिकेको सिपबाट व्यसाय शुरु गर्नुपर्ने बताउँदै त्यसको लागि वडाबाट सक्दो सहयोग गर्नु पर्ने बताउँदै सिकेको सीप व्यवहारमा उतार्न आग्रह गर्नुभयो । कार्यक्रमको संचालन वडा सचिव इश्वरी पोखरेलले गर्नुभएको थियो । 


Thursday, January 17, 2019

नवलपरासीमा सवारी दुर्घटनामा दुईजना घाईते


नवलपरासी,माघ-३  विनयी त्रिवेणी गाँउपालिका-२ ज्यामिरे स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ४४ प २३१४ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आँउदै गरेको लु२ख १७५८ नम्बरको टिप्पर एक आपसमा ठक्कर खाँदा दुईजना घाईते भएका छन् । घाईते हुनेमा मोटरसाईकल चालक लमजुङको वेशिशहर गाँउपालिका-८ बस्ने वर्ष २७को सुनिल दराई र पछाडी सवार वर्ष ४२को सोम प्रसाद पाण्डे रहेका छन् । घाईतेहरुलाई उपचारको लागि भरतपुर पुरानो मेडीकल कलेज चितवनतर्फ पठाईएको छ । प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।