Saturday, January 19, 2019

श्रेयाको परिवारलाई जनमुखीको सहयोग

बलात्कारपछि हत्या गरिएकी पुम्दीभुम्दीकी श्रेया सुनारको परिवारलार्ई शनिबार आर्थिक सहयोग गर्दै पोखरा सभागृृहमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी 
पोखरा, ५ माघ ।
बलात्कार पछि हत्या गरिएकी पुम्दीभुम्दीकी श्रेया सुनारको परिवारलार्ई पोखरा सभागृहमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले सहयोग हस्तान्तरण गरेको छ ।
सहकारीले आफ्नो ११ औं वार्षिकोत्सवको अवसरमा शनिबार १५ हजार रुपैयाँ सहयोग गरेको हो । सहकारीको सिंगो कार्यसमिति श्रीयाको घर पुगेर उनकी आमा बेलकुमारी सुनारलाई आर्थिक सहयोग ग¥यो । सहकारीका अध्यक्ष महेन्द्र विश्वकर्माले सामाजिक सेवामा योगदान पु¥याउने उद्देश्यले श्रेयाको परिवारलार्ई सहयोग गरेको बताए । सहयोग हस्तान्तरण कार्यक्रममा उनले भने, ‘हाम्रो सहयोगले थोरै भएपनि राहत पुगोस् भनेर सहयोग गरेका हौं ।’ सहकारीका उपाध्यक्ष एवं युवा व्यवसायी दशरथ सुनारले समाजमा गरिब एवं उत्पीडित समुदायमाथि आपराधिक गतिविध हुनु हेपाहा प्रवृत्ति भएको बताए । ‘जो कमजोर छ उसैलाई निशाना बनाइन्छ,’ उनले भने, ‘उत्पीडित समुदाय माथि उठ्न शिक्षामा जोड दिनुपर्छ ।
सहकारीकै सदस्य उमेश अछामीले आफ्नो छोरा रञ्जित अछामीको जन्मदिनको अवसरमा श्रेयाको परिवारलार्ई ११ हजार रुपैयाँ सहयोग गरे । गोरखाको पालुङटारमा रहेको मंगल संसारी स्मृति प्रतिष्ठानका संरक्षक अछामीले जन्मदिन मनाउने खर्च जोगाएर श्रेयाको परिवारलाई सहयोग गरेको बताए ।
श्रेयाकी आमा बेलकुमारीले दैनिक औषधी खानुपर्दा आर्थिक स्थिति नाजुक हुँदै गएको बताइन् । उनले आर्थिक अवस्था कमजोर भएकैले ठूली छोरीले विद्यालय छाड्नुपरेको दुःखेसो पोखिन् । श्रेयाका ठूलोबुबा मीनबहादुर सुनारले घरसम्मै पुगेर सहयोग प्रदान गरेकोमा सहकारीलाई धन्यवाद व्यक्त गरे ।
जनमुखी बचत तथा ऋण सहकारी संस्थाले हरेक वार्षिकोत्सव सामाजिक कार्य गरेर मनाउने गरेको छ । सहकारीका सचिव कुमार सुनारले यसअघिका वार्षिकोत्सवमा विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण, छात्रवृत्ति प्रदान, सरसफाइ लगायत कार्य गरेको जानकारी दिए ।


६ महिने सिलाई कटाई तालिमको समापन


पोखरा, ५ माघ ।
पोखरा महानगरपालिका वडा नं. ५ वडा कार्यालयको आयोजना र वडास्तरीय बजेट २०७५/७६ को महिला   तर्फको बजेट कार्यक्रमको खर्च तथा घरेलु तथा साना उद्योग कार्यालय पोखराको प्राविधिक सहयोगमा संचालित ६ महिने सिलाई कटाई तालिमको समापन कार्यक्रम सम्पन्न भयो । 
तालिममा वडाभित्रका ३३ जना महिला सहभागी भएका थिए । सो अवधिमा मञ्जु नेपालीले प्रशिक्षण दिनुभएको थियो । समापन कार्यक्रममा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले सिकेको सीपलाई व्यवहारमा उतारी आत्मनिर्भर बन्न र आयआर्जनमा लाग्नु आग्रह गर्नुभयो । 
कार्यक्रमका सभाध्यक्ष पोखरा ५ का वडाअध्यक्ष धन बहादुर नेपालीले आफूले सिकेको सिपबाट व्यसाय शुरु गर्नुपर्ने बताउँदै त्यसको लागि वडाबाट सक्दो सहयोग गर्नु पर्ने बताउँदै सिकेको सीप व्यवहारमा उतार्न आग्रह गर्नुभयो । कार्यक्रमको संचालन वडा सचिव इश्वरी पोखरेलले गर्नुभएको थियो । 


Thursday, January 17, 2019

नवलपरासीमा सवारी दुर्घटनामा दुईजना घाईते


नवलपरासी,माघ-३  विनयी त्रिवेणी गाँउपालिका-२ ज्यामिरे स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ४४ प २३१४ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आँउदै गरेको लु२ख १७५८ नम्बरको टिप्पर एक आपसमा ठक्कर खाँदा दुईजना घाईते भएका छन् । घाईते हुनेमा मोटरसाईकल चालक लमजुङको वेशिशहर गाँउपालिका-८ बस्ने वर्ष २७को सुनिल दराई र पछाडी सवार वर्ष ४२को सोम प्रसाद पाण्डे रहेका छन् । घाईतेहरुलाई उपचारको लागि भरतपुर पुरानो मेडीकल कलेज चितवनतर्फ पठाईएको छ । प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ । 

पर्वत सवारी दुर्घटनामा ७ जनाको मृत्यु ३० घाईते

पर्वत, ३ माघ गते बिहान अन्दाजी ०८:१५ बजेको समयमा पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गा स्थित मालढुङ्गा बेनी सडक खण्डमा बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नम्बरको बस अचानक सडकबाट ३००/४०० मिटर तल खस्न गई दुर्घटना हुदाँ उक्त बसमा सवार सात (७) जनाको मृत्यु भएको छ । अन्य ३२ जना घाईते भएका छन् । 
मृत्यु हुनेमा म्याग्दी पाखापानी-२ बस्ने वर्ष २१को राजेश पुन, पर्वत जलजला गाँउपालिका-७बस्ने वर्ष ३१की विषमाया पुन, पर्वतको जलजला गाउँपालिका-८ बस्ने वर्ष ४०की सेती परियार, निजको श्रीमान वर्ष ५०को टिके परियार, बाग्लुङ नगरपालिका-४ कुँडुले बस्ने वर्ष ४८की शान्ति के.सी.र अर्का दुई जना हालसम्म नाम थर वतन नखुलेका पुरुष व्यक्ति रहेका छन् । तीनजनाको घटना स्थलमै र अन्य चार जनाको उपचारको क्रममा मृत्यु भएको हो । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई घाईतेहरुको उद्धार गरिएको थियो । घाईते मध्य नौं ( ९) जना काठमाडौं, २२ जना पोखरा र एक जनाको बाग्लुङमा उपचार भइरहेको छ ।

Sunday, September 30, 2018

केभसिटी मिडियाले पाएको पुरस्कार श्रेया बिकको परिवारलाई हस्तान्तरण



 पोखरा १४ असोज 
 केभसिटी मिडियाले केभसिटी भलिवल प्रतियोगितामा पाएको पुरस्कार श्रेया बिक सुनारको परिवारलाई हस्तान्तरण गरेको छ । पोखरा टुडिखेलमा असोजको १२ र १३ गते सम्पन्न प्रथम केभसिटी मिडियाकप भलिवल प्रतियोगितामा आयोजकले प्राप्त गरेको दोश्रो पुरस्कार राशी नगद २२ हजार २ सय २२ रुपैया कास्की पुम्दी भुम्दी २२ दहरामा रहेको मृतक बिकको परिवारलाई हस्तान्तरण गरिएको हो । 
गत असोजको ८ गते हत्या भएकी श्रेयाको घरमा पुगी उनकी आमा वेल कुमारी बिक, ठूलो बुवा मिन बहादुर बिक र हजुरवुवा तिलक बहादुुर बिकलाई मिडियाका अध्यक्ष दुर्गा प्रसाद आचार्य, कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना मगरले नगद प्रदान गरेका थिए । सो अवसरमा वोल्दै कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना मगरले हत्यारा पक्राउ परिसकेकाले अव कानुन अनुसारनै हत्यारा कुसुम पौडेललाई जन्मकैद र हदै सम्मको कारबाही गर्ने प्रतिवद्धता ब्यक्त गर्दै पिडित परिवार प्रति धैर्यधारण गर्न आग्रह गरे । 
सो अवसरमा वोल्दै मृतककी ठूलो वुवा मिन बहादुर बिकले घटनामा पक्राउ परेका कुसुमलाई मुलुकको कानुन अनुसार कारबाही गर्न कास्की प्रहरी प्रमुख ओम बहादुर राना मगरलाई आग्रह गर्दै दुखको वेलामा केभसिटी मिडियाले आर्थिक सहयोग गरेर पु¥याएको सहयोग प्रति धन्यवाद प्रकट गरे । साथै उनले छिट्टै नै आफ्नो छोरीको शव बुझी दाहसंस्कार गर्ने समेत वताए । 
केभसिटी मिडियाका संचालक भिम थापाले गत असोज ८ गते हत्या भएकी श्रेया बिकको परिवारको आर्थिक स्थिती अतिनै दयनिय अवस्थाको रहेको र उनको आमा पनि विरामी भइरहने गरेको थाहा पाएपछि आफुहरुले आयोजना गरेको मिडियाकप भलिवल प्रतियोगितामा दोश्रो स्थान हासिल गरी पाएको पुरस्कारलाई सामाजिक काममा खर्च गर्नुपर्छ भन्ने ठानेर उनकै घरमा पुगेर सहयोग रकम हस्तान्तरण गरिएको वताए । मिडियाको काम समाचार सम्प्रेसण मात्र नभइ सामाजिक कामपनि भएकाले आफुले सक्ने सहयोग गर्नुपर्छ भन्ने सन्देश प्रदान गर्नका लागी पनि केभसिटी मिडियाले आगामी दिनमा यस्ता कामलाई निरन्तरता दिने समेत थापाले वताए । 
उक्त अवसरमा केभसिटी मिडियाको तर्फबाट मिडियाकप भलिवल प्रतियोगितामा सहभागी पत्रकारहरुको सहभागीता रहेको थियो ।