Sunday, September 30, 2018

पोखराको वडा ८ बाट पनि राजस्व संकलन सुरु -Tax News Pokhara

पोखरा  १४ असोज  
 पोखरा महानगरपालिकाले वडा नम्बर ८ ले पनि राजस्व  संकलन कार्य सुरु गरेको छ । वडाबाटै घर जग्गा, सम्पत्ति कर तथा नक्सापास सेवाको शुभारम्भ महानगरका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले गर्नुभयो ।  
आइतबार वडा कार्यालय पुगेका पहिलो करदाता पोखरा-५ का लक्ष्मी कौशले तिरेको करको रसिद हस्तान्तरण गदै शुभारम्भ गरिएको हो । कार्यक्रममा बोल्दै कार्यबाहक प्रमुख गुरुङले जनतालाई सहज र सरल रुपमा सेवा प्रवाह गर्न वडाबाटै कर संलकन सुरु गरिएको बताउनुभयो् । ‘वडा आफैमा सरकार हो, त्यसलाई पुष्टि गर्न अधिकार प्रत्योजना सहित जनतालाई घरदैलोबाटै सेवा प्रवाह गर्न वडाबाटै सेवा प्रवाह सुरु गरेका छौ ।’ काबा प्रमुख गुरुङले कर तिर्न आउनेहरुलाई राम्रो ब्यवहार गर्नुपर्ने बताउदै नागरिकले कर छल्ने प्रबृत्तिको अन्त्य गदै कर तिरेर सभ्य नागरिकको परिचय दिनुपर्ने बताउनुभयो । 
उहाँले कर बृद्धि गरेको गुनासो गरिएको भएपनि महानगरमा कसैले उजुरी नदिएको बताउदै महानगरले नागरिकको गुनासो सम्वोधन गदै कर छुट १० प्रतिशत बृद्धि गरि २० प्रतिशत पुर्याएको बताउनुभयो ।  उहाँले महानगरले पुस मसान्त सम्म सम्पत्ति करमा २० प्रतिशत र असार सम्म १० प्रतिशत छुट दिने बताउनुभयो  । महानगरले प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिएर ३३ वटै वडाबाट राजश्व र कर संकलनको लागि काम थालनी गरेको बताउनुभयो । प्रविधिको कारणले आफूसँग भएको सम्पत्ति कति छ ?जहाँबाट पनि हेरेर कर तिर्ने व्यवस्था महानगरले मिलाएको उहाँको भनाइ छ । महानगरले कर बढाएको नभइ मालपोत कार्यालयले सम्पत्तिको मूल्यांकन बढाएकाले विगत भन्दा केही बढी कर तिर्नुपरेको उहाँले स्पस्ट पार्नुभयो  । 
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल नगरबासीलाई महानगर कार्यालय आउन नपरोस भनेर वडाबाटै कर संकलनको काम थालिएको बताउनुभयो । उहाँले महानगरलाई भिडभाड मुक्त बनाउदै नागरिकलाई सहज रुपमा सेवा प्रवाहको ब्यवस्था मिलाइएको बताउनुभयो । महानगरमा धेरै भिडभाड भयो,‘सानासाना काम महानगरले हेर्दा नीति निर्माण र योजना बनाउन सकिएन भनेर अधिकार वडामा प्रत्यायोजन गरिएको छ । उहाँले भने अव कर संकलन, तिन तला सम्मको घरनक्सा पास, १५ लाख सम्मका योजनाको सम्झौता लगायतका काम वडाबाटै हुने ब्यवस्था गरिएको र यसले नागरिकलाई सहज हुने बताउनुभयो । उहाँले महानगरका ३३ वटै वडाबाट कर संकलन गरिने बताउनुभयो । उहाँले महानगरका जुनसुकै वडाबाट पनि महानगरबासीले कर तिर्ने ब्यवस्था गरिएको समेत जानकारी दिनुभयो । 
वडा नम्बर ८ का वडाध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा भएके कार्यक्रममा वडा नम्वर ६ का अध्यक्ष जगत पहारी, नेकपा वडा नम्वर ८ का संयोजक राजकुमार गिरी, काँग्रेसका वडा सभापति सुभाष सिग्देल, वडा नम्वर ८ का सदस्य कृष्णमान ठुसाजु लगायतले बोल्नु भएको थियो  । वडाबाट एकीकृत सम्पत्ति कर, घरनक्साको राजश्व लगायत सबै कर वडा कार्यालयबाटै तिर्न सकिने छ । कुन वडामा कति राजश्व र कर संकलन भयो त्यो महानगरको राजश्व शाखामा हेर्न सकिने प्रविधि जडान गरिएको छ । 

Monday, September 24, 2018

पोखरा : जिल्ला प्रहरी प्रमुखहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न Nepal Police Program


४ नं. प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा यही असोज ७ गते प्रदेश अन्तर्गतका जिल्ला प्रहरी प्रमुखहरु संग जिल्लाको शान्ति सुरक्षा, अपराध अनुसन्धान र प्रहरी गतिविधिको अवस्था साथै आशन्न चाडपर्वहरुलाई मध्यनजर गरी एक रणनीतिक कार्ययोजना तय गर्ने उदेश्यले अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
४ नं। प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रमुखहरुले आ-आफ्नो जिल्लाको शान्ति सुरक्षाको अवस्था, अपराधको अवस्था, प्रहरी परिचालन लगायत प्रहरी सेवा प्रवाहका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
साथै सहभागी जिल्ला प्रहरी प्रमुखहरुले चाडपर्वहरुको समयमा कुनै पनि अप्रिय घटना हुन नदिन जिल्लामा विशेषरुपले प्रहरी परिचालन गरिने कुरा प्रदेश प्रहरी प्रमुख समक्ष जानकारी गराउनुभएको थियो । 
सहभागि जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले चाडपर्वहरु नजिकिए सँगै कानून विपरितका विभिन्न क्रियाकलापहरु हुन सक्ने बताउदै प्रहरी रचनात्कम ढंगले परिचालन हुनुपर्ने बताउनुभयो ।
साथै आम नागरिकलाई प्रत्यक्ष रुपमा अनुभुति हुनेगरी प्रहरी सेवा प्रवाह गर्न र प्रहरी प्रतिको विश्वसनियता साथै अपनत्व बढ्ने गरी कार्य सम्पादन गर्न गराउन सहभागी जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । 
उक्त कार्यक्रममा संघिय ईकाई प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद चौधरी, पश्चिम क्षेत्रीय शसस्त्र प्रहरी गणका प्रमुख, प्रदेश अन्तर्गतका जिल्ला प्रहरी प्रमुख लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

Saturday, August 18, 2018

रेडियो पश्चिम पोखराको आयोजनामा वातावरणमैत्री खुल्ला तिज गीत प्रतियोगिता भदौ २२ गते


पोखरा, १ भदौ । 
नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा रेडियो पश्चिम पोखराले वातावरणमैत्री खुल्ला तीज गीत प्रतियोगिता एवं शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने भएको छ । 
अघिल्ला वर्षहरुमा वातावरण सम्बन्धी सचेतना दिने उद्धेश्यले सडक नाटक मन्चन तथा रेडियोबाट विभिन्न वातावरणमैत्री कार्यक्रम प्रशारण गरेको रेडियोले यस पटक तिजको अवसरमा वातावरणमैत्री तिज गीत प्रतियोगिताको आयोजना गरेको हो ।
सिटीपोखरा डट कम अनलाइन पार्टनर रहेको प्रतियोगिताका लागि कर्मचार्य वेक्स एण्ड फुट्स प्रा.लि.को एक उत्कृष्ट उत्पादन कर्मचार्य डाईजेष्टिक विस्कुट्सले मुख्य प्रायोजन गरेको छ ।
आगामी भदौ २२ गते शुक्रवार हुने प्रतियोगिताको तयारीलाई तीव्र पारिएको रेडियोका सञ्चालक मोतिसागर अधिकारीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका लागि आवेदन खुल्ला भइसकेको र आवेदन फाराम रेडियोको कार्यालयमा प्राप्त गर्न सकिनेछ भने फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ । आवेदन भदौ २२ गते बिहान १० बजे सम्म भर्न सकिनेछ ।
गीतको माध्यमबाट समाजमा वातावरण सम्वन्धी सचेतना जगाउने उद्देश्यले वातावरणमैत्री तिज गित प्रतियोगिताको आयोजना गरिएको अधिकारीले जनाए । प्रतियोगितामा प्रथम हुनेले ११ हजार १ सय ११, द्वितीय हुनेले ७ हजार १ सय ११, तृतीयले ४ हजार १ सय ११ र सान्त्वना हुनेले २ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट नृत्य र भेषभूषालाई आकर्षक पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ । उक्त कार्यक्रममा  तारापति सुवेदी, जीवन दाहाल, लक्ष्मी नेपाली साथै अन्य स्थानीय कलाकारहरुको प्रस्तुति रहने रेडियोले जनाएको छ ।
कार्यक्रममा पोखराका उद्योग, व्यवसायी, संघ–संस्था, आमा समुह, राजनीतिज्ञ, कला, साहित्य, सांस्कृतिक, शिक्षा लगायत विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरुको सहभागिता रहने  अधिकारीले जानकारी दिए । उनका अनुसार उक्त अवसरमा सामुहिक दर खुवाउने कार्यक्रम समेत रहेको छ ।
नेपाली लोक संस्कृतिको संरक्षण र संवद्र्धन गर्नका साथे वातावरण सफा राखौें भन्ने सन्देश दिनका लागि प्रतियोगिता आयोजना गरिएको र प्रतियोगितामा गाउने गीतहरु पनि सोही अनुरुप, समय सान्दर्भिक हुनुपर्ने रेडियोका कार्यक्रम संयोजक अमृता अधिकारीले जानकारी दिईन् । उनका अनुसार प्रतियोगीहरुले राजनीति र कोही कसैमाथि आक्षेप लगाउने खालको गीत गाउन पाउने छैनन् र एक टिममा नृत्य सहित ७ जना सम्म रहन पाउनेछन् । प्रतियोगिताको रेडियो पश्चिम पोखराले प्रत्यक्ष प्रशारण गर्नेछ । प्रतियोगितामा करिब २५ टिमको सहभागीता रहने रेडियोको अपेक्षा छ । 
यसै गरी सहप्रायोजकमा हेमजा आधुनिक सुपर मार्केट र कर्मचार्य ग्रुपको उत्कृष्ट उत्पादन कोसेली शुद्ध तोरीको तेल रहेका छन् भने प्रवद्र्धकमा पोखरा महानगरपालिका रहेको छ । कार्यक्रमको प्रायोजकहरूमा सुजल डेरी प्रालिको उत्पादन सफल दूध, नारायण प्लाई उद्योग लेखनाथ, पञ्च आयुर्वेद बुद्धचोक, हङकङ व्युटी इन्स्टिच्यूट कलेज  महेन्द्रपुल, हेमजा निर्माण कन्ट्रक्सन,  हेमजा आरएमसी प्रालि हेमजा, हेमजा हस्पिटल रिसर्च सेन्टर प्रालि, विजी हस्पिटल प्रालि माटेपानी, एक्सपर्ट एजुकेशनल भिषा एण्ड सर्भिसेस सिद्धार्थचोक, एस स्याङजा सुन चाँदी पसल विन्दवासिनी, रूपाकोट ज्योती सुनचाँदी पसल, गुरूङ व्युटी पार्लर, वेकन प्रिमियर एजुकेशन सिद्धार्थ चोक, मैला घडी मर्मत सेण्टर बगर, कैलाश विकास बैैक हेमजा शाखा, ईआईए सिएकलेज सिर्जनाचोक, स्याङजा ज्वेलर्स सुनचाँदी पसल मोहोरिया टोल, दलबहादुर सुनचाँदी पसल रामबजार र शाखा सिर्जनाचोक, शुभकामना सुनचाँदी पसल चिप्लेढुङगा, हिमालयन कलेज हस्पिटालिटी म्यानेजमेन्ट महेन्द्रपुल, अन्नपुर्ण सुपर मार्केट महेन्द्रपुल, बस्ताकोटी रिसोलिङ टायर, दि युनाईटेड गोल्ड मार्ट चिप्लेढुङ्गा र आविष्कार क्लिनिक वुद्धचोक लगायतका रहेका छन् ।

Tuesday, July 17, 2018

नेपाल फिजिकल ट्रेनिङ एशोसियसन क्षेत्रिय समिती पोखराको रक्तदानमा १ सय ६० युनिट रगत संकलन Blood Donation Pokhara

पोखरा ३२ साउन 
 नेपाल फिजिकल ट्रेनिङ एशोसियसन क्षेत्रिय समिती पोखराले आयोजना गरेको रक्तदानमा १ सय ६० युनिट रगत संकलन भएको छ । क्षेत्रिय रक्त सञ्चार केन्द्र पोखराको प्राविधीक सहयोगमा समितीद्धारा पोखरा रंगशालामा आयोजित रक्तदान कार्यक्रममा एशोसियसनमा आवद्ध सदस्य तालिम केन्द्रमा प्रशिक्षणरत प्रशिक्षार्थीहरुले रक्तदान गरेका थिए । पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रोफेसर डाक्टर बुद्धि बहादुर थापाले पहिलो रक्तदाता राजु थापालाई ब्लड ब्याग हस्तान्तरण गरी सुरु भएको रक्तदान कार्यक्रममा १ सय ६० युनिट रगत संकलन भएको हो । 
सो अवसरमा वोल्दै पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रोफेसर डाक्टर बुद्धि बहादुर थापाले खेर जाने रगतलाई रक्तदान गरी अर्काको जीवन जोगाउनका लागी महत्वपूर्ण भुमिका खेल्ने वताए । रक्तदानमा युवाहरुको उल्लेख्य सहभागीताले अन्य युवाहरुलाई पनि रक्तदान प्रति अभिप्रेरित गराउने भएकाले नेपाल फिजिकल ट्रेनिङ एशोसियसनले आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । 
त्यसैगरी भारतिय भुतपुर्व गोर्खा ब्रिगेट नेपालको अध्यक्ष कणेल कमानसिंह गुरुङले नेपाल फिजिकल ट्रेनिङ एशोसियसनले रक्तदान जस्तो काममा एशोसियसनमा आवद्धरत युवाहरुलाई समाहित गराएर सामाजिक काममा अग्रसरता देखाएकोमा खुसी ब्यक्त गरे । नेपाल फिजिकल ट्रेनिङ एशोसियसन नेपालका प्रमुख संरक्षक क्याप्टेन राम प्रसाद गुरुङले एशोसियसनले विगत तीन बर्षदेखी एशोसियसनले रक्तदान जस्तो सामाजिक काम गर्दै अगाडी वढिरहदा आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । 
नेपाल फिजिकल ट्रेनिङ एशोसियसन क्षेत्रिय समिती पोखराका अध्यक्ष गज बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितीका उपाध्यक्ष सुवेदार केहरसिंह गुरुङले स्वागत मन्तब्य राखेका थिएभने समितीका सचिव सुवेदार जीत बहादुर गुरुङले कार्यक्रमको सञ्चालन गरेका थिए । 

लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारी र पोखरा सप्तगण्डकीद्धारा गण्डकी हस्पिटल परिसरमा वृक्षारोपण-Lions Club of Pokhara United Chautari


 पोखरा ३२ असार ।
 लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारी र लायन्स क्लव अफ पोखरा सप्तगण्डकीले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी हस्पिटल) परिसरमा वृक्षारोण गरेको छ । दुई वटा लायन्स क्लवहरुको साझेदारीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ( गण्डकी ) हस्पिटल परिसरमा कपुर, अशोका, धुपी लगायतका ४८ वटा विरुवाहरु रोपेको हो । 
बृक्षारोपण कार्यक्रमको सुरुवात गर्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन डाक्टर नरेन्द्र बिक्रम गुरुङले लायन्स क्लवहरुले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वृक्षारोपण गरेर आफ्नो संस्थामा खाली रहेको जग्गामा हरियाली बनाउने काममा सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे । स्वास्थ्य संस्था वरपर वृक्षारोपण गरी लायन्स क्लवहरुले सामाजिक काममा अगाडी वढेकोमा गुरुङले आगामी दिनमा यस्ता क्रियाकलापलाई निरन्तरता दिनुपर्नेमा समेत जोड दिए । 
सो अवसरमा वोल्दै जोन चियर पर्सन चिनु गुरुङले वोटविरुवाहरुको बारेमा जानकारी दिदै वोटविरुवा रोप्नु ठूलो कुरा नभएको यसलाई गोडमेल र हुर्काउनका लागी पनि लायन्स क्लवहरु लागी पर्नुपर्नेमा जोड दिए । लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीका अध्यक्ष सुक बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लव अफ पोखरा सप्त गण्डकीका अध्यक्ष सविता श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइनभने कार्यक्रम संयोजक लायन्स संयोजक एम जे एफ लायन कमल बहादुर बस्नेतले धन्यवाद मन्तब्य राखेका थिए ।
लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीका सचिव लालकाजी गुरुङले सञ्चालन गरेको कार्यक्रममा लायन्स क्लव ३२५ बी वान का अग्रज लायन्स लिडरहरुको समेत सहभागीता रहेको थियो ।