Tuesday, July 17, 2018

नेपाल फिजिकल ट्रेनिङ एशोसियसन क्षेत्रिय समिती पोखराको रक्तदानमा १ सय ६० युनिट रगत संकलन Blood Donation Pokhara

पोखरा ३२ साउन 
 नेपाल फिजिकल ट्रेनिङ एशोसियसन क्षेत्रिय समिती पोखराले आयोजना गरेको रक्तदानमा १ सय ६० युनिट रगत संकलन भएको छ । क्षेत्रिय रक्त सञ्चार केन्द्र पोखराको प्राविधीक सहयोगमा समितीद्धारा पोखरा रंगशालामा आयोजित रक्तदान कार्यक्रममा एशोसियसनमा आवद्ध सदस्य तालिम केन्द्रमा प्रशिक्षणरत प्रशिक्षार्थीहरुले रक्तदान गरेका थिए । पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रोफेसर डाक्टर बुद्धि बहादुर थापाले पहिलो रक्तदाता राजु थापालाई ब्लड ब्याग हस्तान्तरण गरी सुरु भएको रक्तदान कार्यक्रममा १ सय ६० युनिट रगत संकलन भएको हो । 
सो अवसरमा वोल्दै पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रोफेसर डाक्टर बुद्धि बहादुर थापाले खेर जाने रगतलाई रक्तदान गरी अर्काको जीवन जोगाउनका लागी महत्वपूर्ण भुमिका खेल्ने वताए । रक्तदानमा युवाहरुको उल्लेख्य सहभागीताले अन्य युवाहरुलाई पनि रक्तदान प्रति अभिप्रेरित गराउने भएकाले नेपाल फिजिकल ट्रेनिङ एशोसियसनले आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । 
त्यसैगरी भारतिय भुतपुर्व गोर्खा ब्रिगेट नेपालको अध्यक्ष कणेल कमानसिंह गुरुङले नेपाल फिजिकल ट्रेनिङ एशोसियसनले रक्तदान जस्तो काममा एशोसियसनमा आवद्धरत युवाहरुलाई समाहित गराएर सामाजिक काममा अग्रसरता देखाएकोमा खुसी ब्यक्त गरे । नेपाल फिजिकल ट्रेनिङ एशोसियसन नेपालका प्रमुख संरक्षक क्याप्टेन राम प्रसाद गुरुङले एशोसियसनले विगत तीन बर्षदेखी एशोसियसनले रक्तदान जस्तो सामाजिक काम गर्दै अगाडी वढिरहदा आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । 
नेपाल फिजिकल ट्रेनिङ एशोसियसन क्षेत्रिय समिती पोखराका अध्यक्ष गज बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितीका उपाध्यक्ष सुवेदार केहरसिंह गुरुङले स्वागत मन्तब्य राखेका थिएभने समितीका सचिव सुवेदार जीत बहादुर गुरुङले कार्यक्रमको सञ्चालन गरेका थिए । 

लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारी र पोखरा सप्तगण्डकीद्धारा गण्डकी हस्पिटल परिसरमा वृक्षारोपण-Lions Club of Pokhara United Chautari


 पोखरा ३२ असार ।
 लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारी र लायन्स क्लव अफ पोखरा सप्तगण्डकीले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी हस्पिटल) परिसरमा वृक्षारोण गरेको छ । दुई वटा लायन्स क्लवहरुको साझेदारीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ( गण्डकी ) हस्पिटल परिसरमा कपुर, अशोका, धुपी लगायतका ४८ वटा विरुवाहरु रोपेको हो । 
बृक्षारोपण कार्यक्रमको सुरुवात गर्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन डाक्टर नरेन्द्र बिक्रम गुरुङले लायन्स क्लवहरुले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वृक्षारोपण गरेर आफ्नो संस्थामा खाली रहेको जग्गामा हरियाली बनाउने काममा सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे । स्वास्थ्य संस्था वरपर वृक्षारोपण गरी लायन्स क्लवहरुले सामाजिक काममा अगाडी वढेकोमा गुरुङले आगामी दिनमा यस्ता क्रियाकलापलाई निरन्तरता दिनुपर्नेमा समेत जोड दिए । 
सो अवसरमा वोल्दै जोन चियर पर्सन चिनु गुरुङले वोटविरुवाहरुको बारेमा जानकारी दिदै वोटविरुवा रोप्नु ठूलो कुरा नभएको यसलाई गोडमेल र हुर्काउनका लागी पनि लायन्स क्लवहरु लागी पर्नुपर्नेमा जोड दिए । लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीका अध्यक्ष सुक बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लव अफ पोखरा सप्त गण्डकीका अध्यक्ष सविता श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइनभने कार्यक्रम संयोजक लायन्स संयोजक एम जे एफ लायन कमल बहादुर बस्नेतले धन्यवाद मन्तब्य राखेका थिए ।
लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीका सचिव लालकाजी गुरुङले सञ्चालन गरेको कार्यक्रममा लायन्स क्लव ३२५ बी वान का अग्रज लायन्स लिडरहरुको समेत सहभागीता रहेको थियो । 

पोखराका भौतिक संरचना अपाङ्गमैत्री हुनुपर्नेमा जोड-Pokhara News

पोखरा, ३२ असार

पोखराका भौतिक संरचना अपाङ्गमैत्री हुनुपर्नेमा सोमबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । टुरिजम ईन्टरप्रेटर वुमन एशोसिएसन अफ नेपाल  टेवानले आयोजना गरेको अशक्त महिला सशक्तिकरणका लागि मेहेन्दी विशेष कार्यक्रममा बोल्ने वक्ताहरुले पर्यटकीय नगरी पोखरामा अशक्त पर्यटकहरुको पनि आगमन हुने भएकोले पोखराका भौतिक संरचनाहरु अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिएका हुन् । 

नेपाल टुरिजम वोर्ड क्षेत्रिय कार्यालयको प्रवद्र्धन, ईन्डिपेन्डेन्ट लिभिङ सोसाईटी नेपाल र महिला अपाङ्गता सशक्तिकरण कास्कीको सहआयोजनामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालका केन्द्रिय सदस्य तथा गुरुङ ब्युटी पार्लर एकेडेमी प्रा.लि.का प्रबन्ध निर्देशक चिनु गुरुङले अशक्त महिलाहरुको सशक्तिकरणको लागि आफु जहिले पनि सकारात्मक भएको बताउँदै उनीहरुलाई आर्थिक रुपमा बलियो बनाउन उद्यमशिलताको तालिम दिन आफु तयार रहेको बताए । टेवानले आयोजना गरेको मेहन्दी कार्यक्रमले पनि अशक्त महिलाहरुलाई उद्यमशिल बनाउन मद्दत पुग्नेमा गुरुङले विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्मा, नेपाल टुरिजम वोर्ड क्षेत्रिय कार्यालयका अधिकृत प्रदिप गैरे, ईन्डिपेन्डेन्ट लिभिङ सोसाईटी नेपालका अध्यक्ष हेम गुरुङ, महिला अपाङ्गता सशक्तिकरण कास्कीका अध्यक्ष अञ्जना केसी लगायतले अपाङ्गता भएका महिलाहरु पनि सपाङ्गता जसरी उद्यमी गरेर आर्थिक रुपमा सक्षम बन्ने सक्नेमा जोड दिएका थिए । 

मेहेन्दी लगाउन उलेख्य मात्रामा महिलाहरुको सहभागीता रहेको कार्यक्रममा शारीरिक रुपमा अशक्त महिलाहरुले सहभागीलाई मेहेन्दी लगाईदिएका थिए । कार्यक्तम टुरिजम ईन्टरप्रेटर वुमन एशोसिएसन अफ नेपाल टेवानका अध्यक्ष लक्की कार्कीको अध्यक्षतामा भएको थियो ।

Monday, July 9, 2018

रोटरी पोखरा फिस्टेलको १६ औं पदस्थापन -Rotary Club of Pokhara Fishtail


पोखरा, २३ असार । 
रोटरी क्लब अफ पोखरा फिस्टेलको १६ औं र रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलको १२ औं पदस्थापना समारोह सम्पन्न भएको छ ।  
प्रमुख अतिथि डिस्ट्रिक गभर्नर इलेक्ट किरणलाल श्रेष्ठले नवनियुक्त बोर्ड डाइरेक्टरलाई शपथ ग्रहण गराउँदै रोटरी क्लबले हालसम्म गरेका कामबारे प्रकाश पारे । उनले रोटरी पोखरा फिस्टेलले मानवीय सहायतामा आफ्नो कदम अग्रसर गराएको प्रति प्रशंसा गरे । समारोहमा रोटरी पोखरा फिस्टेलका अध्यक्ष लक्ष्मी थापा गिरीले आफ्नो कार्यकाल वर्ष २०१७/०१८ मा गरिएका क्रियाकलापबारे जानकारी गराइन् । यस्तै, नवनियुक्त प्रेसिडेन्ट बाबुराम पाठकले वर्ष २०१८/०१९ मा आफूले गर्ने कार्ययोजना बारे जानकारी दिए । 
क्लबको नवनियुक्त बोर्ड डाइरेक्टरमा प्रेसिडेन्ट इमिडिएट बाबुराम पाठक, निवर्तमान प्रेसिडेन्ट लक्ष्मी थापा गिरी, पे्रसिडेन्ट इलेक्ट अर्जुन थापा, भाइस प्रेसिडेन्ट रमेशप्रसाद कोइराला, सचिव दीपक पोखरेल, कोषाध्यक्ष लक्ष्मी कुवर, सर्जेन्ट एट आर्म पूर्व अध्यक्ष भुवनसिंह गुरुङ, क्लब टे«नर पूर्व अध्यक्ष विनोद कोइराला, क्लब मेन्टर पूर्व अध्यक्ष सुरेशप्रसाद श्रेष्ठ, एड्मिन डाइरेक्टर पूर्व अध्यक्ष नरबहादुर गुरुङ, मेम्बरसीप डाइरेक्टर पूर्व अध्यक्ष रमाकान्त बराल, सर्भिस प्रोजेक्ट डाइरेक्टर पूर्व अध्यक्ष नारायण शर्मा, युथ सर्भिस डाइरेक्टर पूर्व अध्यक्ष जयेन्द्र गौचन र वेवमास्टरमा आदित्य चन्द छन् । चियरमेम्बरमा एड्मिनतर्फ अशोक चालिसे, पब्लिक रिलेसनमा बिमला भण्डारी, मेम्बरसीप चियरमा जगनसुब्बा गुरुङ, सर्भिस प्रोजेक्टमा प्रेमबहादुर थापा, टिआरएफमा वासु त्रिपाठी र युथ सर्भिसमा रञ्जु गुरुङ चयन भए । 
सो अवसरमा रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलको वर्ष २०१७।१८ की अध्यक्ष अमृता पौडेलले वर्ष २०१८।१९ की अध्यक्ष विद्या कोइरालालाई पद हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा रोटरियन रोश गुरुङ लगायतले मन्तव्य व्यक्त गरेका थिए । यस्तै, रोटरी पोखरा फिस्टेलको प्रकाशन ‘फिस्टेल’ स्मारिका र रोट्रयाक्ट पोखरा फिस्टेलको प्रकाशन ‘प्रतिबिम्ब’ विमोचन गरिएको थियो ।
पोखराका सम्पूर्ण क्लबका इनकमिङ र आउटगोइङ प्रसिडेन्ट लगायत डिष्ट्रिक अफिसियल मेम्बरको सहभागिता रहेको कार्यक्रममा वर्षभरि उत्कृष्ट कार्य गर्नेलाई अवार्ड प्रदान गरिएको पब्लिक रिलेसन डाईरेक्टर बिमला भण्डारीले जानकारी दिइन् । 
कार्यक्रममा स्वागत रोटरी पोखरा फिस्टेलका पूर्व अध्यक्ष विनोद कोइरालाले गरेका थिए भने सञ्चालन सचिव लक्ष्मी कुँवरले गरेकी थिइन् । 
पृथ्वीरुपा माविको भवन निर्माणमा सहयोग पु¥याएको रोटरी पोखरा फिस्टेल खानेपानी, शिक्षा, छात्रवृत्ति लगायत सामाजिक कार्यमा सक्रिय रहँदैआएको छ ।

Sunday, July 8, 2018

होमस्टे सञ्चालकलाई पर्यटन व्यवस्थापन तालिम प्रदान Home stay Tourism Management Training


पोखरा, २४ असार

मनोरम तथा ऐतिहासिक स्थल राईनासकोटका होमस्टेका सञ्चालहरुलाई होमस्टे पर्यटन व्यवस्थापन तालिम प्रदान गरिएको छ । लम्जुङको राईनास नगरपालिका स्थित प्रसिद्ध पर्यटकीय स्थल राईनासकोटमा रहेको राईनास होमस्टेका सञ्चालकहरुलाई गाऊ पर्यटन प्रबद्धन मञ्च, नेपालको आयोजना र पर्यटन बोर्ड पोखराको सहकार्यमा २ दिने तालिम प्रदान गरिएको हो ।

भुकम्पले क्षेतिग्रस्त बनेको राईनासकोट वस्ती पुननिर्माण गरिए सँगै होमस्टेको रुपमा विकास भएको छ । भूकम्पपछि राईनासकोटमा सबिधा सम्पन्न होमस्टे सञ्चालनका लागि आवश्यक पर्ने १४ घर, एक आरोग्य भवन र एक सामुदायिक भवन निर्माण गरिएको छ । भौतिक संरचना संगै होमस्टेमा पाहुनाहरुको बृद्धि हुन थालेपछि पाहुनाको ब्यबस्थापन, मनोबिज्ञान, होमस्टेमा आवश्यक पर्ने मौलिकता, सस्कार,सस्कृति लगाएतका बिषयमा तालिम लिईएको गाँऊ पर्यटन प्रबद्धन मञ्च, प्रदेश नं ४ का सस्थापक अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।

तालिम समापन समारोहको अवसरमा प्रदेश नं. ४ का उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले होमस्टे गाँउ पर्यटनको अभिन्न अगं भएको बताउदै प्रदेश सरकारले ३० करोड रकम होमस्टे पर्यटन पूर्वाधार विकासको लागी छुट्टाएको जानकारी दिए । २०२२ मा २५ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य सम्म पुग्न होमस्टेको भुमिका महत्वपुर्ण उनले बताए । गुरुङ जातीको बस्ती रहेको राईनासकोटमा उनीहरुको कला, सस्कृतिलाई जोगाउन संग्राहलयको व्यवस्थापन गर्दै गाँउमै उत्पादिन खाद्य वस्तुहरु होमस्टेमा आउने पर्यटकहरु लाई खुवाउन सकेमा मात्र यस ठाँउ पर्यटकको पहिलो गन्तव्य स्थल बन्न सक्ने धारणा राखे । होमस्टेमा आउने पर्यटकहरुको तथ्याङ राख्न मन्त्री लम्सालको सुझाव थीयो । गण्डकी प्रदेशको विकास र समृद्धीको लागी ग्रामिण पर्यटन पूर्वाधार लाई आफुले जोड दिएको उनले बताए ।

नेकपाका केन्द्रिय सदस्य एवम् प्रदेश सभा सदस्य मायानाथ अधिकारीले राईनासको दिगो बिकासका लागि आफुले जुनसुकै मुल्य चुकाउन पनि पछि नपर्ने बताउदै राईनासकोट क्षेत्र विकासको लागी आफु निरन्तर लाग्ने प्रतिबद्दता जनाइन् । अर्का प्रदेश सभा सदस्य धन्ञजय दवाडीले गाँउको बिशेषता पहिचान गरेर होमस्टे सञ्चालन गर्नुपर्ने भन्दै अर्गा्निक खाना,बिभिन्न संस्कृति लाई जोड दिएर होमस्टे सञ्चालन गर्नुपर्ने बताए । यसले गर्दा आन्तरिक तथा बाह्य पर्यटकले राईनासकोट भरिभराउन हुने र यस ठाँउको उन्नती र प्रगति हुने उनको भनाई थीयो ।

प्रदेश सभा सदस्य मधु अधिकारीले गाँउ पर्यटन लाई पहिलो प्रथामिकतामा राखेर सरकारले नयाँ कार्ययोजान बनाउनुपर्नेमा जोड दिदै रोजगारी सिर्जना गर्ने गरी होमस्टे सञ्चालन गर्नुपर्ने बताए । गाँऊ पर्यटन प्रबद्र्धन मञ्चका संस्थापक अध्यक्ष एवम् पर्यटनविद्ध प्रेम शर्माले विगतको शैली परिर्वतन गर्दै होमस्टे सञ्चालन गर्नुपर्ने बताए । उनले पर्यटन निजी क्षेत्रले चलाउनुपर्ने र सरकारले पूर्वाधारको व्यवस्था गर्नुपर्नेमा जोड दिए । राईनासकोटमा रहेका केही पुराना घरलाई पौराणीक महत्व झल्काउन पहिलैकै स्वरुपलाई सुरक्षितसँग राखिएको छ । पुनःनिर्माण र वातावरणमैत्री अवधारणा पनि सँगसँगै शुरु भएको छ । अवधारणाअनुसार गोबर ग्यास, धुवाँरहित चुलोे, फोहोरमैला र पानीको व्यवस्थापनका लागि काम भइरहेको छ । त्यसैगरी राईनासकोट प्रवद्र्धनका लागि एग्रोटुरिजम अवधारणा पनि सँगसँगै बढाइएको छ ।