मिति २०७५/०३/२३ गते रातको समयमा जिल्ला म्याग्दी बेनी नगरपालीका वडा नं.-१अर्जम स्थित रहेको रामचन्द्र मा.वि.को बिद्यालयमा अफिसको पछाडी पट्टिको झ्याल फोडी अफिस भित्र रहेको कंम्प्युटरको ब्याकअप र टेबल तोडफोड गरेको छ भन्ने खबर मिति २०७५/०३/२४ गते दिउँसो १३:३० बजे बिद्यालयका प्रधानध्यापकले प्रहरी लाइ खबर प्राप्त हुन साथ तत्कालै प्रहरी टोली खटिई गई बुझ्दा स्कुलको पछाडीको झ्याल तोडी भित्र रहेका कंम्प्युटरको ब्याकअप र टेबल बाहिर निकाली तोडफोड सथै आगजनि गरेको छ । उक्त घटनाका विषयमा स्थानिय रोसन थापा लाई शंका लागी सोधपुछ कार्य भईरहेको छ । तोडफोडबाटअन्दाजी रु.६८,५००।- बराबरको क्षेती भएको छ ।
Sunday, July 8, 2018
Saturday, July 7, 2018
सरकारले गर्नुपर्नेकाम जनताले गरेको भन्दै स्वास्थ्य राज्यमन्त्री द्धारा प्रसंसा
स्याङजा २३ ,असार ।
स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा एम्वुलेन्स सेवा शुरुभएकोछ । स्वास्थ्य तथा जनसख्या राज्य मन्त्री पद्मा कुमारी अर्यालले एक कार्यक्रमका विच स्वरेक टापु बाट एम्वुलेन्स सेवा शुभारम्भ गर्नुभयो । नमुना स्वरेक सामाजिक कोष कतार र नमुना स्वरेक सहयोगी समाज स्याङजाले संयुक्त रुपमा संचालन गर्ने एम्वुलेन्सको साचो पत्रकार एवं नमुना स्वरेक सहयोगी समाजका अध्यक्ष घनश्याम पाण्डेय लाई मन्त्रीले हस्तान्तरण गर्नुभयो ।
मन्त्री अर्यालले एम्वुलेन्स खरिद एकताले नै सम्भव भएको भन्दै स्वदेश विदेश बाट अभियानमा लाग्नेहरु प्रति प्रसंसा गर्नुभयो ।अब स्वरेकमा विकासको शुरुवात भएको भन्दै वालिङ मिर्दि देखि स्वरेक मैदान बाटो पिचको काम शुरु हुने बताउनु भयो । उहाँले भीरकोट सुन्दर बजार स्वरेक भञ्ज्याङ हुदै मैदान जोडने बाटो पनि पिच गर्न आफुले पहलगर्ने बताउनुभयो ।विकासको लागि सवै संग हातेमालो गर्ने भन्दै मन्त्री अर्यालले स्वरेक लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गराएर छाड्ने बताउनु भयो । सिदार्थ राजमार्गको छेउमा हुदा पनि आज सम्म विकास नभएको भन्दै मन्त्री अर्यालले अब विकास गरेर छाड्ने प्रतिबद्धता जनाउनुभयो ।उहाँले स्वरेकमा स्थास्थ चौकी निर्माण छिटै हुने पनि बताउनुभयो ।
कार्यक्रममा नेकपाका स्थायि समिति सदस्य एवं साँसद मुकुन्द न्यौपानेले स्वरेकमा एम्वुलेन्स ल्याउनको लागि पहलगर्ने सवै प्रति आभार प्रकट गर्दे एम्बुलेन्स आपतकालिन अबस्थामा साथी भएको बताउनुभयो ।
भीरकोट नगरपालिकाका मेयर छायाराम खनालले एम्बुलेन्स सञ्चालन दिगो बनाउनु पर्नेमा जोड दिदै खनालले ठिक ढंगले विरामीको रेकर्ड राख्न आग्रह गर्नुभयो । कुल खर्चको ५० प्रतिशत खर्च भीरकोट नगरपालिका साझेदार गर्न तयार रहेको खनालले उदघोष गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा नेता चक्र बहादुर पराजुलीले एम्बुलेन्स सेवा सञ्चालन आउनु स्वरेकीहरुको लागि खुशीको खबर भएको बताउनु भयो ।
वालिङ नगरपालिकाका उपमेयर कल्पना तिवारीले एम्वुलेन्स सञ्चालनमा वालिङ नगरपालिकाको पनि साथ रहने बताउनु भयो ।
पर्यटन मन्त्रालयका पुर्व सह सचिव उमाकान्त पराजुलीले आफ्नो जन्मभुमिमा एम्वुलेन्स संचालनमा आएको भन्दै सवै स्वरेकी हर्षित भएको बताउनुभयो ।
पराजुलीले दिगो रुपमा एम्वुलेन्स संचालनको लागि नगरपालिकाले अभिभावको भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
नमुना स्वरेक सहयोगी समाज स्याङजाका अध्यक्ष घनश्याम पाण्डेयले एम्बुलेन्स अभियानमा स्वतस्फुर्त रुपमा सहयोग आएको भन्दै सहयोगीहरु प्रति धन्बयाद ब्यक्त गर्दे मन भएकाहरुको सहयोगले आफुहरु सफल भएको बताउनु भयो । पाण्डेय १३ लाख संकलन भएकोमा एम्बुलेन्स सञ्चालन सम्म ल्याउदा कुल ११ लाख ५० हजार खर्च भएको बताउनु भयो । स्वरेकमा एम्बुलेन्स मात्रै देखिएको तर एम्बुलेन्स ल्याउन धेरैको धेरै ठाउँमा पसिना बगेको भन्दै विदेशी भुमिमा बगाएको पसिना बाट एम्वुलेन्स आएको भन्दै दिगो रुपमा सञ्चालन गर्न सवै स्वरेकीले साथ दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा वालिङ ११ का वडा अध्यक्ष बसन्त मल्ल र र भीरकोट ५का वडा अध्यक्ष यम प्रसाद अधिकारी (लक्ष्मण)ले एम्वुलेन्स सञ्चालनको लागि आफुहरुको सधै साथ रहने बताउनु भयो ।
कार्यक्रममा एम्बुलेन्स अभियानमा सहयोग गर्नेहरु लाई स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल , भीरकोटका मेयर छायाराम खनाल, समाजका अध्यक्ष घनश्याम पाण्डेय लगायतले सम्मान गर्नुभएको थियो । कार्यक्रममा एक घर एक आजिवन सदस्यता अभियान अन्तरगत हाल सम्म झण्डै २ सय जना आजिवन सदस्य भएकाहरु लाई पनि प्रमाणपत्र वितरण गरिएको थियो । र्काक्रममा समाजका उपाध्यक्ष यमलाल शर्मा पंगेनी,सचिव इन्द्र प्रसाद पराजुली(नबराज)लगायले बोल्नुभएको थियो ।
नमुना स्वरेक सामाजिक कोष कतार अन्तरगत शुरुमा एम्बुलेन्स अभियानका अभियन्ताहरुमा संयोजक भेषराज पराजुली,सह संयोजक जीवन पौडेल रहुनभएको थियो । सदस्यहरुमा विष्णु पंगेनी,बालकृष्ण पराजुली , गोविन्द पराजुली र इश्वर पराजुली रहुनभएको थियो । नेपाल संयोजक एवं प्रचार प्रसार संयोजक घनश्याम पाण्डेय रहुनभएको थियो ।
Thursday, July 5, 2018
कास्कीमा ठुलो मात्रामा सामान सहित चोरी गर्ने २ ब्यक्ति पक्राउ -Pokhara News
पोखरा, २१ असार
पोखराको लेकसाइड क्षेत्रमा विभिन्न होटलबाट चोरी गर्ने गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ । भन्डै एक महिनाअघिदेखी चोरी गर्दै आएका दुईजनालाई सादा पोसाकमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
कास्की प्रहरीले चोरीमा संलग्न दुई युवालाई चोरी गरिएको सामानसहित बुधबार सार्वजनिक गरेको छ । प्रहरीले विभिन्न ठाउँमा चोरी भएको घटनाको सिसिटिभी फुटेज तथा मोबाइल एवं ल्यापटप बनाउने पसलमा प्रहरीले समन्वय गरी चोरीमा संलग्नलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बागलुङ ढोरपाटन नगरपालिका वडा नम्बर ९ स्थाई घर भई हाल जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका वडा नम्बर ७ मासबार बस्ने ४१ बर्षिय डोर बहादुर बुढा ( जिवन) लाई पक्राउ गरेको हो । बुढाको डेरा खानतलासी गर्ने क्रममा वडा प्रहरी कार्यालय बैदाम कास्कीको बिशेष टोलिले सामाग्रीहरु फेला पारेको हो ।
बुढालाई प्रारम्भिक सोधपुछ तथा अनुसन्धान गर्दै जादा निजको सम्पर्कमा जिल्ला धादिङ साविक सेरतुङ गाबिस वडा नं २ घर भई हाल जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका बडा नं ३१ डेरा गरी बस्ने बर्ष ४२ का प्रेम तामाङलाई पक्राउ गरेको छ । दुबै मिलि लेकसाइडका विभिन्न स्थानबाट सामाग्रीहरु चोरी गरेको फेला पारेको प्रहरीले जानकारी दिएको छ । उनीहरुको चोरी गरेको सामाग्रीहरु यस प्रकार छ ।
डोर बहादुर बुढा र प्रेम तामाङको साथबाट बरामद भएका सामानहरुको विवरण
- Apple A1474 iPad
- Logitech wireless keyboard
- Samsung NP-QX 411-WO1UB
- Mobile cover-६ थान.
- सिल्भर रङको Power bank
- सेतो रङको power bank
- IPad
- TW STEEL लेखेको घडी
- GEO NAUTE लेखेको निलो रङको घडी
- Samsung galaxy tab s2
- HP laptop र कभर
- Oppo A375 मोवाईल
- OppoF1S मोवाईल
- Oppo F3 मोवाईल
- Samsung galaxy c7 pro मोवाईल
- Samsung galaxy s5 मोवाईल
- Samsung galaxy GT_56790 मोवाईल
- Samsung SMB313E/D मोवाईल
- HTC PNO7140 मोवाईल
- कालो रङको टोपि
- Sony camera
- Axle router
- Deuteraer stripes कालो रङको छालाको झोला
- विभिन्न रङका झोला हरु-६ थान.
- कालो रंङको छालाको झोल
- सुनको जस्तो देखिने कानमा लगाउने मुन्द्रा २ थान
- सुनको जस्तो देखिने घाटिमा लगाउने “J” लेखेको लकेट भएको सिक्री
- सुनको जस्तो देखिने धातुको बेरुवा औठि
- सुनको जस्तो देखिने २ वटा हरियो पत्थर भएको औठि
- नगद रु.१,१८,५००।–
- निलो विड भएको पेचकस
- हेक्सा ब्लेड
- हातको पन्जा
- सेल्फि स्टिक
- डोर बहादुर बुढाले कृषि बिकास बैङ्क लि.मा रकम जम्मा गरेको भौचर दुई थान ।
निरीक्षण तथा अवलोकन भ्रमण सम्पन्न News of Pokhara
पोखरा, २० असार
४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले यही आषाढ २० गते पोखरा स्थित पश्चिम क्षेत्रीय शसस्त्र प्रहरी गणको निरीक्षण तथा अवलोकन गर्नु भई कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई समसामयिक विषयमा निर्देशन सम्बोधन समेत गर्नु भएको छ ।
निरीक्षणका क्रममा क्षेत्रीय प्रहरी गण मुख्यालय पुग्नुभएका प्रहरी प्रमुख बोहरालाई प्रहरीको एक टुकुडीले सम्मान सलामी अर्पण गरेको थियो । निरीक्षणका क्रममा उहांले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको निरीक्षण गर्नुभई विभिन्न शाखा, प्रहरी कर्मचारीहरुको मेष, व्यारेक लगायत कार्यालयका भौतिक श्रोतसाधनहरुको समेत निरीक्षण गर्नु भएको छ ।
उक्त निरीक्षणकै क्रममा उहाँले क्षेत्रीय प्रहरी गणको परीसरमा मा रहेको क्षेत्रीय प्रहरी अस्पतालको समेत निरीक्षण एवम अवलोकन गर्नु भएको हो ।
निरीक्षण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्ने क्रममा उहाँले देश संघिय संरचनामा गई आम नागरीकले घर-घरमा सरकारको उपस्थिती महसुश गरिरहेको वर्तमान अवस्थामा आम नागरीकको प्रहरी प्रतीको अपेक्षामा समेत वृद्दी भएकाले प्रहरी सदैव नागरीकमैत्री सेवा प्रवाहमा कटिवद्ध रहनुको विकल्प नरहेको बताउनु भएको छ ।
साथै नेपाल प्रहरीको प्रयासले मात्रै समाजमा प्रभावकारी शान्ति सुरक्षा कायम हुन नसक्ने भएकाले प्रहरीले आम नागरीकसंग मिलेर समाजका विकृती विसंगतीहरुको न्यूनिकरणमा जोड दिनुपर्ने बताउनु भएको छ ।
युनाइटेड क्लवद्धारा कालिका पब्लिक कलेजका दुई विद्यार्थीलाई छात्रबृत्ति वितरण-United Club Chhatrabriti Bitaran Pokhara
पोखरा २० असार ।
सामाजिक क्रियाकलापमा अग्रणी स्थानमा रहेको युनाइटेड क्लवले आफ्नो शैक्षिक कार्यक्रम अन्तर्गत कालिका पब्लिक कलेज रामबजारमा छात्रबृति वितरण गरेको छ । स्थापनाकालदेखी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखरामा नया गन्तब्य चिडियाखाना निर्माणमा जोड दिदै सेती नदी संरक्षणमा अगाडी वढेको क्लवले आफ्नो शैक्षिक कार्यक्रम अन्तर्गत कालिका पब्लिक कलेजमा अध्ययनरत दुइ जना छात्र छात्रालाई छात्रबृत्ति वितरण गरेको हो ।
क्लवले कालिका पब्लिक कलेज मानविकी संकाय स्नातक तह पहिलो वर्षमा अध्ययनरत सुरेन्द्र शाही र ब्यवस्थापन संकाय स्नातक तह पहिलो वर्षमा अध्ययनरत अन्जु गिरीलाई छात्रबृत्ति स्वरुप जनही १५ हजार प्रदान गरिएको हो । छात्रबृत्ति वितरण कार्यक्रममा वोल्दै कलेजका ब्यवस्थापन समिती अध्यक्ष जनकराज बोहोराले युनाइटेड क्लवले नाम अनुसारको उद्देश्य लिएर काम गरेको र सोही अनुसार कालिका माविमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेर आफ्नो विद्यार्थीमाथी ठूलो गुन लगाएको वताए । क्ल
वले पांच वर्ष अगाडी कालिका माविमा अध्ययनरत विद्यार्थीका लागी छुट्टै छात्रबृत्ति कोष स्थापना गरेको भएतापनि यो वर्ष कलेज लेवलमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेकोमा अध्यक्ष बोहोराले खुसी ब्यक्त गरे ।
सो अवसरमा वोल्दै क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले कालिका पब्लिक कलेजमा अध्ययनरत विद्यार्थीहरुका लागी क्लवले सुरुवातको दिनदेखी काम गर्दै आइरहदा हाल आएर छात्रबृत्ति कोष बाहेक पनि विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गर्न पाउदा आफुहरु निकै हर्षित भएको वताए । ८ वर्षको अन्तरालमा युनाइटेड क्लवले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखराको लेखनाथ पचभैया क्षेत्रमा चिडियाखाना निर्माणको काम थालनी गर्न पाउदा निकै खुसी लागेको वताए । पोखरा महोत्सवको आयोजना गरी मनोरन्जन मात्र नभइ महोत्सवमा टिकटमार्फत उठाइएको रकम सामाजिक काम मार्फत जनताको सेवामा खर्चन पाउनु नै क्लवको लागी महत्वपूर्ण काम भएको बख्रेलको भनाइ रहेको छ ।
क्लवका प्रथम उपाध्यक्ष तथा शिक्षा उपसमितीका संयोजक लालाकजी गुरुङले युनाइटेड क्लवले स्थापना कालदेखीनै अति विपन्न विद्यार्थीहरुलाई लक्षित गरी विभिन्न विद्यालयहरुमा छात्रवृत्ति अक्षय कोषहरु स्थापना गर्दै आइरहेको र हाल सम्म कास्की र छिमेकी जिल्लाहरुमा गरी विभिन्न ८ वटा सामुदायिक विद्यालयहरुमा अक्षयकोष स्थापना गरेको वताए । यो वर्ष मात्र कालिका पब्लिक कलेज संगै अन्य विद्यालयहरुमा अध्ययन गर्ने ६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको गुरुङले वताए । क्लवका महासचिव राजु श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा क्लवका आजिवन सदस्य तथा शिक्षा उपसमिती सदस्य शिद्धि कुमार श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गरेका थिएभने कार्यक्रममा क्लवका द्धितिय उपाध्यक्ष लोक बहादुर थापा, कोषाध्यक्ष गणेश तिमिल्सिना लगायतको सहभागीता रहेको थियो ।
Subscribe to:
Comments (Atom)



