Thursday, July 5, 2018

युनाइटेड क्लवद्धारा कालिका पब्लिक कलेजका दुई विद्यार्थीलाई छात्रबृत्ति वितरण-United Club Chhatrabriti Bitaran Pokhara


पोखरा २० असार ।
 सामाजिक क्रियाकलापमा अग्रणी स्थानमा रहेको युनाइटेड क्लवले आफ्नो शैक्षिक कार्यक्रम अन्तर्गत कालिका पब्लिक कलेज रामबजारमा छात्रबृति वितरण गरेको छ । स्थापनाकालदेखी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखरामा नया गन्तब्य चिडियाखाना निर्माणमा जोड दिदै सेती नदी संरक्षणमा अगाडी वढेको क्लवले आफ्नो शैक्षिक कार्यक्रम अन्तर्गत कालिका पब्लिक कलेजमा अध्ययनरत दुइ जना छात्र छात्रालाई छात्रबृत्ति वितरण गरेको हो ।
क्लवले कालिका पब्लिक कलेज मानविकी संकाय स्नातक तह पहिलो वर्षमा अध्ययनरत सुरेन्द्र शाही र ब्यवस्थापन संकाय स्नातक तह पहिलो वर्षमा अध्ययनरत अन्जु गिरीलाई छात्रबृत्ति स्वरुप जनही १५ हजार प्रदान गरिएको हो । छात्रबृत्ति वितरण कार्यक्रममा वोल्दै कलेजका ब्यवस्थापन समिती अध्यक्ष जनकराज बोहोराले युनाइटेड क्लवले नाम अनुसारको उद्देश्य लिएर काम गरेको र सोही अनुसार कालिका माविमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेर आफ्नो विद्यार्थीमाथी ठूलो गुन लगाएको वताए । क्ल
वले पांच वर्ष अगाडी कालिका माविमा अध्ययनरत विद्यार्थीका लागी छुट्टै छात्रबृत्ति कोष स्थापना गरेको भएतापनि यो वर्ष कलेज लेवलमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेकोमा अध्यक्ष बोहोराले खुसी ब्यक्त गरे ।
सो अवसरमा वोल्दै क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले कालिका पब्लिक कलेजमा अध्ययनरत विद्यार्थीहरुका लागी क्लवले सुरुवातको दिनदेखी काम गर्दै आइरहदा हाल आएर छात्रबृत्ति कोष बाहेक पनि विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गर्न पाउदा आफुहरु निकै हर्षित भएको वताए । ८ वर्षको अन्तरालमा युनाइटेड क्लवले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखराको लेखनाथ पचभैया क्षेत्रमा चिडियाखाना निर्माणको काम थालनी गर्न पाउदा निकै खुसी लागेको वताए । पोखरा महोत्सवको आयोजना गरी मनोरन्जन मात्र नभइ महोत्सवमा टिकटमार्फत उठाइएको रकम सामाजिक काम मार्फत जनताको सेवामा खर्चन पाउनु नै क्लवको लागी महत्वपूर्ण काम भएको बख्रेलको भनाइ रहेको छ । 
क्लवका प्रथम उपाध्यक्ष तथा शिक्षा उपसमितीका संयोजक लालाकजी गुरुङले युनाइटेड क्लवले स्थापना कालदेखीनै अति विपन्न विद्यार्थीहरुलाई लक्षित गरी विभिन्न विद्यालयहरुमा छात्रवृत्ति अक्षय कोषहरु स्थापना गर्दै आइरहेको र हाल सम्म कास्की र छिमेकी जिल्लाहरुमा गरी विभिन्न ८ वटा सामुदायिक विद्यालयहरुमा अक्षयकोष स्थापना गरेको वताए । यो वर्ष मात्र कालिका पब्लिक कलेज संगै अन्य विद्यालयहरुमा अध्ययन गर्ने ६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको गुरुङले वताए । क्लवका महासचिव राजु श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा क्लवका आजिवन सदस्य तथा शिक्षा उपसमिती सदस्य शिद्धि कुमार श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गरेका थिएभने कार्यक्रममा क्लवका द्धितिय उपाध्यक्ष लोक बहादुर थापा, कोषाध्यक्ष गणेश तिमिल्सिना लगायतको सहभागीता रहेको थियो ।  

रामबजारका सुनचाँदी ब्यवशायी र मोवाइल पसलले सिसी क्यामेरा राख्ने-Pokhara-News

पोखरा, २० असार 
पोखराको रामबजारमा रहको सुनचादी ब्यवशायी र मोवाइल पसलेहरुले आफ्नो पसलमा सिसी क्यामेरा राख्ने भएका छन् । आफ्नो पसलको सुरक्षा र समाजमा कुनै घटना भएमा त्यसको पहिचानका लागि सजिलो होस् भनी सुनचांदी ब्यवशायी र मोवाइल पसलेहरुले पसलहरुमा सिसी क्यामेराहरु जडान गर्ने भएका हुन् ।
वडा प्रहरी कार्यालय रामबजारको प्रतिवद्धता अपराध विरुद्धको एकता भन्ने मुल नाराका साथ बुधबार वडा प्रहरी कार्यलय रामबजारले आयोजना गरेको कार्यक्रममा सहभागी ब्यवशायीहरुले आफ्नो ब्यवशायको सुरक्षा र प्रहरीको काम कारवाहीलाई सहजता होस भन्ने उद्देश्यले आगामी दिनमा छिट्टै सिसी क्यामेरा जडान गर्ने वताएका हुन ।
उक्त अवसरमा वोल्दै वडा प्रहरी कार्यालय राम बजारका प्रमुख प्रहरी निरीक्षक दिपक बहादुर केसीले ब्यवशायीहरुले आफ्नो सुरक्षाका लागी सिसी क्यामेरा जडान गर्नु अहिलेको आवश्यक्ता भएको वताए । सानो पसलहरुमा पनि सिसी क्यामेरा जडान गरेको खण्डमा साना तथा ठूला घटना तथा चोरीमा संलग्नहरुलाई खोजी गर्न सजिलो हुने केसीको भनाइ रहेको छ ।
सुनचांदी ब्यवशायी संघ कास्कीका पूर्व अध्यक्ष तथा विश्वकर्मा सुनचांदी पसल रामबजारका संचालक चन्द्रकिशोर गौतमले अहिले सम्म वडा प्रहरी कार्यालयमा आएका प्रहरी प्रमुखहरुले आफुहरुको पसलको सुरक्षाको बारेमा केही छलफल नभइरहदा हाल कार्यरत प्रहरी प्रमुखले आफुहरुको पेशाको बारेमा चासो देखाएकोमा खुसी ब्यक्त गरे ।
गौतमले रामबजार क्षेत्रमा भएका सुनचांदी पसलहरुमा छिट्टै नै सिसी क्यामेरा जडान गर्ने प्रतिवद्धता ब्यक्त गर्दै सिसी क्यामेरा जडानले आफुहरुको पेशामा समेत सुरक्षा हुने र केही घटनाहरु भएमा प्रहरीलाई कारबाही गर्न समेत सजिलो हुने वताए ।
त्यसैगरी रामबजार क्षेत्रमा मोवाइल पसल सञ्चालन गर्दै आएका गनी मियाले आफुहरुले पनि छिट्टै नै मोवाइल पसलहरुमा सिसी क्यामेरा जडान गर्ने प्रतिवद्धता ब्यक्त गरे । उक्त अवसरमा वडा प्रहरी कार्यालय भित्र रहेका सुनचादी तथा मोवाइल पसलका संचालकहरु २६ जनाको सहभागीता रहेको थियो ।

जोन २३ को ‘प्रि– एड्भाइजरी कमिटि मिटिङ- Pre-Advisory-Committee-Meeting



पोखरा, २० असार 
 लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका जोन चियरपर्सन सोवित पौडेलले ‘डिष्ट्रिक्ट गभर्नर्स प्रि–एड्भाइजरी कमिटी मिटिङ’ सम्पन्न गरेका छन् । रिजन ११ अन्तर्गत जोन २३ का क्लबहरुको सहभागितामा उनले मिटिङ गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिष्ट्रिक्टका क्याबिनेट सेक्रेटरी राम बसेलले जोन अन्तर्गतका क्लबहरुले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनेमा आफू विश्वस्त रहेको बताए । 
कार्यक्रममा डिष्ट्रिक्टका चिफ एडभाइजर ध्रुव श्रेष्ठ, डिपार्टमेन्ट चिफ तीर्थ श्रेष्ठ, डिष्ट्रिक्टका एडभाइजर विनोद ढुङगाना, रिजन चियरपर्सन अर्जुनबहादुर थापा, जोन चियरपर्सन अर्जुन पोखरेल लगायतले बोलेका थिए ।
कार्यक्रममा लायन्स क्लब अफ पोखरा मिड टाउनका अध्यक्ष देवी तिमिल्सिना, पोखरा स्काइ टाउनका अध्यक्ष केशबहादुर केसी, पोखरा हेरिटेजका अध्यक्ष शिव सुवेदी, पोखरा हेल्थका अध्यक्ष गणेश गिरीले क्लबले लायन वर्ष २०१/१९ मा गर्ने कार्यक्रमहरु बारे जानकारी गराएका थिए ।

Monday, July 2, 2018

इक्यान कास्की र ब्रिटिश काउन्सिलको आयोजनामा आइएलटिएस टिचर्स ट्रेनिङ-IELTS Teacher Training Program-Pokhara Nepal



पोखरा, १८ असार 
 नेपाल शैक्षिक परामर्श संघ इक्यान कास्की तथा ब्रिटिश काउन्सिलको संयुक्त आयोजनामा आइएलटिएस टिचर्स ट्रेनिङ सम्पन्न भएको छ । पोखरामा ३ दिनसम्म सञ्चालित तालिममा इक्यान कास्कीका सदस्य संस्थामा आइएलटिएस अध्यापन गराइरहेका १६ जना प्रशिक्षकलाई ब्रिटिश काउन्सिलका तर्फबाट प्रेम थापाले तालिम प्रदान गरेका हुन् ।
समापन कार्यक्रममा सहभागी मध्यका एक टंक प्रसाद बरालले तालिमले आफूहरुको निम्ती एउटा कोशेढुंगा साबित भएको बताए । तालिमको समापन समारोहमा उपस्थित भएका ब्रिटिश काउन्सिलका कन्ट्री म्यानेजर जिम ओ निलले सहभागीलाई प्रमाण पत्र हस्तान्तरण गर्दै ब्रिटिश काउन्सिलले इक्यान कास्कीसँग संधै हातेमालो गर्दै अगाडि बढ्ने बताए ।
इक्यान कास्की अध्यक्ष मीलन तिवारीले आफ्ना सदस्यहरुको क्षमता र दक्षता अभिवृद्धि गर्ने हेतुले यस्ता खाले तालिमहरु आयोजना गर्दै आइरहेको र आगामी दिनमा पनि थप तालिमहरुको आयोजना गर्दै लैजाने प्रतिबद्धता जाहेर गरे । तालिम इक्यान कास्कीका कोषाध्यक्ष एवं तालिम बिभाग संयोजक रुद्र अर्यालको संयोजकत्वमा भएको थियो । सचिव भुवन क्षेत्रीले तालिमको सञ्चालन तथा सहजीकरण गरेका थिए ।

Friday, June 1, 2018

कास्कीमा मृत अवस्थामा फेला -Pokhara News

पोखरा जेष्ठ १८
 अंन्दाजी ११:३० बजेको समयमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका वडा नं.२३ पामे घर भई हाल रामघाट स्थित डेरा गरी बस्ने वर्ष २४ की सुनिता क्षेत्री डेरा कोठाको बरण्डामा मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोलि खटिई गई घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।