Thursday, May 31, 2018

पर्वतमा आगलागी- Fire Home

मिति २०७५/०२।१६ गते राती अं. २१:०० बजेको समयमा जिल्ला पर्वत जलजला गाउँपालीका वडा नम्बर ७ लालुङ बस्ने तुल वहादुर बि.क.को ढुङगा माटोले बनेको खरले छाएको १तले कच्ची घरमा राती खाना बनाएर छोडेको आगो बाल-बच्चाले खेलाउने क्रममा अचानक घरमा सल्कीन गई आगोलागी हुँदा घर पुर्ण रुपमा जली नष्ट भएको छ । उक्त आगो रातीको १२  बजेको समयमा नियन्त्रणमा आएको छ । उक्त घटनाका विषयमा खबर प्राप्त हुनासाथ प्रहरी ली खटिगई बुझ्दा उक्त आगोलागीबाट घर तथा घरमा रहेको अन्नपात, लत्ताकपडा समेत जली अन्दाजी ७,००,०००(सात लाख)बराबरको क्षेती भएको छ ।

नवलपरासीमा सवारी दुर्घटना- Road accident in Nawalparasi Nepal

मिति २०७५।०२।१७ गते अ.११:३० बजेको समयमा जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) देवचुलि नगरपालिका १ केउरेनि स्थित पूर्व पश्चिम राजमार्गमा, नवरलपरासी डण्डावाट काठमाण्डौतर्फ जाँदै गरेको लु १७ प ७०६० नम्बरको मोटरसाईकल र नारायणघाटवाट नवलपरासी दलदले तर्फ आउदै गरेको बा १७ च ९७७ नम्बरको कार एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक नवलपरासी पूर्व कावासोति नगरपालिका १४ बस्ने वर्ष अन्दाजी २५को रमेश श्रेष्ठ र पछाडी सवार वर्ष ३६को किसान श्रेष्ठ घाईते भई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन तर्फ पठाईएको छ । कार, कार चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

निरीक्षण तथा अन्तर्क्रिया सम्पन्न : स्याङजा -Police Activities News



४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले यही जेष्ठ १७ गते जिल्ला प्रहरी कार्यालय स्याङजाको निरीक्षण गर्नु भएको छ । 
जिल्ला प्रहरी कार्यालयबाट सम्पादन हुने विभिन्न गतिविधिहरुको निरीक्षण एवं अवलोकन गरी प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी एवं नागरीकमैत्री बनाउने उद्देश्यले गरिएको उक्त निरीक्षणका क्रममा उहाँले जिल्ला प्रहरी कार्यालयका विभिन्न शाखा, मेश, व्यारेक, हिरासत कक्ष लगायतको निरीक्षण गर्नुभएको हो ।
निरीक्षण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक बोहराले बद्लिदो परीस्थिति अनुसार प्रहरी जनशक्तीलाई थप वैज्ञानिक एवं प्रावधिक दक्षतायुक्त बनाउँदै लैजानुपर्ने र प्रहरी कर्मचीहरुले समेत उपलब्ध स्रोत साधनहरुको सदुपयोग गरी व्यवसायीक कार्यदक्षता झल्कीने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनु भएको छ ।
साथै उहाँले स्याङजा जिल्ला स्थित विभिन्न सञ्चार माध्ययममा क्रियाशिल पत्रकारहरुसँग शान्ति सुरक्षाको विषयमा अन्तरक्रिया समेत गर्नु भएको छ ।सोही क्रममा सञ्चारकर्मीहरुले स्यांङजा जिल्लाका विभिन्न स्थानहरुमा थप प्रहरी युनिटहरुको स्थापना गर्नुपर्ने, सामुदायिक प्रहरी सेवा केन्द्रहरुमा जनशक्ती थप गर्नुपर्ने र लागुऔषध विरुद्ध नीति तथा कार्ययोजना निर्माण गरी वृहतहरु कार्यक्रमहरु गर्न आवश्यक रहेको वताएका थिए ।
निरीक्षण कै क्रममा प्रहरी नायव महानिरीक्षक बोहराले प्रहरी चौकी फेदीखोला, स्याङजाको समेत निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन सम्बोधन समेत गर्नुभएको छ ।
उक्त निरीक्षणमा संघिय प्रहरी इकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद चौधरी , पश्चिम क्षेत्रीय शसस्त्र प्रहरी गण मुख्यालय पोखराका प्रमुख प्रहरी उपरीक्षक लालमणि आचार्य लगायत स्याङजा जिल्ला अन्तर्गत कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Tuesday, May 29, 2018

तनहुँमा सवारी दुर्घटना ३ जना घाईते-Road Accident Nepal

पोखरा १५ गते
 अन्दाजी १०:५५ बजेको समयमा तनहुँको शुक्लागण्डकी नगरपालिका ९ भण्डारीकुना स्थित भित्री कच्ची सडक खण्डमा दुलेगौंडाबाट मान्द्रेतर्फ जाँदै गरेको ग १३ प ६२२५ नं.को मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको ना ५४ प ६८३३ नं.को मोटरसाईकल एक आपसमा ठक्कर खाँदा दुवै चालक सहित १ जना पछाडी सवार गरी ३ जना घाईते भएका छन । घाईते मध्य ना ५४प ६८३३ नं.को मोटरसाईकलका चालक तनहुँको शुक्ला गण्डकी नगरपालिका १२ प्यूरी दोभान बस्ने वर्ष २१को राजेश गुरुङलाई उपचारका लागी गण्डकी मेडिकल कलेज पोखरा रिफर गरीएको छ । 

११ औं गणतन्त्र दिवस कार्यक्रम सम्पन्न

११ औं गणतन्त्र दिवस कार्यक्रम सम्पन्न 

११ औं गणतन्त्र दिवस कार्यक्रम सम्पन्न 
११ औं गणतन्त्र दिवसको अवसरमा प्रदेश नं. ४ को पोखरामा विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ । प्रदेश नं.४ का प्रदेश प्रमुख बाबुराम कुँवर, प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ लगायत अन्य विशिष्ट व्यक्तित्वहरुले पोखराको सहिद चोक स्थित सहिद स्मृती पार्कमा रहेको सहिदहरुको शालिकमा पुष्पगुच्छा अर्पण गरी शहिदहरुप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ ।
त्यसैक्रममा ११ औ गणतन्त्र दिवसको अवसरमा आज ४ न. प्रदेश प्रहरी कार्यालय पोखराको पसीरसरमा वृक्षारोपण समेत गरीएको छ । ४ न. प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दान सिङ बोहरा र संघिय प्रहरी ईकाई कार्यालय पोखराका प्रमुख  प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद चौधरी लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थितिमा उक्त वृक्षारोपण सम्पन्न गरीएको हो ।