Thursday, May 31, 2018

निरीक्षण तथा अन्तर्क्रिया सम्पन्न : स्याङजा -Police Activities News



४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले यही जेष्ठ १७ गते जिल्ला प्रहरी कार्यालय स्याङजाको निरीक्षण गर्नु भएको छ । 
जिल्ला प्रहरी कार्यालयबाट सम्पादन हुने विभिन्न गतिविधिहरुको निरीक्षण एवं अवलोकन गरी प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी एवं नागरीकमैत्री बनाउने उद्देश्यले गरिएको उक्त निरीक्षणका क्रममा उहाँले जिल्ला प्रहरी कार्यालयका विभिन्न शाखा, मेश, व्यारेक, हिरासत कक्ष लगायतको निरीक्षण गर्नुभएको हो ।
निरीक्षण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक बोहराले बद्लिदो परीस्थिति अनुसार प्रहरी जनशक्तीलाई थप वैज्ञानिक एवं प्रावधिक दक्षतायुक्त बनाउँदै लैजानुपर्ने र प्रहरी कर्मचीहरुले समेत उपलब्ध स्रोत साधनहरुको सदुपयोग गरी व्यवसायीक कार्यदक्षता झल्कीने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनु भएको छ ।
साथै उहाँले स्याङजा जिल्ला स्थित विभिन्न सञ्चार माध्ययममा क्रियाशिल पत्रकारहरुसँग शान्ति सुरक्षाको विषयमा अन्तरक्रिया समेत गर्नु भएको छ ।सोही क्रममा सञ्चारकर्मीहरुले स्यांङजा जिल्लाका विभिन्न स्थानहरुमा थप प्रहरी युनिटहरुको स्थापना गर्नुपर्ने, सामुदायिक प्रहरी सेवा केन्द्रहरुमा जनशक्ती थप गर्नुपर्ने र लागुऔषध विरुद्ध नीति तथा कार्ययोजना निर्माण गरी वृहतहरु कार्यक्रमहरु गर्न आवश्यक रहेको वताएका थिए ।
निरीक्षण कै क्रममा प्रहरी नायव महानिरीक्षक बोहराले प्रहरी चौकी फेदीखोला, स्याङजाको समेत निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन सम्बोधन समेत गर्नुभएको छ ।
उक्त निरीक्षणमा संघिय प्रहरी इकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद चौधरी , पश्चिम क्षेत्रीय शसस्त्र प्रहरी गण मुख्यालय पोखराका प्रमुख प्रहरी उपरीक्षक लालमणि आचार्य लगायत स्याङजा जिल्ला अन्तर्गत कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.