Friday, May 18, 2018

संगम सहकारीको स्थापना दिवस-Sangam Cooperative-Pokhara-Nepal

पोखरा, ३ जेठ ।
संगम बचत तथा ऋण सहकारी संस्था लि.रामबजारले आफ्नो १४ औं स्थापना दिवस मनाएको छ । २०६१ साल जेठ २ गते पहिलो भेला भई समिति गठन गरेको दिनको स्मरण गर्दै स्थापना दिवस मनाएको हो । 
पहिलो भेलाले गठन गरेको तदर्थ समितिका अध्यक्ष क्या.हरिकृष्ण कुँवर, सचिव बुद्धिमान थापा, कोषाध्यष मेघ बहादुर थापा तथा सदस्यहरु तिलक थापा र ललित बहादुर कुँवरलाई सम्मानपत्र, नगद, खादा, संस्थाको डायरी प्रदान गरिएको थियो भने पहिलो भेलामा उपस्थित सबैलाई प्रसंसा पत्र, खादा र डायरी प्रदान गरयो । 
यसैगरी स्थापनाकालका विशेष सहयोगी पूर्व अध्यक्ष स्व.योगबहादुर के.सी.लाई मरणोपरान्त सम्मान गर्दै वहाँका धर्मपत्नी लक्ष्मी केसीलाई सम्मानपत्र, नगद,खादा र डायरी प्रदान गरियो । यसैगरी तत्कालिन सहयोगी धन प्रसाद गुरुङ र भुपेन्द्र खड्कालाई पनि सम्मानपत्र, नगद र डायरी सहित सम्मान गरिएको थियो । 
कार्यक्रममा प्रमुख अतिथि नेफ्कुनका संचालक भीम गुरुङले संगम सहकारीका हरेक कार्यक्रममा प्रसंसनीय भएको बताउँदै प्रोवेशनमा सहभागी भई सहकारीलाई स्तरीकरण गर्न लागेकोमा खुसी व्यक्त गरे । सहकारीले आफूलाई जाँच्ने उत्कृष्ट माध्यम नै प्रोवेशन भएकोले प्रोवेशनले जोखिम न्यूनिकरण गर्दै लैजाने बताए । 
यसैगरी विशेष अतिथि कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष सुदीप ढकालले शरीर संचालनमा सबै अंगको भूमिका भए जस्तै सहकारी संचालनमा सबै सदस्यहरुको उत्तिकै महत्वपूर्ण भूमिका हुने बताए । 
संस्थाका अध्यक्ष निरज थापाले १५ वर्ष अगाडि जन्मदा पारिवारिक सहकारी भएर जन्मे पनि समय सँगसँगै सबैको मन जित्न सफल भई सामाजिक सहकारी भएको र संस्थामा हाल २२ सय बढी समय सदस्य र ३२ करोडको कारोवार गरिरहेको बताए ।
जिल्ला सहकारी संघ कास्कीका बरिष्ठ उपाध्यक्ष बलराम गौतम, संस्थाका यम बहादुर रानाभाट, गोविन्द बहादुर थापा, धन प्रसाद गुरुङ्ग, विष्णु कुमारी थापा लगायतले मन्तव्य राखेको उक्त कार्यक्रम सचिव धनराज पुरीको संचालन र निरज थापाको अध्यक्षतामा भएको थियो । 

वडास्तरीय सरसफाई तालिम एक कार्यक्रमका साथ सम्पन्न completed-training-program 2075


पोखरा, ३ जेठ 
आफ्नो घर आँगन आफै सफा गरौं फोहोरलाई मोहरमा परिणत गरौं भन्ने मूल नाराका साथ पोखरा लेखनाथ महानगरपालिका वडा नं. १० ले टोल विकास संस्था र आमा समूहका पदाधिकारीहरुलाई १ दिने वडास्तरीय सरसफाई तालिम एक कार्यक्रमका साथ सम्पन्न गरेको छ । 
कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं. १० का वडाध्यक्ष राजकुमार गुरुङको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको उक्त तालिमको पानसमा दीप प्रज्वलन गरी तालिमको उद्घाटन गर्नुहूँदै स्मार्ट सिटी वडा बनाउन सबै टोलका घरबाट निस्कने फोहोरलाई व्यवस्थापन गरी स्वच्छ, सुन्दर, हराभरा वडा निर्माण गर्न सहयोग गर्नुपर्ने विचार राख्नुहुँदै आवश्यक परे टोल टोलमा तालिम दिने व्यवस्था मिलाउने बताउनुभयो ।
कार्यक्रममा हेरालो प्रतिष्ठान कास्कीको विशेष सहयोगमा आयोजित तालिममा वेष्ट मेनेजमेन्ट रिसाइकलिङ प्रालि पोखराको सहयोगमा सम्पन्न गरिएको उक्त तालिममा ६० वर्ष पहिले जापानको स्थिति र हालको लगायत पोखरामा हुने फोहोरको विषयमा प्रशिक्षक हेरालो प्रतिष्ठान कास्कीका निवर्तमान अध्यक्ष रोश गुरुङले बताउनुहुँदै फोहोरलाई मोहरमा परिणत गर्न घरघरमा फोहोर छुट्याउने व्यवस्था मिलाई ल्याण्डफिल साइडकोआयु बढाउन हामी सबै लाग्नुपर्ने बताउनुभयो । तालिममा टोल विकास संस्था र महिला समूहका गरी ८० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा हेरालो प्रतिष्ठान कास्कीका अध्यक्ष झम गुरुङ, पोखरा उद्योग बाणिज्य संघका निवर्तमान उपाध्यक्ष इश्वर कर्माचार्य, वडा नं. १० का वडा सदस्य प्रतिमा विक पोखरेल, वडा सचिव महेन्द्र बहादुर खवास लगायतले आफ्नो विचार राख्नुहुँदै राम्रा कार्यको सबैले सराहना गर्नुपर्ने र वडाबासीले त्यस्ता काममा सहयोग गर्नुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा हेरालो प्रतिष्ठानका कार्यकारी उपाध्यक्ष चित्र गुरुङ, वडा सामाजिक परिचालक टिकादेवी कँडेल कोइरालाको उपस्थिति रहेको उक्त तालिममा वडा सदस्य निशा मल्ल ठकुरीले स्वागत गर्नुभएको थियो ।
१ दिने तालिममा सभापति एवं वडा सदस्य सम्मर बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नं. १० मा सरसफाई अभियान संचालन गरी टोल टोललाई जागरण गराउने विचार राख्नुभएको थियो । तालिमको संचालन दिपक बहादुर थापाले संचालन गर्नुभएको थियो । 

Wednesday, May 16, 2018

पर्यटकीय नगरी पोखरामा जनता टेलिभिजनको ब्यूरो कार्यालय स्थापना-Janata Television Pokhara-Nepal



 ओम हमाल

पोखरा २ जेठ २०७३ ।

पर्यटकीय नगरी पोखरामा जनता टेलिभिजनको प्रदेश नं. ४ स्तरको ब्यूरो कार्यालय शुभारम्भ भएको छ । ब्यूरो कार्यालयको आज एक समारोहका बीच प्रदेश नं. ४ का आर्थिक तथा योजना मन्त्री किरण गुरुङले गर्नुभयो ।

जनता टेलिभिजिनको ब्यूरो कार्यालयको शुभारम्भ गर्दै प्रदेश मन्त्री किरण गुरुङले प्रदेश नं ४ लाई समृद्ध प्रदेश बनाउनका लागि आवश्यक सुझाव, सल्लाह र सहयोग गर्न सबैसँग आव्हान गर्नुभयो ।

प्रदेश नं. ४ लाई समृद्ध बनाउन पर्यटनको विकासमा जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री गुरुङले त्यसको पूर्वाधारहरु निर्माण गर्न प्रदेश सरकार लागि परेको जानकारी दिनुभयो । नेपाल राज्यको बिस्तार प्रदेश नं. ४ बाट नै शुरु भएको दृष्टान्त अघि सार्दै वहाँले नेपालको सम्वृद्धि पनि प्रदेश नं. ४ बाट नै शुरु हुने जिकिर गर्नुभयो ।

पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले अहिले स्थानीय तह र प्रदेशको विकासका लागि देखिएका चुनौती र सम्भावनालाई ध्यान दिएर नागरिक केन्द्रीत भई जनप्रतिनिधिले काम गर्नुपर्ने कुरामा जोड दिनुभयो । मेयर जिसीले यदि अहिलेका जनप्रतिनिधिहरु असफल भ एभने नेपाल राज्य नै अुफल हुने हो कि भन्ने चिन्ता आफूलाई रहेको बताउनुभयो ।

जनता प्रकाशन तथा प्रशारण संस्थाका अध्यक्ष डा. बिजयकुमार पौडेलले जनता टेलिभिजिनले सबै वर्ग र क्षेत्रलाई समेटेर कार्यक्रमहरु उत्पादन तथा प्रसारण गरिरहेको जिकिर गर्नुभयो । वहाँले जनताद्वारा जनताका लागि समर्पित जनता टेलिभिजनलाई सबै प्रकारहको सहयोग र समर्थन गरिदिन आम व्यवसायी, उद्योगी, व्यापारी, विज्ञापनदाता, दर्शक र शुभेच्छुकहरुलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा जनता प्रकाशन तथा प्रसारण संस्थाका कार्यकारी निर्देशक नारायण सुवेदी, विष्णु भट्टराई, जनता टेलिभिजनका महाप्रवन्धक लक्ष्मण हुमागाईं, नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी लगायतले आ–आफ्ना भनाईहरु राख्नुभएको थियो ।

Tuesday, May 15, 2018

तल्लो सिमलबोट टोलमा यात्रु प्रतिक्षालय निर्माण

पोखरा १ जेठ 

पोखरा लेखनाथ महानगरपालिका वडा नं १५ अन्र्तगत तल्लो सिमलबोट टोलमा यात्रु प्रतिक्षालय निर्माण गरिएको छ ।

    उक्त टोल स्थित निराजन चोकमा निर्मित प्रतिक्षालयको हालै एक समारोहकाबीच उद्घाटन गरिएको ढुङ्गेसाँघु आमा समूहका अध्यक्ष भीमा केसीले जानकारी दिईन् । आमा समूहका निवर्तमान अध्यक्ष जानुका (पार्वती) कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि कार्कीले प्रतिक्षालयले यात्रुहरुलाई सावरीधानको प्रतिक्षा गर्न सहज हुने बताईन् । कार्यक्रममा विशेष अतिथि एवं सामुदायिक खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष ललित बहादुर भण्डारी, तल्लो सिमलबोट टोल विकास संस्थाका अध्यक्ष प्रेम बहादुर थापा, श्रृजना तमु समाजका अध्यक्ष हरिबहादुर गुरुङ, गलेश्वर यूवा क्लबका अध्यक्ष आशिष भण्डारी, टोल विकास संस्थाका उपाध्यक्ष गणेश भण्डारी लगायतले मन्तव्य राखेका थिए । 

सो अवसरमा प्रतिक्षालय निर्माणका लागि सहयोग गर्ने तल्लो सिमलबोट टोल विकास संस्थाका उपाध्यक्ष गणेश भण्डारी, स्थानीय भीम बहादुर थापा र केदार केसीलाई सम्मान समेत गरिएको थियो ।

समूहका अध्यक्ष भिमादेवि खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उमा थापाले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् भने सचिव सरु अधिकारीले गरेकी थिईन् ।

Monday, May 14, 2018

पोखरामा गुरुङ भाषा लेखन शैली तालिम सुरु- Gurung language writing style starts in Pokhara

बैशाख २९, 
पोखरा । पोखरामा २ दिने गुरुङ भाषा लेखन शैली तालिम सुरु भएको छ । गुरुङ भाषाको संरक्षण गर्ने उद्देश्यले तमु संचारकर्मी संघ, कास्कीको आयोजना, हिमाली आदिवासी समाज नेपालको आर्थिक सहयोग तथा तमु प्ये ल्हु संघ केन्द्रिय महिला समिति, पोखराको बिशेष सहयोगमा सुरु भएको कायक्रमको  एक समारोहको विच शनिवार उद्घाटन गरिएको हो ।
कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेह नम्बर ४ का प्रदेशसभा सभासद् माननिय मिना गुरुङले पानसमा दियो प्रज्वलन गरी गरेकी थिईन । २ दिन सम्म चल्ने तालिममा बुद्धी गुरुङले प्रशिक्षण दिनेछन् भने ५० जना प्रशिक्षार्थीको सहभागिता रहको छ । तालिममा गुरुङ भाषाको लिपि सम्बन्धी जानकारी दिईने साथै लेख्न पनि सिकाईने तमु संचारकर्मी संघ, कास्कीका अध्यक्ष शान्ति गुरुङले बताईन । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि मिना गुरुङले सिकेका कुरालाई ब्यावहारमा उतार्न सहभागी प्रशिक्षार्थीहरुलाई आग्रह गर्दै गुरुङ भाषाको संरक्षणको लागी आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताईन् । 
सोही अवसरमा प्रमुख अतिथि तथा प्रदेश नम्वर ४ का सभासद मिना गुरुङलाई सम्मान पनि गरिएको थियो । गुरुङ समुदायबाट प्रदेशसभामा निर्वाचित हुन सफल भएकोमा तमु संचारकर्मी संघ केन्द्र र जिल्लाले संयुक्त रुपमा माननिय गुरुङलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरेको हो । कार्यक्रममा तमु प्हे ल्हु संघका केन्द्रिय अध्यक्ष हितकाजी गुरुङ, तमु प्हे ल्हु संघ महिला कार्य समितिका केन्द्रिय अध्यक्ष पुष्पा गुरुङ, तमु संचारकर्मी संघका सल्लाकार तथा पूर्वअध्यक्ष हुम गुरुङ लगाएतले शुभकामना मन्तब्य राखेका थिए । 
तमु संचारकर्मी संघ, कास्कीका अध्यक्ष शान्ति गुरुङको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष शिला गुरुङले गरेकी थिईन भने सञ्चालन सचिव सुरज गुरुङले गरेका थिए ।