Monday, May 14, 2018

पोखरामा गुरुङ भाषा लेखन शैली तालिम सुरु- Gurung language writing style starts in Pokhara

बैशाख २९, 
पोखरा । पोखरामा २ दिने गुरुङ भाषा लेखन शैली तालिम सुरु भएको छ । गुरुङ भाषाको संरक्षण गर्ने उद्देश्यले तमु संचारकर्मी संघ, कास्कीको आयोजना, हिमाली आदिवासी समाज नेपालको आर्थिक सहयोग तथा तमु प्ये ल्हु संघ केन्द्रिय महिला समिति, पोखराको बिशेष सहयोगमा सुरु भएको कायक्रमको  एक समारोहको विच शनिवार उद्घाटन गरिएको हो ।
कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेह नम्बर ४ का प्रदेशसभा सभासद् माननिय मिना गुरुङले पानसमा दियो प्रज्वलन गरी गरेकी थिईन । २ दिन सम्म चल्ने तालिममा बुद्धी गुरुङले प्रशिक्षण दिनेछन् भने ५० जना प्रशिक्षार्थीको सहभागिता रहको छ । तालिममा गुरुङ भाषाको लिपि सम्बन्धी जानकारी दिईने साथै लेख्न पनि सिकाईने तमु संचारकर्मी संघ, कास्कीका अध्यक्ष शान्ति गुरुङले बताईन । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि मिना गुरुङले सिकेका कुरालाई ब्यावहारमा उतार्न सहभागी प्रशिक्षार्थीहरुलाई आग्रह गर्दै गुरुङ भाषाको संरक्षणको लागी आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताईन् । 
सोही अवसरमा प्रमुख अतिथि तथा प्रदेश नम्वर ४ का सभासद मिना गुरुङलाई सम्मान पनि गरिएको थियो । गुरुङ समुदायबाट प्रदेशसभामा निर्वाचित हुन सफल भएकोमा तमु संचारकर्मी संघ केन्द्र र जिल्लाले संयुक्त रुपमा माननिय गुरुङलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरेको हो । कार्यक्रममा तमु प्हे ल्हु संघका केन्द्रिय अध्यक्ष हितकाजी गुरुङ, तमु प्हे ल्हु संघ महिला कार्य समितिका केन्द्रिय अध्यक्ष पुष्पा गुरुङ, तमु संचारकर्मी संघका सल्लाकार तथा पूर्वअध्यक्ष हुम गुरुङ लगाएतले शुभकामना मन्तब्य राखेका थिए । 
तमु संचारकर्मी संघ, कास्कीका अध्यक्ष शान्ति गुरुङको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष शिला गुरुङले गरेकी थिईन भने सञ्चालन सचिव सुरज गुरुङले गरेका थिए । 

संघीयता विरुद्धको राष्ट्रिय अभियानको अन्तरक्रिया कार्यक्रम सम्पन्न-Pokhara News Nepal

पोखरा, ३१ बैशाख । 
संघीयता विरुद्धको राष्ट्रिय अभियान केन्द्रीय समितिको आयोजनामा संघीयता, राष्ट्रियता र प्राकृतिक सम्पदा (जलस्रोत) का विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख वक्ता राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसीले संघीयता खारेज नभएर लागू भयो भने संघीयताले नेपाल खारेज गर्ने बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धार्मिक भेषमा साम्प्रदायिक दङ्गा मच्चाउन र नेपालको जलस्रोत अरुण तेस्रो लिन आएका हुन्, संविधान जारी गर्न नदिने र जारी भैसकेपछि गर्न लागू गर्न नदिने, भुकम्पले आहाल भएका नेपाली जनताहरुलाई राहत दिनुको सट्टा नाकाबन्दी लगाउने मोदी कसरी धार्मिक हुन्छन् भन्ने टिप्पणी गर्नुभयो । 
उहाँले अरुण तेस्रो चोर बाटोबाट मोदीलाई कन्यादान दिने ओली सरकारको काम राष्ट्रघाती भएको बताउनुभयो । जनतालाई सचेत बनाएर अगाडि बढे नेपाली जनताले राष्ट्रियताको रक्षा गर्न सक्ने भएको हुँदा हामी आउका छौं, त्यसैले यस महान अभियानमा लाग्न सम्पूर्ण देशभक्त जनसमुदायसँग अपिल गर्नुभयो । 
त्यसैगरी राष्ट्रिय अभियानका केन्द्रीय सदस्य जलस्रोत विद् दिपक ज्ञवालीले आफू जनताको अधिकारका लागि विकेन्द्रीकरण होइन बहुराष्ट्रियकरण गर्ने जातीय, क्षेत्रीय विखण्डन ल्याउन सक्ने हुँदा आफू संघीयता विरुद्धको अभियानमा लागेको बताउनुभयो । आजको एक्काइसौं शताब्दीको युगमा पानी वा जलस्रोत नै कसले हात पार्ने भन्ने लडाई चलिरहेको सन्दर्भमा व्रिटिस इण्डियाकालदेखि नै नेपालको जलस्रोत माथि आफ्नो अधिपत्यता कायम राख्ने सिलसिलामा अरुण तेस्रो सम्झौता गरेको दावा गर्नुभयो । उर्जा मन्त्रालयको अधिकार नेपालको संविधानको गैरकानुनी रहेको बताउनुभयो । 
अर्का वक्ता नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण के.सी.ले पार्टीले संघीयता स्वीकार गरे पनि व्यक्तिगत रुपमा आफूले स्वीकार गर्न नसक्ने र यो असफल हुने बताउनुभयो ।
अभियानका केन्द्रीय सदस्य कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत केन्द्रीय सदस्य भैरबराज रेग्मी र संचालन प्रदेश नं. ४ का अध्यक्ष शंकर बरालले गर्नुभएको थियो । 



Friday, May 11, 2018

न्याशनल साहित्य सदन तथा बाल क्लब पुर्नगठन

पोखरा २८ बैसाख । 

पोखरा ६ बैदामस्थित न्याशनल ईन्भेन्टिभ माविमा शुक्रबार न्याशनल साहित्य सदन तथा बाल क्लब पुर्नगठन गरिएको छ । 
कक्षा १० मा अध्ययनरत छात्रा रमा रङ्ग्रेजको अध्यक्षतामा १५ सदस्यीय बाल क्लब गठन गरिएको हो । क्लबका उपाध्यक्षमा कक्षा ९ का छात्र प्रदिप भट्टराई, सचिवमा कक्षा ९ कै छात्र राज रङ्ग्रेज र कोषाध्यक्षमा कक्षा ९ कै छात्र करुणा बुढाथोकी रहेका छन् । 
त्यस्तै सदस्यहरुमा  अमिशा राई, स्मारिका अधिकारी, चाँदनी गुरुङ, क्षितिज थापा, नविन शाही, विजया पौडेल, सृष्टि खनाल, प्रिन्सा ओझा, कृति पौडेल, अमन सापकोटा र अनुरोध थापा रहेका छन् । 
विद्यालयका संस्थापक प्रिन्सिपल उमा लामिछानेको संरक्षकत्वमा गठित उक्त क्लबका विक्रम पौडेल रहनुभएको छ । 
उक्त अवसरमा शुभकामना व्यक्त गर्दै प्रिन्सिपल लामिछानेले विद्यालयमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थी केन्द्रित विभिन्न गतिविधिहरुमा महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विद्यालयका उप प्राचार्य विक्रम पौडेल तथा नवगठीत क्लका अध्यक्ष रमा रङ्ग्रेजले पनि आफ्नो मन्तव्य ब्यक्त गर्नुभएको थियो । 


भरतपोखरी विकास मञ्चको उद्घोषक तालिम सम्पन्न


विष्णुहरि पौडेल
लेखनाथ ,२८ वैशाख। पोखरा लेखनाथ ३३ मा रहेका भरतपोखरी विकास मञ्चले संचालन गरेको ३ दिने उद्घोषण तालिम शुक्रवार सम्पन्न भएको छ । महिलाहरुलाई लक्षीत गरी कुनै पनि सभा सम्मेलनमा ढुक्कसँग बोल्ने बानीको विकास गराउने उदेश्यले आयोजना गरिएको उद्घोषक तालिम समापन समारोहमा बोल्दै कोप्स नेपालका महासचिव रामचन्द्र शर्माले मञ्चले भविश्यमा पनि यस प्रकारका तालिमहरु राखेर सामाजिक उत्तरदायित्व बहन गर्नु पर्ने वताएका थिए ।प्रशिक्षक शुष्मा पौडेलले  तालिमबाट  प्रशिक्षार्थीहरुमा ढुक्कसग कार्यक्रमहरु संचालन गर्न सक्ने विश्वास ब्यक्त गरेकी थिईन । कार्यक्रममा सहभागीहरुको तर्फबाट सरिता ढकाल, प्रमिला रानाभाट,कल्पना विक, रुवि वास्तोला,जमुना नेपाली राधा वाग्ले लगाएतले तालिमले आफुहरुलाई भविश्यमा उद्घोषक बन्न प्रेरणा मिलेको बताएका थिए ।  भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लिराम बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक विजया भण्डारीले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने विहानी वचत तथा ऋण सहकारीका सचिव किरण पोखे्रल लेखनाथ पत्रकार मञ्चका सचिव नेशनल एफ  एमका समाचार वाचक विष्णुहरि पौडेल लगाएतले वोलेका थिए  । तालिममा २२ जना महिलाहरुको सहभागीता रहेको थियो ।

एन्फा अध्यक्ष शेर्पालाई शितल ज्याति क्लबद्धारा सम्मान-Sports News




पोखरा २७ बैशाख ।

अखिल नेपाल फुटबल सँघका नबनिर्बाचित केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पोखरा  लेखनाथ महानगरपालिका –१२ मा सक्रिय रहेको शितल ज्याति युवा क्लबले एक औपचारिक कार्यक्रमका बिच सम्मान गरेको छ ।

बिहिबार सम्पन्न परिचय तथा सम्मान कार्यक्रममा क्लबका अध्यक्ष तथा पदाधिकारीहरुद्धारा खादा, फुलकोगुच्छा सहित मायाको चिनोले शेर्पालाई सम्मान गरेको हो ।

सोही अबसरमा बोल्दै शेर्पाले संस्थामा एकात्मक तवरबाट हालीमुहाली रहेको नेतृत्वको शुद्धिकरण गर्न सफल भएको बताए । उनले अब सिङ्गो फुटबल क्षेत्रमा परिबर्तन हुने बताउदै खेलकुद जगतमा बिकासले गति लिने बताए । उनले भने “पोखरा आफैमा स्तरिय खेलाडी उन्पादन गर्न सक्ने ठाउँ हो, तर राम्रा राम्रा एकेडेमीको अभाबका कारण तुलनात्मक रुपमा गुणस्तरिय खेलाडी बाहीर निस्कन सकेका छैनन् ।”

उनले यथाशिघ्र ए डिभिजन लिग तथा ग्रासरुट लेभलका फुटबल प्रतियोगिताहरु छिट्टै आयोजना गर्ने बताउदै पोखरा क्षेत्रमा ५ देखी ७ वटा सम्म फुटबल ट्रेनिङ सेन्टर स्थापनाका लागी केन्द्रबाटै पहलकदमी थाल्ने प्रतिबद्धता समेत जनाएका थिए ।

परिचय तथा सम्मान कार्यक्रममा शितल ज्याति युवा क्लबका पदाधिकारी तथा साधारण सदस्यहरु, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, उपाध्यक्ष ईश्वर गुरुङ (चन्द्र) सदस्य नर बहादुर गुरुङ, टोल बिकास संस्थाका प्रतिनिधीहरु, आमा समुहका पदाधिकारीहरु, वडाबासीहरु तथा सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानीका अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

क्लबका अध्यक्ष सन्तोष गुरुङको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रमको सञ्चालन सचिब पुर्ण गुरुङले गरेका थिए ।