Friday, May 4, 2018

भिमकाली कपमा दोस्रो चरणका खेल जारी



पोखरा २१ बैशाख ।

पोखराको पुरानो टुडिखेलमा जारी दोस्रो भिमकाली सेभेन ए साईड कपमा शुक्रबार सम्पन्न दोस्रो चरणको खेलबाट के.बि गाईज, रि युनाईटेड, आयोजक टिम “ए”, रत्न समाज, लेकसाईड फुटबल क्लब, गौरी युनाईटेड, ए.वाई.सि भण्डारढिक र डिफेण्डिङ च्याम्पियन दिप युनाईटेड बिजयी भएको छ ।

शुक्रबार टुडिखेल भेट्रान्स र के.बि गाईज बिच भएको पहिलो खेल १–१ को बराबरीमा सकिएपछि ट्राईबेकरमा ३–१ गोल अन्तरले हराउदै के.बि गाईज तेस्रो चरणमा प्रबेश ग¥यो ।

दोस्रो खेलमा शितल ज्योति फुटबल क्लबलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै रि युनाईटेडले तेस्रो चरणको लागी स्थान बनायो ।

प्रतियोगिताको तेस्रो खेलमा सबिन मेमोरियललाई ५–२ गोलको नतिजा सँगै पराजित गर्दै आयोजक टिम ए बिजयी भयो । आयोजक टिमको जितका लागी रञ्जन पुनले ह्याट्रिक गर्न सफल भए । त्यसैगरी चौथो खेलमा समर जुनलाई १–३ को गोल अन्तरले  रत्न समाजले पाखा लगायो ।

प्रतियोगिताको पाँचौ खेलमा लेकसाईड फुटबल क्लबले घान्दु्रक फुटबल क्लबलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्यो । लेकसाईडको जितमा सुनिल बिकले ह्याट्रिक गरे ।

छैटौं खेलमा गौरी युनाईटेडले याम्दी फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै तेस्रो चरणका लागी स्थान बनायो ।

एल्सन गेम जोन र ए.वाई.सि बिच भएको सातौ खेल २–२ को बराबरीमा सकिएपछि ट्राईबेकरमा ४–३ को गोल अन्तरले हराउदै ए.वाई.सि तेस्रो चरणमा प्रबेश गर्यो ।

त्यसैगरी डिफेण्डिङ च्याम्पियन दिप युनाईटेड र बिटि रेड बिच भएको अन्तिम खेल निर्धारित समयमा गोलरहित भएपछि ट्राईबेकरमा ६–५ को गोल अन्तरले डिफेण्डिङ च्याम्पियन दिप युनाईटेड बिजयी भएको खेल संयोजक मनोज श्रेष्ठले जानकारी दिए । उनका अनुसार शनिबार पनि दोस्रो चरण अन्तर्गतकै ८ खेल सञ्चालन हुनेछन ।

आगामी २५ गते फाईनल हुने प्रतियोगिताको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख २५ हजार प्राप्त गर्नेछ भने उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ७५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

कास्कीमा ६ यातायात व्यवसायी पक्राउ

est

पोखरा, २१ वैशाख कास्कीमा पृथ्वी राजमार्ग बस सञ्चालक समिति, पोखरा नगर बस समिति र बागलुङ भगवती जिप समितिसँग आवद्ध ६ जना व्यवसायीलाई प्रहरील पक्राउ गरेको छ ।
पोखराबाट रूद्रबहादुर नेपाली, रमेश सुचीकार, सुनील थापा र निर्मल तामाङ पक्राउ गरेको कास्की प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए । उनी बस धनी भएको र अन्यलाई पक्राउ गरेर ल्याउदै गरेको सिंहले बताए ।
पोखरामा रहेका समितिका पदाधिकारी भने मोवाइल नै अफ गरेर सम्र्पकमा नआएको प्रहरीको भनाई छ । अन्यलाई पक्राउका लागि खोजी कार्यजारी रहेको प्रहरीको भनाई छ ।
यातायात व्यवसायीको आन्दोलनका कारण पोखरामा बिहानैदेखी लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेको छैन् । जसबाट सर्वसाधारण नागरिकहरु सम्बन्धीत गन्तव्यमा जान समस्यामा परेका छन् ।

आन्दोलनले सार्वजनीक यातायात नचले पछि शसस्त्रको निःशुल्क बस सेवा

पोखरा, २१ वैशाख 
यातायात ब्यवसायीको आन्दोलनको कारण पोखरामा नगरबस नचले पछि सशस्त्र प्रहरीले पोखरा निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।
पोखराको जिरो किलोमिटर, सृजनाचोक, सभागृहचोक, पृथ्वीचोक, अमरसिंहचोक, रानीपौवा, महेन्द्रपुल, चिप्लेढुङगा, सभागृह, मुस्ताङचोक, सहिदचोक, रत्नचोक रुटमा सञ्चालन भएको शसस्त्र प्रहरीले जानकारी दिएको छ ।
वा१ ग १८४३ नम्बरको बसबाट शसस्त्र प्रहरीले सेवा दिएको हो ।

विहान देखी नै पोखरामा सार्वजनिक गाडी ठप्प

Thursday, May 3, 2018

प्रदेश ४ का सांसदलाई सडक बनाउन ९ करोड ३६ लाख



पोखरा, २० वैशाख 
प्रदेश ४ मा आगामी आर्थिक बर्षमा कार्यान्वयन हुनेगरी प्रदेश सरकारले चालू बजेटबाट सडक स्तरोन्नती शीर्षकमा ९ करोड ३६ लाख रुपैयाँ विनियोजन गरेको छ । जुन कुल पूँजीगत बजेटको करिब १७ प्रतिशत हो । प्रदेशसभा सांसदको सिफारिसमा प्रदेश राजधानीलाई हरेक निर्वाचन क्षेत्रसँग जोड्ने गरी सडक निर्माण र स्तरोन्नती गर्न बजेट ब्यवस्था गरिएको हो ।
दामासायी हिसावले हरेक निर्वाचन क्षेत्रलाई २६ लाख पर्नेगरी बजेट भागबण्डा गरिएको छ । ‘सांसद ज्यूहरुलाई सम्बोधन गर्न यो कार्यक्रम ल्याईएको हो । उहाँहरुकै सिफारिसका आधारमा योजना छनौट र कार्यान्वयन हुन्छ, अर्थ मन्त्रालयका सचिव विष्णुराज ढकालले भने–सरकार नयाँ भएकाले काम गर्ने संयन्त्र छैन । सांसद ज्यूहरुले आफ्नो क्षेत्रको कुनै सडक सिफारिस गरी टेण्डर निकाल्न सक्नुभयो भने अहिलेदेखि नै स्तरोन्नतीको काम हुन्छ ।’
सरकारले बजेट विनियोजन गरेपनि आर्थिक बर्ष सकिनै लागेकोले बजेट खर्च हुने सम्भावना निकै न्यून छ । यसले करिब १० करोड रुपैयाँ सोझै फ्रिज हुने देखिन्छ । यसबाहेकका पनि अधिकांश बजेट अमुर्त भएकोले कार्यान्वयन जटिल छ । सरकारको पहिलो बजेट योजना र कार्यक्रम भन्दा अध्ययन र गुरुयोजना निर्माणमा बढी छ ।