Saturday, March 12, 2016

आमा समूहहलाई मेलामा प्रवेश निःशुल्क -News-Pokhara-Nepal

पोखरा, २८ फागनु 
 पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले नयाँबजारमा जारी रािष्ट्रय औद्योगिक व्यापार मेलामा सहभागी हुन पोखरामा रहेका आमा समूहहरुलाई आग्रह गरेका छन् ।
 मेलामा राखिएका महिला उद्यमीले संचालन गरेका उद्यमहरु, प्राङ्गारिक खेती, विभिन्न व्यवसायको अध्ययन अवलोकनबाट महिलाले आत्मनिर्भरताको बाटो समात्ने सक्ने भएकोले महिलाहलाई सो आग्रह गरिएको उनले जनाए । ‘आफ्नो समूहको पोशाक लगाएर मेलामा सहभागी हुनुहोस् र उद्यमशीलता सिक्नुहोस्’, उनले भने,‘ हाम्रो उदेश्य मेलामार्फत उद्यमशीलता सिकाउनु पनि हो, त्यसैले महिलाहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।’ उनले मेला मनोरञ्जनसँगै सिक्ने थलो पनि भएकोले यसको भरपुर उपयोग हुनुपर्नेमा जोड पनि दिए ।
संघकी कार्यसमिति सदस्य तथा सुरक्षा उपसमिति संयोजक सीता गुरुङका अनुसार आमा समूहहरुका सदस्यहरुको  प्रवेशको लागि डे«स भने अनिवार्य गरिएको छ । आफ्नो समूहको पोशाकमा आउँदा पहिचान गर्न सजिलो हुने भएकोले यो व्यवस्था गरिएको उनले जनाइन् । यसैगरी समूहमा आउने विद्यार्थीहरुलाई टिकटमा ४० प्रतिशत छुट समेत दिइएको छ । विद्यार्थीको हकमा टिकट दर ४० कायम गरिएको थियो । विद्यार्थी लिएर आउने शिक्षकलाई प्रवेश निशुल्क गरिएको छ ।
मेलामा शनिबार  लोकदोहोरीतर्फ बद्रि पंगेनी पुरुषोत्तम न्यौपाने,प्रजापति पराजुली, लक्ष्मी नेपाली, निशा पोखरेल, रमेश विसी, चोलेन्द्र पौडेल, जीवन दाहाल, घनश्याम रिजाल, शिवहरि ढुंगाना लगायतको प्रस्तुति रहनेछ भने हाँस्यव्यङ्ग्यतर्फ ः किरण केसी र शिवहरि पौडेलले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । पपतर्फ डि–मोर्चा र ःत डडद्धड व्याण्डको लाइभ प्रस्तुति साथमा रहेका अन्तर जिल्ला उद्योग वाणिज्य संघ लोकदोहोरी प्रतियोगिता र खुल्ला नृत्य प्रतियोगिता एवं  आकर्षक नृत्यहरु पनि मेलाका आकर्षक हुनेछन् ।
यता संघका महासचिव तथा प्रचार प्रसार उपसमिति संयोजक रवीन्द्रबहादुर प्रजुका अनुसार मेलामा शुक्रबारसम्म १ लाख १५ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने ४ करोड २५ लाख भन्दा बढीको कारोवार भएको अनुमान गरिएको छ । मेला अन्तर्गत प्रवेश टिकटमा राखिएको कलर्स मोवाइल फागुन २५ गते ४० रुपैयाँ टिकट दरको १२१९ नम्बरलाई र फागुन २६ गते १२० रुपैयाँ टिकट दरको ००३१ नम्बरलाई प्राप्त भएको छ ।
यता गृहलक्ष्मी ग्याँस कम्पनीको प्रायोजनमा मेलामा उत्कृष्ट नृत्य गर्ने सहभागीलाई शुक्रबार एक थान भरिएको ग्याँस सिलिण्डर पनि बितरण गरियो । साँस्कृतिक उपसमिति संयोजक मोहनबाबु खड्काका अनुसार शान्तिबन टोलमा बस्दै आएकी सविना घर्ती मगरलेले ग्याँस प्राप्त गरिन्  । यसैगरी पोखरा नुडल्सको तर्फबाट सरर ब्राण्डको चाउचाउ, चाचन समूहको हरपल ब्राण्डको ५ किलोग्राम र २० किलोग्रामको चामल र तेलहरु पनि मेलामा राम्रो नाच्नेहरुलाई उपहार स्वरुप प्रदान गरिँदै आएको छ । अब फागुन ३० गते आइतबार राम्रो नाच्नेलाई पनि एक थान ग्याँस उपहार पाउने अवसर रहेको छ ।

Friday, March 11, 2016

व्यापार मेलामा छुटको बहार, आज कन्दरा घन्किने -National-Industrial-Business-Event-2072-Pokhara

पोखरा, २७ फागुन ।
पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा राखिएका स्टलहरुले आफ्ना उत्पादनमा भारी छुटको व्यवस्था गरेका छन् । मेलामा राखिएका सबैजसो तयारी पोशाकका स्टलहरुले आफ्नो सामानमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन् ।
 आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव रवीन्द्रबहादुर प्रजुका अनुसार मेलामा केही उत्पादनहरु प्रदर्शनीको लागि मात्र राखिएका छन् भने धेरैजसो सामानहरु बिक्रीकै लागि प्रदर्शन गरिएको छ । यता,मेलामा रहेका सूचना प्रविधीसम्बन्धी स्टलहरुले कम्प्यूटर, ल्यापटप, पावर बैंक र अन्य सामानहरुमा भारी छुट दिएका छन् ।
‘ चिया, प्राङ्गारिक उत्पादन, विभिन्न खाद्यान्न कम्पनीका चामल,तेल लगायतका सामानहरु बिक्रीसँगै प्रर्दशनीको उदेश्यमा समर्पित छन्’, उनले भने,‘ ति कम्पनीहरुले मेलालाई आफ्नो सामानको प्रचार स्थलको रुपमा प्रयोग गरेका हुन् । ’
महासचिव प्रजुका अनुसार मेलामा  रहेका स्टलहरुले तोकेको मूल्य बाहिरी बजारको भन्दा सस्तो रहेको छ । यसैगरी मेलामा चम्पा कपडा उद्योगले  खागीका बेचिरहेको छ । उद्योगका संचालक चप्पा सिँहका अनुसार पछिल्लो समयमा खाडीको कपडाप्रति मानिसहरुको चासो ह्वात्तै बढेको छ । लगाउन सलिलो , शालिनता अनि सितलता खाडीको कपडको विशेषता हो ।  यसैगरी मेलामा रहेको कपडा, मेरो चित्र मेरो टिसर्ट भन्ने स्टलले विभिन्न उत्कृष्ट भनाई र चित्र भएको टिसर्टहरु बिक्री गरिरहेको छ । ‘युवा पुस्तालाई सार्थक जीवनको महत्व बुझाउन तथा कलाको प्रवद्र्धन गर्नु हाम्रो उदेश्य हो ।’– मेरो चित्र मेरो टिर्सट पसलका संचालक कृष्णकुमार श्रेष्ठले भने । त्यसो त मेलामा पुस्तकप्रेमीहरुले पनि छुटको अनुभव गर्न पाउने छन् । मेलास्थलमा रहेको रिडर कर्नरले १५ प्रतिशत छुटमा किताब बेचिरहेको छ । कलर्स मोवाइल,विन्ध्यवासिनी अचार उद्योग लगायतका सबैजसो स्टलहरुले आफ्नो सामानमा छुट दिँदै आएका छन् ।
‘ सायद, मेलामा छुट नभएको कुनै सामान नै छैन’, मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष तथा स्टल व्यवस्थापन उपसमिति संयोजक मीनराज काफ्लेले भने,‘ मेला समापन हुने दिन नजिकिँदै गर्दा छुटको बहार झन बढ्नेछ ।’ प्राङ्गारिक कृषिबारे जनचासो बढाउन तथा उद्यमशीलता सिकाउनको लागि कृषिको स्टलबाट जानकारी पनि बाँडिएको उनले जनाए ।
 यता बिहीबारसम्म १ लाख ५ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने ४ करोडभन्दा बढीको कारोवार भएको छ । आउँदा दिनमा कारोवार झन बढ्ने छ । मेलामा रहेको अटोका स्टलहरुबाट विभिन्न ब्राण्डका गाडीहरु बुकिङ बढ्दै गएकाले कारोवार उकालो लाग्ने संघका उपमहासचिव  प्रकाशदेव पालिखेले जनाए ।
मेला अन्तर्गत शुक्रबार चर्चित ब्याण्ड कन्दराको सांगितिक प्रस्तुति रहनेछ । नयाँ एल्बम बजारमा ल्याउन लागेको कन्दराले साँझ हुने कार्यक्रममा आफ्ना नयाँ र पुराना गीत गाउने छ । कन्दरालाई देउराली ब्याण्ड र एसकुमारले साथ दिनेछन् । यसैगरी पुरुषोत्तम न्यौपाने, पशुपति शर्मा,प्रजापति पराजुली, चोलेन्द्र पौडेल,जीवन दाहाल,सुरेन्द्र गुरुङ,शिवहरि ढुंगाना, रामजी पौडेल,ज्योति लोहनी, इन्द्रा गुरुङ लगायतको प्रस्तुति रहनेछ । यसैगरी अन्तर जिल्ला उद्योग वाणिज्य संघस्तरीय लोकदोहोरी प्रतियोगिता अन्तर्गत शुक्रबारबाट सेमिफाइनलको प्रतिष्पर्धा हुनेछ । पोखरा,पाल्पा, बालिङ र बुटवल उद्योग वाणिज्य संघ सेमिफाइनमा प्रवेश गरेका छन् । यता  मेला अन्तर्गत दैनिक टिकटमा कलर्स मोवाइल बुधबार अर्थात फागुन २६ गते ४० रुपैयाँ टिकट समूहको १२१९ नम्बरलाई प्राप्त भएको छ।

Thursday, March 10, 2016

सिर्जनाचोकमा सहकारी पसल-Pokhara News

पोखरा समाचारदाता
पोखरा, फागुन २७ गते । परोपकार सहकारी संस्था लिमिटेडद्धारा संञ्चालित परोपकार सहकारी पसलको डिभिजन सहकारी कार्यालयका प्रमुख बद्रि अधिकारीले आज एक समारोह बीच सिर्जनाचोकमा उद्घाटन गर्नु भयो ।
सात करोड पुँजी रहेको सो सहकारीले ५०लाखको लागतमा पसल संञ्चालनमा ल्याएको संस्थाको अध्यक्ष विष्णु बरालले जानकारी दिनु भयो ।
संस्थाका शेयर सदस्य लगायत सबै क्षेत्रका गाह्रकहरुलाई लक्षित गरि संञ्चालन गरिएको सो पसलमा गुणस्तरीय सेवा दिने दावी गरिएको छ । प्रतिसप्रधात्मक बजारमा सस्तो, राम्रो र स्तरीय सामान उपलब्ध गराउने भएकाले पसलले छिटैनै गाह्रकको मन जित्ने दावी छ ।
छ सयभन्दा बढी शेयर सदस्य भएको सो संस्थाले सहकारीको सिद्धान्त अनुसारनै सहकारी पसल संञ्चालनमा ल्याएको अध्यक्ष बरालको भनाई छ ।
कार्यक्रममा डिभिजन कार्यालयका प्रमुख बद्रि अधिकारीले शेयर धनीहरुको लगानीलाई सुरक्षित राख्दै सेवा र नाफा दुवै दिनु पर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा सिमलचौर सहकारी संस्थाका अध्यक्ष सुवास सिग्देल, सिर्जना महिला सहकारीका अध्यक्ष कमला गिरी, शेयर धनीहरु सीता पौडेल, मिन गुरु लगायतका वक्ताले सहकारीको बारेमा बोल्नु भएको थियो ।

Monday, March 7, 2016

थ्रि एन्जल्स मीसन स्कूलको पाँचौ वार्षिकोत्सव

पोखरा २३ फागुन
पोखराको ईन्द्रचोकमा रहेको थ्रि एन्जल्स ईन्टरनेशनल मीसन स्कूल स्थापनाको पाँचौ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम आईतबार सम्पन्न भएको छ ।
    विद्यालय परिसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी केदार आचार्यले शिक्षण सिकाईमा गुणस्तरीयता कायम गर्नुपर्ने बताउनुभयो ।  पहिलो पाठशाला घर भएको बताउँदै घरमा दिईएको शिक्षाको आधारमा नै बालबालिकाको शिक्षाको स्तर विकाश हुने उहाँको भनाई थियो । शिक्षकहरु असल भए विद्यार्थीहरु असल हुने भन्दै आचार्यले विद्यार्थीमा लुकेर रहेको प्रतिभालाई शिक्षकले पहिचान गराईदिन सक्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै कास्कीका बाल अधिकार अधिकृत बद्री वाग्लेले बालमैत्री वातावरणमा शिक्षा दिनु आजको आवस्यकता भएको भन्दै उनीहरुको समग्र शैक्षिक उन्नतीलाई ख्याल गरिनुपर्र्ने बताउनुभयो । सबै विद्यार्थी आँफैमा उत्कृष्ठ हुने बताउँदै वाग्लेले शिक्षाको व्यवहारिक प्रयोग अहिलेको मुख्य चुनौती रहेको बताउनुभयो ।
विद्यालयका संस्थापक निर्देशक डा राजेन्द्र गौतमले विद्यालयले विद्यार्थीहको चौतर्फी हितका लागि शिक्षा प्रदान गर्ने विश्वाश दिलाउनुभयो । सर्वाङ्गीण विकाश गर्ने शिक्षाको आवस्यकतामा विद्यालय सदैव लागिपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रमेश पाण्डेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा अझ शशक्त ढंगले अघि बढ्ने योजना रहेको बताउनुभयो । 
यसैबीच विद्यालयले विभिन्न विधामा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेको छ । जस अन्र्तगत जुनियर लेवलतर्फ कक्षा ३ का सागर बादी र पुनु तामाङ्ग, तथा सिनियर लेबलतर्फ कक्षा ७ का विनुमाया प्रजा र कक्षा ६ का जिवित कुश्मा थारु रहेका छन् । यस्तै विशाल बादी र अप्सरा राईले उत्कृष्ठ खेलकूद पुरस्कार प्राप्त गरेका छन् । अनुशाशन विधातर्फ कक्षा ७ का खुश्वु शाह र कक्षा ८ का विनोद कुमाल पुरस्कृत भए । यसैगरी ब्लू हाउसलाई उत्कृष्ठ सदनको पुरस्कारबाट पुरस्कृत गरिएको छ । उत्कृष्ठ विद्यार्थीहरुलाई कास्कीका बाल अधिकार अधिकृत बद्री वाग्ले, थ्रि एन्जल्स नेपालका कार्यकारी निर्देशक डा. राजेन्द्र गौतम, वित्त निर्देशक डा.मदन थापा लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा किन्डर गार्टनका विद्यार्थीहरुले प्रस्तुत गरेका राईम्स, कक्षा १, २, र ३ का विद्यार्थीहरुले प्रस्तुत गरेको नृत्य, बालगीत, एवं विभिन्न कक्षाका विद्यार्थीहरुले प्रस्तुत गरेको नेपाली तथा अंग्रेजी नाटकप्रति अभिभावकहरु मन्त्रमुग्ध भएका थिए ।
विद्यालयका संस्थापक निर्देशक डा राजेन्द्रकुमार गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सिद्ध माविका प्रधानाध्यापक शंकर ज्ञवाली, अभिभावक प्रतिनिधि रमाकान्त गौतम, समाजसेवी बलराम पौडेल, भक्त केसी लगायतले विद्यालयको प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।
सो अवसरमा वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरिक्षक बेजप्रसाद जोशी, सोसिलय पब्लीक स्कूलका प्रिन्सिपल खिम गुरुङ्ग, वडा समन्वय समिति पोखरा १५ का अध्यक्ष प्रकाश पौडेल, विद्यालय व्यवस्थापन सहल्लाहकार समिति सदस्य लक्ष्मण बानिया, राम बानिया, तोरण बानिया, तल्लो नयाँगाउँ टोल विकाश संस्थाका उपाध्यक्ष विष्णु आचार्य लगायतको उपस्थिति रहेको थियो ।
विद्यार्थीका तर्फबाट उमिता दहाल र विद्यालयको तर्फबाट सहायक प्रिन्सिपल अनर्व विश्वासले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन कक्षा ७ का छात्रा खुश्वु शाह र कक्षा ९ का छात्र अशिम पाण्डेले गरेका थिए । 


राम्रो नाच्नेलाईन ग्याँस उपहार प्रदान-Pokhara News


पोखरा, २३ फागुन ।
 गायिका कोमल ओलीले राम्रो पोइको लागि कहिले झ्वाँक तन्देरीलाई आह्वान गरिन् त कहिले शिवजी गुहारिन् । तर, के मिलने कुन्नी  ? उनी अझै अविवाहित छिन् । आइतबार उनी अविवाहित ओली पोखरामा झुल्किइन् । पोखरा उद्योग वाणिज्य संघले यहाँको नयाँबजारमा  आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेला– २०७२ मा आउँदा उनी  ढाकाको कपडामा सजिएकी थिइन् । उनले पोखरेली सोल्टीहरुलाई आफ्नो अधर पिउन आग्रह मात्र गरिनन् भोली कुनै दिन ‘आइ लभ यु’ भन्ने आश्वासन पनि बाँडिन ।
 उनले सुरुमै शीरमा सिरबन्दी  भन्ने गीतमा दर्शकलाई नचाइन् । ‘तिमी सोल्टी म तिम्रो सोल्टिनी, जता सोल्टी उतै मन  गुल्टिनी’ भन्दै उनले दर्शकमाझ पुगेर नै सबैलाई मनोरञ्जन प्रदान गरिन् । माया बस्यो मुटुमा, ‘हरि ओम हरि’ भन्ने जस्ता गीतमा उनलाई दर्शकले राम्रै साथ दिए । पानी परेपछि खुलेको पोखरामा राधिका हमाल लगायतका कलाकारले पनि दर्शक नचाए ।
 यता आइतबार संघले राम्रो नृत्य गर्ने एक जना दर्शकलाई गृहलक्ष्मी ग्याँसको भरिएको सिलिल्डर नै उपहार दिइयो । साँस्कृतिक उपसमितिका संयोजक मोहनबाबु खड्काले विजेता ... लाई ग्याँस उपहार प्रदान गरे । प्रजापति पराजुली र गायिका कोमल ओलीको रोहवरमा ग्याँस पाएपछि उनले खुसी व्यक्त गरे । यता मेलाको तेस्रो दिन उत्कृष्ट नाच्नेहरुलाई ग्याँस सिलिण्डरसहित चामलको बोरा, चाउचाउ लगायतका उपहार पनि प्रदान गरिएको थियो । उपहार दिने क्रम आउँदा दिनमा पनि जारी रहने साँस्कृतिक उपसमिति संयोजक मोहनबाबु खड्काले जनाए ।
 यता सोमबार मेलामा विभिन्न सात देशका साँस्कृतिक समूहद्धारा विशेष अन्तर्राष्ट्रिय साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ । पपतर्फ  कन्दरा व्याण्डको लाइभ प्रस्तुति साथमा रवण व्याण्डको प्रस्तुति समेत रहने छ । हाँस्यतर्फ सविता गुरुङ,रतिमाया खड्काले दर्शकलाई हँसाउने छन् । लोकदोहोरीतर्फ नारायण रायमाझी, दुर्गा रायमाझी, चन्द्र शर्मा,प्रजापति पराजुली, जीवन दाहाल शिवहरि ढुंगाना, शंकर विरही गुरुङ,तारापति सुवेदी, प्रेमराज अधिकारी,टेक क्षेत्री लगायतका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहने छ ।
वर्षाका कारण मेलामा केही असहजता उत्पन्न भए पनि अवलोकनकर्ताले देखाएको सहृदयताप्रति पोखरा उद्योग वाणिज्य संघले धन्यवाद ज्ञापन गरेको छ । संघका महासचिव तथा प्रचारप्रसार समिति संयोजक रवीन्द्रबहादुर प्रजुले मेलालाई सफल बनाउन सम्पूर्ण पोखरेलीहरुसँग आग्रह समेत गरे । यता मेला अन्तर्गत फागुन २२ गते प्रवेश टिकटमा दिइने कलर्स मोवाइल टिकट नम्बर २०४३ नम्बरको टिकटलाई प्राप्त भएको टिकट व्यवस्थापन उपसमिति संयोजक अमितराज मुल्मीले जनाए ।
 नोट: समाचारबारे थप जानकारी चाहिएमा महासचिव रवीन्द्रबहादुर प्रजु ः ९८५६०२०१४८