Wednesday, November 5, 2014

पोखराको डिहिकोपाटनबाट १५ जुवाडे प्रक्राउ, ४ लाख ५० हजार बरामद-Nepal-Pokhara

पोखरा, १८ कार्तिक /पोखरा ६
 डिहिकोपाटनमा जुवा खेलिरहेका १५ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा प्रहरील आइतबार राती ११ बजे नगद ४ लाख ५० हजार सहित प्रक्राउ गरेको हो । पोखरा ६ डिहिकोपाटन स्थित कृष्ण घर्तिले जिम्मा लिई बसेको घरको पहिलो तल्लाबाट प्रहरीले प्रक्राउ गरेको हो ।
प्रहरीले ६ गड्डी तास, व्यक्तिहरुको साथबाट ३ लाख ५२ हजार र र सनाखत हुन नसकेको रकम ९८ हजार गरि ४ लाख ५० हजार सहित प्रक्राउ गरेको हो । प्रक्राउ परेका सबैलाई जुवा मुद्धामा अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको कास्की प्रहरी प्रवक्ता केदार रजौरेले जानकारी दिए । प्रक्राउ पर्नेमा पोखरा ६ का कुमार देवकोटा, डम्मर कुवर, पुरन पुन, रमेश बहादुर थापा, केशव पहारी, केदार थापा, खेमलाल पहारी, लामिछाने, पोखरा १४ चाउथेका ओम सुवेदी, पोखरा ६ खहरे का राम बहादुर थापा, जरेवर का राजु के।सी।, कृष्ण क्षेत्री, संन्जिव ढकाल, मोहन भण्डारी र कुमार गुरुङ रहेका छन् ।

Monday, November 3, 2014

बाल न्यायिक अनुसन्धान केन्द्रको समुद्घाटन-Pokhara-Nepal


पोखरा, कार्तिक १७ गते ।
कुनै पनि बाल बिज्याईका घटना ९ बालबालिकाबाट हुने अपराध ० मा अनुसन्धानको क्रममा पक्राउ परेका बालबालिकाहरुलाई वयस्क मानिसहरु सरह थुनामा नराखी बाल मनोबवैज्ञानिक वाताबरणमा राखी बालबालिकाबाट हुने अपराधहरुको अनुसन्धान तथा बालबालिकालाई अपराध गर्नबाट मुक्त गर्ने उद्वेश्य अनुरुप जिल्ला प्रहरी कार्यालय कास्कीको हाता भित्र थ्रि एन्जल नेपालको सहयोगमा नवनिर्मित वाल न्यायिक अनुसन्धान केन्द्रको आज मिति २०७१।७।१७ गते प्रहरी प्रधान कार्यालय प्रशासन बिभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक बिरेन्द्रबाबु श्रेष्ठले उद्घाटन गर्नु भयो , उक्त उदघाटन समारोहमा कास्की जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त गौतम,पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्र।ना।म।नि। बम बहादुर भण्डारी,कास्की जिल्ला स्थित अन्य सुरक्षा निकायका प्रमुखहरु,बिभिन्न राजनैतिक दलका जिल्ला प्रमुख एवं प्रतिनिधि,उद्योगी व्यवसायी,नागरिक समाजका प्रतिनिधिहरु,पत्रकार,बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सो अवसरमा भवन निर्माणमा सहयोग गर्ने थ्रि एन्जल्स नेपालका कार्यकारी निर्देशक डा।राजेन्द्र गौतम र निर्माण कार्यमा समनवयकारी भुमिका निर्वाह गर्नु हुने महिला तथा बालबालिका कार्यालय कास्कीका बाल अधिकार अधिकृत भरतराज बराललाई प्रमुख अतिथिबाट प्रशंसा पत्र प्रदान गरिएको थियो ।

CRV - कन्ट्रोलरुम भेहिकल० भवनकोसमुद्घाटन

लेखनाथ कास्की, कार्तिक १७ गते ।
सात तालको वाटिका शहर,कवि शिरोमणी लेखनाथ पौड्यालको जन्म स्थान,कास्की जिल्लाको महत्वपूर्ण पर्यटकिय स्थल लेखनाथ नगरपालिकामा शान्ति सुव्यवस्था कार्यमा परिचालित ऋच्ख्९कन्ट्रोलरुम भेहिकल० प्रहरीहरुको आवासको लागि लेखनाथ नगरवासीहरुले चन्दा संकलन तथा स्थानीयजनश्रम परिचालन गरी निर्माण सम्पन्न भएको ऋच्ख्९कन्ट्रोलरुम भेहिकल० शिसुवा कास्कीको भवन समेतकोआज मिति २०७१।७।१७ गते प्रहरी प्रधान कार्यालय प्रशासन बिभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक बिरेन्द्रबाबु श्रेष्ठले उदघाटन गर्नु भयो , उक्त उदघाटन समारोहमा कास्की जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त गौतम,पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्र।ना।म।नि। बम बहादुर भण्डारी,कास्की जिल्ला स्थित अन्य सुरक्षा निकायका प्रमुखहरु,लेखनाथ स्थित बिभिन्न राजनैतिक दलका स्थानीय प्रमुख एवं प्रतिनिधि,उद्योगी व्यवसायी,नागरिक समाजका प्रतिनिधिहरु,पत्रकार,बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।सो अवसरमा भवन निर्माणमा सहयोग  गर्ने महानुभावहरु, भवन निर्माण समितिका सदस्य तथा भवन निर्माणको लागि अर्थ संकलन उपसमितिका सदस्यहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीको तर्फबाट प्रमुख अतिथिज्यूले प्रशंसा पत्र प्रदान गर्नु भएको थियो ।

Thursday, October 30, 2014

प्याराग्लाईडिङबाट खसी विदेशी घाईते - PARAGLIDING ACCIDENT-POKHARA-NEPAL


पोखरा, कार्तिक ११ गते
  पोखराको सुन्दर प्राकृतिक दृष्यावलोकनको लागि प्याराग्लाईडिङ गर्ने क्रममा अमेरिकी नागरिक बर्ष २९ की
LAURA OGTEN सराङकोटबाट प्याराग्लाईडिङ गर्दै सेतीबगरमा अवतरण गर्ने क्रममा अचानक लड्न गई घाईते भएकी छन्। गण्डकी मेडिकल कलेजमा उपचाररत रहेकी घाईते LAURA OGTEN ३:२० बजेको समयमा अवतरणको क्रममा लड्न गएकी र निजको दाहिने खुट्टा भाँचिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

District Police Office Kaski
जिल्ला प्रहरी कार्यालयकास्की



 

Monday, September 15, 2014

पोखरामा बन्जी जम्पको सफल परिक्षण- Success with the trial jumps at the Bungee in Pokhara-Nepal

 
 सागर राज तिमिल्सिना
पोखरा, ३० भाद्र, साहासिक खेल बन्जी जम्पको कास्कीको हेम्जामा सफल परिक्षण भएको छ । हाईग्राउण्ड एडभेन्चर नेपाल प्रालिले पोखरामा शुरु गर्न लागेको बन्जी जम्पको सफल परिक्षण भएको हो । पहिले ७० केजिको सामानलाई फालेर परिक्षण गरीएको र पाचँ दिन देखि प्राविधिक र कमचारीहरुलेले बन्जी जम्प गरेको प्रालिका अप्रेसन म्यानेजर दिनेश मर्हजनले गन्थन डटकमलाई जानकारी दिए ।
पोखरामा बन्जी जम्पको सफल परिक्षण, एक सातामा शुरु हुने
जिप फ्लायरको सफलतासंगै पोखरामा अर्को साहासिक खेल बन्जी जम्प संचालनमा ल्याउन लागेको हो । बन्जी जम्प निमार्णको काम सकिएको बताउदै मर्हजनले एक सातामा अथार्त सेक्टेम्बर २१ तारिकबाट सन्चालनमा आउनले बताए । करीब ७० फिट उचाइको टावरबाट बन्जी जम्प गर्न सकिने भएको छ । ७० फिट उचाइको टावर बनाउन करिब २० फिटको टावर बनाएको छ भने करीब १८ फिट गहिरो पौडी पोखरी बन्दै गरेको उनको भनाई छ । पोखरी स्थानीय खोलाको पानीलाई प्रयोग गरिएको छ ।
बन्जी जम्प निमार्ण गर्न करीब ७ करोड लगानी भएको छ भने यस अगाडी जिप लाइनका लागी करिब १३ करोड खर्च भएको थियो । पर्यटकीय क्षेत्र सराङकोटको डाँडाबाट कास्कीको हेम्जा याम्दीसम्म १ किलोमिटर ८ सय मिटरसम्मको दुरीमा जिपफ्लायरको दुरी रहेको छ । सराङकोटको टावरबाट हेम्जाको याम्दीमा रहेको अर्को टावरसम्म २ वटा केवल तन्काईएको र त्यसैबाट झर्ने ब्यवस्था मिलाईएको हो । तस्विर: राजेश लम्साल
http://www.rajeshlamsal.com.np/
News by:http://ganthan.com