Monday, November 3, 2014

CRV - कन्ट्रोलरुम भेहिकल० भवनकोसमुद्घाटन

लेखनाथ कास्की, कार्तिक १७ गते ।
सात तालको वाटिका शहर,कवि शिरोमणी लेखनाथ पौड्यालको जन्म स्थान,कास्की जिल्लाको महत्वपूर्ण पर्यटकिय स्थल लेखनाथ नगरपालिकामा शान्ति सुव्यवस्था कार्यमा परिचालित ऋच्ख्९कन्ट्रोलरुम भेहिकल० प्रहरीहरुको आवासको लागि लेखनाथ नगरवासीहरुले चन्दा संकलन तथा स्थानीयजनश्रम परिचालन गरी निर्माण सम्पन्न भएको ऋच्ख्९कन्ट्रोलरुम भेहिकल० शिसुवा कास्कीको भवन समेतकोआज मिति २०७१।७।१७ गते प्रहरी प्रधान कार्यालय प्रशासन बिभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक बिरेन्द्रबाबु श्रेष्ठले उदघाटन गर्नु भयो , उक्त उदघाटन समारोहमा कास्की जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त गौतम,पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्र।ना।म।नि। बम बहादुर भण्डारी,कास्की जिल्ला स्थित अन्य सुरक्षा निकायका प्रमुखहरु,लेखनाथ स्थित बिभिन्न राजनैतिक दलका स्थानीय प्रमुख एवं प्रतिनिधि,उद्योगी व्यवसायी,नागरिक समाजका प्रतिनिधिहरु,पत्रकार,बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।सो अवसरमा भवन निर्माणमा सहयोग  गर्ने महानुभावहरु, भवन निर्माण समितिका सदस्य तथा भवन निर्माणको लागि अर्थ संकलन उपसमितिका सदस्यहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीको तर्फबाट प्रमुख अतिथिज्यूले प्रशंसा पत्र प्रदान गर्नु भएको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.