Wednesday, November 27, 2013

वेवारिसे शव फेला

मिति २०७०/०८/११ गते सांझ जि.कास्की पुरन्चौर गा.बि.स.वडा नं.-८ मैछानेको खरबारी भन्ने स्थानमा सेटो ज्याकेट, रातोमा सेतो भएको कोठे सर्ट, निलो टिसर्ट, खरानि रङको पाईन्ट सेतो-कालो कोठा भएको हाप पाईन्ट, निलो कट्टु, खैरो कपडाको पेटी हाप पाईन्टमा लगाएको, दुबै हातको साहिला औलामा फलाम जस्तो देखिने २ औठी लगाएको, बाया हातको नाडीमा IMAGE लेखिएको पंहेलो घडी लगाएको कालो कपाल, उचाई अ.५/३ फिट अग्लो पातलो शरिर, बर्ण गहुंगोरो, हेर्दा क्षेत्री बाहुन जस्तो देखिने अ. बर्ष-३५ को पुरुष ब्यक्तिको मृत अवस्थामा शव फेला पारी घट्नाको प्रारम्भिक अनुसन्धान प्रकृया पुरा गरी पो.मा.को लागी प.क्षे.अस्पताल पोखराको शव गृहमा राखिएको हुंदा शव पहिचानको लागी प्रचार प्रसारण गरी दिनु हुन सम्पर्ण मिडियाहरुलाई अनुरोध गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की ।                  


Wednesday, October 30, 2013

प्रजातन्त्रीवादी पेशागत समुहहरु पोखरा


पोखरा समाचारदाता ।
पोखरा, कार्तिक १३ गते । नेपाली काँग्रेसका पूर्व महामन्त्री एव्म पूर्व सभामुख तारानाथ रानाभाटले लोकतन्त्रलाई संस्थागत विकास गर्न र जनइक्क्षा वमोजिमको संीवधान निर्माण गर्न नेपाली काँग्रेसलाई विजयी गराउनु पर्ने बताउनु भएको छ ।

डेमोक्र्याटिक लयर्स एशोसिएशन कास्कीको आतित्थता तथा लोकतन्त्रवादी, पेशागत समुहहरुको आयोजनामा पोखरामा आज भएको संविधानसभाको निर्वाचनमा लोकतन्त्रवादीलाई मतदान, शान्ति बहु पहिचान र संघीयतासहितको लोकतान्त्रिक संविधान विषयीक एक दिने राष्ट्रिय गोष्ठी तथा लिगल आई विमोचन कार्यक्रममा बोल्नु हुदै नेता रानाभाटले सो कुरा बताउनु भएको हो । नेता रानाभाटले भन्नुभयो, “कम्युनिष्टको नारा लिएर मुलुकमा लोकतन्त्रको विकास हुन नसक्ने भएकाले पनि प्रजातन्त्रवादीहरुको विजयी आवश्यक रहेको बताउनु भयो ।”

कार्यक्रममा नेपाली काँग्रेसका तर्फबाट क्षेत्र नं. ३ का उमेदवार सोभियत बहादुर अधिकारीले काँग्रेसलाई बहुमत भएन भने नेपाली जनतालाई फेरी पनि अर्को प्रश्त्ताप पर्ने भएकाले काँग्रेसलाई भोट दिन आग्रह गर्नुभयो ।

काँग्रेस क्षेत्र नं. ४ का अर्का प्रत्यासी महादेव गुरुङले सम्रग जातजातिको साझा संस्थाको रुपमा रहेको काँग्रेसले नै जनपक्ष काम गर्न सक्ने भएकाले नै संीवधान बनाउने जिम्मा पनि काँग्रेसकै भएकाले जनताले रुख चिन्हमा भोट हाल्न आग्रह गर्नुभयो ।

कार्यक्रममा लिगल आई कास्की प्रकाशनका संयोजक अधिवक्ता विष्णु घिमिरेलाई सम्मान गरियो । डि.एल.ए. कास्कीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा डि.एल.ए.का अध्यक्ष एव्म काँग्रेसका समानुपातिक उमेदवार यदुनाथ खनाल, काँग्रेस कास्कीको उपाध्यक्ष विष्णु बाँस्तोला, प्रेश युनियनका महा–सचिव शिव लम्साल, पश्चिमाञ्चल संयोजक रमेश पौडेल, प्रध्यापक संघका जगत तिम्लिसिना, शिक्षक संघका केशम निरौला, कर्मचारी युनियनका दुर्गा आत्रिय, चिक्तिसक संघका के.के. राई, पुनरावेदन बारका अध्यक्ष मुकुन्द्र आर्याल, कर्मचारी संघका रामजी कोइराला, ढा. यमनाथ तिम्लिसिना, शिरोमणी लामिछाने, विष्णु शर्मा लगायतले बोल्नु भएको थियो ।

Wednesday, October 2, 2013

International Day of Non-Violence-2013 अन्र्तराष्ट्रिय अहिंसा दिवस सम्पन्न



काठमाण्डौ, संयुक्त राष्ट्र संघको आव्हानमा विश्वभर मनाउने अन्तराष्ट्रिय अहिंसा दिवस आज विविध कार्यक्रम गरी सम्पन्न भएको छ । ग्लोबल पीस फाउन्डेसनको सक्रियतामा प्रज्ञा भवनमा आयोजित “शान्तिको संस्कृतिः अहिंसा अभियान मार्फत राष्ट्रको समृद्वि” विषयक प्रवचन कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुदै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइलाले वर्तमान सन्र्दभमा समाज तथा राज्य परिवर्तनको लागी महात्मा गान्धिको अंहिसात्मक आन्दोलनको खाँचो रहेको बताउनु भयो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्त गौरी प्रधानले स्वतन्त्रता, शान्ति र स्थिरताविनाको समाज अग्रगामी हुन नसक्ने भन्दै त्यसतर्फ सोच्न आग्रह गनुभयो । २० औ शताब्दीका महान् पुरुष गान्धि एक अहिंसा पात्र भएको बताउँदै समता स्कूलका संस्थापक उत्तम सञ्जेलले नेपालमा हिंसाको कालो बादल अझै आकाशमा मडारिरहेकोले अभावको व्यवस्थापन गनुपर्ने बताउनु भयो । कार्यक्रममा पूर्व विज्ञान तथा वातावरण मन्त्री गणेश शाह, इन्दिरा मान्नधर, अधिवक्ता शुष्मा वास्कोटाले शान्तिको लागि जनस्तरबाट पहल कम भएको बताउनु भयो । भारतयि दुताबासका प्रथम सचिब आशिश शिन्हाले गान्धिको अंहिसात्मक आन्दोलन अझै सान्र्दभिक भएको बताउनु भयो । कार्यक्रममा बहुभाषिक कविता वाचन समेत गरिएको थियो ।  कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गनुहुदै ग्लोबल पीस फाउन्डेसनका अध्यक्ष ई. रामरोहण पन्तले महात्मा गान्धिको अंहिसात्मक कार्यको विश्वभर प्रंशशा भएकोले हिंसा विरुद्धको लागी आवाज उठाउन कार्यक्रम गरिएको बताउनु भयो । कार्यक्रम महाकवी लक्ष्मी प्रसाद देवकोटा प्रतिष्ठानका अध्यक्ष रामहरी जोशीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रम महाकवि देवकोटा अध्ययन प्रतिष्ठान, नेपाल रेडक्रस सोसाईटी काठमाण्डौ शाखा, उत्थान, सर्भिस फर पीस, वाइएसपी नेपाल, आयोन, जेसिवासिएन, इएसडिओ, शान्ति मैत्री समाज, जिपिवाइसी नेपाल, क्रोधरहित संसार नेपाल सहकार्यमा भएको थियो ।

कालिका बहुमुखी क्याम्पसमा लागू औषध विरुद्ध सचेतना कार्यक्रम

 आश्विन १५, पोखरा ।
५८ औ प्रहरी दिवसको अवसरमा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा पोखरा १८ काजिपोखरी स्थित कालीका बहुमुखी क्याम्पसका १२ कक्षामा अध्ययनरत छात्र छात्रालाई लागू औषध सचेतना सम्बन्धी  प्रशिक्षण कार्यक्रम मंगलवार सम्पन्न भयो ।
सचेतना कार्यक्रममा प्रमुख अतिथि कालीका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बलविरसिंह नेगीले सामाजिक रोगको रुपमा रहेको लागू औषधको प्रभावलाई हामी सबै मिलेर निस्तेज पार्दै लैजानु पर्ने बताउनुभयो । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका प्रहरी नायव निरीक्षक रेशम पौडेलले लागू औषधको परिचय, प्रकार, असर, दूरव्यसनी हुनका कारण, सोबाट बच्ने उपाय आदिको विषयमा सहजिकरण गरेका थिए ।
संस्थाका महासचिव विमलबहादुर कार्कीले संचालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष ध्रुवबहादुर क्षेत्रीले  लागू औषध एक सामाजिक रोग भएकोले विद्यार्थी भाई बहिनीहरुलाई यसबाट टाढा रहन अनुरोध गर्दै धन्यवाद दिएका थिए ।

Tuesday, October 1, 2013

चाडपर्वलाई सुरक्षित बनाउन जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोध-District Police Office Kaski, Pokhara



  • आ-आफनो धर्म, परम्परा र संस्कृतिको रक्षा र जगेर्ना गर्दै अनुशासित र तडकभडक रहित चाडपर्व मनाऔं ।
  • चाडपर्वको बहानामा लंगुरवुर्जा, जुवातास खेल्ने, मादक पदार्थ सेवन गरी हो-हल्ला हुलहुज्जत गर्ने, रात्रीको समयमा अनावश्यक हिडडुल गर्ने जस्ता कार्य नगरौं ।
  • चाडपर्वको अवसरमा आतसवाजी, भुईचम्फा लगायतका प्रज्वलनशिल पटकाहरुको ओसारपसार, बिक्री बितरण तथा पड्काउने कार्य नगरौं । नगराऔं ।
  • आफनो चाडपर्व मनाउंदा अरुको भावना माथी चोट पुग्ने गरी कुनै प्रकारका कार्यक्रमहरु नगरौं ।
  • चाडपर्वमा मेलमिलाप, भातृत्वको बिकास, सहकार्य र सहयोगी भावनाको बिकास गरौं ।
  • रात्रीको समयमा कुनै प्रकारको देउसी गित, नाचगान, संगित, लगायतका मनोरन्जनात्मक कार्यक्रमहरु संचालन गर्नु पूर्व स्थानिय प्रशासन र प्रहरीबाट स्वीकृति लिएर मात्र संचालन गरौं ।
  • चाडपर्वको बेला दुर्घटना बढन सक्ने हुंदा सुरक्षित यात्राको परिकल्पना गरौं, सावधानीपूर्वक सवारी हांकौ ।
  • चोरी, ठगी र लुटपाटका घटनाहरु प्रति सदैव चनाखो बनौं ।
  • सुरक्षाको आधारभुत तत्वनै होशियारी हो तसर्थ चोरीबाट बच्न होशियारी अपनाउनुहोस् ।
  • बहुमुल्य चिज वस्तु ९गर गहना तथा नगद० बैंक तथा वित्तिय संस्थामा राख्ने गर्नुहोस् ।
  • कुनै वस्तु वा व्यक्ति उपर शंका लागेमा तुरुन्त प्रहरीलाई खबर गर्नुहोस् ।
  • लामो समय र विशेष गरी रातको समयमा घर खाली रहने अवस्था नराख्नुहोस् ।
  • चाडपर्व, मेला वा भिडभाडमा जादा बहुमुल्य गरगहना नलगाउनुहोस् ।
  • रातको समयमा कसैले बजाएको घण्टी वा बोलाएको व्यक्तिलाई राम्रोसंग पहिचान गरेर मात्र ढोका खोल्ने गरौ ।
  •  एकछिन फोन गर्छु भनि महङगा मोवाईल मागेर भाग्ने गरेका घटनाहरु बढेकोले सो कार्यमा होशियारी अपनाउ ।
  •   आफनो घर, पसल र कार्यालय अगाडि बत्तीको ब्यवस्था गर्नुहोस ।
  •  आफनो घर, कार्यालय, पसल वरपर अपरिचित र शंकित ब्यक्तिहरुको अस्वभाविक गतिविधी देखिएमा तत्काल प्रहरीलाई खवर गर्नुहोस ।
  •  डलर वा कागजको नोठको गड्डी वा नक्कली पहेंलो धातु देखाई सुन हो भनेर ठगी गर्ने प्रवृत्ति रहेकोले सचेत बनौं ।
  •   चिठ्ठा उपहारको लोभमा समेत नपरौं । स्थानिय प्रशासनको अनुमति बेगर कुनै पनि चिठ्ठा उपहार कार्यक्रम संचालन नगरौं ।
  •   बसमा चढ्दा(ओर्लदा भिडभाडमा वा मनोरन्जन स्थलमा पकेटमारी हुन सक्ने हुंदा होशियार बनौं । 
  •  सहयोगको नाममा कुनै पनि प्रकारका चन्दा उठाउने कार्य गैह्रकानूनी हो ।
  •  धार्मिक मठ(मन्दिरमा दर्शन गर्न जांदा लामवद्द भएर अनुशासित रुपमा दर्शन गर्ने बानी बसालौ ।
  • अवैध तथा बिषादित मदिराको उत्पादन र बिक्री बितरण नगरौं, नगराऔं ।
  • चाडपर्वको नाममा सकभर मदिरा सेवन नगरौं ।
  •  अपरिचित व्यक्ति तथा बिना बिल कुनै सर सामान बेच्न ल्याएमा चोरीको हुन सक्छ तसर्थ त्यस्ता सामान नकिनौ र प्रहरीलाई जानकारी दिने गरौ ।
  •  चोरी अपराधका फरार अपराधी, कैद भुक्तान गरी सकेका तथा चोरी र ठगी कार्यमा संलग्न हुन सक्ने संभावित ब्यक्तिहरु समेतको विवरण पोखरा प्रहरीले संकलन गर्ने अभियान रहेकोले सो कार्यमा सहयोग गरौ, सूचना दिने व्यक्तिको विवरण गोप्य राखिनेछ ।
           District Police Office Kaski, Pokhara