Wednesday, October 2, 2013

कालिका बहुमुखी क्याम्पसमा लागू औषध विरुद्ध सचेतना कार्यक्रम

 आश्विन १५, पोखरा ।
५८ औ प्रहरी दिवसको अवसरमा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा पोखरा १८ काजिपोखरी स्थित कालीका बहुमुखी क्याम्पसका १२ कक्षामा अध्ययनरत छात्र छात्रालाई लागू औषध सचेतना सम्बन्धी  प्रशिक्षण कार्यक्रम मंगलवार सम्पन्न भयो ।
सचेतना कार्यक्रममा प्रमुख अतिथि कालीका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बलविरसिंह नेगीले सामाजिक रोगको रुपमा रहेको लागू औषधको प्रभावलाई हामी सबै मिलेर निस्तेज पार्दै लैजानु पर्ने बताउनुभयो । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका प्रहरी नायव निरीक्षक रेशम पौडेलले लागू औषधको परिचय, प्रकार, असर, दूरव्यसनी हुनका कारण, सोबाट बच्ने उपाय आदिको विषयमा सहजिकरण गरेका थिए ।
संस्थाका महासचिव विमलबहादुर कार्कीले संचालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष ध्रुवबहादुर क्षेत्रीले  लागू औषध एक सामाजिक रोग भएकोले विद्यार्थी भाई बहिनीहरुलाई यसबाट टाढा रहन अनुरोध गर्दै धन्यवाद दिएका थिए ।

No comments:

Post a Comment

Please, comment about this article.