Saturday, September 21, 2013

अन्तरलायन्स फूटवलको उपाधि यस बर्ष पनि आयोजक पिससिटिलाई


५,असोज ७ ,पोखरा
    पोखरामा सम्पन्न अन्तरलायन्स फुटवल प्रतियोगिताको उपाधी यस बर्ष पनि आयोजक पिससिटिले उचालेको छ ।
पोखराको बगर स्थित पुराँनो टुँडिखेलमा आज सम्पन्न फाईनल प्रतिस्पर्धामा लायन्स क्लब अफ पोखरा मुनाललाई ४–० गोल अन्तरले हराउँदै पिससिटिले उपाधी चुमेको हो । प्रतियोगितामा लायन्स क्लब अफ पोखरा मुनाल उप–विजेता भयो भने लायन्स क्लब अफ पोखरा माछापुच्छ्रे र ताल बाराहि क्रमश ः तृतिय र सान्तोना भयो ।
प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय क्लबले क्रमश २५ हजार ५ सय ५५,१५ हजार ५ सय ५५ र ५ हजार ५ सय ५५ रुपयाँ नगदको साथमा मेडल ,ट्रफि र प्रमाणपत्र प्राप्त ग¥यो ।
प्रतियोगितामा अनुशासित टिम लायन्स क्लब अफ पोखरा फिस्टेल सिटि घोषित भयो । त्यसैगरी उत्कृष्ट ड्रेस र अधिक सदस्य उपस्थितिको उपाधी लायन्स क्बल अफ अन्नपुर्ण र मुनाल प्राप्त गर्न सफल भयो । 
५ दिन सम्म चलेको सो प्रतियोगितामा सर्बाधिक गोलकर्ता,उत्कृष्ठ गोल रक्षक,उत्कृष्ठ खेलाडीहरु आयोजक क्लब पिससिटिकै शैलेस रायमाझी,समुन्द्र देवकोटा र बलराम केसी भए । आज नै विजयी क्लब तथा खेलाडीहरुलाई लायन्स क्लब अफ पोखराका संस्थापक अध्यक्ष शिक्षा विद् जोर्ज जोनले पुरस्कार वितरण गर्नुभएको हो ।  
फाईनल खेल पछि आज आयोजित पुरस्कार वितरण तथा समापन समारोहमा बोल्दै क्लब अफ पोखराका संस्थापक अध्यक्ष शिक्षाविद् जोनले पोखराकै ईतिहासमा लायन्स क्लब अफ पोखरा पिससिटिले आयोजना गरेको क्रमश उदाहरणीय भएको वताउनुभयो । सेवाको भावनाले स्थापना भएका लायन्स क्लबहले गरेको कामहरु समाजमा अनुकरणीय हुनुपर्ने उहाँले जोड दिनुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै विशेष अतिथि पोखरा उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत झलकराम अधिकारीले लायन्स क्लबहरु सेवा गर्ने उद्देश्यले गठन भएकाले सेवामुलक काममा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सोहि समारोहमा बोल्दै लायन्स क्लब ईन्टरनेशनल ३२५ वि वान का सेकेन्ड फाईस डिष्ट्रिक गर्भनर लायन धुर्वबहादुर थापाले सेवाको पवित्र भावना राखेर गठन भएका लायन्स क्लबहरुले गर्ने यस्ता कार्यहरुले सेवा गर्ने भावनालाई अभिबृद्धि गर्ने वताउँदै यस्ता कार्यक्रमहरुले निरन्तरता पाउनु पर्ने जोड दिनुभयो ।
त्यसैगरी फोर्ड गाडीको अधिकृत बिक्रेता अटो भन्चर प्रालि पोखराका अध्यक्ष विन्दुकुमार थापाले खेल जिवनकोलागि महत्वपूर्ण भएकाले यसरी हुने कार्यक्रमले हामिलाई स्वाथ्य राख्न पनि सहयोग पु¥याउने वताउनुभयो ।
क्लबका अध्यक्ष प्रसान्तराज धमलाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रतियोगिता संयोजक सुदिपराज ढुङ्गाना र सचिव टंकराज अधिकारीले पनि बोल्नु भएको क्लबका संचार निर्देशक उत्तम पण्डितले जानकारी दिनुभयो ।



Friday, September 20, 2013

संविधानसभामा उमेदवारीको लागी राष्ट्रिय एकता पार्टीको आव्हान


पोखरा ०४, आश्विन 
राष्ट्रिय एकता पार्टीले आसन्न संविधानसभाको निर्वाचनका लागी उमेदवारी दिन राजा सहितको प्रजातन्त्रमा सरोकार राख्नेहरुलाई आव्हान गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै यस्तो आव्हान गरिएको हो । “देशमा स्थाई शान्ति,राष्ट्रिय एकतामा भातृत्वको विकास, नेपाल आमाको रक्षा, बहुभाषीक,बहुजातिय र बहुसाँस्कृतिक परम विकासले नै बहुपहिचान सहितको सहभागीताबाट देशको प्रगति हुने हाम्रो पार्टीको मान्यता हो ।” राष्ट्रिय एकता पार्टी जिल्ला कार्य समिति कास्कीका अध्यक्ष रेवतीरमण आचार्य र केन्द्रिय सदस्य भोजेन्द्र पाण्डेद्धारा हस्ताक्षेरित विज्ञप्तीमा भनिएको छ । “अभिन्न राजतन्त्र सहितको प्रजातन्त्रमा सरोकार राख्ने जो कोहीले पनि संविधानसभा निर्वाचनको लागी उमेदवारी दिन सक्नेछन् ।” उमेदवारी दिनका लागी कास्की, स्याङजा, तनहुँ, लमजुङ, गोर्खा, मनाङ, जोमसोम, म्याग्दी, बाग्लुङ, पर्वत जिल्ला लगायतका
सम्बन्धित पार्टी कार्यालयहरुमा सम्पर्क गर्न सकिने विज्ञप्तीमा जनाईएको छ ।

Racial Discrimination-जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन, २०६८

‘दलितका लागि उपलब्धी तर अपर्याप्त’
पोखरा, ४ असोज ।
    जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ दलितका लागि ठूलो उपलब्धी भएपनि आफैमा अपर्याप्त भएको विज्ञहरुले बताएका छन् ।
    उक्त ऐनको विशेषता एवं कार्यान्वयनका चुनौतीहरुका विषयमा राष्ट्रिय दलित आयोगले शुक्रबार पोखरामा आयोजना गरेको अन्तरक्रियामा बोल्ने वक्ताहरुले ऐन बनेर दलितका पक्षमा युगान्तकारी परिवर्तन भएको बताए ।
    कार्यक्रममा प्रमुख अतिथि आयोगका सदस्य सचिव भुवन सुनारले आंशिकरुपमा भएपनि पहिलोपटक दलित समुदायको हितमा कानुन बनेको बताउनुभयो । उहाँले नियम कानुन आफैमा पूर्ण नहुने भएकोले परिवर्तन र संशोधन गर्दै लैजानुपर्ने विचार व्यक्त गर्नुभयो । राजनीतिलाई बाहिर राखेर दलितहरुले अधिकार खोज्न नमिल्ने बताउँदै सुनारले न्यायप्रणालीलाई पनि दलितमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।
    नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य भिमबहादुर विक (क्षितिज) ले ऐनमा जातीय भेदभावलाई कसुरको सट्टा अपराध नै भन्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले मुलुकी ऐनसँग ६८ को ऐन बाझिएका कारण पनि कार्यान्वयनमा समस्या भएको बताउनुभयो । ‘जातीय भेदभावको मुद्दामा दोषीलाई अधिकतम तीन वर्ष मात्रै कैद हुने व्यवस्था छ’–उहाँले भन्नुभयो–‘अधिकतम तीन वर्ष मात्रै सजाय भएको मुद्दामा शुद्ध तारेख वा धरौटीमा छुट्ने व्यवस्था भएकोले जेल नजाने निश्चित हुन्छ ।’ त्यसको लागि जातीय भेदभाव गर्नेलाई तीन वर्षभन्दा अधिकतम सजायको व्यवस्था ऐनमा हुनुपर्ने उहाँको धारणा थियो ।
    कार्यक्रममा आयोगका सदस्य सन्तोष परियारले जातीय भेदभावको मुद्दा सरकारवादी हुने भएपनि निकै कम मात्रामा उजुरी पर्ने गरेको बताउनुभयो । दलितका मुद्दामा प्रहरीले जाहेरी नै नलिने, जाहेरी लिन ढिलासुस्ती गर्ने र लिएपनि घटनालाई अन्यत्रै मोड्ने गरेको आरोप लगाउनुभयो । जातीय भेदभावका मुद्दालाई मिलापत्रमा टुङ्ग्याउने प्रवृत्तिले पनि ऐन कार्यान्वयनमा समस्या भएको परियारले उल्लेख गर्नुभयो । ‘०६८ को ऐनमा पिडितलाई न्यायालयसम्म पुग्नै नदिने प्रवृत्तिलाई लगाम लगाउने व्यवस्था नहुँदा कसुरदारहरु उम्कने गरेका छन्’–उहाँले भन्नुभयो–‘नीति निर्माणको तहमा दलित समुदायको समानुपातिक प्रतिनिधित्व हुनुपर्छ ।’
    कार्यक्रममा कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता सुरेन्द्र काफ्लेले जातीय विभेदको मुद्दामा निःशुल्क जाहेरी दिन सकिने जानकारी दिनुभयो । उहाँले ऐनको कार्यान्वयन  नगर्नु पनि अपराध भएको बताउनुभयो । उहाँले नियामावलीको प्रस्तावित मस्यौदामा उल्लेख भएको जिल्ला प्रहरी कार्यालयले जातीय भेदभावका मुद्दामा उजुरी लिएन भने ३५ दिन कुनुपर्ने व्यवस्था खारेज गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
    कार्यक्रममा अधिवक्ता शिव सुनारले पुर्पक्षका लागि थुनामा राखेर कार्वाही चलाउन नमिल्ने गरि आएको ऐन अपर्याप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘दोषीलाई कार्वाही होस् भन्ने ढंगले भन्दा पनि दलितहरुलाई भुलाउने गरि यो ऐन आएको छ ।’ न्यायालय, प्रहरी, प्रशासन दलितमैत्री नहुँदा कार्यान्वयनमा समस्या भएको उहाँको धारणा थियो । अधिवक्ता सुनारले संक्षिप्त कार्यविधी ऐनलाई पनि प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
    कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका रामजीप्रसाद कोइराला, पुनरावेदन बार एशोशियसन, कास्कीका सचिव अधिवक्ता गणेशबहादुर आले, जिल्ला प्रहरी कार्यालयका सई रेशम पौडेल, कास्की जिल्ला अदालतका भेषराज पौडेल, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका कास्की जिल्ला अध्यक्ष सरस्वती परियार, लोकतान्त्रिक दलित फोरमका गण्डकी–धौलागिरी संयोजक सन्तोष परियार, उत्पिडित जातीय मुक्ति समाज कास्कीका अध्यक्ष दानबहादुर विक, वैद्य निकट नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका जिल्ला उपाध्यक्ष उमेश सि.के, सचिव कुमार परियार, लोकतान्त्रिक मधेशी फोरमका जिल्ला उपाध्यक्ष उज्वल बरुवाल, विष्णु केसी, पदम परियार, चित्रबहादुर विकलगायतले बोलेका थिए ।
    राष्ट्रिय दलित आयोगका सदस्य लालबहादुर परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उप–सचिव चिरञ्जिवी तिमिल्सिनाले गर्नुभएको थियो । कार्यक्रम समापन पश्चात ६८ को ऐन बारे जानकारी दिने उद्देश्यले सृजनाचोकमा सडक नाटक समेत प्रदर्शन गरिएको थियो ।

Tuesday, September 17, 2013

विपद् कम गर्न जनचेतना बृद्धि गर्नुपर्ने सरोकारवालाहरुको जोड


पोखरा १ असोज,
    वेला वेलामा समुदायमा हुने विपद् कम गर्न जनचेतना बृद्धि गर्नुपर्ने पोखरामा सम्पम्पन्न एक कार्यक्रममा बोल्ने सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरुले जोड दिएका छन् ।
कम्युनिटि सपोर्ट ग्रुपको आयोजनामा आज पोखरामा सम्पन्न विपद् जोखिम न्युनिकरण अभिमुखिकरण कार्यक्रममा बोल्दै सुरक्षा निकाय,शैक्षिक संस्था,नागरीक समाज र संचारकर्मीहरुले जनचेतनाको बृद्धि भएमा त्यस्ता घटना कम हुने र जन धनको सुरक्षा हुने वताएका हुन् ।
कार्यक्रममा बोल्दै शसस्त्र प्रहरी बल  मुक्तिनाथ वाहिनिका साहायक वाहिनिपति दुर्गाबहादुर कुँवरले सुरक्षीत संस्कारको विकास हुन नसक्दा नै नेपालीहरुले बर्षेनी ज्यान गुमाउनु परेको टिप्पणी गर्नुभयो । अकालमा ज्यान जाने घटना कम गर्न जनचेतना बृद्धि गर्नुपर्ने उहाँको जोड दिनुभयो ।
सोहि कार्यक्रममा बोल्दै सिदार्थ क्लब पोखराका अध्यक्ष दिपेन्द्र मर्सानीले दुई संस्था कम्युनिटि सपोर्ट ग्रुप र सिदार्थ क्लबले कास्की जिल्लाका विभिन्न विद्यालयहरुमा विपद् जोखिम सम्बन्धी गतिबिधिहरुलाई अझै प्रभावकारी बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमा बोल्दै कम्युनिटि सपोर्ट ग्रुपका सचिव शिवजी कुँवरले तालिममा शिकेका कुराहरुलाई समुदायमा गएर लागू गर्न आग्रह गर्नुभयो । कार्यक्रममा पोखरा उप–महानगरपालिका भित्र रहेका सरकारी मावि  र उच्च माविमा शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो  ।
 कार्यक्रमका विडि आर सि परियोजना पोखराका प्रमुख वासना सापकोटाले कार्यक्रमको उद्देश्यमाथि प्रकास पार्दे यस्ता कार्यक्रमहरुले निरन्तरता पाएमा समाजमा जोखिम कम हुने वताउनु भएको छ । कार्यक्रमा स्वागत मन्तव्य कम्युनिटि सपोर्ट ग्रुपका कार्यक्रम संयोजक सुमेरु त्रिपाठीले राख्नु भएको थियो ।


Monday, September 16, 2013

Tuesday Start Lions inter Football Competition in Pokhara -पोखरामा अन्तर लायन्स फुटवल प्रतियोगिता

 http://www.rajeshlamsal.com.np
पोखरा, ३१ भाद्र
स्पोर्टस् फर फेलोशिपभन्ने मूल नाराका साथ लायन्स क्लब अफ पोखरा पिस सिटिले आयोजना गरेको फोर्ड दोश्रो अन्तर लायन्स फूटबल प्रतियोगिता–२०७० आ –मंगलबार) देखि पोखरा सुरु हुँदै छ । पोखरा उप–महानगरपालिका वडा नं. १ बगरमा रहेको टुडिखेल मैदानमा असोजको १ गतेदेखि हुने उक्त प्रतियोगितामा २५ लायन्स क्लवहरुको सहभागिता हुँदैछ ।
गत बर्ष प्रथम अन्तर लायन्स फूटवल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरि सकेको सो क्लबले यस बर्ष पनि कास्की र बाहिरी जिल्लाहरुमा रहेका क्लबहरुलाई समेत सहभागि गराई लायनहरु बीचमा आपसी भाईचाराको सम्बन्धी विस्तार गर्ने उद्देश्यले सो प्रगिता आयोजना गरेको प्रतियोगिता संयोजक लायन सुदिपराज ढुङ्गानाले जानकारी दिनुभयो । सो प्रतियोगितामा फोर्ड गाडी (आधिकारीक बिक्रेता अटो भेन्चर प्रा. लि., नयाँबजार पोखरा) को मुख्य प्रायोजन रहेको छ भने उप–प्रायोजनमा उईन कममोवाईल नेपालका लागि आधिकारीक बिक्रेता प्रिज्मा टेक्नोलोजीस् रहेको छ ।
विशेष सहयोगीमा पोखरा उप– महानगरपालिका र सेवा हस्पिटल प्रा.लि. रहेका छन् भने अन्य विभिन्न संस्थाहरुले सहयोग गरेको छन् । सो प्रतियोगितामा प्रथम,द्धितिय,तृतिय हुने क्लबले क्रमशः २५ हजार,५ सय २५,१५ हजार ५ सय ५५,५ हजार ५ सय ५५ ट्रफि,मेडल र प्रमाणपत्र रहेका छन् । साथै प्रतियोगितामा अनुशासित टिम,उत्कृष्ठ खेलाडी,सर्वाधिक गालकर्ता, उत्कृष्ट गोल रक्षक लगायतलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
उक्त प्रतियोगितामा रहने र प्रतियोगिता अवधिमा करिव १५,००० भन्दा बढी खेलप्रेमी दर्शकहरुले प्रत्यक्ष अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ । नेपालमै पहिलो पटक लायन्स क्लबहरुको सहभागितामा प्रतियोगितात्मक गतिबिधि संचालन गर्न सफल लायन्स क्लब अफ पोखरा पिस सिटिको उक्त कार्य प्रति सबैको चासो बढेको क्लबका अध्यक्ष लायन प्रशान्तराज धमलाको भनाई रहेका छ । प्रतियोगिताकोलागि आर्थिक व्यवस्थापन,प्रचार प्रसार तथा भेघाट लायतका कार्यहरु पनि तिब्र गतिमा भईहरको सचिव लायन टंकराज अधिकारीले जानकारी दिनुभयो ।