Friday, September 20, 2013

संविधानसभामा उमेदवारीको लागी राष्ट्रिय एकता पार्टीको आव्हान


पोखरा ०४, आश्विन 
राष्ट्रिय एकता पार्टीले आसन्न संविधानसभाको निर्वाचनका लागी उमेदवारी दिन राजा सहितको प्रजातन्त्रमा सरोकार राख्नेहरुलाई आव्हान गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै यस्तो आव्हान गरिएको हो । “देशमा स्थाई शान्ति,राष्ट्रिय एकतामा भातृत्वको विकास, नेपाल आमाको रक्षा, बहुभाषीक,बहुजातिय र बहुसाँस्कृतिक परम विकासले नै बहुपहिचान सहितको सहभागीताबाट देशको प्रगति हुने हाम्रो पार्टीको मान्यता हो ।” राष्ट्रिय एकता पार्टी जिल्ला कार्य समिति कास्कीका अध्यक्ष रेवतीरमण आचार्य र केन्द्रिय सदस्य भोजेन्द्र पाण्डेद्धारा हस्ताक्षेरित विज्ञप्तीमा भनिएको छ । “अभिन्न राजतन्त्र सहितको प्रजातन्त्रमा सरोकार राख्ने जो कोहीले पनि संविधानसभा निर्वाचनको लागी उमेदवारी दिन सक्नेछन् ।” उमेदवारी दिनका लागी कास्की, स्याङजा, तनहुँ, लमजुङ, गोर्खा, मनाङ, जोमसोम, म्याग्दी, बाग्लुङ, पर्वत जिल्ला लगायतका
सम्बन्धित पार्टी कार्यालयहरुमा सम्पर्क गर्न सकिने विज्ञप्तीमा जनाईएको छ ।

No comments:

Post a Comment

Please, comment about this article.