Friday, September 13, 2013

मुल्य वृद्धी फिर्ता गर्न ने.वि.संघको माग




 भदौ २७,पोखरा
नेपाल विद्यार्थी संघ कास्की क्षेत्र नं २ ले पेट्रोलियम पदार्थमा भएको भारी मूल्यवृद्धिको विरोध गर्दै तत्काल उक्त निणर्य फिर्ता लिन सरकारसँग माग गरेको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलमा र डलरको मूल्यमा भएको वृद्धीको कारणनेपाल आयल निगम घाटामा गएकाले पेट्रोलियम पदार्थको भाउ बढाइएको भनाइप्रति असहमति जनाउदै ने.वि.संघ कास्की क्षेत्र नं २ ले निगममा व्याप्त अनियमितता रहेको र अनियमितता नियन्त्रण गर्न सरकारको ध्यानार्कषण गराएको छ । ने.वि.संघ कास्की क्षेत्र नं २ बिहीवार बिज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धिले चौतफी रुपमा जनतालाई असर पर्ने तथा अन्य वस्तु र सेवा पनि महँगो हुने भन्दै भाउ बढाउन गरिएको निर्णय तत्काल सच्याउन माग गरेको छ । चुनाव गर्ने मात्र अधिकार पाएको सरकारले मूल्यवृद्धि गर्न नमिल्ने र मूल्यवृद्धि गर्नु भनेको चुनाव भाँडने षडयन्त्र भएको भन्दै मूल्यवृद्धि फिर्ता नभए आफुहरु आन्दोलनमा उत्रन बाध्य हुने ने.वि.संघ कास्की क्षेत्र नं २ का सभापती सन्तोष बास्तोला द्धारा जारी बिज्ञप्तिमा जनाइएको छ ।

Tuesday, September 10, 2013

फुस्रेखोलामा मृत अवस्थामा शव फेला परेको

 मिति २०७०/०५/२४ गते दिन जि।कास्की पोखरा उ.म.न.पा.वडा नं.(१७ महतगौडा तथा ऐ.निर्मपोखरी गा.बि.स.वडा नं.(८ को बिचमा पर्ने फुस्रेखोलामा नामथर वतन नखुलेको अ.३० बर्षकी ५/१ फिट उचाई भएकी रातो कोठे चोलो, पंहेलो टिसर्ट खैरो ब्रा, रातो पेटीकोट, कालो स्लाक्स दुबे कानमा प्याजीरङको प्लाष्टिकको टप, घांटीमा प्याजी एवं सेतो केडा भएको माला बाया हातमा पुरानो सुनौला रङको घडी नाकमा सुनको जस्तो ढिक्के फुली लगाएकी, कालो कपाल, मझौला शरिर भएकी, ब्रामण क्षेत्री जस्तो देखिने अपरिचित महिला शव फेला पारी घट्नाको प्रारम्भिक अनुसन्धान प्रकृया पुरा गरी पोष्टमार्टमको लागी पश्चिम क्षेत्रीय अस्पतालमा रहेको   छ ।

मिति २०७०/०५/२५ गते
 जिल्ला प्रहरी कार्यालय कास्की

Hamkailo part 2 पछि छोरो कस्तो हुन्छ हल पखिए




गीतको बोल: पछि छोरो कस्तो हुन्छ हल पखिए....
स्वर: मिना पराजुली,बदसरा पराजुली, शारदा देवी पराजुली
शब्द/रचना: बदसरा पराजुली,एकराज लम्साल
संगित: दिलिप गायक
रेकडिङ: सिद्धाथ डिजिटल रेकडिङ स्टुडियो पोखरा,१३-नदीपुर
निर्देशक: एकराज लम्साल
छांयाकन: श्रीकान्त सिग्देल
सम्पादन: सगुन सिग्देल
निर्माण: श्री ब्ल्याक फ्रेम,पोखरा
 

Sunday, September 8, 2013

राष्ट्रिय तेक्वान्दो महोत्सव पाल्पामा-National Taekwondo Festival in Palpa

 
माधव अर्याल
पाल्पा– नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघको आयोजना यही भदौ २८ र २९ गते तानसेनमा ‘राष्ट्रिय तेक्वान्दो महोत्सव’ हुने भएको छ । तेक्वान्दोका जन्मदाता स्व.जनरल चोई होङ्ग हीको स्मृतिमा आठौं जनरल चोइ स्मृति आइटिएफ तेक्वाण्डो महोत्सव गर्न लागेको हो ।

नेपाल आइटिएफले चोइको स्मृतिमा हरेकवर्ष प्रतियोगितात्म महोत्सव गर्दै आएको छ । पाचै  विकास क्षेत्रको ३० जिललका ८१ क्लव साथै विभागीय टोलीको सहभागीता रहने छ । पाल्पा आइटिएफएको व्यवस्थापन र नेपाल आइटिएफले तानसेनमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता मुल आयोजक समितिका संयोजक  रेवतबहादुर रानाले महोत्सवमा महासंघसंग आवद्ध देशभरका क्लव, डोजाङ्ग, स्कुल दुई विभागीय टोली एपिएफ र नेपाली सेनाबाट सहभागीता हुने बताए । स्पारिङ्ग, प्याटर्न, सेल्फ डिफेन्स, स्पेशयल टेक्निक, पावर ब्रेकिङ्ग गरी आइटिएफ तेक्वान्दोका पाच विद्या प्रतिस्पर्धा हुनेछ । जसमा १ सय ४ स्वर्ण र रजत र १ सय ४० कास्य गरी जम्मा ३ सय ४८ पदकका लागि झण्डै ६ सय ५० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

आइटिएफका महासचिवसमेत रहेका रानाले १८ वर्षदेखि ३९ वर्षसम्मको सिनियरतर्फ महिला तथा पुरुष, १४ वर्षदेखि १७ वर्षसम्मको जुनियरतर्फ महिला पुरुषको स्पर्धा हुने बताए । यस्तै १४ वर्षमुनिका बालबालिकाहरुको व्ल्याक वेल्ट तथा करण वेल्टहरुको छुट्टाछुट्टै क्याटगोरी प्रतिस्पर्धा गर्न मिल्नेगरी प्रतियोगिता आयोजना गरिएको उनले बताए । एकल स्पारिङ्ग तर्फ ३६ क्याटेगोरी हुनेछ । जसमा महिला, पुरुष र बालबालिका हुनेछन् । एकल प्याट्रनमा ३२ क्याटोगोरी, समूहगत प्याट्रन चार क्याटोगोरी हुनेछ । आयोजकका अनुसार पावर बे्रकिङ्ग दुई, स्पेसल टेक्निक दुई, सेल्फ डिफेन्स दुई क्याटोगोरी हुनेछ । प्रतियोगितामा झण्डै १० लाख खर्च हुने अनुमान आयोजकको छ । जिल्ला अध्यक्ष निरबहादुर सारुले पर्यटकीय नगरमा राष्ट्रिय प्रतियोगिता सम्पन्न गर्न पाउदा जिल्लाकै गौरव बढेको बताए । 

Thursday, September 5, 2013

Hamkailo Part 2 - पछि छोरो कस्तो हुन्छ हल पखिए... #Hamkailo #TeejSong



गीतको बोल: पछि छोरो कस्तो हुन्छ हल पखिए....
स्वर: मिना पराजुली,बदसरा पराजुलीशारदा देवी पराजुली
शब्द/रचना: बदसरा पराजुली,एकराज लम्साल
संगित: दिलिप गायक
रेकडिङ: सिद्धाथ डिजिटल रेकडिङ स्टुडियो पोखरा,१३-नदीपुर
निर्देशक: एकराज लम्साल
छांयाकन: श्रीकान्त सिग्देल
सम्पादन: सगुन सिग्देल
निर्माण: श्री ब्ल्याक फ्रेम,पोखरा
 
उदोबाट पण्डित आए कति छन्नी जजमान
मलाई पनि पुत्र वरदान देउन भगवान
तीर्थ ब्रत दान पुण्य धेरै गरिन आमाले
खुसी भई पुत्र पनि दिए रामले
गीतको बोल : पछि छोरो कस्तो हुन्छ हल पखिए..

गीत अनुसार बाबुआमाले छोरा जन्माउनको लागि बिभीन्न दानपुण्य धर्मकर्म गर्छन अनि छोरा जन्मिन्छ। छोरा जन्मिएपछि छोरालाई स्याहार सुसार गरेर हुर्काउछन् । पढाई सकिएपछि छोराको बिवाह गर्ने बेला हुन्छ छोराको बिवाह गरि घरमा बुहारी ल्याएपछि आफ्ना सुखका दिन आउने बाबुआमाको चाहना हुन्छ उमेरले बृद्ध हुदै गएपछि छोरा बुहारीको आशामा बस्ने दिन आऊछन् । तर बुहारीले घरमा वचन लाउन थाल्छन् बुहारीले तेरो घरमा के छ र भन्छन् दिन प्रतिदिन बुढाबुढीको मन वेचैन हुदै जान्छन् कता जाऊँ आत्माहत्या गरुकी अन्त कतै जाऊँ भन्ने मनमा बढ्दै जान्छ छोराबुहारीले धनसम्पत्ति हडपछन् घरबाट निकाल्छन् बाबुआमालाई केवल बाच्न मात्र पाए हुने थिति आउछ । बुहारीका रुखावचन छोराको थिति सहन नसकेपछि देवघाट जाने अवस्था आउछ । 

छोरा बुहारीले सहरमा बाबुआमाले साचेको धनसम्पत्ति लुटेर पक्कि घर कार हुन्छ । उनीहरु बाबुआमाले आर्जन गरेको सम्पतिमा चईन गर्छन तर बाबुआमा रुदै बेसाहारा भई देवघाट हिड्छन् देवघाटमा थोत्रा टिनले छाएको र धमिराले खामो खाएको ठाउँ बस्ने मागे खाने यस्तो थितिमा बस्छन छोरा बुहारी भने होटेल छानी छानी खान्छ । उनीहरुले बाबुआमाको सम्झना समेत गर्दैनन् । छोरालाई पढाई ठुलो मान्छे बनाए पछि आफू सुख र खुसीका साथ बाच्ने चाहना राख्ने बाबुआमाका सम्पूर्ण सपना भताभुङ्ग हुन्छन् ।





यसरी गीतमा हाम्रो सामाजिक परिस्थिति र बर्तमान आवस्थामा बृद्धबृद्धालाई सम्मान गर्नुको सट्टा घरबाट छोराबुहारीले अपमानपुर्बक निकाल्ने बुढेसकालमा बृद्धा आश्रममा गएर आश्रीतको जीवन बिताउने कुरा गीतमा प्रस्तुत गरिएको छ प्रकृतिको नियमित प्रक्रिया जन्मिनु ठुलो हुनु बृद्ध हुनुपर्ने कुरा यथार्थ हो तर यस्तो यथार्थ नबुझेर छोराबुहारीले वृद्ध बाबुआमालाई सुख खुसी सम्मान दिन नचाहनु दुखद हो । समाजमा अब यस प्रकारका व्यवहार हुनुहुदैन सबैले बृद्धबृद्धाको सम्मान गरि माया दिन थालौं भन्ने भाब गीतमा प्रस्तुत गरिएको छ ।



उदोबाट पण्डित आए कति छन्नी जजमान
मलाई पनि पुत्र वरदान देउन भगवान
तीर्थ ब्रत दान पुण्य धेरै गरिन आमाले
खुसी भई पुत्र पनि दिए रामले

छोरो जन्म्यो भनेर बाबु आमालाई हरिक
पछि छोरो कस्तो हुन्छ हल पखिए
कहिले होला मेरो बाबु मुख हेरी हासने
कहिले होला मेरो बाबु उठी बसने

कहिले होला मेरो बाबु फुटु फुटु हिडने
कहिले होला मेरो बाबु स्कुल पढने
भो पदैन बाबु तिम्ले घरको काम गरन
कापी किताब किनिदिन्छु राम्रो पढन

एसएलसीमा पास भयो क्याम्पस भरन
ठुलो भयौ मेरो बाबु बिहे गरन
अहिले जान्छु बिहा गर्न भरे ल्याउछु बुहारी
बस्नु आमा हजुर तपाई दैलो उघारी

छोरो गयो बिहा गर्न डोली चढी बुहारी आइ
भोलिपल्टदेखि मलाई बाहीरी पाटो लाई
कति दु:ख गरे मैले छोरो भयो लेक्चर
बुहारीले भन्न थाली तेरो के छ र

घरेलुको सारी लाए चोली लाए कालो जिन
कहिले पनि आन मलाई सुबिधाको दिन
आजै निस्की भोलि निस्की भन्न थाली बुहारी
छैन तेरो घर बास दैलो दुहारी

हातमा पासो लिनी हो कि विषको धुलो खाने हो
बुहारीले बचन लाउदा कता जाने हो
जति खेति गरे पनि कहिल्यै हुन्न हरियो
दिनदिनै यो मनमा पिर भरियो

शिरमा लाउने शिरफूल कानमा लगाउने धुम्री
कुन दिनमा खोज्छु मैले गैरो भुमरी
मैले दु:ख गरेर धन सम्पति धाने है
छोरा बुहारी मिलेर लुट्नु लुटे है

बिहान भात पाए बेल्का रोटो खाने हो
दुध र घ्यूको साटोमा पानी खाने हो
बुहारीका रुखा वचन सधै कति खाने हो
लौरी टेकी कुम्लो बोकी देवघाट जाने हो

छोरो बसने तिन तलेमा राम्रो रंगको मिलाप
आमा बाबु रुदै हिड्छन् चन्द्र विलाप
छोरा बुहारी कारै चढी धनको गर्छन चइन
बुढाबढी रुदै हिड्छन् सुन्यौ बहिन
देवघाटमा बास बास रहिछ थोत्रो तटनले छाएको
भैतलामा धमिराले खामो खाएको
बुढाबढी वेसहार मागी मागी खानी
छोरा बुहारी फेरी फेरी होटेल जाने

दु:ख नदेउ बाबु आमालाई संसार हाम्लाई देखाए
आफू भोकै बसी बसी क्याम्पस पढाए
तिम्रो पनि आउछु पालो बस्नु पर्छ बुढो भई
बाबु आमालाई कसैले नि दु:ख नदेउ है
साच्चै दु:ख पोखे मैले सम्झिराख बारम्बार
यति भन्दै बिदा माग्छु हस्त नमस्कार

Watch the video on YouTube: https://www.youtube.com/watch?v=wcKGWokSBX8