भदौ २७,पोखरा
नेपाल विद्यार्थी संघ कास्की क्षेत्र नं २ ले
पेट्रोलियम पदार्थमा भएको भारी मूल्यवृद्धिको विरोध गर्दै तत्काल उक्त
निणर्य फिर्ता लिन सरकारसँग माग गरेको छ । अन्तराष्ट्रिय बजारमा कच्चा
तेलमा र डलरको मूल्यमा भएको वृद्धीको कारणनेपाल आयल निगम घाटामा गएकाले
पेट्रोलियम पदार्थको भाउ बढाइएको भनाइप्रति असहमति जनाउदै ने.वि.संघ कास्की
क्षेत्र नं २ ले निगममा व्याप्त अनियमितता रहेको र अनियमितता नियन्त्रण
गर्न सरकारको ध्यानार्कषण गराएको छ ।
ने.वि.संघ कास्की क्षेत्र नं २ बिहीवार बिज्ञप्ति जारी गरी पेट्रोलियम
पदार्थको मूल्यवृद्धिले चौतफी रुपमा जनतालाई असर पर्ने तथा अन्य वस्तु र
सेवा पनि महँगो हुने भन्दै भाउ बढाउन गरिएको निर्णय तत्काल सच्याउन माग
गरेको छ । चुनाव गर्ने मात्र अधिकार पाएको सरकारले मूल्यवृद्धि गर्न
नमिल्ने र मूल्यवृद्धि गर्नु भनेको चुनाव भाँडने षडयन्त्र भएको भन्दै
मूल्यवृद्धि फिर्ता नभए आफुहरु आन्दोलनमा उत्रन बाध्य हुने ने.वि.संघ
कास्की क्षेत्र नं २ का सभापती सन्तोष बास्तोला द्धारा जारी बिज्ञप्तिमा
जनाइएको छ ।
मिति २०७०/०५/२४ गते दिन जि।कास्की पोखरा उ.म.न.पा.वडा नं.(१७ महतगौडा तथा ऐ.निर्मपोखरी गा.बि.स.वडा नं.(८ को बिचमा पर्ने फुस्रेखोलामा नामथर वतन नखुलेको अ.३० बर्षकी ५/१ फिट उचाई भएकी रातो कोठे चोलो, पंहेलो टिसर्ट खैरो ब्रा, रातो पेटीकोट, कालो स्लाक्स दुबे कानमा प्याजीरङको प्लाष्टिकको टप, घांटीमा प्याजी एवं सेतो केडा भएको माला बाया हातमा पुरानो सुनौला रङको घडी नाकमा सुनको जस्तो ढिक्के फुली लगाएकी, कालो कपाल, मझौला शरिर भएकी, ब्रामण क्षेत्री जस्तो देखिने अपरिचित महिला शव फेला पारी घट्नाको प्रारम्भिक अनुसन्धान प्रकृया पुरा गरी पोष्टमार्टमको लागी पश्चिम क्षेत्रीय अस्पतालमा रहेको छ ।
माधव अर्याल पाल्पा– नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघको आयोजना यही भदौ २८ र २९ गते तानसेनमा ‘राष्ट्रिय तेक्वान्दो महोत्सव’ हुने भएको छ । तेक्वान्दोका जन्मदाता स्व.जनरल चोई होङ्ग हीको स्मृतिमा आठौं जनरल चोइ स्मृति आइटिएफ तेक्वाण्डो महोत्सव गर्न लागेको हो ।
नेपाल आइटिएफले चोइको स्मृतिमा हरेकवर्ष प्रतियोगितात्म महोत्सव गर्दै आएको छ । पाचै विकास क्षेत्रको ३० जिललका ८१ क्लव साथै विभागीय टोलीको सहभागीता रहने छ । पाल्पा आइटिएफएको व्यवस्थापन र नेपाल आइटिएफले तानसेनमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता मुल आयोजक समितिका संयोजक रेवतबहादुर रानाले महोत्सवमा महासंघसंग आवद्ध देशभरका क्लव, डोजाङ्ग, स्कुल दुई विभागीय टोली एपिएफ र नेपाली सेनाबाट सहभागीता हुने बताए । स्पारिङ्ग, प्याटर्न, सेल्फ डिफेन्स, स्पेशयल टेक्निक, पावर ब्रेकिङ्ग गरी आइटिएफ तेक्वान्दोका पाच विद्या प्रतिस्पर्धा हुनेछ । जसमा १ सय ४ स्वर्ण र रजत र १ सय ४० कास्य गरी जम्मा ३ सय ४८ पदकका लागि झण्डै ६ सय ५० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
आइटिएफका महासचिवसमेत रहेका रानाले १८ वर्षदेखि ३९ वर्षसम्मको सिनियरतर्फ महिला तथा पुरुष, १४ वर्षदेखि १७ वर्षसम्मको जुनियरतर्फ महिला पुरुषको स्पर्धा हुने बताए । यस्तै १४ वर्षमुनिका बालबालिकाहरुको व्ल्याक वेल्ट तथा करण वेल्टहरुको छुट्टाछुट्टै क्याटगोरी प्रतिस्पर्धा गर्न मिल्नेगरी प्रतियोगिता आयोजना गरिएको उनले बताए । एकल स्पारिङ्ग तर्फ ३६ क्याटेगोरी हुनेछ । जसमा महिला, पुरुष र बालबालिका हुनेछन् । एकल प्याट्रनमा ३२ क्याटोगोरी, समूहगत प्याट्रन चार क्याटोगोरी हुनेछ । आयोजकका अनुसार पावर बे्रकिङ्ग दुई, स्पेसल टेक्निक दुई, सेल्फ डिफेन्स दुई क्याटोगोरी हुनेछ । प्रतियोगितामा झण्डै १० लाख खर्च हुने अनुमान आयोजकको छ । जिल्ला अध्यक्ष निरबहादुर सारुले पर्यटकीय नगरमा राष्ट्रिय प्रतियोगिता सम्पन्न गर्न पाउदा जिल्लाकै गौरव बढेको बताए ।
गीत अनुसार बाबुआमाले छोरा जन्माउनको लागि बिभीन्न दानपुण्य धर्मकर्म गर्छन अनि छोरा जन्मिन्छ। छोरा जन्मिएपछि छोरालाई स्याहार सुसार गरेर हुर्काउछन् । पढाई सकिएपछि छोराको बिवाह गर्ने बेला हुन्छ छोराको बिवाह गरि घरमा बुहारी ल्याएपछि आफ्ना सुखका दिन आउने बाबुआमाको चाहना हुन्छ उमेरले बृद्ध हुदै गएपछि छोरा बुहारीको आशामा बस्ने दिन आऊछन् । तर बुहारीले घरमा वचन लाउन थाल्छन् बुहारीले तेरो घरमा के छ र भन्छन् दिन प्रतिदिन बुढाबुढीको मन वेचैन हुदै जान्छन् कता जाऊँ आत्माहत्या गरुकी अन्त कतै जाऊँ भन्ने मनमा बढ्दै जान्छ छोराबुहारीले धनसम्पत्ति हडपछन् घरबाट निकाल्छन् बाबुआमालाई केवल बाच्न मात्र पाए हुने थिति आउछ । बुहारीका रुखावचन छोराको थिति सहन नसकेपछि देवघाट जाने अवस्था आउछ ।
छोरा बुहारीले सहरमा बाबुआमाले साचेको धनसम्पत्ति लुटेर पक्कि घर कार हुन्छ । उनीहरु बाबुआमाले आर्जन गरेको सम्पतिमा चईन गर्छन तर बाबुआमा रुदै बेसाहारा भई देवघाट हिड्छन् देवघाटमा थोत्रा टिनले छाएको र धमिराले खामो खाएको ठाउँ बस्ने मागे खाने यस्तो थितिमा बस्छन छोरा बुहारी भने होटेल छानी छानी खान्छ । उनीहरुले बाबुआमाको सम्झना समेत गर्दैनन् । छोरालाई पढाई ठुलो मान्छे बनाए पछि आफू सुख र खुसीका साथ बाच्ने चाहना राख्ने बाबुआमाका सम्पूर्ण सपना भताभुङ्ग हुन्छन् ।
यसरी गीतमा हाम्रो सामाजिक परिस्थिति र बर्तमान आवस्थामा बृद्धबृद्धालाई सम्मान गर्नुको सट्टा घरबाट छोराबुहारीले अपमानपुर्बक निकाल्ने बुढेसकालमा बृद्धा आश्रममा गएर आश्रीतको जीवन बिताउने कुरा गीतमा प्रस्तुत गरिएको छ प्रकृतिको नियमित प्रक्रिया जन्मिनु ठुलो हुनु बृद्ध हुनुपर्ने कुरा यथार्थ हो तर यस्तो यथार्थ नबुझेर छोराबुहारीले वृद्ध बाबुआमालाई सुख खुसी सम्मान दिन नचाहनु दुखद हो । समाजमा अब यस प्रकारका व्यवहार हुनुहुदैन सबैले बृद्धबृद्धाको सम्मान गरि माया दिन थालौं भन्ने भाब गीतमा प्रस्तुत गरिएको छ ।