Thursday, September 5, 2013

Hamkailo Part 2 - पछि छोरो कस्तो हुन्छ हल पखिए... #Hamkailo #TeejSong



गीतको बोल: पछि छोरो कस्तो हुन्छ हल पखिए....
स्वर: मिना पराजुली,बदसरा पराजुलीशारदा देवी पराजुली
शब्द/रचना: बदसरा पराजुली,एकराज लम्साल
संगित: दिलिप गायक
रेकडिङ: सिद्धाथ डिजिटल रेकडिङ स्टुडियो पोखरा,१३-नदीपुर
निर्देशक: एकराज लम्साल
छांयाकन: श्रीकान्त सिग्देल
सम्पादन: सगुन सिग्देल
निर्माण: श्री ब्ल्याक फ्रेम,पोखरा
 
उदोबाट पण्डित आए कति छन्नी जजमान
मलाई पनि पुत्र वरदान देउन भगवान
तीर्थ ब्रत दान पुण्य धेरै गरिन आमाले
खुसी भई पुत्र पनि दिए रामले
गीतको बोल : पछि छोरो कस्तो हुन्छ हल पखिए..

गीत अनुसार बाबुआमाले छोरा जन्माउनको लागि बिभीन्न दानपुण्य धर्मकर्म गर्छन अनि छोरा जन्मिन्छ। छोरा जन्मिएपछि छोरालाई स्याहार सुसार गरेर हुर्काउछन् । पढाई सकिएपछि छोराको बिवाह गर्ने बेला हुन्छ छोराको बिवाह गरि घरमा बुहारी ल्याएपछि आफ्ना सुखका दिन आउने बाबुआमाको चाहना हुन्छ उमेरले बृद्ध हुदै गएपछि छोरा बुहारीको आशामा बस्ने दिन आऊछन् । तर बुहारीले घरमा वचन लाउन थाल्छन् बुहारीले तेरो घरमा के छ र भन्छन् दिन प्रतिदिन बुढाबुढीको मन वेचैन हुदै जान्छन् कता जाऊँ आत्माहत्या गरुकी अन्त कतै जाऊँ भन्ने मनमा बढ्दै जान्छ छोराबुहारीले धनसम्पत्ति हडपछन् घरबाट निकाल्छन् बाबुआमालाई केवल बाच्न मात्र पाए हुने थिति आउछ । बुहारीका रुखावचन छोराको थिति सहन नसकेपछि देवघाट जाने अवस्था आउछ । 

छोरा बुहारीले सहरमा बाबुआमाले साचेको धनसम्पत्ति लुटेर पक्कि घर कार हुन्छ । उनीहरु बाबुआमाले आर्जन गरेको सम्पतिमा चईन गर्छन तर बाबुआमा रुदै बेसाहारा भई देवघाट हिड्छन् देवघाटमा थोत्रा टिनले छाएको र धमिराले खामो खाएको ठाउँ बस्ने मागे खाने यस्तो थितिमा बस्छन छोरा बुहारी भने होटेल छानी छानी खान्छ । उनीहरुले बाबुआमाको सम्झना समेत गर्दैनन् । छोरालाई पढाई ठुलो मान्छे बनाए पछि आफू सुख र खुसीका साथ बाच्ने चाहना राख्ने बाबुआमाका सम्पूर्ण सपना भताभुङ्ग हुन्छन् ।





यसरी गीतमा हाम्रो सामाजिक परिस्थिति र बर्तमान आवस्थामा बृद्धबृद्धालाई सम्मान गर्नुको सट्टा घरबाट छोराबुहारीले अपमानपुर्बक निकाल्ने बुढेसकालमा बृद्धा आश्रममा गएर आश्रीतको जीवन बिताउने कुरा गीतमा प्रस्तुत गरिएको छ प्रकृतिको नियमित प्रक्रिया जन्मिनु ठुलो हुनु बृद्ध हुनुपर्ने कुरा यथार्थ हो तर यस्तो यथार्थ नबुझेर छोराबुहारीले वृद्ध बाबुआमालाई सुख खुसी सम्मान दिन नचाहनु दुखद हो । समाजमा अब यस प्रकारका व्यवहार हुनुहुदैन सबैले बृद्धबृद्धाको सम्मान गरि माया दिन थालौं भन्ने भाब गीतमा प्रस्तुत गरिएको छ ।



उदोबाट पण्डित आए कति छन्नी जजमान
मलाई पनि पुत्र वरदान देउन भगवान
तीर्थ ब्रत दान पुण्य धेरै गरिन आमाले
खुसी भई पुत्र पनि दिए रामले

छोरो जन्म्यो भनेर बाबु आमालाई हरिक
पछि छोरो कस्तो हुन्छ हल पखिए
कहिले होला मेरो बाबु मुख हेरी हासने
कहिले होला मेरो बाबु उठी बसने

कहिले होला मेरो बाबु फुटु फुटु हिडने
कहिले होला मेरो बाबु स्कुल पढने
भो पदैन बाबु तिम्ले घरको काम गरन
कापी किताब किनिदिन्छु राम्रो पढन

एसएलसीमा पास भयो क्याम्पस भरन
ठुलो भयौ मेरो बाबु बिहे गरन
अहिले जान्छु बिहा गर्न भरे ल्याउछु बुहारी
बस्नु आमा हजुर तपाई दैलो उघारी

छोरो गयो बिहा गर्न डोली चढी बुहारी आइ
भोलिपल्टदेखि मलाई बाहीरी पाटो लाई
कति दु:ख गरे मैले छोरो भयो लेक्चर
बुहारीले भन्न थाली तेरो के छ र

घरेलुको सारी लाए चोली लाए कालो जिन
कहिले पनि आन मलाई सुबिधाको दिन
आजै निस्की भोलि निस्की भन्न थाली बुहारी
छैन तेरो घर बास दैलो दुहारी

हातमा पासो लिनी हो कि विषको धुलो खाने हो
बुहारीले बचन लाउदा कता जाने हो
जति खेति गरे पनि कहिल्यै हुन्न हरियो
दिनदिनै यो मनमा पिर भरियो

शिरमा लाउने शिरफूल कानमा लगाउने धुम्री
कुन दिनमा खोज्छु मैले गैरो भुमरी
मैले दु:ख गरेर धन सम्पति धाने है
छोरा बुहारी मिलेर लुट्नु लुटे है

बिहान भात पाए बेल्का रोटो खाने हो
दुध र घ्यूको साटोमा पानी खाने हो
बुहारीका रुखा वचन सधै कति खाने हो
लौरी टेकी कुम्लो बोकी देवघाट जाने हो

छोरो बसने तिन तलेमा राम्रो रंगको मिलाप
आमा बाबु रुदै हिड्छन् चन्द्र विलाप
छोरा बुहारी कारै चढी धनको गर्छन चइन
बुढाबढी रुदै हिड्छन् सुन्यौ बहिन
देवघाटमा बास बास रहिछ थोत्रो तटनले छाएको
भैतलामा धमिराले खामो खाएको
बुढाबढी वेसहार मागी मागी खानी
छोरा बुहारी फेरी फेरी होटेल जाने

दु:ख नदेउ बाबु आमालाई संसार हाम्लाई देखाए
आफू भोकै बसी बसी क्याम्पस पढाए
तिम्रो पनि आउछु पालो बस्नु पर्छ बुढो भई
बाबु आमालाई कसैले नि दु:ख नदेउ है
साच्चै दु:ख पोखे मैले सम्झिराख बारम्बार
यति भन्दै बिदा माग्छु हस्त नमस्कार

Watch the video on YouTube: https://www.youtube.com/watch?v=wcKGWokSBX8









Monday, September 2, 2013

हुलहुज्त गरी अशान्ति मच्चाउने पक्राउ

    मिति २०७०/५/१६ गते दिनको ११:०० बजेको समयमा जि. कास्की पोखरा ११ रानीपौवामा हुलहुज्जत भई, होहल्ला गर्दै हिडी जनमानसमा अशान्ति मच्चाउनुको साथै गुण्डागर्दीमा संलग्न निम्न व्यक्तिहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको छ ।
पक्राउमा परेका व्यक्तिहरु:
१)    पोखरा १० बस्ने वर्ष १६ को प्रविन गुरुङ्ग
२)    पोखरा १० बस्ने वर्ष २१  को कपिल प्रधान
३)    पोखरा १० बस्ने वर्ष २० को सुमन कार्की
४)    पोखरा १० बस्ने वर्ष १६ को अरुण गुरुङ्ग
५)    पोखरा १० बस्ने वर्ष १६ को सिद्धार्थ गुरुङ्ग

मिति २०७०।५।१७ गते ।
जिल्ला प्रहरी कार्यालय कास्क
District Police Office Kaski, Pokhara

चोरी गर्दा गदै पक्राउ Thieves Arrested


१)    मिति २०७०।०५।१३ गते जिल्ला कास्की पोखरा १५ गलेश्वरचोक स्थित सानो टेक     ब.भण्डारीको किराना पसलमा फोरी चोरी गर्दा गर्दै निम्न स्थान बस्ने निम्न व्यक्तिहरुलाई     पक्राउ गरी अनुसन्धान कारवाही भईरहेको छ ।
पक्रामा परेका व्यक्तिहरु 
१)    जिल्ला कास्की पोखरा १५ बस्ने बर्ष १८ को सन्दिप परीयार
२)     ऐ.ऐ.बस्ने बर्ष ३० को सन्दिप परीयार
 
२)    मिति २०७०/०५/१४ गते दिनको २:०० बजेको समयमा  जिल्ला कास्की पोखरा ११ रानीपौवाबाट एक बृद्ध महिलाको लगाएको सुनको सिक्री चोरी गर्दै भागिरहेको अवस्थामा निम्न स्थान बस्ने निम्न व्यत्तिहरुलाई पक्राउ गरी अनुसन्धान कारवाही भईरहेको छ ।
 पक्राउमा परेका व्यक्तिहरु
१)    जिल्ला काभ्रे बनेपा ११ बस्ने बर्ष १८ को राजु थापा ।
२)     जिल्ला सिन्धुपाल्चोक ब्राहबिसे ७ बस्ने बर्ष १८ को डम्बर थापा

खुकुरी प्रहार गरी फरार हुने पक्राउ
    मिति २०७०/०४/३० गते रातको अ.८:०० बजेको समयमा जिल्ला कास्की पोखरा ११ फुलबारीमा ऐ.ऐ.बस्ने कमल ठकुरी र ऐ.ऐ.बस्ने धन ब.राईलाई खुकुरी प्रहार गरी फरार रहेकोमा उक्त घटनामा संलग्न जिल्ला कास्की पोखरा ११ बस्ने बर्ष १६ को सुभाष गुरुङ्ग र पोखरा १३ बस्ने बर्ष १६ को निश्चल श्रेष्ठ पक्राउ मिति २०७०/०५/१४ गते पक्राउ  गरी अनुसन्धान कारवाही भईरहेको छ ।

मिति २०७०।५।१७ गते ।

तीजको अवसरमा हुने विकृति विसंगतिको विरुद्ध सामुदायिक प्रहरी

 भाद्र १७, पोखरा ,तीज पर्वको नाममा हुने विकृति विसंगतिको न्यूनीकरण तथा सो अवसरमा हुने अपराधिक क्रियाकलाप नियन्त्रणको लागि सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजना तथा कास्की जिल्लामा क्रियाशिल सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रहरु पृथ्वीचोक, बैदाम, बगर, माटेपानी र लेखनाथ समेतको सहयोगमा पोखरा, लेखनाथ, कालिका, हेम्जा, सराङकोट, समेतका ईलाकामा सोमवार २० हजार थान पर्चा वितरण सहित माईकिङ कार्य गरियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीको ४ वटा प्रहरी भ्यानहरुबाट गरिएको माईकिङ कार्यक्रममा सामुदायिक पदाधिकारी, सामुदायिक प्रहरी समेत भई टोल टोलमा सचेतनामुलक पर्चा वितरण सहित माईकिङ गरिएको हो ।
  •   संस्कृति र परम्पराको जगेर्ना गर्न सदभावपूर्ण तरिकाले चाडपर्व मनाऔ ।
  •   तीज पर्वको नाममा हुने विकृति विसंगतिलाई अन्त्य गरौं ।
  •   तीज पर्वलाई तडकभडक पूर्ण नबनाई माईती र चेलीको सुमधुर सम्बन्धमा जोड दिऔं ।
  •   दर खाने र ख्वाउने नाममा अनावश्यक र भडकिलो खर्च नगरौं ।
  •   मौलिक संस्कृति झल्किने नृत्य तथा गीत संगीतको प्रयोग गरौं ।
  •   चाडपर्वको समयमा हुने चोरी डकैतीबाट सजग र सचेत रहौं ।
  •   मन्दिर, मेला, भिडभाडमा बहुमुल्य तर गहना नलगाऔं ।
  •   बहुमुल्य गर गहना तथा नगद बैंक तथा वित्तिय संस्थामा राख्ने गरौं ।
  •   चाडपर्वको नाममा मादक पदार्थ सेवन नगरौं ।
  •   परिवार र समाजमा वेमेल हुने गरी चाडपर्व नमनाऔं ।
  •   उपभोगजन्य सर–सामान खरिद गर्दा होशियारी अपनाऔं ।
  •  कुनै व्यक्ति वा वस्तु उपर शंका लागेमा तुरुन्त प्रहरीलाई खवर गरौं ।
कुनै जानकारी दिनुपरेमा नजिकको प्रहरी कार्यालय, सि.आर.भि.एवं मोवाईल भ्यान र सामुदायिक प्रहरी सेवामा जानकारी दिनुहोस् तपाईको सम्पूर्ण विवरण गोप्य राखिनेछ ।
यस प्रकारका सन्देश सहितको माईकिङ तथा पर्चा वितरण गरिएको थियो ।                                          

सामुदायिक सेवा केन्द्रको पुनरमिलन तथा महिला हिंसा सम्बन्धी प्रशिक्षण

 भाद्र १७, पोखरा ,सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्की जिल्लामा क्रियाशिल सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी तथा सदस्यहरुबीच पुनरमिलन एवं महिला हिंसा सम्बन्धी प्रशिक्षण कार्यक्रम सोमवार सम्पन्न भयो ।
पोखरा ९ शान्तिवन वाटिकामा भएको कार्यक्रममा प्रमुख अतिथि सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका निवर्तमान अध्यक्ष गोमा ढकालले बोल्दै दरको नाममा तारे होटलमा गएर पैसा उठाउदै खाईने भोज तथा तीजको गितको नाममा आएको दोहोरी तथा उश्रृङखल नृत्यले गर्दा नेपाली महिलाहरुको महान पर्वको नाममा महिलानै विवादमा मुछिनुका साथै महिला माथि नै हिंसा भएको बताउनुभयो ।
संस्थाका कोषाध्यक्ष सीता अधिकारीले संचालन गर्नुभएको कार्यक्रममा सामुदायिक सेवा केन्द्र बैदामका उपाध्यक्ष सुशिला सुवेदीले दाजुभाईले दिदीबहिनीलाई माया र स्नेहको प्रतिकको रुपमा ख्वाईने दर आजकल पाचतारे होटलको कमाउने पेशा बनेको र दिदीबहिनीको व्यथा पोखिने तिजको गितमा लाने, ल्याउने, भिनाजु, सालीको नकारात्मक चर्चा परिचर्चा गरिएका संगितले मौलिकता ओझेल परेको बताउनुभयो सदस्य दुर्गा देवी पहारीले स्वागत गरी शुरु भएको कार्यक्रममा अध्यक्ष लालबहादुर श्रेष्ठ र उपाध्यक्ष विष्णुबहादुर भट्टराईले समेत बोलेका थिए ।
संस्थाका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी नायव निरीक्षक रेशम पौडेलले महिला हिंसा तथा घरेलु हिंसाको विषयमा सहजिकरण गरेका थिए ।