Monday, September 2, 2013

तीजको अवसरमा हुने विकृति विसंगतिको विरुद्ध सामुदायिक प्रहरी

 भाद्र १७, पोखरा ,तीज पर्वको नाममा हुने विकृति विसंगतिको न्यूनीकरण तथा सो अवसरमा हुने अपराधिक क्रियाकलाप नियन्त्रणको लागि सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजना तथा कास्की जिल्लामा क्रियाशिल सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रहरु पृथ्वीचोक, बैदाम, बगर, माटेपानी र लेखनाथ समेतको सहयोगमा पोखरा, लेखनाथ, कालिका, हेम्जा, सराङकोट, समेतका ईलाकामा सोमवार २० हजार थान पर्चा वितरण सहित माईकिङ कार्य गरियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीको ४ वटा प्रहरी भ्यानहरुबाट गरिएको माईकिङ कार्यक्रममा सामुदायिक पदाधिकारी, सामुदायिक प्रहरी समेत भई टोल टोलमा सचेतनामुलक पर्चा वितरण सहित माईकिङ गरिएको हो ।
  •   संस्कृति र परम्पराको जगेर्ना गर्न सदभावपूर्ण तरिकाले चाडपर्व मनाऔ ।
  •   तीज पर्वको नाममा हुने विकृति विसंगतिलाई अन्त्य गरौं ।
  •   तीज पर्वलाई तडकभडक पूर्ण नबनाई माईती र चेलीको सुमधुर सम्बन्धमा जोड दिऔं ।
  •   दर खाने र ख्वाउने नाममा अनावश्यक र भडकिलो खर्च नगरौं ।
  •   मौलिक संस्कृति झल्किने नृत्य तथा गीत संगीतको प्रयोग गरौं ।
  •   चाडपर्वको समयमा हुने चोरी डकैतीबाट सजग र सचेत रहौं ।
  •   मन्दिर, मेला, भिडभाडमा बहुमुल्य तर गहना नलगाऔं ।
  •   बहुमुल्य गर गहना तथा नगद बैंक तथा वित्तिय संस्थामा राख्ने गरौं ।
  •   चाडपर्वको नाममा मादक पदार्थ सेवन नगरौं ।
  •   परिवार र समाजमा वेमेल हुने गरी चाडपर्व नमनाऔं ।
  •   उपभोगजन्य सर–सामान खरिद गर्दा होशियारी अपनाऔं ।
  •  कुनै व्यक्ति वा वस्तु उपर शंका लागेमा तुरुन्त प्रहरीलाई खवर गरौं ।
कुनै जानकारी दिनुपरेमा नजिकको प्रहरी कार्यालय, सि.आर.भि.एवं मोवाईल भ्यान र सामुदायिक प्रहरी सेवामा जानकारी दिनुहोस् तपाईको सम्पूर्ण विवरण गोप्य राखिनेछ ।
यस प्रकारका सन्देश सहितको माईकिङ तथा पर्चा वितरण गरिएको थियो ।                                          

No comments:

Post a Comment

Please, comment about this article.