Monday, September 2, 2013

हुलहुज्त गरी अशान्ति मच्चाउने पक्राउ

    मिति २०७०/५/१६ गते दिनको ११:०० बजेको समयमा जि. कास्की पोखरा ११ रानीपौवामा हुलहुज्जत भई, होहल्ला गर्दै हिडी जनमानसमा अशान्ति मच्चाउनुको साथै गुण्डागर्दीमा संलग्न निम्न व्यक्तिहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको छ ।
पक्राउमा परेका व्यक्तिहरु:
१)    पोखरा १० बस्ने वर्ष १६ को प्रविन गुरुङ्ग
२)    पोखरा १० बस्ने वर्ष २१  को कपिल प्रधान
३)    पोखरा १० बस्ने वर्ष २० को सुमन कार्की
४)    पोखरा १० बस्ने वर्ष १६ को अरुण गुरुङ्ग
५)    पोखरा १० बस्ने वर्ष १६ को सिद्धार्थ गुरुङ्ग

मिति २०७०।५।१७ गते ।
जिल्ला प्रहरी कार्यालय कास्क
District Police Office Kaski, Pokhara

चोरी गर्दा गदै पक्राउ Thieves Arrested


१)    मिति २०७०।०५।१३ गते जिल्ला कास्की पोखरा १५ गलेश्वरचोक स्थित सानो टेक     ब.भण्डारीको किराना पसलमा फोरी चोरी गर्दा गर्दै निम्न स्थान बस्ने निम्न व्यक्तिहरुलाई     पक्राउ गरी अनुसन्धान कारवाही भईरहेको छ ।
पक्रामा परेका व्यक्तिहरु 
१)    जिल्ला कास्की पोखरा १५ बस्ने बर्ष १८ को सन्दिप परीयार
२)     ऐ.ऐ.बस्ने बर्ष ३० को सन्दिप परीयार
 
२)    मिति २०७०/०५/१४ गते दिनको २:०० बजेको समयमा  जिल्ला कास्की पोखरा ११ रानीपौवाबाट एक बृद्ध महिलाको लगाएको सुनको सिक्री चोरी गर्दै भागिरहेको अवस्थामा निम्न स्थान बस्ने निम्न व्यत्तिहरुलाई पक्राउ गरी अनुसन्धान कारवाही भईरहेको छ ।
 पक्राउमा परेका व्यक्तिहरु
१)    जिल्ला काभ्रे बनेपा ११ बस्ने बर्ष १८ को राजु थापा ।
२)     जिल्ला सिन्धुपाल्चोक ब्राहबिसे ७ बस्ने बर्ष १८ को डम्बर थापा

खुकुरी प्रहार गरी फरार हुने पक्राउ
    मिति २०७०/०४/३० गते रातको अ.८:०० बजेको समयमा जिल्ला कास्की पोखरा ११ फुलबारीमा ऐ.ऐ.बस्ने कमल ठकुरी र ऐ.ऐ.बस्ने धन ब.राईलाई खुकुरी प्रहार गरी फरार रहेकोमा उक्त घटनामा संलग्न जिल्ला कास्की पोखरा ११ बस्ने बर्ष १६ को सुभाष गुरुङ्ग र पोखरा १३ बस्ने बर्ष १६ को निश्चल श्रेष्ठ पक्राउ मिति २०७०/०५/१४ गते पक्राउ  गरी अनुसन्धान कारवाही भईरहेको छ ।

मिति २०७०।५।१७ गते ।

तीजको अवसरमा हुने विकृति विसंगतिको विरुद्ध सामुदायिक प्रहरी

 भाद्र १७, पोखरा ,तीज पर्वको नाममा हुने विकृति विसंगतिको न्यूनीकरण तथा सो अवसरमा हुने अपराधिक क्रियाकलाप नियन्त्रणको लागि सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजना तथा कास्की जिल्लामा क्रियाशिल सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रहरु पृथ्वीचोक, बैदाम, बगर, माटेपानी र लेखनाथ समेतको सहयोगमा पोखरा, लेखनाथ, कालिका, हेम्जा, सराङकोट, समेतका ईलाकामा सोमवार २० हजार थान पर्चा वितरण सहित माईकिङ कार्य गरियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीको ४ वटा प्रहरी भ्यानहरुबाट गरिएको माईकिङ कार्यक्रममा सामुदायिक पदाधिकारी, सामुदायिक प्रहरी समेत भई टोल टोलमा सचेतनामुलक पर्चा वितरण सहित माईकिङ गरिएको हो ।
  •   संस्कृति र परम्पराको जगेर्ना गर्न सदभावपूर्ण तरिकाले चाडपर्व मनाऔ ।
  •   तीज पर्वको नाममा हुने विकृति विसंगतिलाई अन्त्य गरौं ।
  •   तीज पर्वलाई तडकभडक पूर्ण नबनाई माईती र चेलीको सुमधुर सम्बन्धमा जोड दिऔं ।
  •   दर खाने र ख्वाउने नाममा अनावश्यक र भडकिलो खर्च नगरौं ।
  •   मौलिक संस्कृति झल्किने नृत्य तथा गीत संगीतको प्रयोग गरौं ।
  •   चाडपर्वको समयमा हुने चोरी डकैतीबाट सजग र सचेत रहौं ।
  •   मन्दिर, मेला, भिडभाडमा बहुमुल्य तर गहना नलगाऔं ।
  •   बहुमुल्य गर गहना तथा नगद बैंक तथा वित्तिय संस्थामा राख्ने गरौं ।
  •   चाडपर्वको नाममा मादक पदार्थ सेवन नगरौं ।
  •   परिवार र समाजमा वेमेल हुने गरी चाडपर्व नमनाऔं ।
  •   उपभोगजन्य सर–सामान खरिद गर्दा होशियारी अपनाऔं ।
  •  कुनै व्यक्ति वा वस्तु उपर शंका लागेमा तुरुन्त प्रहरीलाई खवर गरौं ।
कुनै जानकारी दिनुपरेमा नजिकको प्रहरी कार्यालय, सि.आर.भि.एवं मोवाईल भ्यान र सामुदायिक प्रहरी सेवामा जानकारी दिनुहोस् तपाईको सम्पूर्ण विवरण गोप्य राखिनेछ ।
यस प्रकारका सन्देश सहितको माईकिङ तथा पर्चा वितरण गरिएको थियो ।                                          

सामुदायिक सेवा केन्द्रको पुनरमिलन तथा महिला हिंसा सम्बन्धी प्रशिक्षण

 भाद्र १७, पोखरा ,सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्की जिल्लामा क्रियाशिल सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी तथा सदस्यहरुबीच पुनरमिलन एवं महिला हिंसा सम्बन्धी प्रशिक्षण कार्यक्रम सोमवार सम्पन्न भयो ।
पोखरा ९ शान्तिवन वाटिकामा भएको कार्यक्रममा प्रमुख अतिथि सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका निवर्तमान अध्यक्ष गोमा ढकालले बोल्दै दरको नाममा तारे होटलमा गएर पैसा उठाउदै खाईने भोज तथा तीजको गितको नाममा आएको दोहोरी तथा उश्रृङखल नृत्यले गर्दा नेपाली महिलाहरुको महान पर्वको नाममा महिलानै विवादमा मुछिनुका साथै महिला माथि नै हिंसा भएको बताउनुभयो ।
संस्थाका कोषाध्यक्ष सीता अधिकारीले संचालन गर्नुभएको कार्यक्रममा सामुदायिक सेवा केन्द्र बैदामका उपाध्यक्ष सुशिला सुवेदीले दाजुभाईले दिदीबहिनीलाई माया र स्नेहको प्रतिकको रुपमा ख्वाईने दर आजकल पाचतारे होटलको कमाउने पेशा बनेको र दिदीबहिनीको व्यथा पोखिने तिजको गितमा लाने, ल्याउने, भिनाजु, सालीको नकारात्मक चर्चा परिचर्चा गरिएका संगितले मौलिकता ओझेल परेको बताउनुभयो सदस्य दुर्गा देवी पहारीले स्वागत गरी शुरु भएको कार्यक्रममा अध्यक्ष लालबहादुर श्रेष्ठ र उपाध्यक्ष विष्णुबहादुर भट्टराईले समेत बोलेका थिए ।
संस्थाका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी नायव निरीक्षक रेशम पौडेलले महिला हिंसा तथा घरेलु हिंसाको विषयमा सहजिकरण गरेका थिए ।

Saturday, August 31, 2013

Regional Coca-Cola Cup Football contest start in Pokhara क्षेत्रिय कोकाकोला फुटबल प्रतियोगिता पोखरामा सुरु

 एन्फा कास्की
पोखरा,१५ भदौ ,यूवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रम अन्र्तगत अखिल नेपाल फुटबल संघको आयोजनामा  शनिबार देखि पोखरामा दोस्रो चरणको क्षेत्रिय छनोट कोकाकोला अन्त्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ ।
पश्चिम क्षेत्रीय प्रहरी गण पार्दीको खेल मैदानमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा न्यू होराईजन रुपन्देहीले एक्स आर्मी स्कुल नवलपरासीलाई ४–१ गोल अन्र्तरले पराजित गदै विजयी सुरुआत गरेको छ । खेलको १० औ मिनेटमा न्यू होराईजनका लागी रोशन गुरुङले गोलको खाता खोले भने १६ औ मिनेटमा एलन थापाले, ३० औ मिनेटमा रोशन गुरुङ र दामोदर थपाले ३४ औ  मिनेटमा गोल गदै क्वाटरफाइलनको यात्रा सुनिश्चित गरे । यता एक्स आर्मीका तर्फबाट शुभम गुरुङले  खेलको २३ औ मिनेटमा एक मात्र सान्त्वना गोल गरे ।
दोस्रो खेलमा भवानी उच्च मावि गोर्खाले शिव उच्च मा.वि.नवलपरासीलाई ३–०गोल अन्र्तरले पराजित गदै क्वाटरफाइनलको यात्रा पक्का गरेको छ । भवानीको जितमा महेश गिरीले ४० औ, आशिष खरेलले ४३ औ र विकास नेपालीले ४६ औ मिनेटमा गोल गदै जित दिलाए ।
तेस्रो खेलमा खैरेनी उच्च मा.वि खैरेनीटारले न्यू होराईजन पाल्पालाई १–० गोलको अन्र्तरले पराजित ग¥यो । निकै प्रतिस्पधात्मक खेलको ५५ औ मिनेटमा खैरेनी उमाविका सिद्धार्थ गुरुङले गरेको गोल नै निर्णायक बनेपछि क्वटारफाइनलको यात्रा तय गर्न सफल भयो । प्रतियोगिता अन्र्तगत आइतबार पनि चार खेल हुने छन् । यसअधि प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय सदस्य गणेशबहादुर भटराईले गर्नु भएको थियो । उद्घाटनमा बोल्दै भटराईले विद्यलायस्तरमा लुकेर रहेका खेलाडिहरुको प्रतिभाहरुलाई बाहिर ल्याउने अवसर मिल्ने बताउनु भयो । प्रतिभावन खेलाडिले आफनो क्षमता प्रर्दशन गर्न पाउने र एन्फाले पनि क्षमतावान खेलाडि छनोट गर्न पाउने भएकाले यस्ता प्रतियोगिताले खेलकुदको विकासमा सहयोग पुयाउने विश्वास उहाँले ब्यक्त गर्नु भयो ।
एन्फा कास्कीका अध्यक्ष गोपिबहादुर भटराईको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उपाध्यक्ष धर्मरबहादुर लामिछाने र सचिव ओम बस्नेतले बोल्नु भएको थियो ।
भदौ १८ गते सम्म संचालन हुने प्रतियोगितामा पश्चिमाञ्चलका नौ जिल्लाका छात्र ११ र छात्रा ४ टिम गरि १५ टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्र्तगत छात्रा तर्फको खेल भदौ १७ गतेबाट सुरु हुने एन्फा कास्कीका महासचिव राजन पौडेलले जानकारी दिनु भयो ।
प्रतियोगितामा छात्र तर्फ विजेता र उपविजेता तथा छात्रा तर्फ विजेताले काठमाडौमा हुने सर्वाधिक राशीको कोकाकोला राष्ट्रिय विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगितामा पश्चिमाञ्चलको प्रतिनिधित्व गर्ने अवसर पाउने छन् । काठमाडौमा हुने अन्तिम प्रतिस्पर्धामा विजेताले चार लाख र उपविजेताले २ लाख रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
Upload Photo by:Google