Tuesday, June 18, 2013

अपहरण मुद्धाका प्रतिवादीहरु पूर्पक्षको लागि थुनामा गएका छन

  मिति २०७०/२/७ गते पोखरा न्यूरोड स्थित डल्फिन डेन्टल केयर सेन्टर अगाडिबाट  वर्ष ४८ का भोलाजंग सुवेदीलाई अपहरण गरी शरिर बन्धक बनाएको मुद्धाको अनुसन्धानको सिलसिलामा उक्त घटनामा तत्काल संलग्न निम्न प्रतिवादीहरु सम्मानित कास्की जिल्ला अदालतको आदेश अनुसार पूर्पक्षको लागि थुनामा गएको छ ।
प्रतिवादीहरु:
१)    जि. स्याङ्गजा फेदीखोला ५ घर भई हाल पोखरा १७ विरौटा बस्ने वर्ष ३२ को सुनिल गुरुङ्ग
२)    जि. कास्की पोखरा १४ मझेरीपाटन बस्ने वर्ष २५ को रोशन बस्याल
३)    जि. कास्की मिजुरेडाँडा ५ मुगी घर भई हाल पोखरा ८ बगालेटोलमा बस्ने वर्ष ३३ को तेज बहादुर गुरुङ्ग
४)    जिल्ला पर्वत घर भई हाल पोखरा ११ फुलवारीमा बस्ने वर्ष ३० को नारायण गुरुङ्ग
५)    जि. कास्की पोखरा ८ बगालेटोल बस्ने रोशन अधिकारी ।
    साथै सोही घट्नामा रही फरार रहेका प्रतिवादी जि. कास्की लेखनाथ न.पा. वडा नं. २ रिठ्ठेपानी बस्ने वर्ष ३१ को जितु शाहीलाई समेत पक्राउ गरी थप अनुसन्धान कारवाही भईरहेको छ ।
–   उल्लेखित अपहरण मुद्धामा संलग्न भई हाल फरार रहेका अजय गुरुङ्गको खोजतलास कार्य भइरहेको छ ।
 
District Police Office Kaski, Pokhara.

कुटपिट गरी घाईते भएका बुद्धि बहादुर बि.क.को उपचारको क्रममा मृत्यु


  मिति २०७०/२/२५ गते राती अं. १२ बजेको समयमा जि. कास्की भरतपोखरी गा.वि.स. वडा नं. ४ सिमलटार बस्ने वर्ष ६० को बुद्धि बहादुर बि.क.आफनो छोरीको घर ले.न.पा. २ ईश्वर मार्गमा गएको अवस्थामा ले.न.पा. २ रिठेठेपानी बस्ने अं. वर्ष २१ को मिलन बि.क., एै.एै. बस्ने वर्ष  २२ को गोविन्द बि.क., एै.एै. बस्ने वर्ष १९ को विजय बि.क., एै.एै. बस्ने वर्ष १९ को मनोज बि.क. समेतले कुटपिट घाईते तुल्याई सोही स्थानमा रहेको सेती

मानव वेचविखन मुद्धाका प्रतिवादी पूर्पक्ष थुनामा


करिव १/२ महिना अगाडि परिचय भएका श्याम महतले घर काठमाण्डौ हो, श्रीमती दुर्घटनामा परी मृत्यु भएको हो, म अमेरिकामा जागिर गर्दछु तिमीलाई विवाह गरी अमेरिका लैजान्छु भनि जि. कास्की कास्कीकोट ८ बस्ने वर्ष ३० कि नाम परिवर्तित सपना लाई विभिन्न प्रलोभन देखाई झुक्याई विश्वासमा पारी मिति २०७०।१।३ गते विवाह गरी फसाई विभिन्न वहाना बनाई कागजपत्र मिलाउन जाने भनि मुग्लिङ्ग

फरार प्रतिवादीहरु पक्राउ

१)    मिति २०६९/८/१ गते राती १२:०० बजेको समयमा जि. कास्की पोखरा ९ नयाँबजार स्थित सम्मर थापा र उज्जवल थापालाई डम्बर गुरुङ्ग समेत ८/९ जनाले धारिलो हतियार खुकुरी प्रहार गरी घाईते बनाई फरार रहेका प्रतिवादीहरु मध्ये जि. कास्की पोखरा १० रामबजार बस्ने पप्पु भन्ने डम्बर गुरुङ्गलाई मिति २०७०/३/२ गते पक्राउ गरी कारवाहीको लागि अदालतमा पेश गरिएकोमा पूर्पक्षको लागि कारागार थुनामा गएको छ ।
District Police Office Kaski, Pokhara. 

सिग्देलको स्वास्थ्य लाभको कामना


पोखरा समाचारदाता 
पोखरा, असार ४ गते । नेपाल प्रेस युनियनका क्षेत्रीय संयोजक रमेश पौडेलले आज एक प्रेश विज्ञत्ति प्रकाशित गरी प्रेश युनियन स्याङजा शाखाका सभापति श्री कृष्ण सिग्देलको शीघ्र स्वास्थ्य लाभको कामना गनु भएको छ ।

स्याङजा जिल्लाको प्रत्रकारिता क्षेत्रमा क्रियाशील सिग्देल विगत चार दिनदेखि नशा सम्बन्धी रोगबाट विरामी भई आफ्नै निवासमा उपचार गरिरहनु भएको छ । उहाँको उपचारमा संग्लन चिकित्सक डा. भुपेन्द्र के.सी. का अनुसार डाँडमा नशा च्यापीएकाले पूर्ण रुपमा आराम गरी बस्नुपर्ने र दश दिनसम्म पनि आराम नभएमा डाँडकै अपरेशन गनुपर्ने छ ।
सभापति सिग्देल स्याङजाबाट प्रकाशित हुने सत्यवाणी साप्ताहिकका सम्पादन हुनुहुन्छ भने सगरमाथा टेलिभिजन, राजधानी दैनिक र पोखराबाट प्रकाशित पोखरा पत्रसँग समेत आवद्ध हुनुहुन्छ ।