Tuesday, June 11, 2013

ज्यान मार्ने उद्योगमा संलग्न व्यक्तिहरु पक्राउ

    
 मिति २०७०।२।२५ गते राती अं. १२ बजेको समयमा जि. कास्की भरतपोखरी गा.वि.स. वडा नं. ४ सिमलटार बस्ने वर्ष ६० को बुद्धि बहादुर बि.क.आफनो छोरीको घर ले.न.पा. २ ईश्वर मार्गमा गएको अवस्थामा ले.न.पा. २ रिठेठेपानी बस्ने अं. वर्ष २१ को मिलन बि.क., एै.एै. बस्ने वर्ष  २२ को गोविन्द बि.क., एै.एै. बस्ने वर्ष १९ को विजय बि.क., एै.एै. बस्ने वर्ष १९ को मनोज बि.क. समेतले कुटपिट घाईते तुल्याई सोही स्थानमा रहेको सेती नहरको खोंचमा फाली फरार रहेका उल्लेखित व्यक्तिहरुलाई आज मिति २०७०।२।२७ गते पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्धा दर्ता गरी अनुसन्धान कारवाही भईरहेको छ भने निज घाईतेको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको छ ।
मिति :२०७०।२।२७ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की
 

अपहरण मुद्धामा संलग्न थप पक्राउ


    मिति २०७०।२।७ गते पोखरा न्यूरोड स्थित डल्फिन डेन्टल केयर सेन्टर अगाडिबाट  वर्ष ४८ का भोलाजंग सुवेदीलाई अपहरण गरी शरिर बन्धक बनाएको मुद्धाको अनुसन्धानको सिलसिलामा उक्त घटनामा तत्काल संलग्न रही फरार रहेका अभियूक्तहरु मध्ये कास्की जिल्ला मिजुरेडाँडा ५ मुगी घर भई हाल पोखरा ८ बगालेटोलमा बस्ने वर्ष ३३ को तेज बहादुर गुरुङ्गलाई मिति २०७०।२।२५ गते पक्राउ गरी उक्त अपहरण तथा शरिर बन्धक मुद्धामा म्याद थप गरी अनुसन्धान कारवाही भईरहेको छ ।
    साथै उक्त अपहरणको घटनामा  भोलाजंग सुवेदीको बारेमा सूचना दिने तथा अपहरणको घटना पश्चात 

मानव वेचविखनमा संलग्न पक्राउ

    जिल्ला नवलपरासी घर भई हाल पोखरा २ बाग्लुङ्गबसपार्क स्थित प्रतिक्षा खाजा घर (रेष्टुरेण्ट)का संचालक वर्ष ४० का मदनसेन ठकुरीले हाल नाम परिवर्तित पोखरा थ लाई गैह् कानूनी रुपमा  जवरजस्ती यौन व्यवसायमा संलग्न गराएको भनि पीडित पोखरा थ ले यस कार्यालयमा दिएको जाहेरीको दरखास्तको आधारमा मदन सेन ठकुरीलाई पक्राउ गरि मानव वेखचविखन तथा ओसार पसार मुद्धा दर्ता गरी  अनुसन्धान कारवाही भईरहेको छ ।
    साथै निज मदन सेन ठकुरीले विगत लामो समय देखि नै विभिन्न ग्रामिण क्षेत्रबाट आएका तथा समस्यामा परेका सोझा साझा

Friday, June 7, 2013

ज्यान मार्ने मुद्धाका प्रतिवादी पूर्पक्षको लागि थुनामा


    मिति २०७०/०१/२४ गते ८:०० बजेको समयमा पोखरा १० उत्तमचोकमा पोखरा १० बुद्धचोक बस्ने वर्ष १६ को सचिन के.सी., एै. बस्ने वर्ष १६ को समिर साही, एै. बस्ने वर्ष १८ को टाईगर विकल्प गुरुङ्ग, एै. बस्ने वर्ष १९ को शैलेश बानिया, एै. बस्ने वर्ष १६ को मिलन थापा, नवलपरासी दुम्कीवास ७ बस्ने वर्ष १६ को खड्क बहादुर बानिया समेतले धारिलो हतियार खुकुरी प्रहार गरी पोखरा १० बस्ने वर्ष २० को प्रकाश गुरुङ्गलाई घाईते बनाएको घट्नामा संलग्न प्रतिवादीहरुलाई पक्राउ गरी यस कार्यालयबाट अनुसन्धान थालिएकोमा सम्पूर्ण अनुसन्धान पश्चात सम्मानित जिल्ला अदालतमा पेश हुँदा अदालतको आदेशले शैलेश बानिया, विकल्प गुरुङ्ग, समिर शाही  पूर्पक्षको लागि थुनामा गएको, सचिन के.सी. बालसुधार गृहमा पठाईएको छ भने  मिलन थापा र खडक् ब. बानिया धरौटी राखी तारेखमा छुटेको ।
मिति ः २०७०/२/२४ गते
जिल्ला प्रहरी कार्यालय, कास्की

अपहरण तथा शरिर बन्धक मुद्धाका प्रतिवादी पूर्पक्षको लागि थुनामा

    व्यापारिक संस्था तथा मोडलिङ्गका लागि महिला कामदारको आवश्यकता परेको भनि पत्रिकामा विज्ञापन प्रकाशित गरी होटलमा लगी डर, त्रास, धाक धम्की देखाई सुनका गरगहनाहरु समेत लुटने तथा अन्य त्यस्तै प्रकारको विभिन्न घट्नामा संलग्न रही फरार रहेको जि. काभ्रे चचाँल गणेशस्थान गा.वि.स. वडा नं. ६ घर भई मकवानपुर हेटौडा ९ सिमेण्ट टोल बस्ने वर्ष ३१ को पुष्कर खड्कालाई मिति २०७०/१/२५ गते काठमाण्डौबाट पक्राउ गरी यस कार्यालयमा ल्याई अनुसन्धान थालिएकोमा सम्पूर्ण अनुसन्धान पश्चात सम्मानित जिल्ला अदालत कास्कीमा पेश हुँदा अदालतको आदेशले पूर्पक्षको लागि थुनामा गएको छ ।

 जिल्ला प्रहरी कार्यालय, कास्की