Thursday, April 18, 2013

ठेक्कापट्टामा गुण्डागर्दी गर्न खोज्ने पक्राउस्


मिति २०७०/१/४ गते लेखनाथ नगरपालिकाले आव्हान गरेको सडक निर्माणको टेण्डर दर्ता गर्ने क्रममा होहल्ला गरी टेण्डरवालालाई बाधा पुर्याउन खोज्ने तथा ठेक्का पट्टा गर्ने ठेकेदार सँग रकम माग गर्ने र गुण्डागर्दी गर्न खोज्ने ९ जना व्यक्तिहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको ।

पक्राउमा परेका व्यक्तिहरुस:

१.जि. कास्की ले.न.पा.वडा नं. ३ बस्ने वर्ष ४० को राजु गुरुङ्ग
२.एै.एै. बस्ने वर्ष २५ को चन्द्र पुन ।
३.एै.एै. बस्ने वर्ष ३५ को राजु गुरुङ्ग
४.एै.एै. १२ बस्ने वर्ष २५ को किरण गुरुङ्ग
५.ले.न.पा. ३ बस्ने वर्ष ३० को शेर बहादुर पुन ।
६.ले.न.पा ७ बस्ने वर्ष २४ को सुशिल तामाङ्ग
७.ले.न.पा. ४ बस्ने वर्ष २५ को गणेश आले
८.०ले.न.पा. ५ बस्ने वर्ष २१ को अमिर गुरुङ्ग
९.ले.न.पा. ५ बस्ने वर्ष २१ को प्रेम ब. गुरुङ्ग

District Police Office Kaski, Pokhara.
मिति स् २०७०/१/४ गते ।

गाँजा सहित मानिस पक्राउ -Man Caught with Weed


 १) मिति २०७०/१/४ गते पोखरा १ बगर ट्याक्सीचोकमा कुकुर सहितको चेकिङ गर्ने क्रममा तालिम प्राप्त कुकुरको सहयोगमा २ जना व्यक्तिलाई २०० ग्राम गाँजा सहित पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको । 
जुवातास:
– पोखरा १ बगर ट्याक्सी चोकमा जुवातास खेलिरहेको अवस्थामा ५ जना मानिसलाई नगद र तास सहित पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको छ । 

District Police Office Kaski, Pokhara.
जिल्ला प्रहरी कार्यालय, कास्की 



अवैध घरेलु मदिरा नष्ट गरिएको - Local Alcohol Seized


 मदिरा सेवन गरेको कारणबाट समाजमा झै–झगडा,  घरायसी विवाद, कुटपिट, घरेलु हिंसा, सवारी दुर्घटना जस्ता घट्नाहरु घट्न जानुको साथै सेवनकर्ताहरु विभिन्न किसिमका अपराधहरुमा समेत संलग्न हुने गरेको पाईएकोले यस कार्यालयबाट सामाजिक विकृत्तिहरु नियन्त्रण गर्ने क्रममा अभियानको रुपमा नै संचालन गरिएको घरेलु मदिरा नष्ट गर्ने अभियान अन्र्तगत आज मिति २०७०।१।४ गते निम्न स्थानहरुबाट निम्न परिणाममा अवैध घरेलु मदिरा बरामद गरी आवश्यक अनुसन्धान भईरहेको र थप कारवाहीको लागि आन्तरिक राजस्व कार्यालयमा पठाईने । 
: निम्न:
१) पोखरा ८ जाल्पारोड स्थित विभिन्न स्थानबाट घरेलु रक्सी बनाउने कच्चा पदार्थ ५३ ड्रम, १२० लिटर घरेलु   रक्सी, रक्सी बनाउने भाडा १ सेट र २ जना पुरुष र १ महिलालाई पक्राउ गरिएको । 
२) पोखरा १० र ११ स्थितका विभिन्न स्थानबाट घरेलु रक्सी बनाउने कच्चा पदार्थ३१०० लिटर, घरेलु रक्सी २६० लिटर र ९ जना मानिसलाई पक्राउ गरिएको । 
३) पोखरा १७ सिमलटुडा बाट घरेलु मदिरा बनाउने कच्चा पदार्थ १० ड्रम । 
४) पोखरा १ कसेरीमार्गबाट घरेलु मदिरा बनाउने कच्चा पदार्थ ३० ड्रम सहित ३ जनालाई पक्राउ गरिएको । 

District Police Office Kaski, Pokhara.

Sunday, April 14, 2013

चन्द्राको स्मृतिमा प्रेस युनियनलाई सहयोग

  
 नेपाली काँग्रेस कास्की जिल्ला कमिटीका सदस्य तथा सुरथेश्वर सिवालय मन्दिर व्यवस्थापन समिती लामाचौरका अध्यक्ष मदन बहादुर केसीले प्रेस युनियन कास्की पत्रकारिता पुरस्कार तथा कल्याणकारी कोषका लागि २५हजार एकसय ५५ रुपैयाँ सहयोग गरेका छन् । केसीले आफ्नी स्वर्गीय धर्मपत्नी चन्द्रा केसीको स्मृतिमा उनको १३ औं दिनको पूण्य तिथीमा आयोजित शोकसभामा प्रेस युनियन कास्कीका उपाध्यक्ष यदुनाथ बञ्जारालाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
 स्व.चन्द्रा केसीको मेरुदण्डको क्यान्सर रोगका कारण चैत १८ गते निधन भएको थियो । सहयोग हस्तान्तरण तथा शोकसभामा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य शुक्रराज शर्मा, कास्की सभापति यज्ञबहादुर थापा सचिवद्वय कृष्ण केसी र युवराज कुँवरका साथै नेपाली काँग्रेस कास्कीका नेताहरु माधब बाँस्तोला, मुकुन्द ज्वाला, देवेन्द्र शेरचन, आईबहादुर गुरुङ, लक्ष्मी पाण्डे, पुस्पेन्द्र पाण्डे र विश्वरमण अधिकारी लगायत ठूलो संख्यामा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । लामाचौर गाविसका नेपाली काँग्रेसका कार्यवाहक सभापति महेश्वर प्रसाद पौडेलको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष बलबहादुर श्रेष्ठले गरेका थिए ।
 प जानकारीका लागिः यदुनाथ बञ्जारा, ९८५६०३३३९१

हतियार प्रयोग गरी घाईते बनाउने पक्राउ र जुवातासमा संलग्न पक्राउ


हतियार प्रयोग गरी घाईते बनाउने पक्राउ:
१)    मिति २०६९।१२।३१ गते पोखरा १० उत्तमचोकमा सेभेन ए साईड फुटवल महासंघका सचिव शेर काजी गुरुङ्गलाई हतियार प्रयोग गरी घाईते बनाउने जि. कास्की पोखरा १० ईजीटोल बस्ने वर्ष १७ को असिम गुरुङ्ग र पोखरा १५ स्यानीपाटन बस्ने वर्ष १७ को राजु पौडेललाई प्रहरी टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही अगाडि बढाईएको ।
जुवातासमा संलग्न पक्राउ :
–    मिति २०६९पोखरा १३ कमलपोखरीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी     टोलीले तास खेल्दा खेल्दै ११ जनालाई नगद र तास सहित पक्राउ गरि     आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
    साथै विगतका वर्षहरुमा नयाँ वर्ष मनाउने क्रममा विभिन्न किसिमका अपराधिक तथा सवारी दुर्घटना समेतका घट्नाहरु हुने गरेकोमा यसपटक शान्ति सुरक्षालाई मजवुत तुल्याउनको लागि योजनावद्ध र सक्रियताका साथ प्रहरी परिचालन गरिनुका साथै सर्वसाधरणहरुबाट यथेष्ट सहयोग समेत प्राप्त भएकोले कुनै पनि अपराधिक तथा सवारी दुर्घटना समेतका अप्रिय घट्नाहरु नभएको । यसरी शान्ति सुव्यवस्था कायम राख्न संचार जगत,  नागरिक समाज र समस्त कास्कीवासी सर्वसाधारणहरुबाट प्राप्त सहयोगको लागि कास्की प्रहरी आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि शान्ति सुरक्षा कायम गर्ने कार्यमा यस्तै सहयोगको लागि हार्दिक अनुरोध गर्दछ ।

मिति:२०७०/१/१ गते । 
जिल्ला प्रहरी कार्यालय, कास्की