Friday, April 12, 2013

जवरजस्ती करणी गर्ने अभियूक्त पूर्पक्षको लागि थुनामा

मिति २०६९/१२/०३ गते वर्ष १६ कि परिवर्तित नाम 2069/070 (8) R लाई ललाई फकाई घुम्न जाउँ भनि पोखरा ल्याई पोखरा ८ स्थित होटल सन्तोषीमा राखी धाकधम्की देखाई डर त्रासमा पारी जवरजस्ती करणी गर्ने जिल्ला तनहुँ व्यास नगरपालिका वडा नं. १ बस्ने वर्ष ३२ को जिवन लम्साललाई मिति २०६९/१२/४ गते पक्राउ गरी जवरजस्ती करणी मुद्धामा म्याद थप लिई सम्पूर्ण अनुसन्धान कार्य पश्चात मिति २०६९/१२/३० गते सम्मानित कास्की जिल्ला अदालतमा पेश गरिएकोमा ऐ. कार्यालयको आदेशले आजैका मिति देखि पूर्पक्षको लागि थुनामा गएको ।
मिति: २०६९/१२/३० गते ।
District Police Office Kaski.
जिल्ला प्रहरी कार्यालय, कास्की

Thursday, April 11, 2013

जलकुम्भी र फेवा अप्रेशन तथा सामाजिक अपराध नियन्त्रणको क्रममा पक्राउ

जलकुम्भी र फेवा अप्रेशन तथा सामाजिक अपराध नियन्त्रणको क्रममा पक्राउ परेका व्यक्तिहरुको बिवरण
       जिल्ला प्रहरी कार्यालय कास्कीद्धारा विगत २ महिना देखि संचालित विभिन्न अप्रेशनको क्रममा मिति २०६९/१२/२२ देखि २०६९/१२/२९ गते सम्म निम्नानुसारका व्यक्तिहरु पक्राउ परी अनुसन्धान भईरहेको छ । यस कार्यालयद्धारा संचालित अभियानहरुलाई आगामी दिनहरुमा थप प्रभावकारी बनाईने व्यहोरा समेत जानकारी गराईएको छ ।
गुण्डागर्दीमा संलग्न पक्राउ:
१) मिति २०६९/१२/२८ गते दिनको अन्दाजी ३:०० बजेको समयमा पोखरा उपमहानगरपालिका वडा नं. १२ पुरानो धारा स्थित रविन पौडेल र सन्जिव गुरुङमाथि सांघातिक रुपले खुकुरी लगायतका हतियारले प्रहार गरेको घटनामा संलग्न २ जनालाई खुकुरी सहित वडा प्रहरी कार्यालय रामबजारद्धारा पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा जिल्ला गोर्खा, मानबू स्थायी घर भै हाल पोखरा ११, फुलबारी बस्ने इन्द्र बहादुर कार्कीको छोरा वर्ष १६ को इश्वर कार्की र काहुँडाँडा २ बस्ने रमेश बहादुर बस्नेतको छोरा वर्ष १७ को कुमार बस्नेत रहेका छन । उक्त घटनामा संलग्न रही फरार भएका थप ३ जनाको खोजतलासको कार्य भईरहेको छ ।
२) यसै गरी मिति २०६९/१२/२७ गतेको राती ८:४५ बजे पोखरा ८ सृजनाचोकमा बोत्तल प्रहार गर्ने जि. भक्तपुर सल्लाघारी १ घर भई पोखरा ८ सृजनाचोक डेरा गरी बस्ने वर्ष १९ को सोनाम श्रेष्ठलाई सृजनाचोकबाट अ.प्र.पोष्ट सृजनाचोकले पक्राउ गरि कारवाहीको लागि वडा प्रहरी कार्यालय बैदाममा बुझाएको थियो । 
यौन विकृत्तीमा संलग्न :
विभिन्न मितिमा पृथ्वीचोक, बाग्लुङ्गबसपार्क लगायतका ठाउँहरुबाट ५ जना महिला र १२ पुरुषलाई पक्राउ गरी केही सार्वजनिक अपराध मुद्धामा कारवाही चलाईएको ।

जुवातासमा संलग्न :
        विभिन्न मितिमा ५ खालबाट २० जनालाई पक्राउ गरी कारवाही चलाईएको ।
 लागू औषध :
मिति २०६९/१२/२२ गते १२:०० बजेको समयमा जि. कास्की पोखरा ९ महेन्द्रपुलबाट जि. तनहुँ व्यास न.पा. वडा नं. २ घर भई पोखरा ९ बस्ने वर्ष २१ को कृष्ण गुरुङ्गलाई ला.औ.  बुप्रिनर्फिन थान १०, फेनेरागन १० थान, डाईजापाम १० र नाईट्रोसन १० थान सहित पक्राउ गरी ला.औ. मुद्धामा कारवाही चलाईएको छ ।

मिति :२०६९/१२/२९ गते ।
District Police Office Kaski, Pokhara. 
जिल्ला प्रहरी कार्यालय, कास्की

Friday, April 5, 2013

बरामद अवैद्य मदिरा नष्ट गरिएको


District Police Office Kaski.
वडा प्रहरी कार्यालय वगर कास्कीले बिभिन्न मितिमा वरामद गरेको १०० लिटर घरेलु मदिरा , मदिरा उल्पादन गर्ने भाडा वर्तन र ३३२० लिटर मदिरा उत्पादन गर्न प्रयोग गरिने कच्चा पदार्थ  मिति २०६९/१२/२२ गतेका दिन जिल्ला प्रशासन कार्यालय कास्की, आन्तरिक राजस्व कार्यालय पोखरा ,पोखरा उपमहानगरपालिका १ नं वडा कार्यालय वगर प्रतिनिधि, स्थानिय मानिसहरु र पत्रकारहरुको रोहवरमा जिल्ला कास्की हेम्जा गा.वि.स. वडा नं ६ स्थित रिभरसाईड भन्ने स्थानमा नष्ट गरेको र वांकी रहेको सिल्भरको भाडा तथा तामाका भांडाहरु आवश्यक कारर्वाहीको लागि आन्तरिक राजस्व कार्यालय पोखरामा पठाएको छ ।

मिति २०६९।१२।२३ गते ।
District Police Office Kaski.
जिल्ला प्रहरी कार्यालय, कास्की

Thursday, April 4, 2013

प्रहरी गतिबिधी अप्रेशन जल कुम्भीस् थप ६ पक्राउ

कास्की प्रहरीले गुण्डागर्दि बिरुद्व संचालन गरेको अप्रेशन जलकुम्भीको क्रममा थप ६ जना ब्यक्तिहरु पक्राउ परेका छन् पक्राउ पर्नेमा जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(१० बस्ने बर्ष(१६ को सुरज थापा, ऐ. बस्ने बर्ष(१७ को दिवश गुरुङ, ऐ. बस्ने बर्ष(१७ को सनम तामाङ, ऐ। बस्ने बर्ष(१८ को रविन राई रहेका छन् । निजहरुलाई मिति २०६९।१२।२१ गते बिहान जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(१० रामघाटबाट धारिलो हतियार खुंडा थान(१ सहित वडा प्रहरी कार्यालय रामबजार कास्कीले पक्राउ गरेको हो । निजहरु बिरुद्व केही सार्बजनिक अपराध मुद्दामा अनुसन्धान भई रहेको छ ।
    यसै गरी वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले जि।कास्की पोखरा उ।म।न।पा। वडा नं.(१३ बस्ने बर्ष(१६ को सचिन गुरुङ र जि.लम्जुङ करापु वडा नं.(१ बस्ने बर्ष(२१ को शंकर गुरुङलाई पोखरा उ.म.न.पा.वडा नं.(१२ सितलादेबीबाट खुकुरी थान(१ सहित पक्राउ गरेको हो, उनिहरु रामबजार र आसपासका एरियामा गुण्डागर्दिमा संलग्न भएको खुल्न आएको छ । निजहरु बिरुद्व केही सार्बजनिक अपराध मुद्दामा अनुसन्धान भई रहेको छ ।

डुङ्गा सन्चालन सम्बन्धी निर्णय

प्रमुख जिल्ला अधिकारी श्री यादव प्रसाद कोइरालाको संयोजकत्वमा सुरक्षा निकायका प्रमुखहरु र सरोकारवाला संघ संस्थाका प्रतिनिधीहरु समेत रहेको २०६९/१२/२२ गतेको बैठकले जिल्लामा रहेका तालहरुमा डुङ्गा सन्चालनलाई ब्यवस्थित गर्नको लागि निम्नानुसारको निर्णय गरिएको छ ।
निर्णयहरु:
१. फेवाताल र वेगनास तालमा डुङ्गाहरु सन्चालन गर्दा एक डुङ्गामा अधिकतम् ३०० के.जी. वा यात्रु संख्यामा नेपालीहरुको हकमा बढीमा ५ जना र विदेशीहरुको हकमा बढीमा ४ जना यात्रुहरु मात्र राखेर डुङ्गा सन्चालन गर्ने गराउने निर्णय गरियो ।
२. फेवातालको वाराही मन्दिर दर्शनमा बढीमा १० जना यात्रुहरु राखेर डुङ्गा सन्चालन गर्ने ।
३.डुङ्गाहरु वुक गर्ने अवस्थामा नै लाइफ ज्याकेटको अनिवार्य ब्यवस्था गरेर मात्र डुङ्गा सन्चालन गर्ने ।
४. मादक पदार्थ सेवन गरेका यात्रुहरुलाई डुङ्गामा यात्रा नगराउने ।
५.उल्लेखित डुङ्गा सन्चालनको कार्यको नियमित अनुगमन स्थानीय प्रहरी प्रशासनले गर्ने । सो कार्यमा आवश्यक सहयोग डुङ्गा ब्यवसायी समितिहरुले गर्ने । अनुगमन गर्दा उल्लेख भए अनुसार गरे गराएको नपाइएमा पहिलो पटक रु.१०००।( दोश्रो पटक रु।२०००।( तेश्रो पटक रु.३०००।( र चौथो पटकमा डुङ्गा जफत गर्ने गराउने निर्णय गरियो ।