मिति २०६९/०५/२७ गते राति ८:३० बजेको समयमा कास्की जिल्ला, पोखरा उ.म.नपा. वडा नं.–१ वगर स्थित मन कुमारी गुरुङ्गको घरमा डेरा गरी बस्ने कास्की जिल्ला, ल्वाङघलेल गा.वि.स. वडा नं.–२ बस्ने माया कुमारी बि.क.को छोरी वर्ष– ३० की चन्द्र कुमारी सुनारलाई निजकै डेराकोठामा कास्की जिल्ला, ल्वाङघलेल गा.वि.स. वडा नं.–४ स्थायी वतन भई हाल पोखरा–१७ विरौटा बस्ने वर्ष–४८ को लक्षु कुमार गुरुङ्गले चक्कु लगायत अन्य घरेलु हतियार प्रहार गरी सख्त घाईते बनाएकोमा निजलाई तत्काल उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकी, पोखरामा लगिएको, सो अस्पतालवाट थप उपचारको लागि मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार गराई रहेकोमा निज घाईते चन्द्रा सुनारको सोही चोट पिडाको कारणले ऐ.२८ गते बेलुका ५:३० बजेको समयमा मृत्यु भएको । निज लक्षु कुमार गुरुङ्गलाई घटनाको सुचना पाउनासाथ वडा प्रहरी कार्यालय वगरवाट खटीएको प्रहरी टोलीले घटनास्थलमै पक्राउ गरीएको । मृत शवलाई प्रारम्भिक अनुसन्धान कार्य पूरा गरी पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकी पोखरामा पुर्याईको । साथै निज लक्षु कुमार गुरुङ्गलाई कर्तव्य ज्यान मुद्धामा सम्मानित कास्की जिल्ला अदालतवाट म्याद थप अनूमति लिई थप अनुसन्धान कार्य भई रहेको ।
मिति २०६९/०५/२९ गते ।
जिल्ला प्रहरी कार्यालय कास्की
