मिति २०६९/०५/२४ गते साँझ अं. ७:३० बजेको समयमा जिल्ला कास्की पोखरा– १० ईन्द्रचोक बस्ने ईन्दिरा कटेलको पसलमा एक जना अपरिचित व्यक्ति चुरोट किन्ने निहुँ बनाई आएकोमा निज अपरिचित व्यक्तिले मागे बमोजिमको चुरोट दिन भनी ईन्दिरा कटेलले मुन्टो तल निहुराएको अवस्थामा निजले लगाएको सुनको २ तोला १० लाल बराबरको सिक्री निजबाट लुटि भाग्दै गर्दा स्थानीय युवा तथा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले सुनको सिक्री सहित उक्त व्यक्तिलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा सो व्यक्ति जि. रुकुम प्वाङ्ग गा.वि.स. वडा नं. ६ स्थायी वतन हुने खिमलाल रिजाल भएको खुल्न आएको, निज रिजाललाई सम्मानित कास्की जिल्ला अदालतबाट २०६९/५/२४ गते देखि लागू हुने गरी जवरजस्ती चोरी मुद्धामा म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको ।
जिल्ला प्रहरी कार्यालय, कास्की
जिल्ला प्रहरी कार्यालय, कास्की

