Wednesday, September 5, 2012

मोटरसाईकल चोरी गर्दा गर्दै सशस्त्र प्रहरी बलका परिचर सहितका व्यक्ति पक्राउ

  २०६९/५/१७ गते साँझ पोखरा १७ बस्ने कृष्ण गुरुङ्गले ऐ. स्थित डेमसाईटमा पार्किङ्ग गरी राखेको ग.३.प. ३६९१ नं. को करिज्मा मो टर साईकल चोरी भएको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दे जाँदा पोखरा १७ विरौटामा लुकाई छिपाई नम्बर प्लेट परिवर्तन गर्न लागि रहेको अवस्थामा जि. धादिङ्ग सुनौला बजार ५ घर बताउने वर्ष २१ को रवि राना मगर र ऐ.ऐ. घर बताउने वर्ष १९ को जगत राना मगरलाई उक्त मोटरसाईकल सहित पक्राउ गरी सोधपुछको क्रममा निज रवि राना मगर सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामापाटनमा परिचर पदमा कार्यरत रहेको भनि खुल्न आएको र निजहरु उपर चोरी मुद्धामा अनुसन्धान कारवाही भईरहेको ।

मोवाईल चोरी गर्दा गर्दै प्रहरी जवान पक्राउ

२०६९।०५।१९ गते बिहान ०५:०० बजेको समयमा पोखरा ४ गैहपाटन स्थित फिष्टेल अस्पतालमा बिरामी कुरुवाहरुको मोवाईल चोरी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट
खटिएको प्रहरी टोलीले जि. तनहुँ वरभन्ज्याङ्ग २ स्थायी भएका रतन खडकालाई पक्राउ गरी ल्याईएको, निजलाई सोधपुछका क्रममा नेपाल प्रहरीको सशस्त्र प्रहरी गण मुख्यालय पोखरामा कार्यरत रहेको प्रहरी जवान भएको भन्ने खुल्न आएकोले निज विरुद्ध चोरी मुद्धामा अनुसन्धान कारवाही भईरहेको, निजको साथबाट विभिन्न कम्पनीका ४ वटा मोवाईल सेटहरु बरामद भएको ।

Monday, September 3, 2012

Man arrested with Yarcha gumba-यार्सागुम्बा सहित मानिस पक्राउ

 मिति २०६९/०५/१८ गते जि।कास्की पोखरा ९ चिप्लेडुगा स्थित होटल देउरालीमा जि।कास्की ल्वाङघलेल
गा।वि।स वडा न। ९ सिदीङ बस्ने बर्ष २० को शिब अधिकारी ,एै एै बस्ने बर्ष १९ को सन्तोष गौतम ,एै एै बस्ने बर्ष २२ कोहरि गौतमले उक्त होटलमा यार्सागुम्बा लुकाई छिपाई राखेका छन् भन्ने बिशेष सुराकीको आधारमा यस कार्यालयबाट प्रहरी टोली खटी गई निजहरु बसेको होटल देउरालीको कोठा न। ४ तलासी गर्दा जि।कास्की ल्वाङघलेल गा.वि.स वडा न.९ सिदीङ बस्ने बर्ष २० को शिब अधिकारी ,एै एै बस्ने बर्ष १९ को सन्तोष गौतम ,एै एै बस्ने बर्ष २२ को हरि गौतमको साथबाट ५०० ग्राम यार्सागुम्बा र जि।कास्की अर्मला ३ बस्ने बर्ष ४० को लिला शर्माले छुट्टा छुटै प्लाष्टिक र बट्टामा राखेको ११५ ग्राम गरी जम्मा ६१५ ग्राम यार्सागुम्बा र मानिस सहित पक्राउ गरी अनुसन्धानको लागी यस वडा प्रहरी कार्यालय बगरमा राखीएको छ ।

Sunday, September 2, 2012

HSEB Grade 12 Results 2069/2012 Published (Management, Humanities, Education Stream ONLY) - updated

Finally, the Higher Secondary Education Board (HSEB) has announced the result of +2  Management, Humanities, Education  stream, and as usual other streams including Management has been delayed. The published results of HSEB grade XII Management, Humanities, Education stream can be viewed online from NTC website at http://hseb.ntc.net.np/ or IVR at 1601.

How to check result of HSEB 2069 (+2Management, Humanities, Education )

1.From Online.

Click here to check result online with mark sheet.

2.From PSTN/CDMA Landline and Mobile

Dial 1601 and follow the instructions clearly.

HSEB Grade 12 Results 2069 Published (Management, Humanities, Education Stream ONLY)

Saturday, September 1, 2012

नक्कली प्रहरी बनी रकम असुल्ने प्रहरी खोरमा

        पोखरा ११ फुलवारी वस्ने वर्ष २५ को शंकर नेपाली र सोही ठाउँ वस्ने वर्ष २५ को पप्पु भन्ने टप वहादुर नेपालीले नक्कली प्रहरी बनी रकम असुल गरिरहेको अवस्थामा प्रहरी चौकी नौडाडावाट खटिएको प्रहरी टोलीले  पक्राउ गरी आवश्यक अनुसन्धान एवम् कार्वाहीको लागि यस कार्यालयमा ल्याइएको छ ।
    अनुसन्धानको क्रममा निजहरुले विगत ६/७ महिना पहिला देखि उक्त कार्य गर्न शुरु गरेको वताएका छन् । निजहरु अनैतिक एंवम गैह्रकानुनी कार्य गर्ने व्यक्तीहरुलाई हामी शादा पोशाकका -CID POLICE_प्रहरीहरु हौ भन्दै नियन्त्रणमा लिने र रकम असुल गरी छाड्ने गरेको वुझिएको छ । उनीहरुले पोखरा–११ फुलवारीको मणिपाल शिक्षण अस्पताल पछाडीबाट ३ दिन पहिला मात्र एक जोडी संग रु.२५०।– र एक जना वुढा मान्छे संग रु १०००।–, भलाम जाने बाटोबाट दुई जोडी संँग क्रमश रु १०००।– र रु १८००।– असुलेको वताएका छन् । २ महिना पहिला १ थान Sony Erission मोवाईल र ३ हप्ता अगाडी L.G मोवाईल फेला पारी रु ३५००।– र रु २५००।– मा महेन्द्रपुलको बावुदाई भन्नेको मोबाइल पसलमा वेचेको स्वीकारेका छन् ।