Sunday, July 29, 2012

Different Crime News in Nepal


  1. जवरजस्ती करणी गर्ने ७५ वर्ष को वृद्ध पक्राउ:
–  मिति २०६९।४।१३ गते जिल्ला कास्की बस्ने वर्ष १३ कि बालिका S1 2069 (हाल नाम परिवर्तित) लाई निजकै घरमा कोही नभएको समय पारी  वर्ष ७५ का टंक बहादुर थापाले ललाई फकाई जवरजस्ती करणी गरेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी चौकी सराङ्गकोटबाट खटिई गएको प्रहरी टोलीले निज टंक बहादुर थापालाई पक्राउ गरी जवरजस्ती करणी मुद्धामा मुद्धा दर्ता गरी थप अनुसन्धान कार्य भईरहेको ।

2.  आफनै सासु र सालीलाई ज्यान मार्न खोज्ने पक्राउ:

– जिल्ला ललितपुर गोदामचौर गा.वि.स. १ घर भई पोखरा ६ लेकसाईड वाराहीचोक स्थित आफनै डेरा कोठामा बस्ने वर्ष २७ को शक्तिध्वज भन्ने शिव सरण कार्कीले आफनै सासु वर्ष ३७ कि सपना थापा र आफ्नै साली वर्ष १५ कि हिरा थापालाई ज्यान मार्ने उद्धेश्यले फलामको हेम्मरले प्रहार गरी गम्भिर घाईते बनाई भागी फरार भएकोमा निजलाई खोजतलासको क्रममा मिति २०६९।४।१२ गते रुपन्देही जिल्लाको भैरहवाबाट पक्राउ गरी यस कार्यालयमा ल्याई ज्यान मार्ने उद्योग मुद्धामा म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भईरहेको । निजले मिति २०६९।४।१० गते राती अं. ११:५० बजेको समयमा सुतिरहेको अवस्थामा सासु र सालीलाई हेम्मर प्रहार गरेका थिए ।

3.  जवरजस्ती रकम असुली गर्ने पक्राउ:

(क) मिति २०६९।४।७ गते  ५:०० बजेको समयमा पोखरा १३ काहुँखोलामा आर्वाविजय गा.वि.स. वडा नं. ४ बस्ने वर्ष २२ को अनिल गुरुङ्ग, गोरे गुरुङ्ग, भिम गुरुङ्ग र विनोद गुरुङ्ग समेत मिली पोखरा १३ स्थित उद्योगमा जवरजस्ती धम्क्याई रु. ५० हजार असुल गरेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले अनिल गुरुङ्गलाई पक्राउ गरी केही सार्वजनिक अपराध शिषर्कमा मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप भई अनुसन्धान कार्य भईरहेको ।

(ख)  मिति २०६९।४।१० गते राती १०:०० बजेको समयमा पोखरा बाग्लुङ्ग सडकखण्डको हेम्जा स्थित हनुमानचोक भन्ने स्थानमा पोखरा बाट बाग्लुङ्ग चल्ने सवारी साधनहरुलाई जवरजस्ती रोकी पैसा असुल गरेको अवस्थामा जि. कास्की हेम्जा ५ बस्ने वर्ष २३ को प्रेम नेपाली, ऐ.ऐ. बस्ने वर्ष १८ को शिव नेपाली र ऐ.ऐ. बस्ने वर्ष २६ को सुरेश नेपालीलाई वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी केही सार्वजनिक अपराध शिषर्कमा मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप भई अनुसन्धान कार्य भईरहेको ।

District Police Office Kaski



 

Saturday, July 28, 2012

Entry of dharmasangh budhabihar in 57th yr year-धर्मसंघ बुद्धविहारको ५७ औं वर्ष प्रवेश


      धर्मसंघ बुद्धविहारको ५७ औं वर्ष प्रवेश तथा सर्धमसभाको २२ वार्षिक अधिवेशनले मोतिमान शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
      सो समितिको उपाध्यक्षमा भरतराज शाक्य, सचिवमा पूर्णमान बुद्धाचार्य, कोषाध्यक्षमा विकास रत्न शाक्य, सहसचिवमा लालबहादुर गुभाजु, सदस्यहरुमा दुर्गामान कर्माचार्य, तेजेन्द्र शाक्य, राजेशमान बुद्धाचार्य, किशोरमान शाक्य, पुरनमान बुद्धाचार्य, सुरेश शाक्य र मनोनित सदस्यहरुमा कृष्णमान बुद्धाचार्य, अशोककुमार शाक्य रहेको समिति चयन गरेको छ ।
      सो साधारणसभाको उद्घाटन सहप्राध्यापक डा.नरेशमान बुद्धाचार्यले गर्दै सामाजिक कार्यको माध्यमले बुद्ध शिक्षा फैलाउन सहयोग पुग्ने धारणा राख्नुभयो । मोतिमान शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भरत शाक्य, सचिव इश्वरमान शाक्य, पोखरा विश्वविद्यालयका पूर्व रजिष्टार प्रकाशमान गुभाजु लगायतले आआफ्नो मन्तव्य राख्नुभएको थियो ।
      कार्यक्रममा कलाकारहरु सुवर्ण बज्राचार्य, श्यामलाल श्रेष्ठ, ज्ञानु शाक्य, सन्तकुमारी बुद्धाचार्य लगायतले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो ।

Involvement of women in social activities-सामाजिक कृयाकलापको महिला नेतृत्व हुने

Involvement of women in social activities

      सामाजिक कृयाकलापको माध्यमले महिला नेतृत्व हुने अवधारणाले स्थापित आमा मिलन केन्द्रको तेस्रो साधारणसभा शनिवार सम्पन्न भएको छ ।अधिवेशनले इन्दिरा पौडेलको अध्यक्षतामा उपाध्यक्ष निर्मला घिमिरे, सचिवमा सावित्री भट्टराई, कोषाध्यक्षमा सुकमाया गुरुङ्ग, सहसचिवमा भिमा पौडेल, सदस्यहरुमा नुनु राना, लक्ष्मी पाण्डे, बीनकुमारी शर्मा, विजया अर्याल, सावित्री संग्रौला, संगिता शर्मा, निर्मला गुरुङ्ग, कमला श्रेष्ठ रहेको संचालक समिति चयन गरेको छ ।  उक्त साधारणसभाको उद्घाटन गर्दै गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष कृष्णप्रसाद बरालले संस्थाबाट गतिविधिलाई व्यापकभन्दा निरन्तरत गर्न सके समाजमा सकारात्मक सन्देश जाने बताउनुभयो ।
      शान्तिका लागि नागरिक समाजका संयोजक सुरेन्द्र बहादुर थापामगरले महिलाहरुको विकासमा संस्थाले
 पुर्याएको योगदान प्रसंसयोग्य रहेको धारणा राख्नुभयो । रेडियो सराङ्गकोटका कार्यकारी निर्देशक कृष्ण थापाले अधिकारलाई संस्थागत गर्दै अगाडि बढ्न सके मात्र समाज सकारात्मक बाटोतर्फ जान सक्ने बताउनुभयो ।
      केन्द्रका अध्यक्ष इन्दिरा पौडेलको सभापतित्वमा भएको कार्यक्रममा दलित महिला संघका सचिव अन्जना सुनुवार, इन्सेकका प्रतिनिधि गणेश भण्डारी, हिमचुली एफएमका स्टेशन मेनेजर दिलिप राई, अधिवक्ता जानकी शर्मा, सल्लाहकार पृथ्वीराज शर्मा, उपाध्यक्ष गंगाकुमारी अर्याल, सचिव शर्मिला लम्साल लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
 

Friday, July 27, 2012

A female teacher who’s both kidneys has been damaged want help from we peoples दुवै मृगौला फेल भएकी शिक्षिकाद्वारा सहयोगको आग्रह

Sangita Kunwar

दुवै मृगौला फेल भएकी एक शिक्षिकाले मृगौला प्रत्यारोपणको लागि आर्थीक सहयोगको अपिल गरेकी छिन् । साइनिङ स्टार आवासिय मा.बि. लेकसाईड पोखराकी शिक्षिका संगिता कुंवरको बिगत चार महिनादेखि दुवै मृगौलाले काम गर्न छाडेपछि प्रत्यारोपणको लागि आर्थीक सहयोगको अपिल गरेकी हुन् । सो बिद्यालयमा उनले करिव ८ बर्षदेखि पढाउँदै आएकी छिन् ।
       पोखरा–८, बगालेटोल निवासी २५ बर्षिय कुंवरको घरको आर्थीक अवस्था कमजोर भएकाले सबै समक्ष आर्थिक सहयोग गरी आफ्नो जीवन बचाइदिन अनुरोध गरेकि छिन् । ‘मेरा दुवै मृगौला फेल भएको स्वास्थ्यकर्मीले बताएका छन्’ उनले भनिन्–‘आर्थीक सहयोग गरि मलाई बचाउन सबै समक्ष अनुरोध गर्छु ।’ काठमाण्डौको, बीर, शिक्षण, किष्टका डाक्टरले उनको जाँच गरेका थिए ।
       विगत ६ महिनादेखि मृगौलामा समस्या देखिएपनि चार महिनादेखि दुवै मृगौलाले काम गर्न छाडेको र तुरुन्त मृगौला प्रत्यारोपण गर्नुपर्ने स्वास्थ्यकर्मीले बताएको उनको परिवारले जनाएको छ । प्रत्यारोपण  नेपालमा सम्भव नभए भारतमा लैजानुपर्ने र खर्च करिव २२ लाख रुपैया लाग्ने कुंवरका बुवा लालबहादुर कुंवरलेबताए । संगिताको हाल चरक अस्पतालमा हप्तामा दुई पटक डाइग्लोसिस गरार्इंदै आइएको छ ।
परिवारले विगत ६ महिनादेखि उपचार गराउँदै आएको र हालसम्म करिव साढे दुई लाख खर्च भैसकेको र बाँकि उपचारको लागि आर्थीक नभएकाले सहयोगको अपिल गरिएको बुवा कुंवरले बताए । ‘हामिले भएको पैसा उपचारमै लगायौं अब मृगौला प्रत्यारोपण नगरि नहुने भयो’ उनले भने–‘परिवारबाट पनि मृगौला दिन असम्भव भएकाले बढि खर्च बढेको, सबै समक्ष आर्थीक सहयोगको याचना गर्छु ।’
संगिताको उपचारका लागि आर्थीक सहयोग संकलन गर्ने सम्बन्धमा बिद्यालयका अभिभावक, शिक्षक, लेकसाइड क्षेत्रका समाजसेवी तथा आमा समूहको शुक्रबार बैठक बसि ‘संगिता उपचार सहयोग समिति’ गठन भएको छ । बिद्यालयका शिक्षक तथा पृथ्वीनारायण क्याम्पस पोखराका उप–प्राध्यापक नारायण मरासीनिको संयोजक र सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिका उपाध्यक्ष तथा आदर्श नेपाल प्रकाशन प्रा.लिका निर्देशक बिष्णुबहादुर भट्टराई सह–संयोजक रहेको १७ सदस्यीय संगिता उपचार सहयोग समिति गठन भएको हो ।
‘सयौं बिद्यार्थीलाई ज्ञानको ज्योति बाँड्ने शिक्षिका अमिले जीवन मरणको दोसाँधमा गुज्रिरहनु भएको छ’ बिद्यालयका प्राचार्य नारायणप्रसाद पाण्डेले भने–‘सबैले सक्दो आर्थीक सहयोग गरि संगितालाई बचाउन अनुरोध गर्छु ।’ समितीले अभियानको रुपमा आर्थीक सहयोग जुटाउन लागि पर्ने निर्णय गरेको छ ।
सो अबसरमा बिद्यालय, शिक्षक शिक्षिका, अभिभावक, समाजसेवीहरुले आर्थीक सहयोग प्रदान गर्ने घोषणा गरेका छन् । बिद्यालयले ३६ हजार, २७ जना शिक्षक शिक्षिकाले १३ हजार, रामबहादुर पौडेलले १० हजार, जगत बहादुर कुँवरले ५ हजार, शुसिला सुवेदीले ५ हजार, नारायण पाण्डेले ४ हजार, दुर्गा पहारीले २ हजार ५ सय, गोमा पहारीले २ हजार आर्थीक सहयोग गर्ने घोषणा गरेका छन् ।

Thursday, July 26, 2012

COPNAHRN-पूर्व पदाधिकारीहरुलाई आजीवन सुविधा दिने निर्णय खारेज गर्न माग

              नेपाल सरकारले हालै पूर्व पदाधिकारीहरुलाई राज्यले थेग्नै नसक्ने गरी आजीवन सुविधा दिन गरेको निर्णयप्रति राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
              संस्थाका अध्यक्ष प्रा.डा.भवानीप्रसाद पाण्डे तथा महासचिव रामबहादुर पौडेलद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा गरीब मुलुक नेपालका जनताहरुको अवस्था दिनानुदिन दयनीय रुपले खस्कँदै गएको र अर्थतन्त्र रेमिटेन्समा आधारित हुँदै गैरहेको अवस्थामा पूर्व राष्ट्रपति र उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व सभामुख र उपसभामुख, पूर्व प्रधानन्यायाधीश र पूर्व गृहमन्त्री लगायतलाई सुविधा दिन अध्यादेश जारी गर्नु सामाजिक न्यायका विपरित भएको जनाइएको छ ।

              विज्ञप्ति मार्फत् सार्वभौमिक नेपाली जनताहरुको बाँच्न पाउने अधिकारको सम्मान गर्दै गास, बास र कपासको समस्यामा परेका वर्गलाई राहतका लागि आवश्यक सुविधा दिनतर्फ नेपाल सरकारको ध्यान जाओस् भन्ने आग्रह गर्दै नेपाल सरकारले गरेको मुलुक र जनता विरोधी उपरोक्त निर्णय तत्काल खारेज गर्न जोडदार माग गरिएको छ ।