१) पोखरा उप.म.न.पा. वडा नं. ६ लेकसाईडबाट मिति २०६९।२।२८ गते १ दिनको लागि भाडामा भनी मोटरसाईकल लिई हाल सम्म फरार रहेको अवस्थामा खोजतलासको क्रममा निम्न नं.का मोटरसाईकलहरु र मानिसलाई मिति २०६९।३।५ गते काठमाण्डौबाट पक्राउ गरिएको र निजहरुको सम्बन्धमा अनुसन्धान कार्य भईरहेको ।
(क) ईन्जिन नं.
DJWBTG-72272 च्यासिस नं.
MD2DHDJLTCG-32036 भएको रातो रंगको १८० सि. सि. को बजाज नं. को ग.६.प. १६३२ नं. उल्लेख भएको पल्सर मोटरसाईकल ।
(ख) ईन्जिन नं.
DGG3PM.23098, च्यासिस नं.
MD2DMDJZZPCM-16453 भएको कालो रंगको, १८० सि.सि. को बजाज कम्पनीको ग.४.प. २६१६ नं. उल्लेख भएको पल्सर मोटरसाईकल ।
पक्राउमा परेका व्यक्ति :
१) जि. कास्की चापाकोट गा.वि.स. वडा नं. ६ बस्ने वर्ष २८ को एम भन्ने राज कुमार थापा ।
१) पोखरा उप.म.न.पा. वडा नं. १५ फलेपाटन घुम्तीमा १४ः४५ बजेको समयमा ग.१.ख. १५१३ नं. को ट्रक घुम्तीबाट १४।१५ मिटर तल खस्न जाँदा सोही ट्रक चालक र हेल्पर घाईते भई गण्डकी अस्पतालमा उपचार भईरहेको ।
(क) चालक: जि. खोटाङ्ग बोपुन ८ घर भई पोखरा ९ न्यूरोड बस्ने वर्ष ३९ को किशोर बस्नेत
(ख) हेल्पर : जि. पर्वत ठापाठान ७ घर भई पोखरा ७ रत्नचोक बस्ने वर्ष १७ को सुरज थापा ।
- फरार प्रतिवादीहरु पक्राउ:
१) लागू औषध बुप्रिनर्फिन र ब्राउन सुगर मुद्धामा फरार रहेका प्रतिवादी जि. कास्की निर्मलपोखरी बस्ने वर्ष २५ को प्रताप राना मगरलाई मिति २०६९।३।४ गते र जि. कास्की पोखरा उ.म.न.पा. – १७ रातो पैरो बस्ने वर्ष ३५ को कृष्ण थापालाई मिति २०६९।३।५ गते वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी कास्की जिल्ला अदालत बुझाईएको ।