Tuesday, June 19, 2012

National Resources public right Conservation Committee of Nepal Vital eye on (राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालको गम्भीर ध्यानाकर्षण)

      फेरिपनि आएको वर्षे बाढीले सेती नदीको धार परिवर्तनका कारण हेमजामा ९ घर परिवार विस्थापित भई पोखरा–बाग्लुङ राजमार्ग (भूपि शेरचन राजमार्ग) समेत जोखिममा पर्न गएकोमा राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालको गम्भीर ध्यानाकर्षण भएको एक प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
      महासचिव रामबहादुर पौडेलद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा सेती नदीको पश्चिमी धार परिवर्तनलाई पुनः पूर्वतर्फ फर्काइ (गिट्टी–बालुवा उत्खनन् गरी बिक्री गर्न थुपारी राखिएको पूर्वी भाग) थप जनधन र भुपि शेरचन राजमार्गलाई जोखिमबाट रोक्न एवं पीडित परिवारलाई सुरक्षित बसोबासको तत्काल व्यवस्था गर्न प्रशासनिक निकायको ध्यान जाओस् भनि जोडदार माग गरिएको जनाइएको छ ।

No comments:

Post a Comment

Please, comment about this article.