Tuesday, May 22, 2012

Details of Seti Flood in Pokhara,Nepal


) मिति २०६९।१।२३ गतेका दिन अचानक सेती नदीमा बाढी आई सो बाढीले घर, सवारी साधन, मानिसहरु तथा चौपाया समेत बगाई वेपत्ता बनाएकोमा वेपत्ता मानिसहरु (पुरुष, महिला, केटाकेटी) को खोजी गनेर्  क्रममा कास्की जिल्लाको सार्दीखोला गा.वि.. वडा नं. देखि ले खनाथ नगरपालिका सम्मको सेती नदीको किनारका विभिन्न एरियाबाट मानवका शव तथा मानव अंगहरु फेला पारी उक्त मानव शव तथा अंगहरु पोष्टमार्टम तथा सनाखतको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएकोमा कतिपय शव तथा मानव अंगहरु मृतकका आफन्तहरुले सनाखत गरी दाहसंस्कारको लागि बुझि लिई दाहसंस्कार गरिसकेका, बाँकी रहेका मानव शरिर तथा अंगहरु हालसम्म पनि सनाखत हुन नसकी दाहसंस्कार गर्न नसकिएकोे उक्त शव तथा मानव अंगहरु सडी गली औसा किराहरु परी दुर्गन्धित भै अस्पतालको वातावरणमा नै गम्भिर असर पर्न गएकोले सनाखत नभएका शवहरु पछि कोही कसैले सनाखत गर्न सक्ने भएमा शवका अवशेष बुझाउने गरी उक्त शवहरु विपत पश्चातको शव व्यवस्थापन सम्बन्धी मार्गदर्शन, २०६८ बमोजिम शव व्यवस्थापन उपसमितीको निर्णयनुसार कास्की जिल्ला पोखरा उप...पा.– १० रामघाट स्थित सेती नदीको किनारमा निम्न प्रतिनिधीहरुको उपस्थितिमा खाल्डो खनी क्रमसः पुरी अस्थायी व्यवस्थापन गरिएको

उपस्थिती :
  •  नेपाल रेडक्रस सोसाईटी कास्कीका वरिष्ठ अधिकृत श्री खेमराज सापकोटा
  • पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका प्रतिनिधि श्री किरण रेग्मी
  • नयाँ गोरख गण फुलवारीका प्रतिनिधि सहसेनानी रुपेश चापागाई
  • मुक्तिनाथ बाहिनी पोखराका .प्र.ना.. भोला गिरी
  • श्री पोखरा उप...पा. वडा नं. १० का वडा सचिव नवराज थापा
  • जिल्ला प्रहरी कार्यालय कास्कीका प्रतिनिधी प्रहरी निरीक्षक रविन्द्रनाथ पौडेल
  • जिल्ला प्रहरी कार्यालय कास्कीका प्रतिनिधि प्रहरी नायव निरीक्षक कृष्ण राना

गाडिएका शवहरुको बिवरण :
  • महिलाको शव
  • महिलाको टाउको
 महिलाको टाउको नभएको शव

पुरुषको सम्पूर्ण भएको शरिर

बायाः हातको कुहिना देखि तलको अंग

बाया हातको कुम देखि तलको अंश

खुट्टाको साप्रा देखि तलको अंग

दाहिने हात देखि तलको अंग

बाया हातको कुहिना देखि तलको अंग

बाया हातको पाखुरा देखि तलको अंग

दाहिने खुट्टाको गोली गाठो देखि तलको अंग

बायाँ खुट्टाको पन्जा सहितको भाग

जम्मा १२ वटा साथै उक्त घट्नामा परी उद्धारका क्रममा फेला परेका शवहरु मध्ये सनाखत हुन नसकेको दाहिने हात जोडिएको, आधा शरिर भएको दाहिने साप्रा सम्मको भाग मणिपाल शिक्षण अस्पतालमा रहेको

जिल्ला प्रहरी कार्यालय कास्की

3rd Days of Accidents during Nepal bandh in Pokhara


मिति २०६९।२।९ गते आदिवासी जनजाति महासंघ द्धारा आव्हान गरिएको नेपाल वन्दको तेश्रो दिनमा पोखरा उपत्यकामा भएका घटनाहरुको बिवरण
) ८:०० बजेको समयमा पोखरा सृजनाचोकमा पोखरा बस्ने वर्ष ४२ का जिल्ला वन कार्यालय कास्कीमा कार्यरत कर्मचारी माधव बराललाई प्रर्दशनकारीहरुले कुटपिट गरेको निजको मेट्रो सिटी अस्पतालमा उपचार भईरहेको
Accidents during Nepal bandh in Pokhara
) २:१० बजेको समयमा पोखरा पृथ्वीचोक स्थित हिमालय पेट्रोल पम्प अगाडि सटरमा ढुंगा हान्दै हिडेका जना मानिसहरुलाई नियन्त्रणमा लिईएको
Accidents during Nepal bandh in Pokhara
) ३:१५ बजेको समयमा पोखरा १५ घलेचोकमा ... ९७२७ नं. को मोटरसाईकललाई बन्दकर्ताहरुले तोडफोड गरि क्षति पु¥याएको, मो.सा.मा सवार रामबजार बस्ने सरोज गुरुङ्ग विनोद गुरुङ्ग सामान्य घाईते भई स्थानिय मेडिकलमा उपचार गराएको
Accidents during Nepal bandh in Pokhara

Monday, May 21, 2012

Accidents during Nepal bandh in Pokhara

मिति २०६९।२।८ गते आदिवासी जनजाति महासंघ द्धारा आव्हान गरिएको नेपाल वन्दको दोश्रो दिनमा पोखरा उपत्यकामा भएको घटनाहरुको बिवरण


१)१२:०५ बजेको समयमा रामबजारबाट अमरसिंहचोक तिर आईरहेको ग.४.प. ६७२२ नं. को रेडियो वाराहीका संवाददाता राजन उपाध्यायको स्कुटर बन्दकर्ताहरुले तोडफोड गर्दा पछाडिको सिट र सिसा क्षति भएको ।

२) १:४० बजेको समयमा पोखरा – ५ जिरो कि.मी. मा जि.तनहुँ स्याम्घा ८ घर भई हाल पोखरा ५ बस्ने आरती गिरीको ८ महिनाको छोरी पुजा गिरी लाई अखण्ड नेपाल पश्चिमाञ्चल लेखिएको वोर्ड मुनि सुताई राखेको अवस्थामा प्रर्दशनकारीहरुले प्रहार गरेको ढुंगा उछिटिई लाग्दा घाईते भई मेट्रो सिटी अस्पतालमा उपचार
भईरहेको निजको अवस्था मध्यम रहेको साथै सोही स्थानमा प्रर्दशनकारीको ढुंगा लागी पोखरा १३ बस्ने वर्ष २८ को लाल बहादुर गुरुङ्ग सामान्य घाईते भएकोमा निजलाई प.क्षे. अस्पतालमा उपचार गराए
पश्चात डिस्चार्ज भएको ।





३) ३:४५ बजेको समयमा पोखरा ९ पृथ्वीचोकमा प्रर्दशनकारीहरुबाट सुरक्षार्थ खटिएका प्रहरी उपर एक्कासी ढुंगा मुढा प्रहार गर्न थाले पछि प्रहरीले सम्झाई बुझाई गर्दा समेत स्थिति नियन्त्रणमा नआए पछि
प्रहरी द्धारा गरिएको जवाफी कारवाहीमा १३ राउण्ड अश्रु ग्यांस प्रहार गरिएको, सो झडपमा प्रहरी तर्फ सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोकमा कार्यरत प्र.ह. कन्या गुरुङ्ग लगायत अन्य ३ जना प्रहरी
घाईते भएका, साथै उक्त घट्नामा १० जना प्रर्दशनकारीहरु घाईते भएको भन्ने बुझिएको ।


४) ४:१० बजेको समयमा पोखरा १० रंगशाला अगाडि नेपाल खानेपानी संस्थानको बा.१.घ. ४३२ नं. को पानी ट्यांकरलाई प्रर्दशनकारीहरुले ढुंगा मुढा प्रहार गरी अगाडिको २ वटा शिसाफुटाई क्षति पु¥याई दिएको । सोही स्थानमा भएको झडपमा परी पोखरा १० बस्ने वर्ष ७६ को श्री प्रसाद गुरुङ्ग सामान्य घाईते भएको ।

जिल्ला प्रहरी कार्यालय, कास्की

Sunday, May 20, 2012

Nepal's Strike in Pokhara(जनजाती महासंघ द्धारा आव्हान गरिएको नेपाल वन्दका )

मिति २०६९।२।७ गते आदीवासी जनजाती महासंघ द्धारा आव्हान गरिएको नेपाल वन्दका क्रममा पोखरा उपत्यकामा भएको घटनाहरुको



बिवरण
१)०६:५० बजेको समयमा पोखरा १० अमरसिंहचोकमा विरगंजबाट पोखरातर्फ भारतीय पर्यटकहरु लिएर आईरहेको ना.४.ख. ६२८८ नं. कोबसको अगाडिको चालक साईडको सिसा बन्दकर्ताहरुले ढुंगा प्रहार गरि
फुटाई दिएको ।

२) ११:१० बजेको समयमा पृथ्वीचोकमा रहेको अखण्ड नेपाल पश्चिमाञ्चल लेखिएको वोर्ड बन्दकर्ताहरुले फाल्न लागेको अवस्थामा प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा भिडको विचबाट अचानक ढुंगा प्रहार गरि नेपाल बैंक लिमिटेड भवनको १ वटा सिसा फुटी क्षति भएको ।

३) १२:२५ बजेको समयमा पोखरा १७ ड्यामसाईटमा अनिस खाजा घर र के.भि. स्टोर्सको सोकेसको सिसा फुटाई क्षति पु¥याएको । १ थान फ्रिज समेत कुच्चिएको, स्थितिलाई नियन्त्रण लिने क्रममा प्रहरी द्धारा १२ जना प्रर्दशनकारीहरु नियन्त्रणमा लिईएको र निजहरुलाई आजैआफन्तको जिम्मा लगाई छाडिएको ।

४) अं. २:२५ बजेको समयमा पोखरा ९ पृथ्वीचोकमा रहेको अखण्ड नेपाल पश्चिमाञ्चल लेखिएको वोर्ड उखेल्न खोज्ने र डिउटीमा खटिएकाप्रहरी माथि ढुंगा मुढा गर्ने प्रर्दशनकारीहरुको गतिविधि नियन्त्रणमालिन गरिएको प्रहरी कारवाहीमा ९ सेल अश्रु ग्यांस प्रयोग भएको, सोहीक्रममा प्रर्दशनकारीहरु मध्ये नुवाकोट घर भएका वर्ष २१ का टेकबहादुर तामाङ्ग र पोखरा ११ फुलवारी बस्ने वर्ष २५ को रमेश गुरुङ्ग सामान्य घाईते भएको, सोही क्रममा पैदल यात्री पर्वत शिवालयचोक बस्ने वर्ष ७९ का नित्यलाल सुवेदी सामान्य घाईते भएको सोही
क्रममा प्रर्दशनकारीहरुले प्रर्दशनी मार्गमा रहेको ओम इलेक्ट्रोनिक्सको सोकेसको १ वटा सिसा फुटाई क्षति पुयाई दिएको, ध.१.च. १७१ र ग.१.च. ११२० नं. को एम्बुलेन्सको सिसा फुटाई क्षति पुयाई दिएको । उक्त घटनामा संलग्न २ जना प्रर्दशनकारीहरुलाई नियन्त्रणमा लिईएको । स्थितिलाई नियन्त्रणमा लिने क्रममा
६ जना सुरक्षाकर्मीहरु सामान्य घाईते भएका ।
जिल्ला प्रहरी कार्यालय, कास्की

महोत्सव तथा सामुदायिक क्याम्पस संचालनार्थ आयोजना



सरस्वती टिका उच्च माध्यमिक विद्यालय भरतपोखरीले आगामी भाद्र १६ गते मनाउन लागेको स्वर्ण महोत्सव तथा सामुदायिक क्याम्पस संचालनार्थ आयोजना गरेको अर्थ संकलनमा शनिबार सम्ममा साढे ६१ लाख संकलन भएको जनाइएको छ । कार्यक्रम भरतपोखरी–४ स्थित भगवती चौतार र कालीस्थान भएको अर्थ संकलनमा चन्दादाताहरुमा बुद्धिसागर अधिकारी बाट १ लाख १७ हजार ७ सय १६, दशरथ बस्ताकोटीबाट २५ हजार २ सय ९, प्रेमबहादुर कार्कीबाट १२ हजार २ सय, शशीधर भण्डारीबाट २५ हजार ५ सय ५, शालिकराम अधिकारीबाट १२ हजार १ सय ११, टेकनाथ लामिछानेबाट १२ हजार १ सय ५०, आर्दश टोल आमा समूहबाट ५ हजार ५ सय १, देउमाया बरालबाट १२ हजार २ सय, पूर्णबहादुर गुरुङबाट १२ हजार २ सय, दुर्गाकुमार श्रेष्ठबाट ८ हजार १ सय, नारायणी दाहालबाट १२ हजार ५, सानु खडानन्द अधिकारीबाट १२ हजार १५, पदमलाल अधिकारीबाट १२ हजार १५, रिपु थापाबाट १३ हजार १ सय ५०, गंगाबहादुर वि.क.बाट ५ हजार १ सय ५, कमलबहादुर नेपालीबाट ५ हजार १ सय ५, छविलाल अधिकारीबाट १२ हजार १ सय ५०, रुपादेवी पौडेलबाट २५ हजार ५, विश्वप्रसाद काफ्लेबाट १२ हजार ५, गुणाराज अधिकारीबाट २५ हजार ५ सय ५५, अग्निधर अधिकारीबाट १२ हजार १ सय १५, बेलप्रसाद गुरुङबाट १३ हजार, श्रीभद्र बस्ताकोटीबाट १२ हजार ५ सय ५, शोभाखर अधिकारीबाट २५ हजार ५ सय २५।२५ पैसा, धनमाया पौडेलबाट २५ हजार ५ सय ५, डिलमाया दाहालबाट १२ हजार १ सय ५, चन्द्रकुमारी श्रेष्ठबाट ६ हजार ५०, इन्द्रकुमार श्रेष्ठबाट ६ हजार २ सय ५०, युवराज पौडेलबाट १२ हजार ९ सय, ठाकुरप्रसाद आचार्यबाट १ हजार १ सय १, टिकाराम अधिकारीबाट १२ हजार १ सय ५०, इन्द्रबहादुर थापाबाट १ हजार ५ सय १, विष्णुप्रसाद आचार्यबाट १२हजार १ सय १२, ऋषिराम आचार्यबाट १ हजार १ सय ५, युद्धवीर खड्काबाट १२ हजार १ सय १२, जगन्नाथ शर्माबाट १२ हजार १
सय ५१, ऋषिराम तिवारीबाट १२ हजार १ सय १, दुर्गाप्रसाद आचार्यबाट १२ हजार १ सय २०, हरिचन्द्र पौडेलबाट १२ हजार ५, सानु मणिराज आचार्यबाट १२ हजार ५ सय ५, पदमराज लामिछानेबाट १२ हजार १ सय, राजेन्द्र बरालबाट १२ हजार ३ सय ४५, इन्द्रबहादुर क्षेत्रीबाट १२ हजार १ सय ११, हरि बरालबाट १२ हजार १ सय, पुष्पराज अधिकारीबाट १२ हजार १ सय, बलबहादुर थापाबाट १२ हजार ५०, रेशमलाल थापाबाट १२ हजार ५०, कृष्णबहादुर पौडेलबाट १२ हजार १ सय १२, खेमप्रसाद सुबेदीबाट १ हजार ५५, निमदत्त सापकोटाबाट ५ सय ५, माधवप्रसाद पौडेलबाट १२ हजार १ सय ५, बन्दुराज आचार्यबाट १२ हजार ५०, सुकमाया पौडेलबाट १२ हजार ५, काजीमान भुर्तेलबाट १२ हजार १ सय ५, चन्द्रकान्त आचार्यबाट १२ हजार, रामचन्द्र सुबेदीबाट २५ हजार ५, बोधराज पौडेलबाट १२ हजार १ सय २१, गोपीराज तिवारीबाट १ ३ हजार ३ सय ३३, बयानबहादुर कार्की १२ हजार १ सय १, रामबहादुर भण्डारीबाट १२ हजार ४ सय ५४, कुलप्रसाद पौडे
लबाट १२ हजार ३ सय ५, बाबुराम पौडेलबाट १२ हजार १ सय ५१, भोजराज सुबेदीबाट १ हजार २ सय १, हस्तबहादुर गुरु ङबाट १२ हजार २ सय १, बलबहादुर पौडेलबाट २ हजार १, तिलकबहादुर पौडेलबाट २५ हजार ५१, ओमप्रकाश पौडेलबाट १२ हजार १, निमकुमारी क्षेत्रीबाट १२ हजार ५ सय ५५, पदमराज आचार्यबाट १२ हजार १ सय १, श्रीधर अधिकारीबाट १२ हजार १ सय, नारायणबहादुर कार्कीबाट १ हजार १, केतन सुबेदीबाट ५ सय १०, कुलप्रसाद आचार्यबाट २ हजार ५, दिनेश नेपालीबाट २ हजार १०, मोहन न्यौपानेबाट १२ हजार १ सय ५१, नेत्रबहादुर क्षेत्रीबाट १५ हजार, टेकनाथ आचार्यबाट १२ हजार १, पदमबहादुर क्षेत्रीबाट १२ हजार १५, बाबुराम अधिकारीबाट १२ हजार ५ सय १, र सन्ध्या दाहालबाट १२ हजार १५ रहेको छ । संकलन भएको स्वर्ण महोत्सव मूल समारोह समितिका महासचिव एवं उच्च माविका संयोजक डिल्लीराम बरालले जानकारी दिनुभयो । चन्दा संकलन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज अधिकारी, प्रअ टिकाराम अधिकारी,अर्थ संकलन सचिव श्रीधर आचार्यलगायतले बोल्नुभएको थियो । भगवती चौतारीमा भएको अर्थ संकलनमा स्थानीय समाजसेवी देवीप्रसाद अधिकारी र कालिकास्थानमा भएको कार्यक्रममा
विद्यालय व्यवस्थापन समितिका सदस्य पदमबहादुर क्षेत्रीको अध्यक्षतामा भएको थियो । चन्दा संकलन कार्यक्रमलाई ७ गते दोविल्ला, ८ गते हनुमान पोखरी, ९ गते खैरेनी, १० गते तिक्लांक, ११ गते लामगादी र १२ गते सिप्लेनीतरामा हुने विद्यालय जनाएको छ ।