Tuesday, January 3, 2012

यातायात सम्बद्ध युनियन परिषद् कास्कीको दोस्रो भेला सम्पन्न

       यातायात सम्बद्ध युनियन परिषद् कास्कीको दोस्रो भेला नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकीको सभाहलमा सम्पन्न भयो ।
       उक्त भेलाको प्रमुख अतिथि नेपाल ट्रेड युनियन महासंघ जिफण्ट राष्ट्रिय कमिटीका उपाध्यक्ष चुडामणि जंगलीले देशको वर्तमान राजनीति अवस्थाको बारेमा प्रकाश पार्नुभयो । यातायात सम्बद्ध युुनियन परिषद्का केन्द्रीय संयोजक राम नरेश सिंहले यातायात सम्बद्ध युनियन परिषद्, नेपाल ट्रेड युनियन महासंघ जिफण्टको बारेमा प्रकाश पार्नुभएको थियो । उक्त कार्यक्रममा नेपाल टे«ड युनियन महासंघ जिफण्ट गण्डकी धौलागिरीका अध्यक्ष युवराज पौडेल, संगठनका केन्द्रीय उपाध्यक्ष इश्वर प्रसाद आचार्य, महासचिव कर्णसिंह गुरुङ्ग लगायतले संगठनको नीित लक्ष्य उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो ।
       यातायात युनियन परिषद्का संयोजक विष्णु बहादुर पराजुलीको अध्यक्षता भएको कार्यक्रममा स्वागत नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकीका अध्यक्ष विष्णु बहादुर खत्री तथा कार्यक्रमको संचालन सचिव कमल प्रसाद पौडेलले गर्नुभएको थियो ।
       उत्तः भेलामा एकसय पाँच जना मजदुरहरुको उपस्थिति रहेको थियो । भेलाले आगामी २ वर्ष कार्यकालका लागि हरिराम धितालको संयोजकत्वमा ६ सदस्यीय नयाँ कमिटी गठन गरेको छ । कमिटिका सदस्यहरुमा चुडामणि शर्मा पाखरेल, बाबुराम राना, कृष्णबहादुर अर्याल, पदमबहादुर रानाभाट, नरेश मुल्मी रहनुभएको छ ।

Monday, January 2, 2012

स्याङ्जा क्षेत्र नं. ३ मा मूक्ति समाजको क्षेत्र स्तरीय प्रशिक्षण सम्पन्न


नेपाल उत्पीडीत जातिय मुक्ती समाज क्षेत्र नं. ३ स्याङ्जाका क्षेत्र स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मुक्ती समाज केन्द्रिय सदस्य तथा गण्डकी सहइन्र्चाज धनवहादुर नेपालीले जातिय भेदभाव, शोषक सामन्तहरुको शोषणको रुप भएको बताउदै सामाजिक न्यायको लागि सम्पूर्ण उत्पीडितहरु राजनैतिक रुपमा सचेत र संगठीत हुनु पर्ने बताउनु भयो । नेकपा एमाले राष्ट्रिय प्रतिनिधी परिषद् सदस्य ढाकाराम अर्याल ले सवै खाले विभेदको अन्त्य नभए सम्म लोकतान्त्रिक गणतन्त्र संस्थागत नहुने विचार राख्नु भयो । सोहि कार्यक्रममा पार्टी अञ्चल सदस्य सीता सुन्दास, पार्टी जिल्ला सचिव पुण्य भुसाल, मुक्ती समाज केन्द्रिय सदस्य धनमाया विश्वकर्मा, नेकपा एमाले स्याङ्जा क्षेत्र नं. ३ का अध्यक्ष मुक्ती पाठक, मुक्ती समाज स्याङजा अध्यक्ष जमान सिंह नेपाली लगायतले सामाजिक न्याय र स्वतन्त्रताको विषयमा विचार ब्यक्त गर्नु भएको थियो । प्रशिक्षण पछिको भेलाले कुल वहादुर विश्वकर्मा अध्यक्ष रहेको मुक्ती समाज स्याङ्जा क्षेत्र नं. ३ गठन गरेको छ । कार्यक्रमको संचालन तिलकराम विश्वकर्मा र अध्यक्षता यम वहादुर विश्वकर्माले गर्नु भएको थियो ।

नेकपा एमाले कास्की पार्टी सुढृढीकरण तथा जनपरिचालन तीन महिने अभियानमा

नेकपा एमाले

नेकपा एमाले कास्कीको १३ औं पूर्ण बैठक जिल्ला कमिटि कास्की का अध्यक्ष मान वहादुर जि.सीको अध्यक्षतामा आज सम्पन्न भयो । बैठकले पार्टी केन्द्रद्धारा अधि सारिएको पार्टी सुदृढीकरण तथा जनपरिचालन तीन महिने अभियानलाई सफल पार्न एवम् महत्वपूर्ण राजनैतिक निर्णयहरु गरेको छ । नेकपा एमाले कास्कीले सो अभियान अन्र्तगत १९ गते कास्कीका चार वटै क्षेत्रिय कमिटीका बैठकहरु आयोजना गर्ने २० गते जिल्ला स्तरीय भेला गर्ने र षौष मसान्त भित्र क्षेत्रिय कार्यकता भेला आयोजना गर्ने निर्णय गरेको छ । जिल्ला स्तरमा अभियानको अनुगमन नेकपा एमाले पोलिटब्यूरो बैकल्पिक सदस्य खगराज अधिराधी र जिल्ला अध्यक्ष मान वहादुर जि.सीले गर्नुहुने छ । त्यसैगरी क्षेत्र नं. १ मा राष्ट्रिय प्रतिनिधी परिषद् सदस्य वेदवहादुर गुरुङ, अञ्चल सदस्य विजयवावु वनवासी, जिल्ला सचिवालय सदस्य मन वहादुर गुरुङ क्षेत्र नं. १ का अध्यक्ष टिकाराम पंगेनी, क्षेत्र नं. २ मा राष्ट्रिय प्रतिनिधी परिषद् श्रीनाथ बराल, जिल्ला सचिव कृष्ण थापा, र क्षेत्र नं. २ का अध्यक्ष बसन्त बराल ले अनुगमन गर्नुहुने छ । त्यसै गरी क्षेत्र नं. ३ मा राष्ट्रिय प्रतिनिधी परिषद् सदस्य रविन्द्र अधिकारी, अञ्चल सदस्य सृजना शर्मा, जिल्ला सचिवालय सदस्य युवराज पौडेल र क्षेत्र नं. ३ का अध्यक्ष राजिव पाहारीले र क्षेत्र नं. ४ मा राष्ट्रिय प्रतिनिधी परिषद् सदस्य पूण्य पौडेल, अञ्चल सदस्यहरु सीता गिरी, कृष्ण नेपाली, जिल्ला सचिवालय सदस्य दामोदर बैगारी र क्षेत्र नं. ४ का अध्यक्ष गणेशमान गुरुङ ले अनुगमन गर्नुहुनेछ ।बैठकले उच्च मा.वि. सम्मका सवैका शैक्षिक कामहरु ब्यवस्थित गर्न सचिवालय सदस्य डि शर्माको सयोजकत्वमा एक संयत्र     गठन गरिएको छ। त्यसै गरि बैठकले क्षेत्र नं. १ क्षेत्रिय सदस्य चिनवहादुर विश्वर्कमाको मेरुदण्ड, नशा सम्बन्धी विरामी भई उपचरार्थ रहनुभएको स्वास्थ्य लाभको कामना सहित आर्थिक सहयोग गर्न क्षेत्रिय कमिटि १ का अध्यक्ष टिकाराम पंगेनी, सचिवालय सदस्य मन वहादुर गुरुङ जिल्ला कमिटि सदस्यहरु लाल वहादुर परियार, प्रेम विश्वकर्माले संयोजन गर्ने गरी निर्णय गरेको छ । त्यसै गरी नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनका नेता एवम् नगर समन्वय कमिटि पोखराका सदस्य लोकवहादुर कार्की, पौष १ गतेको नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको चौथो महाधिवेशन तयारीका क्रममा मोटरसाईकल दुर्धटनामा परी सख्त घाइते हुनुभएकोमा शिघ्रस्वास्थ्य लाभको कामना गरेको छ । त्यसै गरी बैठकले नेकपा एमाले क्षेत्रिय कमिटि क्षेत्र नं. ४ का सदस्य तथा नेपाल लोकतान्त्रीक आदीवासी जनजाती महासंका कास्की उपाध्यक्ष टेकवहादुर थापाको हालै असामायिक निधन भएकोमा हार्दिक श्रद्धाजली ब्यक्त गदै शोक सन्तप्त परिवार जन, इष्टमित्र, आफन्तजन प्रति हार्दिक समवेदना ब्यक्त गरेको छ।नेकपा एमाले कास्कीले हालै पार्टी स्थायी कमिटिले पार्टीको आन्तरीक एकतालाई सुदृढगर्न ३ महिने अभियानका साथ पाटीृ पंत्तीलाई एकतावद्ध पार्ने निर्णय गरेको मा स्वागत गर्दै सो अभियानलाई उच्च रुपमा सफल पार्ने निर्यण गर्दै प्रस्ताव पारित गरको छ । बैठकमा नेकपा एमाले पोलिटब्यूरो बैकल्पीक सदस्य खगराज अधिकारी केन्द्रिय कमिटि सदस्य तुलवहादुर गुरुङ बैल्कपिक केन्द्रिय सदस्य जगत विश्वकर्मा लगायतको विशेष उपस्थिती रहेको थियो ।


Sunday, January 1, 2012

क्यूपेक नेपाल वडा कमिटी ६ को चौंथो अधिवेशन शनिवार सम्पन्न अध्यक्षमा श्रेष्ठ


नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) वडा कमिटी ६ को चौंथो अधिवेशन शनिवार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) गण्डकी धौलागिरी अञ्चल अध्यक्ष यूवराज पौडेल तथा विशेष अतिथि क्यूपेक नेपाल केन्द्रीय उपाध्यक्ष चन्द्रप्रसाद गुरुङ्गले निर्माण क्षेत्रमा काम गर्ने निर्माण मजदुरहरुलाई अनिवार्य रुपमा सामाजिक सुरक्षाकोष आवश्यकता रहेको बताउनुभएको थियो ।
       उक्त अधिवेशनमा जिफण्ट अञ्चल सदस्य सूर्यमोहन सुवेदी, शिक्षा विभाग केन्द्रीय सदस्य विजया सुवेदी, जिफण्ट जिल्ला अध्यक्ष लिलाबहादुर कार्की, क्यूपेक इन्चार्ज डिल्लु थापा, क्यूपेक जिल्ला कमिटीका उपाध्यक्ष पुण्यप्रसाद उप्रेती लगायतका पदाधिकारी तथा सदस्यहरु, पोखरा र लेखनाथ नगर कमिटीका अध्यक्ष, पोखरा वडा कमिटीका अध्यक्ष तथा पदाधिकारी, वडा कमिटी ६ का निर्माण मजदुरहरुको उपस्थिति रहेको थियो ।

Friday, December 30, 2011

संविधानसभा र सरकारले पुनरावलोकनका लागि अदालत

संविधानसभा र सरकारले पुनरावलोकनका लागि अदाल
संविधानसभाको म्याद थप सम्वन्धमा  सर्वोच्च अदालतले गरेको फैसलाको बिपक्षमा संविधानसभा र सरकारले पुनरावलोकनका लागि अदालत जानु असंवैधानिक कदम भएको बिभिन्न मानव अधिकारकर्मीहरुले जोड दिएका छन्  । मानव अधिकार पत्रकार संघ (हुर्जा) नेपालको सातौ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनीहरुले यस्तो कुरामा जोड दिएका हुन । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष्ँ केदारनाथ उपाध्यायले संविधान निर्माण गरि संक्रमणकालको अन्त्य गर्नुको सट्टा दलहरु सर्वोच्चको फैसला बिपरित फेरि पनि संविधानसभाको म्याद थपका लागि लविङमा लाग्नु गलत भएको बताउनुभयो । उहा“ले संक्रमणकालीन अवस्थामा मानव अधिकारको अवस्था नाजुक भएको भन्दै सवैलाई मान्य हुने खालको सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग तत्काल गठन गर्न सरकार उदासिन  भएकोमा चिन्ता प्रकट गर्नुभयो । मानव अधिकार उल्लंघनमा दोषी ठहरिएकाहरुलाई सरकारले  कारवाही गर्नुको सट्टा आममाफी दिएर सरकारले नै दण्डहिनतलाई प्रश्रय दिईरहेको आरोप समेत लगाउनु भयो । कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंङगानाले  वर्तमान सरकार र संविधानसभा नै सर्वोच्च अदालतको फैसला पुनारावलोकनका लागि जानु भनेको न्यायपालिकालाई नै असहाय बनाउन लागेको बताउनु भयो ।  पटक पटक संविधानसभाको म्याद थपिरहनु जनचाहना बिपरित हुने भन्दै पूर्व सभामुख ढुङगानले वर्तमान  सरकारको पनि संवैधानीक हैसियत गुमेको बताउनुभयो । उहाले वर्तमान सरकार र राजनीतिक दलहरुको गतिविधिले परिवर्तनको आभास हुन छाडेको बरु अग्रगमनकारी  भन्नेहरु नै प्रतिगमन तर्फ गएको  टिप्पणि गर्नुभयो । अस्थिर राजनीतिका कारण राज्यका कुनै पनि संयन्त्रले काम गर्ने छाडेकोले मुलुकमा दण्डहिनता बढेको  उहाको भनाई थियो । गैर सरकारी सस्था महासंघका अध्यक्ष डाक्टर नेत्र तिमल्सिनाले सक्रमणकालिन अवस्थाका नाममा मुलुकमा भ्रष्टाचार र मानव अधिकार उल्लंघनका घटनमा वृद्धि भएको आरोप लगाउनु भयो । राष्ट्रिय महिला आयोकी अध्यक्ष चादशेष तारा र राष्ट्रिय दलित आयोगका सदस्य सचिव जीवन परियारले देशको राजनीतिक अवस्था विग्रिएकोले महिला तथा दलितहरु माथिको हिंसा बढ्दै गएकोमा चिन्ता ब्यक्त गर्नुभयो । मानवअधिकार पत्रकार संघ(हुर्जा) नेपालका अध्यक्ष छत्रशंकरको सभापतित्वमा भएको कार्यक्रममा हुर्जा नेपालका महासचिव गणेशप्रसाद घिमिरे, कोषाध्यक्ष किशोरकुमार पौडेल हुर्जा कास्कीका उपाध्यक्ष राजेश पराजुलि लगायतका वक्ताहरुले दण्डदिनता बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो । यसैबिच मानव अधिकार पत्रकार संघ (हुर्जा) नेपालले  पत्रकारहरुलाई प्रोत्साहित गर्ने उदेश्यले एक लाखको अक्षयकोष  स्थापना  गरेको छ । संघको सातौ वार्षिककोत्सवको अवसरमा आयोजित कार्यक्रममा संघले कोष  स्थापना गरेको  घोषणा गरेको हो । मानव अधिकारको क्ष्ँेत्रमा काम गर्ने  पत्रकारहरुलाई प्रोत्साहित गर्ने उदेश्यले संघले आगामी बर्ष देखि एक जना पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्ने जनाएको छ । उक्त कोषमा मिरेष्ट नेपालका अध्यक्ष सुरेश आचार्यले २५ हजार एक रुपैया , पत्रकार शोभा श्रेष्ठले पाँच हजार, ट्रिनिटी कलेजका उमेश थापाले १० हजार, नेपालकी पहिलो महिला टेम्पो चालक एवं उद्यमी लक्ष्मी शर्माले १० हजार रुपैया  सहयोग गर्नु भयो थियो । कोषलाई आगामि दिनमा अझ बढाउदै लैजाने मानव अधिकार पत्रकार संघ (हुर्जा) नेपालका अध्यक्ष छत्रशंकरले जानकारि दिनुभयो ।