Tuesday, January 3, 2012

यातायात सम्बद्ध युनियन परिषद् कास्कीको दोस्रो भेला सम्पन्न

       यातायात सम्बद्ध युनियन परिषद् कास्कीको दोस्रो भेला नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकीको सभाहलमा सम्पन्न भयो ।
       उक्त भेलाको प्रमुख अतिथि नेपाल ट्रेड युनियन महासंघ जिफण्ट राष्ट्रिय कमिटीका उपाध्यक्ष चुडामणि जंगलीले देशको वर्तमान राजनीति अवस्थाको बारेमा प्रकाश पार्नुभयो । यातायात सम्बद्ध युुनियन परिषद्का केन्द्रीय संयोजक राम नरेश सिंहले यातायात सम्बद्ध युनियन परिषद्, नेपाल ट्रेड युनियन महासंघ जिफण्टको बारेमा प्रकाश पार्नुभएको थियो । उक्त कार्यक्रममा नेपाल टे«ड युनियन महासंघ जिफण्ट गण्डकी धौलागिरीका अध्यक्ष युवराज पौडेल, संगठनका केन्द्रीय उपाध्यक्ष इश्वर प्रसाद आचार्य, महासचिव कर्णसिंह गुरुङ्ग लगायतले संगठनको नीित लक्ष्य उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो ।
       यातायात युनियन परिषद्का संयोजक विष्णु बहादुर पराजुलीको अध्यक्षता भएको कार्यक्रममा स्वागत नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकीका अध्यक्ष विष्णु बहादुर खत्री तथा कार्यक्रमको संचालन सचिव कमल प्रसाद पौडेलले गर्नुभएको थियो ।
       उत्तः भेलामा एकसय पाँच जना मजदुरहरुको उपस्थिति रहेको थियो । भेलाले आगामी २ वर्ष कार्यकालका लागि हरिराम धितालको संयोजकत्वमा ६ सदस्यीय नयाँ कमिटी गठन गरेको छ । कमिटिका सदस्यहरुमा चुडामणि शर्मा पाखरेल, बाबुराम राना, कृष्णबहादुर अर्याल, पदमबहादुर रानाभाट, नरेश मुल्मी रहनुभएको छ ।

No comments:

Post a Comment

Please, comment about this article.