मानवअधिकार सम्बन्धि
कार्यक्रमहरु शहरमा मात्र नगरि ग्रामिण भेगमा पनि गर्नुपर्नेमा एक कार्यक्रमका
वक्ताहरुले जोड दिएका छन् । राष्ट्रिय मानवअधिकार आयोग क्षत्रीय कार्यालय पोखराले
मङ्गलबार पोखरामा आयोजना गरेको मानवअधिकार दिवस कसरी मनाउने विषयक कार्यक्रमका वक्ताहरुले
उक्त कुरामा जोड दिएका हुन् । कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोग
क्षेत्रीय कार्यालय पोखराका निर्देशक यज्ञप्रसाद अधिकारीले शहरमा मात्र
मानवअधिकारसम्बन्धि कार्यक्रम गर्नाले ग्रामिण भेगका जनताले मानवअधिकारसँग
सम्बन्धित कार्यक्रमहरुको बारेमा जानकारि नपाएको बताउनुभएको थियो । उँहाले
मानवअधिकारका बारेमा जनचेतना जगाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको थियो । कार्यक्रममा शान्तिका
लागि नागरिक समाज सञ्जाल कास्कीका संयोजक सुरेन्द्र थापा मगरले मानवअधिकारका
कार्यक्रमहरु व्यवस्थित रुपले सभ्य र भव्य रुपमा गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
विभिन्न सरकारी, गैरसरकारी तथा सुरक्षा निकायका प्रतिनिधिहरु उपस्थिति रहेको
कार्यक्रममा मानवअधिकार पत्रकार संघ(हुर्र्जा) कास्कीका उपाध्यक्ष राजेश पराजुलिले
मानवअधिकारका कार्यक्रमहरुलाई सफल पार्नका लागि हुर्जा कास्कीले आवश्यक सहयोग
गर्ने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा हुर्जा कास्कीका महासचिव वीरेन्द्र
सापकोटाले मानवअधिकारसँग सम्बन्धित कार्यक्रमहरु मानवअधिकारकै दिवस भनेर कुर्न
नहुने भएकाले कुनै पनि समयमा गर्नुपर्ने बताउनुभयो । उँहाले यस्ता कार्यक्रमहरु
शहरमा भन्दा ग्रामिण भेगमा लैजानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा इन्सेक
क्षेत्रीय कार्यालय पोखराका संयोजक शिव खकुरेल,
गणेश श्रेष्ठ, कास्की जील्लाका प्रहरी प्रमुख यादवराज खनाल, शसस्त्र प्रहरीका पदम सिंह
ऐर, राष्ट्रिय सम्पदाका महासचिव रामबहादुर पौडेल, कृष्ण प्रसाद आचार्य
मानवअधिकार आयोगका मानवअधिकार अधिकृत बद्रि सुवेदी लगायतले यस्ता कार्यक्रमहरुलाई
सञ्चारमाध्यमले समेत प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको थियो ।
Thursday, December 8, 2011
Wednesday, December 7, 2011
नेपालमा सवारी चलाउने काइदा – How people drive in Nepal?

माथि नर्कमा ठाउँ छ तलाई हतार छ भने (Photo by:( NGC,NEWS ) नुवारथोक,७ बुलौदी पोखरा
बढी दुर्घटना हुने ठाउँ भएकाले बढी गतिमा सवारी नचलाऔ साइन बोड राखिएको छ
तर यो साइन बोड देख्दा पनि लापरवाही गर्छन् भने त हाम्रो भन्नु केही छैन
तर माथि नर्कमा ठाउँ छ तलाई हामी भन्न मात्र सक्छौ
(Photo by:( NGC,NEWS )नुवारथोक,७ बुलौदी पोखरा
Picture originally shared on my Facebook profile
Monday, December 5, 2011
Bus accident near Bindhabasini Temple, Pokhara
This is an accident of bus at night. Click individual pictures to zoom in.
Date: December 3rd, 2011; Pokhara near Bindhabasini Temple
Sunday, December 4, 2011
Photos from Mustang trip in Nepal
This is an awesome picture depicting Himalayan range during trip to Mustang in Nepal. The blue sky gives us more energy. Click individual pictures to zoom in. See more pics below.
Tuesday, November 29, 2011
Drug caught by Police in Pokhara
लागू औषध बरामद र कारवाही सम्बन्धी बिवरण
१) मिति २०६८।०७।३०
गते बिहान ०९:३०
बजेको समयमा सादा पोशाकको
प्रहरी टोलीले सुराकीको आधारमा
विरगंजबाट लुकाई छिपाई लागू
औषध पोखरा तर्फ
ल्याउदै गरेको छ भन्ने
सूचनाको आधारमा खोजतलास गर्ने
क्रममा तनहुँ जिल्लाको दमौली
बजार स्थित एक
होटलमा बसिरहेको अवस्थामा निम्न
व्यक्तिहरुलाई निम्नानुसारको लागू औषध
सहित पक्राउ गरि
आवश्यक अनुसन्धान कार्य भईरहेको
।
Subscribe to:
Comments (Atom)