Friday, May 20, 2011

पर्यटक सुरक्षाका लागि सूचनामूलक बोर्ड राखियो


पोखरा क्षेत्रको भ्रमणमा आउने पर्यटकहरु लुटिने र असुरक्षित हुने क्रम देखिएपछि उनीहरुको सुरक्षाका लागि पश्चिमाञ्चल होटल संघ पोखराले सन्देशमुलक साइनबोर्डहरु राख्ने अभियान अगाडि बढाएको छ । नेपाल पर्यटन वोर्डसँग मिलेर त्यस्तो अभियान अगाडि बढाइएको संघका अध्यक्ष विप्लव पौडेलले  जानकारी दिनुभएको हो । पहिलो चरण अन्तर्गत विश्व शान्ति स्तुप जाने मार्ग स्थित ड्यामसाइड पारी त्यस्तो बोर्ड विहिवार राखिएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी सम्भु कोइरालाले बोर्डको उद्घाटन गर्नुभएको थियो । कूल ४५ हजार रुपैयाँको लागतमा विभिन्न ठाउँमा छ वटा बोर्ड राखिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो । समाज र पर्यटन क्षेत्रप्रति संघ उत्तरदायी छ भन्ने नमुना देखाउन पनि बोर्ड राखिएको संघले जनाएको छ । विश्व शान्ति स्तुप क्षेत्र बढी मात्रामा पर्यटक लुटिने क्षेत्र भएका कारण सो क्षेत्रमा बोर्ड स्थापना गरिएको संघले जनाएको छ ।

यसैगरी सराङकोटको सेदी, छोरेपाटनपट्टिबाट विश्व शान्ति स्तुप उक्लने मार्ग र वाराही मन्दिर पारी स्तुप उक्लने मार्गमा पनि बोर्ड राखिने संघका महासचिव विकल तुलाचनले जानकारी दिनुभयो । भ्रमणमा जाँदा समूहगत रुपमा जान, आफ्ना महत्वपूर्ण र महंगा सामान होटलमै छाड्न र केही घटना भइहालेमा हेल्पलाइनको रुपमा रहेका पर्यटन प्रहरी, प्रहरी र वडा प्रहरी जस्ता क्षेत्रमा सम्पर्क गर्न आग्रह गरेर सन्देशहरु बोर्डमा राखिएको छ ।

पोखराको शान्ति नगरमा बाघ भेटियो


पोखरा ७ शान्ति नगर स्थित राम बहादुर पौडेलको पोखरा गार्डेनमा बाघ भेटिएको हो । विहान ७ बजे तिर पौडेलको परिवारले बाघ देखे पछि वरपर हल्लाखल्ला भएको थियो । बाघ मानिसको आवत जावत बढे पछि गार्डेनको बगैचाको कुनामा लुकेको थियो ।

बाघ देखिए पछि शुरक्षा कर्मी र बन कार्यालयका कर्मचारी त्यँहा पुगे पनि उनिहरुले बाघलाई त्यहाँबाट लैजान सकेका थिए नन् । बाघ आएको थाहा पाए पछि मानिसहरुको ठुलो घुइचो लागेको थियो । मानिसहरुको भिडभाड पछि बाघ गार्डेनको कुनाबाट फुत्त निस्केर बाटो पारि भएको बासँको झयाङ्गमा पसेको थियो ।

आनन्दज्योतिमा अनेरास्ववियु प्रारम्भिक कमिटि गठन


लेखनाथ नगरपालिका बेगनासस्थित आनन्दज्योती माध्यमिक विद्यालयमा अनेरास्ववियु प्रारम्भिक कमिटि गठन गरिएको छ । अनेरास्ववियुको जिल्ला विद्यालय जागरण अभियानको क्रममा प्राक गठन गरिएको हो । विद्यालयमा विजय अधिकारीको अध्यक्षतामा १ सय ८५ सदस्स्यि नयाँ कार्यसमिति चयन गरिएको छ ।

कमिटिको उपाध्यक्षमा प्रकाश सुवेदी, सचिवमा ईन्दिरा तिमिल्सिना, कोषाध्यक्षमा सुनिता परियार र सहसचिवमा सुवास सुवेदी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा कविता अधिकारी, आकृति अधिकारी, सुवास तिवारी, सन्तोष तिवारी चयन भएका छन् ।

स्वास्थ्य सम्वन्धि कार्यक्रम सम्पन्न



स्वास्थ्य शिक्षाको बारेमा चेतना मात्रै भएर नहुने तर त्यसलाई ब्यवहारमा उत्तानुपर्नेमा आज पोखरामा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । उनीहरुले स्वाथ्यका बारेमा पाएका जानकारी जीवनमा ब्यवहारीक रुपमा उत्तान सकेमात्रै शिक्षाको सार्थकता रहने समेत बताए ।
 
सामुदायिक स्वास्थ्य सर्वेक्षण तथा सामुदायिक संगठन अध्ययन समुह पृथ्वीनारायण क्याम्प शिक्षा शास्त्र सङकाय अन्र्तगत एम.एमड दोस्रो बर्ष समुह सी का विद्यार्थीहरुले आयोजना गरेको स्वास्थ्य, शिक्षा आजको आश्वयकता सामुदायिक स्वास्थ्य परिक्षण प्रस्तुतीकरण तथा स्वास्स्थ्य शिक्षा विषयक  कार्यक्रममा बोल्ने बक्ताहरुले त्यस्तो बताएका हुन् ।

कार्यक्रमा पृथ्वीनारायण क्याम्पस स्वास्थय शिक्षा, शारिरिक तथा जनसंख्या प्रशिक्षण सहायक कृष्णप्रसाद त्रिपाठीले स्वास्थ्य नै मानिसको धन भएकाले सिकेका कुरा जीवनमा उत्तानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पृथ्वीनारायण क्याम्पस प्रशिक्षक सहायक केशवराज वाग्ले, पुम्दीभुम्दी गाविस सचिव गुरुप्रसाद पौडेल, पोखरा स्वास्थ्य चौकी पुम्दीभुम्दीका तुलसीराम बराल  संजिव निरौला, निरजा शर्मा लगायतले स्वास्थ्यका बारेमा चर्चा गर्नुभएको थियो ।

Tuesday, May 17, 2011

फिस्टेल हस्पिटल आफ्नै भवनबाट सर्यो


पोखरा गैरापाटनमा रहेको फिस्टेल हस्पिटल प्रालिले थप सेवा विस्तार गर्दै शनिबार देखि आफ्नै भवनबाट सेवा संचालनमा ल्याएको छ । सात्रिय बिधिपुर्वक वास्तुपुजा, रुद्री पुजा गरी निमार्णधिन भवनमा आफ्नो सेवा संचालनमा ल्याएको हस्पिटलका अध्यक्ष डाक्टर प्रदिप घिमिरेले बताउनु भयो ।

हस्पिटलमा २१ जना बिशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गरीने भएको छ ।  हस्पिटलमा एक सय सैयाको सेवा संचालनमा ल्याएको हस्पिटलले जनाएको छ । यस अघि हस्पिटलले भाडामा सेवा संचालन गर्दा सडक वारी तथा पारि गरी सेवा संचालन गर्दै आएको थियो ।

सात करोडको लागतमा निमार्ण हुन लागेको ५ तले ७२ कोठे पक्की भवन आगामी ६ महिलामा उक्त निमार्ण कार्य पुरा हुने प्रालिका अध्यक्ष घिमिरेले बताउनु भयो । २०५५ साउन एक गते २० वटा शैयाबाट सेवा सुरु गरेको हस्पिटलले २०६१ मा ५० शैया र अब देखि एक सय शैयामा सेवा प्रदान गर्ने भएको हो । ७२ जना कर्मचारीहरु रहेको हस्पिटलमा ६ महिना भित्र ७२ वटा कोठाहरु निमार्ण हुदैछन्।