Thursday, June 10, 2010

नेपाल पत्रकार महासंघ कास्की शाखाको भवन शिलान्यास

नेपाल पत्रकार महासंघ कास्की शाखाको भवन शिलान्यास गरिएको छ । भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव दीप बस्नेत र पत्रकार महासघंका महासचिव पोषण केसीले बिहीवार पोखराको पार्दीमा भवनको शिलन्यास गर्नुभयो । १ रोपनीको क्षेत्रफलमा पत्रकार महासंघ कास्कीले १ करोड ५९ लाख रुपैयाँको लागतमा तीन तले भवन निर्माण गर्न लागेको हो । भवन शिलन्यास समारोहमा मन्त्रालयका सचिव बस्नेतले पत्रकारहरु सदैव सत्य तथ्यका पक्षधर भएको हुदाँ भवन निर्माण गर्नु महत्वपूर्ण कार्य भएको बताउनु भयो ।

Monday, June 7, 2010

सुकुम्वासीका नाममा गरिएको जग्गा अतिक्रमण



पुनरावेदन अदालत पाटनको फैसला प्रशासन कार्यालयले अबज्ञा गर्दा नुवाकोटको विदुरमा सर्वसाधारणले वर्षौदेखि सरकारी जग्गा कब्जा गरी बसेका छन् जिल्ला प्रशासन कार्यालय नुवाकोटको मुल गेट अगाडि सार्वजनिक जग्गा अतिक्रमण हुँदा समेत प्रहरी प्रशासन मौन वसेको प्रशासनले कब्जा गरिएका घर, टहरा नहटाउँदा वास्तविक सुकुम्वासीहरु भने पीडित भइरहेका छन् पुनरावेदन अदालत पाटनले २०६३ साल कात्तिक गते जग्गा सार्वजनिक भएको फैसला गर्दा समेत प्रशासनले सुकुम्वासीका नाममा गरिएको जग्गा अतिक्रमणले बजार विस्तारको सौन्दर्यतामा प्रश्न चिन्ह खडा हुँदा समेत हटाउन नसकेको छ।

ट्रिपरमा लगाएको आगो स्थानीयवासीले निभाए









धादिङको अमर्खुसिमस्थित कालिका कन्सट्रक्सनका तीन वटा ट्रिपर संयुक्त जातिय मुक्ति मोर्चाका कार्यकर्ताले आगजनी गरेका छन् । कन्सट्रक्सनका प्रोपाइटर शिबराम रेग्मीका अनुसार ना ३ ख ३२३८, ना ४ ख २६२५ र न ४ ख ८३९७ नम्वरका ट्रिपरमा आगजनी गरेर राती नै उनीहरु भागेका थिए । ट्रिपरमा लगाएको आगो स्थानीयवासीले निभाएका थिए । तर आगजनीवाट तीनवटै ट्रिपर ध्वस्त भएका छन् । घटनाको जिम्मेवारी संयुक्त जातिय मुक्ति मोर्चाका जिल्ला इन्चार्ज प्रितमले लिएका छन् । कन्सट्रक्सनले क्रसर उद्योग बन्द नगरेकोले कारबाही गरेको उनले जानकारी दिए

Thursday, June 3, 2010

लागुऔषध सहित तीन जना लाई पक्राउ


 जिल्ला प्रहरी कार्यालय पर्साले गएराति पर्साको निचुटा गाबिसमा छापामारी गरी ठुलो परिमाणमा लागुऔषध खैरो हेरोइन सहित तीन जना भारतीय तस्करलाई पक्राउ गरेको गएराति निचुटा गाबिसमा रहेको एक झोपडीमा छापामारी प्रहरीले तीन भारतीय सहित ठुलो परिमाणमा लागु औषध बरामद गरेको हो पक्राउ पर्नेमा भारतको सैझानपुर जिल्ला तिलककरवाका देवेशकुमार गुप्ता, जलालाबादका सुवास चन्द अनिलकुमार सिंह छन् उनीहरुको साथवाट प्रहरीले अफिम सय ५० ग्राम, खैरोहेरोइन धुलो सय ग्राम, खैरो हेरोइन बनाउन प्रयोग हुने केमिकल साल्मोनियाक धुलो किलो सय ग्राम वरामद गरेको

कामदारमाथि घर मालिकको चरम यातना

 काठमाण्डौं कपनस्थित तेन्जिङ चोकको एक घरमा घरेलु कामदारलाई घर मालिकले चरम शारिरीक यातना दिएपछि स्थानीयबासीन्दा बिरोधमा उत्रिएका छन् । स्थानीय बासिन्दाले घर मालिक प्रहरी निरीक्षक चेतबहादुर पाठक रहेको बताएका छन् । झापा गौरीगंज निवासी घनश्याम महत्तोले घर मालिकले आँफूलाइ पैसा चोरको आरोपमा तातो आइरन र पीनले घोचेर चरम यातना दिएको बताए । स्थानीय बासिन्दाले घरेलु कामदारलाइ शारिरीक यातना दिएको बिरोधमा नाराबाजी गरेका थिए । उनीहरुले दोषीलाइ कारवाही गर्नुपर्ने माग गर्दै नारावाजी गरेका थिए । सम्भावित झडप हुन नदिन ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । आक्रोशित स्थानीय बासिन्दाले पाठकको घरमा तोडफोड गरेका छन् । प्रहरीले घरलाइ नियन्त्रणमा लिइ कडा सुरक्षा दिइरहेको छ । घटनास्थलमा मावअधिकारकर्मीहरु अहिले पुगिसकेका छन् ।