राजपरिवारको सम्झना गर्दै सर्वसाधारणले आज जाउलाखेल स्थित राजा वीरेन्द्रको सालिकमा पुष्प गुच्छा अर्पण गर्दै श्रद्धान्जली व्यक्त गरेका छन् । उनीहरुले शालिक परिसरमा राजपरिवारको चिरशान्तिको कामना गर्दै श्राद्ध समेत गरे ।राजा विरेन्द्रको विसं २०५८ साल जेठ १९ गते आर्थात आजकै दिन वंश विनाश भएको थियो । वीरेन्द्रलाई नेपालीहरुले जनताप्रेमी राजाको रुपमा लिँदै आएका छन् ।
Wednesday, June 2, 2010
भोलिसम्ममा राजिनामा आउनुपर्ने भट्टराई
एकीकृत माओवादीका उपाध्यक्ष डाक्टर वावुराम भट्टराईले प्रधानमन्त्रीले तीनबुँदे सहमतिको कार्यान्वयनका लागि भोलिसम्ममा राजिनामा दिनेमा माओवादी आशावादी रहेको वताउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उपाध्यक्ष डा भट्टराईले जेठ १४ को सहमतिलाई जित हारको विषय ठानिए परिणाम नराम्रो आउने चेतावनी दिनुभयो । डा भट्टराईसँगै माओवादी नेता वर्षमान पुन अनन्त, गिरिराजमाणी पोखरेल लगायतका नेताहरु पनि आज चितवन पुग्नु भएकोछ ।
नेपालीको हत्या भारतमा एंव विस्थापितप्रति सरकार गम्भीर
उपप्रधान एवं परराष्ट्रमन्त्री सुजाता कोईरालाले भारतको पुर्वतर राज्य आसामको मेघालयलगाएतका ठाउँमा बसोवास गर्ने नेपाली भाषीको हत्या एवं विस्थापित प्रति सरकारको ध्यानकर्षण भएको. बताउनु भएको छ । ब्यावस्थापिका संसदको आजको बैठकमा उपप्रधानमन्त्री कोईरालाले सो घटनाप्रति सरकारले खेदप्रकट गरेको पनि स्पष्ट गर्नुभयो । उहाँले समस्याको समाधान गर्न कुटनीतिक प्रयास भैरहेको पनि जानकारी गर्नुभयो । केहिसमय अघिदेखि खासि समुदायले नेपाली भाषिालाई विस्थापित गर्ने व्रmममा भएको घटनाकावारेमा सभासदहरुको प्रश्नको उतर दिने व्रmममा उपप्रधानमन्त्री कोईरालाले सो कुराको जानकारी गराएकि हुन ।
च्याउ खाँदा मर्नेको संख्या ६ पुग्यो
चितवनको लोथर गाविसको विकट गाउँ कान्दामा बिषालु च्याउ खाँदा मर्नेको संख्या ६ पुगेको छ । लोथर–९ कान्दाका बाबुराम प्रजाले जङ्गलबाट ल्याएको च्याउ खाइ गम्भिर विरामी परेका दिपामाया प्रज्ञा, मंगली प्रजा र मन्जुमायाँ प्रजाको उपचारका क्रममा मृत्यु भएको हो । च्याउ खाई विरामी परेका थप ४ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । विरामी मध्ये १ जनाको अवस्था गम्भिर भएको अस्पतालले जनाएको छ । विषालु च्याउ खाँदा हिजो तीन जनाको मृत्यु भएको थियो ।
Monday, May 31, 2010
निर्धारित मापदण्ड पुरा गरेर मात्र माओवादी लडाकुकोमायोजन गर्नुपर्ने नेकपा एमालेले
निर्धारित मापदण्ड पुरा गरेर मात्र माओवादी लडाकुको नेपाली सेनामा समायोजन गर्नुपर्ने नेकपा एमालेले निर्णय गरेको छ । आज पार्टी कार्यालय बल्खुमा बसेको स्थायी समितिको वैठकले यस्तो निर्णय गरेको हो । वैठकपछि संचारकर्मीलाई प्रतिक्रिया दिदै एमाले अध्यक्ष झलनाथ खनालले अन्तराष्ट्रिय मापदण्ड पुरा गर्ने माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्न सकिने बताउनुभयो ।एमाले स्थायी समितिको बैठकमा सेना समायोजन विषेश समिति र त्यस अन्तर्गतको प्राविधि समितिका सदस्यहरुसंग छलफल भएको थियो । बैठकपछि महासचिव इश्वर पोखरेलले सेना समायोजन विशेष समिति र प्राविधिक समितिका सदस्यहरुसंग ब्रिफिंग लिएको मात्र बताउनुभयो, तर ब्रिफिंगका वारेमा भने केही बताउन चाहनु भएन । बैठकमा केही समय अघि माधव नेपालले राजीनामा दिनुपर्ने विषयमा भएको मत विभाजनका वारेमा पनि छलफल भएको थियो ।
Subscribe to:
Comments (Atom)




