Tuesday, March 9, 2010

Two People Caught with US Pistol in Kaski


कास्की, २४ फाल्गुन
लेखनाथ नगरपालिकाको शिशुवाबजारमा आइतबार राति प्रहरीले दुई युवालाई हतियारसहित पक्राउ गरेको अमेरिकामा बनेको एकथान पेस्तोल त्यसको १० राउन्ड गोलीसहित उनीहरुलाई पक्राउ गरेको हो पक्राउ पर्नेमा लेखनाथ नगरपालिका वडा नं. का अमित गुरुङ प्रवीण सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको पक्राउ परेलाई सोमबार दिउँसो पत्रकारसम्मेलन गरी सार्वजनिक

International Cultural Festival stared in Pokhara

पोखरा, २४,फागुन
पोखरामा सोमबारबाट अन्तराष्ट्रिय सास्कृतिक महोत्सव सुरु भएको छ । पोखराको नयाँ बजारस्थायी प्रदशनी केन्द्रमा सुरु भएको महोत्सवमा विश्वका १२ देशका कलाकारहरुले आ आफना सास्कृतिक प्रस्तुति प्रस्तु गर्ने पंण्डित नारायण पोखरेल स्मृति प्रतिष्ठान पोखराको आयोजना तथा शुभ यात्रा सँस्था र एसके साउण्ड पोखराको सहआयोजनामा भएको महोत्सव यहि फागुन २९ गते सम्म चल्ने छ । महोत्सबमा फा्रन्सका ४०, स्पेनका २२, बुल्गेरीयाका ४०, सोलभानियाका ४०, लिथिनिया ल्सोभाकियाका ३०, भारतका २५, श्रीलंकाका १५, बंगलादेशका १० र नेपालका ५० जना कलाकारको सहभागिता रहेने छ राष्ट्रिय दोहोरी, रत्यौली, भजन चुड्का र नौमती बाजाको प्रतियोगिता महोत्सबका बिशेष आकर्षाका रुपमा रहेका छन । रत्यौलि गीत प्रतियोगितामा २१, नौमती पञ्चेबाजामा ११, भजनचुडकामा १२ र लोकदोहरी तर्फ२१ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रचथम, द्धितिय, तृतिय र सान्त्वना हुने टिमलाई क्रमश २०, १५, १० र ५ हजार सहित पुरस्कार प्रदान गरिने महोत्सव संयोजक प्रजापति पराजुलीले जानकारी दिए । महोत्सवको उद्घाटन यूनिटि लाईफ पश्चिमाञ्चल क्षेत्रिय निर्देशक तथा मुख्या प्रायोजक डा.लक्ष्मण शर्माले गर्नुभयो ।करिब ६० हजार दर्शकहरुले अबलोकन गर्ने अनुमान गरिएको महोत्सबमा १४ लाख ४० हजार खर्च लाग्ने आँकलन गरिएको छ । आयोजकहरुले खर्च हुने रकम प्रायोजक र टिकट ब्रि्रीबाट उठ्ने उदेश्य राखेका छन् ।”कला साहित्य र सँस्कृतिको संरक्षण गरौ, अन्तराष्ट्रिय कलाकर्मीसँग मित्रता बढाऔ” भन्ने मुल नाराका साथ हुने महोत्सबले पर्यटन बर्ष२०११ लाई सघाउ पुर्याउने, नेपालीको कला बिश्व माझ चिनाउने र स्वदेश तथा बिदेशका कलाकर्मीहरुको संबन्ध बढाउने बिश्वास आयोजकहरुको रहेको छ ।

Monday, March 8, 2010

Nepal’s-first-vice Paramananda-jha- in Pokhara


पोखरा,२३ फाल्गुन
 उपराष्ट्रपति परमानन्द झाले शिक्षालाई शान्ति क्षेत्र मुलुकका सामु शिक्षालाई अन्तराष्ट्रियस्तरको गुणस्तर बनाउनु पर्ने समाजमा पछाडिएकाको पहुँचमा पुर्याउनुपर्ने अभिभारा रहेको झाले उल्लेख गरे मानव, आर्थिक तथा समग्र देश विकासको प्रमुख आधार शिक्षा भएकोले यसलाई शान्ति क्षेत्र बनाउनुपर्ने शिक्षक युनियन राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद्को बैठकको आइतबार पोखरामा उदघाटन गर्दै उपराष्ट्रपति झाले भने, पठनपाठनमा अवरोध पार्ने हतोत्साही बनाउने काम पनि हुदै आएका छन, यसलाई रोक्नु पर्छ झाले सरकारले शिक्षामा गरेको लगानीले भावी सन्ततिले कसरी फाइदा लिन सक्छन हिमाल, पहाड तराईका लागि समान स्तरीय शिक्षा उपलब्ध हुनुपर्ने भन्दै झाले तराईमा विशेष गरी एसएलसी परिक्षाको कृयाकलाप आपत्तिजनक हुने गरेकाले यसलाई सुधार्नुपर्ने घर निर्माणको आधार जग भएजस्तै उच्चशिक्षा राष्ट्र निर्माणको आधारशिला गुणस्तरीय शिक्षा हुने उनले बताए मुलुकको शिक्षा नीतिलाई समयसापेक्ष परिवर्तन गर्दै लैजानुपर्नेमा उनले जोड दिए सोमबारसम्म चल्ने बैठकमा मुलुकभरका ५७ जिल्लाबाट करीब तीनसय शिक्षकहरु भेला भएका छन बैठकमा शैक्षिक नीति समसामयीक विषय, विभिन्न समस्या, विगतको समिक्षा, भावी कार्यक्रम तथा बजेटका विषयमा छलफल हुनेछ

Sunday, March 7, 2010

पुनरावेदन अदालत पोखरामा मेलमिलाप केन्द्र

पोखरा, २२ फागुन
मुद्दाको चाप न्यूनीकरण गर्दै न्याय सहज र्सवसुलभ बनाउन पुनरावेदन अदालत पोखरामा मेलमिलाप केन्द्र स्थापना गरिएको सो मेलमिलाप केन्द्रको सर्वोच्च अदालतका न्यायधीश दामोदरप्रसाद शर्माले शुक्रवार उद्घाटन गर्नुभयो हाल देशका २२ अदालतमा मेलमिलाप केन्द्र स्थापना भइसकेको पाँच वर्षभत्रै ७५ वटै जिल्लाभित्र मेलमिलाप केन्द्र स्थापना गर्ने लक्ष्य रहेको सर्वोच्च अदालतका सह-रजिष्ट्रार श्रीकान्त पौडेलले बताउनुभयो त्यसका लागि बजेट विनियोजन भइसकेको पनि उहाँले जानकारी दिनुभयो ।कास्की जिल्ला अदालतमा रहेको मेलमिलाप केन्द्रमा ३६ वटा मुद्दा पठाइएकोमा तीन वटाको छिनोफानो भएको सो अवसरमा जानकारी दिइयो उद्घाटन कार्यक्रममा न्यायधीश दामोदर शर्माले मुद्दाको निर्णय एउटाले जित्ने अर्को हार्ने हुँदा मुद्दाले अर्को मुद्दा जन्माउँछ तर मेलमिलापमा दुवै पक्षले जित्ने भएकोले समय, श्रम पैसाको वचत हुन्छ भन्नुभयो मुद्दा हैन मेलमिलाप गर भन्ने मान्यताका साथ मेलमिलाप केन्द्र विस्तार गरिँदै लगिने उहाँले बताउनुभयो कार्यक्रममा क्षेत्रीय प्रशासक अर्जुनबहादुर भण्डारी, सर्वोच्च अदालत बार इकाइका अध्यक्ष इन्द्र खरेल पुनरावदेन अदालत पोखरा बार इकाइका कार्यवाहक अध्यक्ष बोधराज बरालले मेलमिलाप केन्द्रको महत्वबारे भन्नुभयो

Saturday, March 6, 2010

Potato Festival in kaski


कास्की, २२ फागुन 
हेम्जामा आलु महोत्सवको आयोजना गरियो सो महोत्सवमा विभिन्न जातका आलु आलुका परिकार प्रदर्शनीमा राखिएको थियो
आलु उत्पादनको पकेटक्षेत्र मानिने हेम्जाको आलुको प्रचारप्रसारका साथै उत्पादनकर्ता उपभोक्ताबीचको दुरी कम गर्न महोत्सवको आयोजना गरिएको आयोजक बहुउद्देश्यीय किसान सहकारी संस्था लिमिटेड, हेम्जाले जनाएको महोत्सवमा कारडिनल, जनकदेव, एमएस ४२ निलो, खुमल रातो खुमल निलो, टिपिएसलगायत जातका आलु प्रदर्शन गरिने आयोजकले जनाएको फागुन २२ गते हेम्जा जाऔँ आलुका विभिन्न परिकारमा रमाँऔँभन्ने नाराका साथ सुरु भएको महोत्सवमा आलुका विभिन्न परिकारको स्वाद चाख्न पाइने । अन्य भेगका किसानले हेम्जाको आलु भन्दै अन्य ठाउँको आलु बिक्री गर्नेगरेको  हेम्जाको आलुको गुणस्तरीयता मापन गर्न पनि महोत्सव आयोजना गरिएको प्रस्ट
महोत्सवमा करिब रु.३० लाखको कारोबार गरिने लक्ष्य राखिएको क्षेत्रीय कृषि निर्देशक वीरेन्द्रबहादुर हमालका अनुसार हेम्जामा मात्रै ४०० हेक्टर क्षेत्रफलमा आलुखेती गरिने गरिएको यसबाट प्रतिवर्षआठ हजार मेटि्रक टन आलु उत्पादन हुनेगरेको
नेपालको कुल एकलाख ५६ हजार ७३६ हेक्टर जग्गामा बर्षेनी २० लाख ५४ हजार ८१७ मेटि्रक टन आलु उत्पादन हुने गरेको पश्चिमाञ्चलमा कुल २० हजार ९३० हेक्टरमा आलुखेती गरिन्छ भने कास्कीमा मात्र कुल १० हजार ३० हेक्टरमा आलुखेती गरिने गरिएको क्षेत्रीय कृषि निर्देशनालय, मालेपाटन कास्कीले जनाएको